विकासन्युज

एनसेलले ल्यायो मिदास ईक्लास सेवा

काठमाडौं। एनसेल प्रा.लिले मिदास एजुकेसन प्रा.लिसँग सहकार्य गर्दै आफ्ना ग्राहकका लागि मिदास ईक्लास सेवा ल्याएको छ। यो सेवाको सुरुवात सँगै अब एनसेलका ग्राहकले आफ्ना बालबच्चाहरुको शैक्षिक विकासका लागि श्रव्य÷दृष्यमा आधारित डिजिटल शैक्षिक सामाग्रीहरुको ठूलो संग्रहबाट लाभ लिन सक्नेछन् । मिदास ईक्लास मोबाइलफोन, ट्याब्लेट वा कम्प्युटर माध्यमबाट बालबालिकालाई सिक्न सघाउने एक प्लेटफर्म हो । यहाँ उपलब्ध हुने पाठ्यक्रमहरु श्रव्य/दृश्यमाआधारित र अन्र्तक्रियात्मक हुने भएकाले बालबालिकाहरुले अभिरुचीपुर्वक सिक्न सक्छन् । यस सेवामा प्लेगु्रप देखि कक्षादश सम्ममा अध्ययन गर्ने विद्यार्थीहरुका भिडियो ट्युटोरियल, विविध शैक्षिक सामग्रीहरु, गेम्स् तथा अभ्यासहरु रहेको छन् । यहि सोमबार श्रावण २८ गते देखि एनसेलका ग्राहकले यो सेवा प्रयोग गर्न सक्नेछन् । जस अन्तर्गत ग्राहकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पाठ्यक्रम विकास केन्द्रले प्रमाणित गरेको शैक्षिक सामग्रीहरु जस्तै विषेश भिडियो ट्युटोरियल्स्, एनिमेटेड पाठहरु लगायत अन्य शैक्षिक सामग्रीहरु डाउनलोड गर्न सक्नेछन् । गाहकले गुगल प्लेस्टारेबाट यो एप सजिलै डाउनलोड गर्न सक्नेछन् र आफ्नो एनसेलको नम्बरबाट यस एपमा दर्ता गरी एप चलाउन सक्नेछन् । यस एपमार्फत ग्राहकले आफ्नो आवश्यकता अनुसार यस सेवाभित्र रहेका कुनै पनि कक्षाका विद्यार्थीका लागि उपयुक्त योजना सुचारु गर्न सक्नेछन् ।

