एनआईसी एशिया बैंककोे शाखारहित बैंकिङ्ग सेवा तनहुँको जामुुनेमा

<p>काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले तनहुँ जिल्लाको जामुने बजारमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यो बैंकको १६औँ शाखारहित बैंकिङ्ग सेवा हो । उक्त बैंकिङ्ग सेवाको उद्घाटन तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईका उपाध्यक्ष सुक नारायण मल्लले गरेका हुन् । उक्त शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा बैंकले रोविन श्रेष्ठलाई नियुक्त गरेको [&hellip;]</p>

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले तनहुँ जिल्लाको जामुने बजारमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यो बैंकको १६औँ शाखारहित बैंकिङ्ग सेवा हो ।

उक्त बैंकिङ्ग सेवाको उद्घाटन तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईका उपाध्यक्ष सुक नारायण मल्लले गरेका हुन् । उक्त शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा बैंकले रोविन श्रेष्ठलाई नियुक्त गरेको छ ।

हाल बैंकले २३५ शाखा कार्यालयहरु, २२४ एटिएम, १४ वटा एक्स्टेन्सन काउण्टर एवं १६ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

Share News