विकासन्युज

विमुद्रिकरणमा मोदी सरकार असफल, ९९ प्रतिशत पुराना नोट फिर्ता

एजेन्सी । भारतले कालोधनलाई निस्तेज पार्नका लागि गरेको विमुद्रिकरण (डिमनिटाइजेसन) अभियान अन्र्तगत २ वर्षको अवधिमा ९९ प्रतिशत पुराना नोट फिर्ता आएका छन् । भारतीय रिजर्व बैंकले प्रतिवन्ध लागेका ५०० र १ हजार दरका पुराना नोटको प्रमाणिकरण समाप्त पारेको छ । जसअनुसार ९९ प्रतिशत प्रतिवन्धित नोट बैंकिङ प्रणालीमा फिर्ता आएको फाइनान्सियल एक्सप्रेसले जनाएको छ । केन्द्रीय बैंकले प्रतिवन्धित नोटको प्रमाणिकरणको कार्यभार समाप्त पारेको जानकारी दिएको छ । नोभेम्बर ८, सन् २०१६ मा भारत सरकारले कालोधन र जाली कारोबार नियन्त्रण गर्न ५०० र १ हजार दरका भारुमा प्रतिवन्ध लगाएको थियो । प्रतिवन्धपछि १५ खर्ब ४० अर्ब मध्ये १५ खर्ब ३० अर्ब भारु नोट फिर्ता आएको रिजर्व बैंकको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ । गत मार्चसम्म १८ खर्ब भारु नोट बाहिर रहेको रिजर्व बैंकले जनाएको छ । गत मार्चमा बैंक नोट सर्कुलेसन ३७.७ प्रतिशत बढेर १८० खर्ब भारु पुगेको छ ।

विदेशमा अध्ययन गर्न जान पैसा छैन ? जानुस नविल बैंक, १५ वर्षलाई १ करोडसम्म शैक्षिक कर्जा पाइन्छ

काठमाडौं । उच्च शिक्षा अध्ययन गर्न विदेश जाने तयारीमा हुनुहुन्छ ? रहर भएर पनि पैसाको अभावमा विदेशमा अध्ययन गर्न जान पाउनु भएको छैन ? अब चिन्ता नलिनुस नविल बैंकले विदेश अध्ययन गर्न जानेलाई शैक्षिक कर्जा दिने भएको छ । बैंकले १ करोड रुपैयाँसम्म १५ वर्षका लागि कर्जा दिने गरी नयाँ नविल शैक्षिक कर्जा योजना ल्याएको छ । शैक्षिक कर्जाका लागि विदेशी विश्वविद्यालयको अफर लेटर पखिर्नु नपर्ने बैंकले जनाएको छ । विदेश अध्ययन गर्न जाने विद्यार्थीले विश्वविद्यालय वा कलेजको अफर लेटर विना कर्जाका लागि आवेदन दिन सक्ने व्यवस्था गरेको बैंकले स्पष्टपारेको छ ।

प्रत्येक वडामा फ्रि वाइफाइ

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकाका हरेक वडा कार्यालयमा र्इ–हाजिरी र इन्टरनेट जडान गरिने भएको छ । गाउँपालिकाभित्र रहेका ८ वडा कार्यालयमा र्इ–हाजिरी र इन्टरनेट जडान गर्ने कार्य चालु आर्थिक वर्षभित्रै गरिने गाउँपालिका अध्यक्ष चक्र कार्कीले जानकारी दिए । हरेक वडा कार्यालयका लागि प्रशासनिक खर्चवापत छुट्याइएको ५ लाख रुपैयाँ बजेटबाटै र्इ–हाजिरी र इन्टरनेट जडान गर्न निर्देशन दिइएको उनले बताए। गाउँपालिकालाई प्रविधिमैत्री बनाउने उद्देश्यले उक्त कार्य गर्न लागिएको बताइएको छ । उक्त गाउँपालिकाको कार्यालयमा गत वर्ष नै र्इ–हाजिरी, इन्टरनेट र सिसिटिभी जडान गरिएको छ । कार्यालयको सबै कामलाई पारदर्शी ढङ्गले अगाडि बढाउन आधुनिक प्रविधिको प्रयोगमा गाउँपालिकाले जोड दिएको छ । यस्तै उक्त गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका सम्पूर्ण माध्यमिक विद्यालयमा कम्प्युटर, र्इ–हाजिरी, र्इ–पुस्तकालय र प्रोजेक्टरका साथै फ्रि इन्टरनेटका लागि निरन्तरता दिएको छ । रासस