तीजको नाममा विकृति, हुँदा खानेहरुको लागि तीज गलपाँसो

तीज पर्व हरेक वर्ष भाद्र शक्ल पक्ष तृतीयाका दिन मनाइन्छ । तीजको पहिलो दिन अर्थात् तीज इभलाई दर खाने दिनको रुपमा मनाइन्छ । यस दिनमा विवाहित र अविवाहित छोरी चेलीहरु एकैठाउमा जम्मा भई ब्रत बस्न दरो हुनका लागि दर खान्छन् अर्थात् दरमा दह्रो खाना हुन्छ । यो दर खाने काम मध्यरातसम्म चालु रहन्छ । दोश्रो दिन तीजको मुख्य दिन हो यस दिनका कोही महिलाहरु निलाहार र कोही महिलाहरु फलाहार ब्रत बस्छन् । निलाहार भन्नाले पानी पनि नखाने र फलाहार भनेको पानी र फलफुल खाने भन्ने बुझिन्छ । यस दिनमा बिवाहित नारीहरुले लगनको पोते र सम्भव भए लगनकै सारी तथा आफुसंग जे जस्ता गर गहना छन् सबै लगाई सोह्र सिंगार पटार गरेर भगावान शिवजीको मन्दिरमा गएर पुजापाठ, नाचगान गर्छन् आफ्नो पति र परिवारको लागि प्रार्थना गर्छन् । तीजको ब्रत बसेमा खासगरी श्रीमानको लामो आयुहुने, मृत्यु पर्यन्त गाढा सम्बन्ध हुने, घरमा सुख शान्ति हुने, असल र सुयोग्य वर पाउने विश्वास गरिन्छ त्यही भएर नेपाली विवाहीतत त अविवाहीतत सबै हिन्दु नारीहरुले यो ब्रत बस्ने गरेको पाइन्छ ।तेस्रो दिन विहान उठेर बत्ती बाल्छन्, केरा र तुल्सी पत्ताको पुजा गरेर चोखो खानेकुरा खान्छन्, यस दिनलाई गणेश चतुर्थी पनि भनिन्छ यस दिनको साँझ सानोतिनो विगो काम गते बात नलाग्ने बताइन्छ । तीजको चौथो दिन अर्थात् अन्तिम दिन रिषि पञ्चमी हो । यस दिन विहान महिलाहरु नजिकको धारा पधेरामा गएर अघिल्ले दिन नै जम्मा गरिएका विभिन्न किसिमका सामग्रीले ३६५ पटक स्नान गरि शुद्घ भै सप्तरिषि र अरुन्धतीको पुजा गर्छन् र त्यस्को अर्को दिन घरबाट माइती आएकी चेली विदावारी गरी आप्mनो कर्म घर फर्किन्छन् । यस्तो राम्रो पर्व रहेको नेपाली हिन्दुहरुको महान चाड अब धार्मिक र सामाजिक पर्व रहेन । यो पर्व अब एउटा देखासिखीको रुपमा भड्किलोरूपमा देखा पर्दैछ । देश विदेशमा बस्नेहरुले आफ्ना छोराछोरीलाई तीजको बारेमा गलत शिक्षा दिइरहेको आभाष पाइन्छ किनकी तीज आउनुभन्दा महिनौ दिन अगाडिदेखिको दरको रिहर्शलले । यस प्रकारको कार्यले के सही सलामत पर्व हस्तान्तरण गरिएको मानिएला र रु एकदिन ब्रत बस्न महिनौदिनदेखिको तडक भडकलाई हेर्दा त नेपाली हिन्दु नारीहरुको पवित्र चाडलाई “हुनेखाने”नेपाली महिलाहरुले आफ्नो गर गहना र साडी प्रदर्शन गर्ने पर्व बनाए भन्दा अत्युक्ति नहोला । ब्रतमा चोखो खानेकुरा खानु पर्नेमा तामसी भोजन गरिरहेका हुन्छन् । जो कोहीले पनि अहिलेका नारीहरुलाई सोध्नुस् तीज भनेको के हो र दर भनेको के हो कसैले पनि सही उत्तर दिन सक्दैनन् किनकी अहिलेका नारीहरु २ महिना अघिदेखि दरखाने भनेर झ्याली पिट्दै हिड्छन्, २ महिनासम्म एक अर्काको घरमा हसुर्दै हिड्छन् तर जुन दिन वास्तविक रूपमा दर खाने हो त्यो दिन उनीहरुको कसैको घरमा केहीनै पाक्दैन । यस्ले गर्दा हाम्रो वास्ताविक दर लोपोन्मुख हुन खोज्दैछ । अब त तीजका कार्यक्रमहरु होटल र पार्टी प्यालेसमा हुन थालेका छन् । पहिला पहिला तीज भनेको कुशे औशीबाट सुरु हुन्थ्यो । कुशे औशीलाई बुबाको मुख हेर्ने औशी पनि भनिन्छ । पहिला पहिला विहाबारी भएर गएकी छोरी चेली आफ्नो बुबाको मुख हेर्न दिनमा माइती घर आएर पञ्चमीको पुजा सकेर कर्म घर जान्थे ।कुशे औशीमा नआएकी छोरीचेलीलाई औशीपछि गएर लिएर आइन्थ्यो । तीजको ब्रत बस्ने अघिल्लो दिन जे जस्तो मीठो मसिनो छ सबै मिली बाडेर खान्थे । आफ्ना दुखसुखका कुराहरु गीत मार्फत बिलौना गर्थे । चाहे ती साुस बुहारीका हुन्, चाहे नन्द आमाजु, देवर–जेठाजुका नै किन नहुन् तर त्यो आज एकादेशको कथा जस्तै भएको छ ।अहिलेका तीजका गीतहरु रत्तयौली र ठट्यौलीका मात्र छन् । १/२ जना हरिदेवी कोइरलालाहरुले कसरी सम्हालुन् रु समाजका अगुवा अर्थात “हुनेखाने”हरुले “हुँदाखाने”हरुलाई पनि देखासेखीको बाटोमा घकेल्दै छन् जस्ले गर्दा हुँदा खानेहरुको लागि यो तीज गलपासो भएको छ किनकी हँुदाखानेहरुले हुनेखानेहरुसंग प्रतिसपर्धा सकी नसकी गर्न परेको छ । स्मरण रहोस् अनौपचारिक रुपमा आजभन्दा १ महिना अघिदेखि सुरु भएको दरखाने कार्यक्रम अमेरिकामा औपचारिक रुपमा अगष्ट १२ अर्थात साउन २७ गतेबाटरुपमा सुरु भैसकेको छ । यस्को मतलब अन्य देशका नेपाली महिलाहरु भने पछि परेका होइनन् उनीहरुले पनि यस्को सुरुवात संगसंगै गरेको फेसबुकका तस्वीहरुबाट प्रष्ट हुन्छन् । यस्तो विकृतिलाई रोक्न सम्बन्धित देशमा खुलेका संघसंस्थाहरुले ध्यान दिने कि । यस्ता फजुल खर्च जम्मा गरेर रवि लामिछाने वा धुर्मुस सुन्तली वा स्वयं आफु संलग्न भएर मातृभुमीको विकास गरेमा कसो होला (लेखक स्वतन्त्र पत्रकार हुुन्)

