बाजेको सेकुवा रेष्टुरेन्ट खोल्न सर्वोच्च अदालतको आदेश, व्यवसाय गर्न पाउने अधिकारको हनन् भएको ठहर

<p>काठमाडौं । सर्वोच्च अदालतले बाजेको सेकुवा रेष्टुरेन्टका सबै शाखा खोल्न सरकारलाई आदेश दिएको छ । सेकुवाका सञ्चालक चेतन भण्डारीले सुन तस्करीको पैसा रेस्टुरेन्टमा लगानी गरेको आशंकामा प्रशासनले सेकुवाका सबै शाखामा शिलबन्दी गरिएका थियो । बुधबार सर्वोच्चका न्यायधीश सपना प्रधान मल्लले बाजेको सेकुवाका शाखाहरु तत्काल खोल्न अन्तरिम आदेश जारी गरेकी हुन् । सरकारको शिलबन्दी गर्ने निर्णयलाई [&hellip;]</p>

काठमाडौं । सर्वोच्च अदालतले बाजेको सेकुवा रेष्टुरेन्टका सबै शाखा खोल्न सरकारलाई आदेश दिएको छ । सेकुवाका सञ्चालक चेतन भण्डारीले सुन तस्करीको पैसा रेस्टुरेन्टमा लगानी गरेको आशंकामा प्रशासनले सेकुवाका सबै शाखामा शिलबन्दी गरिएका थियो । बुधबार सर्वोच्चका न्यायधीश सपना प्रधान मल्लले बाजेको सेकुवाका शाखाहरु तत्काल खोल्न अन्तरिम आदेश जारी गरेकी हुन् ।

सरकारको शिलबन्दी गर्ने निर्णयलाई चुनौती दिँदै बाजेको सेकुवाका लगानीकर्ता भण्डारीकी श्रीमती नीतिमा भण्डारीले गत भदौ १० गते सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्। पेशा तथ व्यवसाय गर्न पाउने मौलिक हक भएकोले उक्त हकमा रोक लगाउन सरकाले सक्दैन। बाजेको सेकुवा शिलबन्दी गर्ने निर्णयमा उचित आधार र कारण नदेखिँदा तत्काल खोली पेशा व्यवसाय गर्न दिनु’ सर्वोच्चको आदेशमा भनिएको छ ।

गृह मन्त्रालयले गठन गरेको गठित विशेष अनुसन्धान समितिले बाजेको सेकुवाका ५ वटा शाखामा जेठ ३० गते शिलबन्दी गरेको थियो। चेन रेस्टुरेन्टका अनामनगर, कमलपोखरी, बत्तीसपुतली, सोह्रखुट्टे र गैरीधारास्थित शाखा बन्द गराइएको थियो। ती शाखामा करिब ४०० कर्मचारी कार्यरत रहेको थिए।

अनुसन्धान समितिले भण्डारीलाई सुन तस्करीमा संलग्न रहेको आशंका गरेसँगै उनी फरार छन्। भण्डारी हाल अमेरिकामा छन्।
भण्डारीले चुडामणि उप्रेती ‘गोरे’सँग मिलेर सुन तस्करीमा लगानी गरेको खुलेपछि सरकारले सेकुवा रेष्टुरेन्टमा शिलवन्दी गरेको थियो ।

Share News