मुक्तिनाथ गुरुयोजना तयार, कार्यान्वयनमा ल्याउने तयारी

मुस्ताङ । प्रसिद्ध धार्मिक पर्यटकीयस्थल मुक्तिनाथको विकासका लागि तयार पारिएको गुरुयोजना कार्यान्वयन हुने भएको छ । बाह्गुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा ५३७ रोपनी क्षेत्रफलमा फैलिएको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको विकासका लागि उक्त गुरुयोजना तयार पारिएको थियो । यसअघि मुक्तिनाथ क्षेत्र विकास समिति र पुरातत्व विभागले विसं ०७० मा तयार पारेको गुरुयोजना कार्यान्वयन हुन नसकेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ गुरुयोजना तयार पारिएकोे सांसद प्रेमप्रसाद तुलाचनले जानकारी दिए । लामो समयको प्रतिक्षापछि तयार भएको सोे गुरुयोजना कार्यान्वयनका लागि सरकारी पदाधिकारी तथा सरोकारवालासँग छलफल गरिने उक्त समितिका अध्यक्षसमेत रहनुभएका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले बताए । गुरुयोजनामा मन्दिरलाई व्यवस्थित गर्न र आसपासका क्षेत्रमा आश्रमस्थल, फूलको बगैँचा, भोजनालयलगायत नयाँ संरचना निर्माण गर्न प्रस्ताव गरिएको छ । पर्यटक तथा दर्शनार्थीको भीडभाडका कारण जम्मा हुने फोहरलाई विद्युतीय यन्त्रबाट व्यवस्थित गरिने गुरुयोजनामा उल्लेख छ । मुक्तिनाथ नजिकै रहेको रानीपौवा बजारमा पिसीसी ढलान, तल्लो प्रवेशद्वारदेखि माथिल्लो प्रवेशद्वारसम्म लिफ्ट, मूल मन्दिर यथावत राखी वरपर रहेका साना मन्दिर जीर्णोद्धार गर्न प्रस्ताव गरिएकाले प्राकृतिक, ऐतिहासिक, भौगोलिक, सांस्कृतिक र धार्मिक सम्पदालाई असर नपुग्ने गरी संरचना बनाइने प्रजिअ पौडेलले बताए। समुन्द्री सतहदेखि ३ हजार ७१० मिटरको उचाइमा अवस्थित मुक्तिनाथ मन्दिरलाई हिन्दूले मुक्तिक्षेत्र तथा बौद्धमार्गीले तिब्बती भाषामा छुमिङ ग्यात्सा सय पानी वा यथेष्ट पानी भन्दछन् । मुक्तिनाथ हिन्दू र बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल हो । पहिले तयार भएको गुरुयोजना कार्यान्वयन हुन नसकेपछि अहिले मन्त्रालयमा ताकेता गरेर नयाँ गुरुयोजना बनाइएको जानकारी दिँदै सांसद तुलाचनले सबैजनालाई सहजरूपमा आवतजावत गर्न सक्ने वातावरण सिर्जना गर्न लागिएको र यसका लागि समितिको कोषमा रहेको बजेट परिचालन गरिने बताए । समितिको कोषमा ५ करोड रुपैयाँ छ । योजना अभावमा कोषको बजेट परिचालन हुनसकेको छैन । कागबेनीदेखि मुक्तिनाथको रानीपौवासम्म जोड्ने सडक एक वर्षअघि नै कालोपत्रे भएकामा अहिले म्याग्दीको बेनीदेखि जोमसोमसम्मको ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडक कालोपत्रेको तयारी भएको छ । गत वैशाखमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथको भ्रमण गर्नुभएपछि भारतीय तीर्थयात्रीको आगमन अझै बढेको छ । मुक्तिनाथ धार्मिक, ऐतिहासिक एवं पर्यटकीय सबै दृष्टिकोणबाट महत्वपूर्ण गन्तव्य भएका कारण यसको समग्र विकासका लागि प्रस्तावित गुरुयोजनाले धेरै सहयोग पु¥याउने विश्वास गरिएको छ । रासस