एनएफआरएसमा ७ वटा बाणिज्य बैंकः ४९ करोड नाफा बढ्यो, कस्को कति ?

काठमाडौं । हालसम्म ७ वटा बाणिज्य बैंकहरुले नयाँ लेखा प्रणाली एनएफआरएस अनुसार वित्तिय विवरण सार्वजनिक गरेका छन् । ७ वटा बाणिज्य बैंकहरुले नयाँ लेखा प्रणाली अनुसार सार्वजनिक गरेको २०७४/७५ को अपरिस्कृति वित्तिय विवरण अनुसार उनीहरुको नाफा जम्मा ४९ करोड रुपैंयाँले बढेको छ । सोही प्रणाली अनुसार आर्थिक बर्ष २०७३/७४ मा १० अर्ब ५४ करोड नाफा कमाएका बैंकहरुले गत आव २०७४/७५ मा भने जम्मा ११ अर्ब ३ करोड मात्रै नाफा कमाउन सफल भएका हुन् । ७ वटामध्ये ३ वटा बैंकहरु नाफा बढाउन असफल देखिन्छन् । २ अर्ब ७० करोड नाफा आर्जन गरेर एभरेष्ट बैंक अहिलेसम्म पहिलोे नम्बरमा परेको छ भने २ अर्ब १५ करोड कमाएको ग्लोबल आईएमई दोश्रो र एक अर्ब ८५ करोड नाफा कमाएको सिद्धार्थ बैंक तेश्रो नम्बरमा परेका छन् । एभरेष्ट बैंकले २ अर्ब ७० करोड नाफा कमाउन सफल भएको छ । बैंकको नाफा अघिल्लो बर्ष २ अर्ब २९ करोड मात्रै थियो । एभरेष्टको प्रति सेयर आम्दानी ३४.३७ रुपैंयाँ रहेको छ । ग्लोबल आईएमई बैंकले २ अर्ब १५ करोड नाफा कमाउन सफल भएको छ । बैंकले अघिल्लो बर्ष २ अर्ब ६ करोड नाफा कमाउन सफल भएको थियो । बैंकको प्रति सेयर आम्दानी २२.३० रुपैंयाँ रहेको छ । सिद्धार्थ बैंकले १ अर्ब ८५ करोड नाफा कमाउन सफल भएको छ । बैंकले आर्थिक बर्ष २०७३।७४ मा जम्मा एक अर्ब ३८ करोड मात्रै नाफा कमाएको थियो । सिद्धार्थको प्रति सेयर आम्दानी २४.०६ रुपैंयाँ रहेको छ । एनआइसी एसिया बैंकले ८२ करोड नाफा गरेको छ । बैंकले आव २०७३।७४ मा एक अर्ब ९ करोड नाफा गरेको थियो । एनआईसी एसियाको प्रति सेयर आम्दानी १८.९४ रुपैंयाँ छ । सिटिजन्स बैंकले ९६ करोड नाफा आर्जन गर्न सफल भएको छ । बैंकको नाफा अघिल्लो आर्थिक बर्षको सोही अवधीमा १ अर्ब २९ करोड थियो । सिटिजन्सको प्रति सेयर आम्दानी १५.८६ रुपैंयाँ रहेको छ । नेपाल एसबिआई बैंकले एक अर्ब ३४ करोड नाफा कमाएको छ । एसबिआईले १ अर्ब १३ करोडबाट २१ करोडले बढाएर एक अर्ब ३४ करोड पुर्याएको हो । बैंकको प्रति सेयर आम्दानी २३.४३ रुपैंयाँ छ । माछापुच्छ्रे बैंकले एक अर्ब २१ करोड नाफा आर्जन गर्न सफल भएको छ । बैंकको नाफा अघिल्लो आर्थिक बर्षमा भन्दा ९ करोेड रुपैंयाँले घटेको हो । माछापुच्छ्रेको प्रति सेयर आम्दानी १६.४१ रुपैंयाँ छ ।

