सीजीको दशैं, तिहार तथा छठलाई लक्षित गर्दै नयाँ उपहार योजना

<p>काठमाडौं। नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स् ब्राण्ड सीजी यसपालीको चाडपर्व दशैं, तिहार तथा छठलाई लक्षित गर्दै आफ्नो “यसपालीको चाडमा, सीजी लाग्यो घरघरमा” नामक नयाँ उपहार योजना ल्याएको छ । यस उपहार योजना अन्तर्गत अब ग्राहकहरुले सिजी ब्राण्डका विभिन्न इलेक्ट्रोनिक्स् सामानहरुको खरिदमा १० वर्षसम्मको वारेन्टी, ३६५ सम्मको आकर्षक बचत (क्यासब्याक) तथा विभिन्न पक्का उपहारहरु प्राप्त गर्ने छन् [&hellip;]</p>

काठमाडौं। नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स् ब्राण्ड सीजी यसपालीको चाडपर्व दशैं, तिहार तथा छठलाई लक्षित गर्दै आफ्नो “यसपालीको चाडमा, सीजी लाग्यो घरघरमा” नामक नयाँ उपहार योजना ल्याएको छ । यस उपहार योजना अन्तर्गत अब ग्राहकहरुले सिजी ब्राण्डका विभिन्न इलेक्ट्रोनिक्स् सामानहरुको खरिदमा १० वर्षसम्मको वारेन्टी, ३६५ सम्मको आकर्षक बचत (क्यासब्याक) तथा विभिन्न पक्का उपहारहरु प्राप्त गर्ने छन् । हरेक हप्ता सिजी कै रेफ्रिजरेटर तथा टेलिभिजन जित्नुका साथै बम्पर उपहारमा एक जोडीलाई थाईल्याण्ड घुम्ने अवसर पनि रहेको छ ।

योजना अन्तर्गत ग्राहकहरुले सिजी ब्राण्डका टेलिभिजनहरुको खरिदमा ३ वर्ष सम्मको वारेन्टी, ३६५ सम्मको बचत, तथा सिजी ५.१ स्पिकर लगायत सिजी २.१ स्पिकर प्राप्त गर्नुहुनेछ । सिजी ब्राण्डका रेफ्रिजरेटरहरुको खरिदमा ६० महिनाको वारेन्टी, २१५ सम्मको बचत लगायत इन्टेक्स् फिटरिस्ट्वाच प्राप्त गर्न सक्ने छन्।
सिजी ब्राण्डका वाशिङ्ग मेशिनहरुको खरिदमा १० वर्षसम्मको वारेन्टी, इन्टेक्स् फिटरिस्ट्वाच लगायत ५ किलोग्राम एरियल डिटरजेन्ट पाउडर प्राप्त गर्न सक्ने छन्। यसैगरि सीजी ब्राण्डका अन्यथुप्रै इलेक्ट्रोनिक्स् प्रोडक्टहरुमा पनि यस्तै आकर्षक पक्का उपहारहरु रहेको छ ।

यो आकर्षक योजना कम्पनीले असोज १० गतेबाट देशभरमा सिमित अवधिका लागि मात्र लागु गरेको छ ।

Share News