
काठमाडाैं । राष्ट्र बैंकका गभर्नर चिरञ्जीवि नेपालले अब बैंकको चुक्ता पुँजी १६ अर्ब बनाउनु पर्नेमा जोड दिएका छन् । गभर्नर नेपालले बैंक मर्जर र ८ अर्ब चुक्ता पुँजीबाट बैंकले ठूलो लाभ लिएको बताउँदै चुक्ता पुँजी वृद्धि गर्नु पर्नेमा जोड दिएका हुन् । ८ अर्ब शुरु गर्दा आत्तिएका बैंकका सीर्इअाेहरू अहिले १६ अर्ब चुक्ता पुँजी पुर्याउन पनि तयार रहको नेपालले बताएका हुन् ।
राजधानीमा आयोजित इकोटल्क कार्यक्रममा बोल्दै नेपालले भने हामीले शुरु गरेको बैंक मर्जर र चुक्ता पँजीले सफलता हात पारेको छ, हिजोको दिनमा असहमति जनाउने बैंकहरुले अहिले ठूलै लाभ लिइरहेका छन्, अब १६ अर्ब पुर्याउन पनि बैंकहरु तयार हुनु सकारात्मक पाटो हो ।
नेपालले १४२ बैंक मर्जर भएर अहिले २८ वटा सिमित हुनुले जनताको लगानी सुरक्षित हुने बताए । भुटानका बैैंकहरुको ५ अर्ब चुक्ता पुँजी हुदाँ नेपाली बैंकको मात्र २ अर्ब चुक्ता पुँजी थियो । अहिले हामीले ८ अर्ब पुर्याएका छौं । अझै बैंकहरुलाई मर्जर गराएर चुक्ता पुँजीको बृद्धि हुनुपर्ने नेपालले जोड दिए ।
बैंकले व्यवसायीलाई आर्थिक अनुशासनमा राख्नु स्वभाविक हो । आज तीन पुस्ते विवरण राख्दा त रकम तिर्न नमान्ने व्यवसायीहरुले व्यक्तिको नाम मात्र राख्दा बैंकको लगानी जोखिममा पर्छ । जनताको लगानी सुरक्षित गर्न ऋणीहरुले आर्थिक अनुसासनको पालना गर्नुपर्छ ।
कृषिमा बैैंकले लगानी गर्न नमान्नु एउटा समस्या हो तर अहिले हामीले देशभरका ७ हजार ४ सय जना कृषकलाई अनुदानको व्यवस्था गरिसकेका छौं । यसका लागि निवेदन पेश गरेर मात्र हुदैंन काम नै गरेर देखाउनु पर्छ । कृषि प्रधान देशमा अर्बाैको तरकारी विदेशबाट ल्याउनु दुखको कुरा हो । नेपालमा उद्योग खोलेर कसैले पनि घाटा खानुपर्ने अवस्था छैन । अन्य देशमा भन्दा नेपालमा लगानीका लागि उपयुक्त वातावरण रहेको छ ।