पर्वत शैक्षिक गुणस्तर अभिवृद्धिको लागि काठमान्डु विश्वविधालयसँग सहकार्य गर्दै

काठमाडौं। पर्वतको कुस्मा र फलेवास नगरपालिकामा शैक्षिक सुधार तथा गुणस्तर अभिवृद्धिको लागि काठमाडाँ विश्वविधालयसँग सहकार्य गरीने भएको छ । कुस्मा र फलेवास नगरपालिकाले नगरभित्र शैक्षिक कार्ययोजना निर्माण तथा गुणस्तर सुधारका लागि काठमाडौँ विश्वविद्यालयसँंग सहकार्य गर्ने निष्कर्ष निकालेका हुन् । कुस्मा नगरपालिका र फलेवास नगर कार्यपालिकाको आयोजना र काठमाडौँ विश्वविद्यालयको सहकार्यमा गरिएका छुट्टाछुट्टै कार्यक्रममा दुवै नगरपालिकाभित्रको शैक्षिक क्षेत्रको अवस्था, आवश्यकता तथा विद्यालयको गुणस्तर वृद्धिका लागि काठमाडौँ विश्वविद्यालयसँंग सहकार्यको आवश्यकता औँल्याएका छन् । दुवै नगरपालिकाले छिट्टै समझदारी पत्रमा हस्ताक्षर गर्ने प्रतिबद्धतासमेत जनाएका छन् । फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले नगरपालिकाले बजेटको ठूलो हिस्सा शिक्षाका क्षेत्रमा विनियोजन गर्दैै आएको र गुणस्तर अभिवृिद्धका लागि हरेक क्षेत्रमा सहकार्य गर्ने गरी काठमाडौँ विश्वविद्यालयसँग सहकार्य गर्ने तयारी भएको बताए । कुस्मा नगरपालिकाका सामाजिक समितिका संयोजक तथा वडा नं ११ का अध्यक्ष शिवप्रसाद पौडेलले पनि नगरको शैक्षिक अवस्था सुधारका लागि केयुसँग सहकार्य गर्ने तयारी भएको बताउए। शैक्षिक सुधारको लागि शिक्षक, अभिभावक, समुदाय र शैक्षिक सङ्घ संस्थाबीच आपसी, सहकार्य समन्वय, र साझेदारीको आवश्यकता रहेको काठमाडौँ विश्वविद्यालय स्कूल अफ साइन्सका सहायक डिन प्रा डा बालनन्द लुइँटेलले बताए । काठमाडाँ विश्वविद्यालयका प्रा डा लक्ष्मण ज्ञावलीले एउटा विद्यालय सुधारका लागि सबैभन्दा बढी भूमिका प्रधानाध्यापकको हुने भएकाले प्रअको भूमिका प्रभावकारी बनाउनुपर्ने कुरामा जोड दिए । उनले शैक्षिक नीति निर्माण तथा कार्यान्वयनमा पनि विद्यार्थी तथा समुदायको सहभागिताबाट मात्रै लक्ष्य प्राप्त गर्न सहज हुने बताए । यस्तै अर्का सहायक प्रा डा धनपति सुवेदीले शैक्षिक सुधारको लागि समुदायलाई शैक्षिक क्षेत्रमा जोड्नु पर्ने विचार व्यक्त गरे। रासस

