१५ करोडमा रानीपोखरी निर्माण गर्न २ कम्पनीबीच प्रतिस्पर्धा, आगामी असारभित्रै काम सम्पन्न हुने
काठमाडौं । लामो समयको विवादपछि रानीपोखरीको पुर्ननिर्माण कार्य सुरु हुने भएको छ । पुन:निर्माणका लागि २ कम्पनीबीच प्रतिस्पर्धा हुने भएको हाे । अनलाइन मार्फत आब्हान गएिको आवेदनमा २ कम्पनीले रानीपोखरी बनाउन इच्छा देखाएका हुन् । पुर्ननिर्माणको लागि रविना कन्स्ट्रक्सन र वल्र्ड वाइड सुनकोसी कडेलले आवेदन दिएका छन् । दुई कम्पनीको हाल मूल्याङकन भैरहेको काठमाडौं महानगरका सह-प्रवक्ता नवराज ढकालले बताए । उनका अनुसार हाल दुई कम्पनीको मूल्याङकनको काम भैरहेको र केहि हप्तामै दुई मध्ये एक कम्पनीले पुर्ननिर्माणको जिम्मा पाउनेछ । छनोट भएको कम्पनीले मन्दिर बाहेक पोखरी र ग्रीनरीको काम गर्नेछ । १५ करोड लागत छुट्याइएको पुननिर्माण आगामी असारभित्रै निर्माण सम्पन्न हुने सह प्रवक्ता ढकालले बताए । उनका अनुसार पोखरीमा ताल निर्माण गरी दाँया-बाँया हरियाली बनाइनेछ । ताल निर्माण सम्पन्न भएपछि पोखरीमा पुन माछा समेत राखिनेछ । यसअघि ताल पुननिर्माण सुरु भएपछि माछा कमल पोखरी लगायत तालहरुमा लगेर राखिएको थियो । पोखरीको बिच भागमा मन्दिर भने पुरातत्व विभागले नै निर्माण गर्नेछ । पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीले कामपा प्रमुख विद्यासुन्दर शाक्यलाई बुझाएको प्रतिवेदनमा यसअघि रानीपोखरी मल्लकालीन शैलीमा निर्माण गरिएकाले सोहीअनुरुप नै निर्माण गर्न सुझाव दिइएको छ । रानीपोखरी निर्माणका क्रममा विवाद उत्पन्न भएपछि समाधान गर्न यही पुस १३ गते कार्कीको संयोजकत्वमा ११ सदस्यीय विज्ञ समूह गठन गरिएको थियो । विसं २०७२ को भूकम्पले विसं १७२७ मा बनेको न्हु पुखु भनिएको रानीपोखरी र बालगोपालेश्वर मन्दिर क्षतिग्रस्त भएको थियो ।देशविदेशका धेरै पवित्र नदीका जल प्रयोग गरिएको ‘विष्णुतीर्थ’ को नामले परिचित सो पोखरीको मन्दिर पुनःनिर्माणका क्रममा कङ्क्रिट प्रयोग भएपछि विवाद उत्पन्न भएको थियो ।
स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले गर्यो ३६.८४ प्रतिशत लाभांश दिने प्रस्ताव
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई ३६.८४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । संस्थाको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ११.८४ प्रतिशत अर्थात ५ करोड ९५ लाख रुपैयाँ बराबर नगद लाभांश दिने प्रस्ताव गरेको छ । यस्तै २५ प्रतिशत अर्थात १२ करोड ५७ लाख रुपैयाँ बराबरको बोनस सेयर दिने भएको छ । लाभांश स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउने र त्यसपछि साधारणसभाबाट पारित गरी वितरण गर्ने संस्थाले जनाएको छ ।
मेगा बैंकको थप ३ वटा ठाउँमा एटीम सेवा विस्तार
काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले थप ३ वटा ठाउँमा एटीम सेवा विस्तार गरेको छ । काठमाडौँको कमलपोखरीस्थित सिटी सेन्टर र टेकु अस्पताल तथा सुर्खेतको वीरेन्द्रनगरस्थित आर्मी ब्यारेक अगाडि एटीम सेवा विस्तार गरिएको हो । योसँगै ७९ स्थानमा मेगा बैंकको एटीम सेवा विस्तार भएको छ । स्थापनाको नवौँ बर्षमा आइपुग्दा मेगा बैंकले १०१ वटा शाखा विस्तार गरेको छ । यसैगरी, देशभर १४ वटा एक्टेनशन काउन्टर, ११९ वटा शाखारहित बैंकिङ सेवा, २ हजार भन्दा बढी मेगा रेमीट सञ्जाल छन् ।
कैलाश विकास बैंकले गर्यो १७ प्रतिशत नगद लाभांश प्रस्ताव
काठमाडौं । कैलाश विकास बैंकले सेयरधनीलाई १७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ४२ करोड ८५ लाख रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको हो । न्युनतम चुत्तापुँजी पुगेपछि बैंकले सेयरधनीलाई नगद लाभांश दिने प्रस्ताव भएको छ । बैंकको चुत्तापुँजी २ अर्ब ५२ करोड रुपैयाँ छ । नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृति र वार्षिक साधारणसभाबाट पारित भएपछि नगद लाभांश वितरण गर्ने बैंकले जनाएको छ ।
पोखरा फाईनान्सलाई बेस्ट म्यानेज्ड फाईनान्स कम्पनीको अवार्ड
काठमाडौं। पोखरा फाइनान्स लिमिटेड नेपालको उत्कृष्ठ फाईनान्स घोषित भएको छ । प्रतिष्ठत बिजनेश अवार्ड कार्यक्रम न्यू विज बिजनेश कन्क्लेभ तथा अवार्ड २०१८ को वेष्ट म्यानेज फाइनान्स कम्पनीबाट सम्मानित भएको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङले बताए। देशभर रहेका व्यवसाहिक संस्था मध्येबाट विभिन्न विधामा उनीहरुको कार्य मुल्याड्ढनका आधारमा विज्ञ समुह छनोट गरेको उत्कृष्ट कम्पनीहरुलाई कार्यक्रममा अवार्ड प्रदना गरिएको थियो । पोखरा फाइनान्स २१ बर्ष पुरानो संस्था हो । जसकोे अधिकृत पूँजी ९४ करोड तथा चुक्ता पूँजी ८१ करोड ६४ लाख ५० हजार रुपैयाँ छ । संस्था हालसम्म ४ अर्ब ६० करोड निक्षेप परिचालन गरी ४ अर्ब २५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । संस्थाले हाल सम्म १४ शाखाबाट सेवा दिईरहेको छ भने निकट भविष्यमा बाँझापाटन पोखरा, पालुङटार गोरखा, शारदानगर चितवन, र वुटवल रुपन्देहीमा थप चार शाखा सञ्चालनमा आउने गुरुङले जानकारी गराए । ।
बैंक अफ काठमाण्डूले कार्ड धनी ग्राहकहरुका लागि ल्यायो दशैं तिहारको अफर
काठमाडौ। यस दशैं तथा तिहारको शुभ अवसरमा बैंक अफ काठमाण्डूले आफ्ना सबै कार्ड धनी ग्राहक वर्गहरुलाई विशेष छुटको व्यवस्था गरेको छ । यस छुट अन्तर्गत बैंक अफ काठमाण्डूका ग्राहकवर्गहरुले आफ्नो कार्ड मार्फत ग्राण्डी हस्पिटलको सेवा लिए बापट ७.५% , एल.जि. लाइफस्टाईल प्रा. लि. को कुनै पनि स्वरुमबाट सामान खरिद गर्दा १५% , सि.जि. डिजिटल प्रा.लि. को कुनै पनि सोरुमबाट सामान खरिद गर्दा १५% , दरबारमार्ग स्थित सुलक्स सेन्टरमा १०% , सुलक्स एण्ड कम्पनीमा १०% , फलानो लुगाको कुनै पनि स्वरुमबाट सामान खरिद गर्दा १५% र अर्गानिक चुलो बत्तिसपुतलीमा १५% छुटको लाभ उठाउन सक्नेछन्। बैंकद्वारा यो सुविधा सिमित अवधिका लागि मात्र लागु गरिएको छ।