बाजेको सेकुवा रेष्टुरेन्ट खोल्न सर्वोच्च अदालतको आदेश, व्यवसाय गर्न पाउने अधिकारको हनन् भएको ठहर

काठमाडौं । सर्वोच्च अदालतले बाजेको सेकुवा रेष्टुरेन्टका सबै शाखा खोल्न सरकारलाई आदेश दिएको छ । सेकुवाका सञ्चालक चेतन भण्डारीले सुन तस्करीको पैसा रेस्टुरेन्टमा लगानी गरेको आशंकामा प्रशासनले सेकुवाका सबै शाखामा शिलबन्दी गरिएका थियो । बुधबार सर्वोच्चका न्यायधीश सपना प्रधान मल्लले बाजेको सेकुवाका शाखाहरु तत्काल खोल्न अन्तरिम आदेश जारी गरेकी हुन् । सरकारको शिलबन्दी गर्ने निर्णयलाई चुनौती दिँदै बाजेको सेकुवाका लगानीकर्ता भण्डारीकी श्रीमती नीतिमा भण्डारीले गत भदौ १० गते सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्। पेशा तथ व्यवसाय गर्न पाउने मौलिक हक भएकोले उक्त हकमा रोक लगाउन सरकाले सक्दैन। बाजेको सेकुवा शिलबन्दी गर्ने निर्णयमा उचित आधार र कारण नदेखिँदा तत्काल खोली पेशा व्यवसाय गर्न दिनु’ सर्वोच्चको आदेशमा भनिएको छ । गृह मन्त्रालयले गठन गरेको गठित विशेष अनुसन्धान समितिले बाजेको सेकुवाका ५ वटा शाखामा जेठ ३० गते शिलबन्दी गरेको थियो। चेन रेस्टुरेन्टका अनामनगर, कमलपोखरी, बत्तीसपुतली, सोह्रखुट्टे र गैरीधारास्थित शाखा बन्द गराइएको थियो। ती शाखामा करिब ४०० कर्मचारी कार्यरत रहेको थिए। अनुसन्धान समितिले भण्डारीलाई सुन तस्करीमा संलग्न रहेको आशंका गरेसँगै उनी फरार छन्। भण्डारी हाल अमेरिकामा छन्। भण्डारीले चुडामणि उप्रेती ‘गोरे’सँग मिलेर सुन तस्करीमा लगानी गरेको खुलेपछि सरकारले सेकुवा रेष्टुरेन्टमा शिलवन्दी गरेको थियो ।

सिटिजन्स बैक ठग्ने ५ जनालाई प्रहरी फन्दामा

काठमाडौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडलाई २ करोड २८ लाख ३८ हजार रुपैयाँ हानि पु¥याउने छ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । बैङ्कको न्यूरोड शाखाका कर्मचारी र सुन ऋणीको मिलेमतोमा धितोबापत राखिएको सुन ऋण चुक्ता नहुँदै फिर्ता दिने तथा अपुग सुनसमेत राखी विभिन्न समयमा ऋण प्रवाह गरी बैङ्कलाई हानि पु¥याउने ती व्यक्तिलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ । पक्राउ पर्नेमा बैङ्कका कर्मचारीहरु वरिष्ठ सुन जाँचक भक्तपुरका सामिन शाक्य र सहायक सुन जाँचक विन्देश शाक्य, प्राइम कमर्सियल बैंक गोल्ड अडिट विभगाका अमितराज बज्राचार्य, ऋणी मोरङ शनिश्चरेका लभ बराइली र सङ्खुवासभा शनिश्चरे चैनपुरका उमेशराज बराइली छन् । पक्राउ परेकालाई उच्च अदालत पाटनबाट आज सात दिनकोे म्याद थप गरी बैंकिङ कसुर तथा सजाय ऐनबमोजिम अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ । रासस