कर्णाली प्रदेशमा १८ हजार मेट्रिक टन खाद्यान्न अपुग

काठमाडौं। गत आर्थिक वर्ष २०७४/०७५ मा भएको पाइएको छ । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहरकारी मन्त्रालयले दिएको तथ्याङ्कले गत वर्ष मात्रै कर्णालीलाई १८ हजार ४०७ मेट्रिक टन खाद्यान्न अपुग भएको देखाउँदछ । तथ्याङ्कअनुसार यस प्रदेशका रुकुम, सल्यान र सुर्खेतबाहेक अन्य सातवटै जिल्लामा वार्षिक खाद्यान्न अपुग हुने गरेको मन्त्रालयका प्राविधिक सहायक दीपेन्द्र श्रीवास्तवले जानकारी दिए। “आव ०७४/०७५ रुकुमले धान गहुँ, मकैलगायतका उत्पादित बाली आफूले खाएर दुई हजार ६६४ मेट्रिक टन सञ्चित गरेको छ भने सुर्खेतले पाँच हजार ४०५ मेट्रिक टन खाद्यान्न सञ्चित गर्न सकेको छ,” प्राविधिक सहायक श्रीवास्तवले भन्नुभयो । सबैभन्दा बढी सल्यान जिल्लाले १३ हजार ६३० मेट्रिक टन खाद्यबाली सञ्चित गरेको उहाँले बताए। त्यस्तै, गएको वर्षमै दैलेखमा एक हजार ५३०, डोल्पामा दुई हजार ६६६, जाजरकोमा तीन हजार ५९४, जुम्लामा चार हजार १६६, मुगुमा पाँच हजार १०२ र हुम्लामा आठ हजार ४१५ मेट्रिक टन खाद्यान्न अपुग रहेको उनले जनाए। प्राविधिक सहायक श्रीवास्तवका अनुसार सो वर्ष सबैभन्दा बढी कालीकोटमा १४ हजार ६३३ मेट्रिक टन खाद्यान्न अपुग भएको थियो । यसलाई केलाउँदा साविकका कर्णाली आयतित खाद्यान्नमा बढि निर्भर देखिन्छ । साविकको कर्णालीका नागरिकलाई प्रतिव्यक्ति १९१ किलो र रुकुम सल्यान, सुर्खेत, दैलेख र जाजरकोटलाई २०१ किलो खाद्यान्न आवश्यक पर्दछ । पहाडी तथा मध्य पहाडी जिल्ला भन्दा हिमाली जिल्लामा प्रतिव्यक्ति वार्षिक खाद्यान्न दर कम निर्धारण गरिनुमा काम गराई र खाद्यान्न उपलब्धता भएको बताइएको छ । कर्णालीमा खाद्यान्न आयातको अवस्थाबाट मुक्त हुन नसक्नुमा पछिल्लो समयमा विदेशिने युवाको सङ्ख्या बढ्नु, कृषि पेशालाई घृणाका रुपमा हेरिनु, वर्षा कम हुनु, बसाइँसराइ, अव्यस्थित शहरीकरण र जलवायु परिवर्तनको प्रभाव हो भन्छन्. “मन्त्रालयका कृषि प्रसार अधिकृत पूर्णबहादुर थापा । विसं २०६८ को राष्ट्रिय जनगणनाअनुसार १३ लाख २५ हजार जनसङ्ख्या रहेको यो प्रदेशमा वृद्धि भएर ०७४ सालसम्म १८ लाख चार हजार ७२० जनसङ्ख्या पुगेको अनुमानित तथ्याङ्क मन्त्रालयको प्राविधिक शाखामा भेटिन्छ । रासस