सीजीको दशैं, तिहार तथा छठलाई लक्षित गर्दै नयाँ उपहार योजना
काठमाडौं। नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स् ब्राण्ड सीजी यसपालीको चाडपर्व दशैं, तिहार तथा छठलाई लक्षित गर्दै आफ्नो “यसपालीको चाडमा, सीजी लाग्यो घरघरमा” नामक नयाँ उपहार योजना ल्याएको छ । यस उपहार योजना अन्तर्गत अब ग्राहकहरुले सिजी ब्राण्डका विभिन्न इलेक्ट्रोनिक्स् सामानहरुको खरिदमा १० वर्षसम्मको वारेन्टी, ३६५ सम्मको आकर्षक बचत (क्यासब्याक) तथा विभिन्न पक्का उपहारहरु प्राप्त गर्ने छन् । हरेक हप्ता सिजी कै रेफ्रिजरेटर तथा टेलिभिजन जित्नुका साथै बम्पर उपहारमा एक जोडीलाई थाईल्याण्ड घुम्ने अवसर पनि रहेको छ । योजना अन्तर्गत ग्राहकहरुले सिजी ब्राण्डका टेलिभिजनहरुको खरिदमा ३ वर्ष सम्मको वारेन्टी, ३६५ सम्मको बचत, तथा सिजी ५.१ स्पिकर लगायत सिजी २.१ स्पिकर प्राप्त गर्नुहुनेछ । सिजी ब्राण्डका रेफ्रिजरेटरहरुको खरिदमा ६० महिनाको वारेन्टी, २१५ सम्मको बचत लगायत इन्टेक्स् फिटरिस्ट्वाच प्राप्त गर्न सक्ने छन्। सिजी ब्राण्डका वाशिङ्ग मेशिनहरुको खरिदमा १० वर्षसम्मको वारेन्टी, इन्टेक्स् फिटरिस्ट्वाच लगायत ५ किलोग्राम एरियल डिटरजेन्ट पाउडर प्राप्त गर्न सक्ने छन्। यसैगरि सीजी ब्राण्डका अन्यथुप्रै इलेक्ट्रोनिक्स् प्रोडक्टहरुमा पनि यस्तै आकर्षक पक्का उपहारहरु रहेको छ । यो आकर्षक योजना कम्पनीले असोज १० गतेबाट देशभरमा सिमित अवधिका लागि मात्र लागु गरेको छ ।
यातायात व्यवस्था विभाग नै विघटन गर्ने मन्त्री रघुवीरको तयारी
काठमाडौं । भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले यातायात व्यवस्था विभाग विघटन गर्ने तयारी गरेका छन् । बुधबार बसेको विकास समितीको बैठकमा महासेठले विभाग विघटन गर्ने तयारी गरेको खुलासा गरेका हुन् । विभाग विघटन गरेर यातायात प्राधिकरण बनाउने तयारी रहेको महासेठले बताएका हुन् । यसका लागि मन्त्रालयले अध्ययन समिती समेत गठन गरिसकेको महासेठले बताए । विकास समितीमा भएको छलफलमा कम्पनीबाटै ६ हजार अग्रिम टिकट बुकिङ भैसकेको विभागले जानकारी दिएको छ । दशैंको बेला सवारी दुर्घटनालाई नियान्त्रण गर्न विभिन्न ३२ स्थानमा चालकलाई रिफ्रेसमेन्ट सेन्टर समेत निर्माण गरेको विभागले जनाएको छ । दशैंमा यात्रुलाई सहज आवत जावतका लागि १३ स्थानमा प्रहरीले सहायता कक्ष स्थापना गरेको छ । प्रत्येक लामो दूरीमा चल्ने बसमा २ चालक अनिवार्य राख्नुपर्ने व्यवस्था समेत विभागले गरेको छ । यसैगरी घाइते वा मृतकको परिवारलाई क्षतिपुर्तिको लागि जिल्ला प्रशासन मार्फत भुक्तानी दिने व्यवस्था गरिएको छ ।