८ अर्ब पुँजी पुर्याउँन अतालिएका सीईओहरु अहिले १६ अर्ब मागिरहेका छन्ः गभर्नर नेपाल

काठमाडाैं । राष्ट्र बैंकका गभर्नर चिरञ्जीवि नेपालले अब बैंकको चुक्ता पुँजी १६ अर्ब बनाउनु पर्नेमा जोड दिएका छन् । गभर्नर नेपालले बैंक मर्जर र ८ अर्ब चुक्ता पुँजीबाट बैंकले ठूलो लाभ लिएको बताउँदै चुक्ता पुँजी वृद्धि गर्नु पर्नेमा जोड दिएका हुन् । ८ अर्ब शुरु गर्दा आत्तिएका बैंकका सीर्इअाेहरू अहिले १६ अर्ब चुक्ता पुँजी पुर्याउन पनि तयार रहको नेपालले बताएका हुन् । राजधानीमा आयोजित इकोटल्क कार्यक्रममा बोल्दै नेपालले भने हामीले शुरु गरेको बैंक मर्जर र चुक्ता पँजीले सफलता हात पारेको छ, हिजोको दिनमा असहमति जनाउने बैंकहरुले अहिले ठूलै लाभ लिइरहेका छन्, अब १६ अर्ब पुर्याउन पनि बैंकहरु तयार हुनु सकारात्मक पाटो हो । नेपालले १४२ बैंक मर्जर भएर अहिले २८ वटा सिमित हुनुले जनताको लगानी सुरक्षित हुने बताए । भुटानका बैैंकहरुको ५ अर्ब चुक्ता पुँजी हुदाँ नेपाली बैंकको मात्र २ अर्ब चुक्ता पुँजी थियो । अहिले हामीले ८ अर्ब पुर्याएका छौं । अझै बैंकहरुलाई मर्जर गराएर चुक्ता पुँजीको बृद्धि हुनुपर्ने नेपालले जोड दिए । बैंकले व्यवसायीलाई आर्थिक अनुशासनमा राख्नु स्वभाविक हो । आज तीन पुस्ते विवरण राख्दा त रकम तिर्न नमान्ने व्यवसायीहरुले व्यक्तिको नाम मात्र राख्दा बैंकको लगानी जोखिममा पर्छ । जनताको लगानी सुरक्षित गर्न ऋणीहरुले आर्थिक अनुसासनको पालना गर्नुपर्छ । कृषिमा बैैंकले लगानी गर्न नमान्नु एउटा समस्या हो तर अहिले हामीले देशभरका ७ हजार ४ सय जना कृषकलाई अनुदानको व्यवस्था गरिसकेका छौं । यसका लागि निवेदन पेश गरेर मात्र हुदैंन काम नै गरेर देखाउनु पर्छ । कृषि प्रधान देशमा अर्बाैको तरकारी विदेशबाट ल्याउनु दुखको कुरा हो । नेपालमा उद्योग खोलेर कसैले पनि घाटा खानुपर्ने अवस्था छैन । अन्य देशमा भन्दा नेपालमा लगानीका लागि उपयुक्त वातावरण रहेको छ ।

प्रभु इन्स्योरेन्स र माछापुच्छ्रे बैंकबीच बैंकास्योरेन्स सेवा सम्झौता

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेड र माछापुच्छ्रे बैंक लिमिटेड बिच बैंकास्योरेन्स सेवा सम्वन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा प्रभु इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य तथा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार अब माछापुच्छ्रे बैंकका ग्राहकहरुले बैंकको जुनसुकै शाखा कार्यालयहरुबाट सजिलै प्रभु इन्स्योरेन्सको बीमा सेवा लिन सक्नेछन् ।