नेपाल एसबिआई बैंकको बार्षिक कमाई एक अर्ब ३४ करोड

काठमाडौं । नेपाल एसबिआई बैंकले एक अर्ब ३४ करोड नाफा कमाएको छ । बैंकले गत आर्थिक बर्ष २०७४।७५ मा अघिल्लो बर्षको तुलनामा २१ करोडले नाफा बढाएको हो । नयाँ लेखा प्रणाली एनएफआरएस अनुसार सार्वजनिक गरिएको अपरिस्कृत वित्तिय विवरणमा बैंकले गत आर्थिक बर्षमा ८४ अर्ब निक्षेप संकलन गरेर ७५ अर्ब कर्जा प्रवाह गरेको छ । नेपाल एसबिआई बैंकको ब्याज आम्दानी ९ अर्ब छ भने ब्याज खर्च ४ अर्ब ९१ करोड रुपैंयाँ रहेको छ । आधार ब्याजदर १०.१२ प्रतिशत रहँदा खराब कर्जा ०.२० प्रतिशत कायम गराएको छ । नेपाल एसबिआईको प्रति सेयर आम्दानी २३.४३ रुपैंयाँ रहेको छ । बैंकले नाफाबाट २० प्रतिशत जगेडा कोष, ३ प्रतिशत कर्मचारी तालिम र १ प्रतिशत संस्थागत समाजिक उत्तरदायीत्वका लागि छुट्याउँदा ११.११ प्रतिशत लाभांश दिन सक्ने देखिन्छ ।

माछापुच्छ्रे बैंकको नाफा १२१ करोड, कति पाउँछन लगानीकर्ताले लाभांश ?

काठमाडौं । माछापुच्छ्रे बैंकले १२१ करोड नाफा कमाएको छ । बैंकले गत आर्थिक बर्ष २०७४।७५ मा नाफा कमाएको हो । अपरिस्कृत वित्तिय विवरण अनुसार बैंकले ७२ अर्ब निक्षेप संकलन गरेर ६५ अर्ब कर्जा प्रवाह गरेको छ । बैंकको ब्याज आम्दानी ७ अर्ब ७५ करोड देखिन्छ भने ५ अर्ब ६ करोड ब्याज खर्च गरेको छ । बैंकको खराब कर्जा ०.३८ प्रतिशत रहेको छ भने आधार ब्याजदर ११.०६ प्रतिशत छ । बैंकको प्रति सेयर आम्दानी भने १६.४१ रुपैंयाँ रहेको छ । बैंकले २० प्रतिशत जगेडा कोष, ३ प्रतिशत कर्मचारीको शिप विकास र १ प्रतिशत संस्थागत समाजिक उत्तरदायीत्वका लागि छुट्याउँदा ११.१८ प्रतिशत लाभांश दिन सक्ने देखिन्छ ।

चिलिमे हाइड्रोपावरलाई थपियो २० प्रतिशत आयकरको भार, लाभांशमा भारी गिरावट

काठमाडौं । चालु आर्थिक वर्ष ०७५/०७६ देखि चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडको नाफा घट्ने भएको छ । यो वर्षदेखि २० प्रतिशत सरकारलाई आयकर (कर्पोरेट ट्याक्स) बुझाउनुपर्र्ने भएपछि चिलिमेको नाफा घट्ने भएको हो । नाफा घटेपछि सेयर लगानीकर्ताले पाउने लाभांशमा पनि गिरावट आउने छ । आयकर बुझाएपछि नाफा १६ करोडदेखि २० करोड रुपैयाँ घट्ने चिलिमे हाइड्रोपावरका प्रवन्ध सञ्चालक दामोदरभक्त श्रेष्ठले बताए । गत आर्थिक वर्ष ०७४/०७५ मा ९३ करोड ७१ लाख रुपैयाँ खुदनाफा गरेको छ । चिलिमेले गत वर्षसम्म मात्र कर छुट पाएको छ । आगामी वर्ष यही हारहारीमा नाफा गरे २० प्रतिशत आयकर तिर्नुपर्दा ८० करोड रुपैयाँमा झर्ने छ । चिलिमेले आर्थिक वर्ष ०६०/०६१ देखि बिजुली उत्पादन थालेको हो । आयकरको दायरामा आउने चिलिमे संभवता पहिलो जलविद्युत कम्पनी हो । सरकारले जलविद्युत कम्पनीलाई १५ वर्षसम्म कर छुट दिएको छ । चालु आर्थिक वर्षदेखि नाफामा कमी आउन श्रेष्ठले बताए । चलिमेले सहायक कम्पनीमार्फत अन्य आयोजना पनि अघि बढाउने र चिलिमे टावर निर्माण सुरु हुन लागेकाले आगामी वर्षदेखि सेयरधनीले लाभांश घट्ने उनको भनाई छ । आगामी वर्षदेखि कर लाग्ने भएपछि स्भाविक रुपमा नाफामा कमी आउने उनको भनाई छ । कम्पनीले आफनो जग्गामा चिलिमे टावर निर्माण गर्ने र दुई नयाँ जलविद्युत आयोजनाको सर्वेक्षण अनुमतिपत्र (लाईसेन्स) पाइसकेको छ । यस्तै विद्युत प्राधिकरणले बढी उत्पादन भएको बिजुली नकिन्दा चिलिमेले गत वर्ष मात्र ७० लाख रुपैयाँसम्म आम्दानी गुमाएको छ । चिलिमे विद्युत प्राधिकरणको सहायक कम्पनी हो । प्राधिकरणले थप उत्पादन भएको बिजुली नकिने यो वर्ष पनि आम्दानी घट्ने देखिएको छ । कर र थप बिक्री बिक्री नभए यसको असर वित्तीय अवस्थामा पर्ने छ । चिलिमेले २२ मेगावाट क्षमताको आयोजना सञ्चालन गर्दै आएको छ । गत आर्थिक वर्ष ०७४/०७५ मा ९३ करोड ८७ लाख रुपैयाँ खुदनाफा गरेको छ । कम्पनीले अघिल्लो वर्षको तुलनामा गत वर्ष नाफा १६ लाख रुपैयाँ मात्र बढाएको छ । कम्पनीले अघिल्लो आर्थिक वर्ष ०७३/०७४ मा ९३ करोड ७१ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकबाट प्राप्त ब्याज आम्दानीले नाफा बढाएको चिलिमेले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय प्रतिवेदनमा उल्लेख छ । अघिल्लो वर्ष १ अर्ब १९ करोड ६८ लाख रुपैयाँ बिजुली बिक्रीबाट आम्दानी भएको चिलिमेले जनाएको छ । कम्पनीको प्रतिसेयर आम्दानीमा गिरावट आएको छ । गत आर्थिक वर्षमा कम्पनीको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ६८ पैसामा सीमित भएको छ । अघिल्लो वर्ष प्रतिसेयर आम्दानी २८ रुपैयाँ थियो । २७० मेगावाट क्षमताका ४ जलविद्युत आयोजना निर्माण गरिरहेको चिलिमेले ४२० मेगावाटको बुढीगण्डकी प्रोक, १६५ मेगावाटको सेती नदी ३ र ६० मेगावाटको स्यारखोला आयोजना बनाउनका लागि सर्वेक्षणको काम थाल्न अनुमतिपत्र (लाइसेन्स) पाइसकेको छ । अघिल्लो वर्ष गरेको नाफाबाट सेयरधनीलाई १० प्रतिशत नगद लाभांश र १५ प्रतिशत बोनस सेयर दिएको छ । चिलिमेले ४० प्रतिशतसम्म लाभांश दिएको छ । चिलिमेले सहायक कम्पनीमार्फत १११ मेगावाटको रसुवागढी, १०२ मेगावाटको माथिल्लो भोटेकोसी र १५ मेगावाटको माथिल्लो सान्जेन र ४२ मेगावाटको तल्लो सान्जेन गरी कुल २७० मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ ।