विकासन्युज

जनरल इन्स्योरेन्स कम्पनी र मुक्तिनाथ विकास बैंकबीच बैङ्कासुरेन्स सम्झौता

काठमाडौं । जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड (जीआईसी नेपाल) र मुक्तिनाथ विकास बैंक लिमिटेडबीच बैङ्कासुरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । शुक्रबार आयोजित एक कार्यक्रमबीच इन्स्योरेन्स कम्पनी तथा विकास बैङ्कबीच सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो । इन्स्योरेन्सका महाप्रबन्धक एस्.के.तमोट र बैङ्कका नायव प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । सहमतिसंगै बैङ्कका ग्राहकले जीआईसी नेपालले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैङ्कका सबै शाखाबाट लिन सक्ने प्रेस विज्ञप्तिमा जनाएइको छ ।

सुनको जलप लगाएका गहनाको बिक्री बढ्दो

काठमाडौं। चाडपर्व नजिकिँदै गर्दा यहाँका बजारमा सुनको जलप लगाएका गहनाको बिक्री बढेको छ । सुनको मूल्य महङ्गो भएकाले सर्वसाधारणले सुन किन्न नसक्दा सुनको जलप लगाएका गहनाको बिक्री बढेको हो । सुन महङ्गो धातु भएकाले निम्न तथा मध्यम वर्गका मानिसलले खरीद गर्न सक्दैनन् । जलप लगाएका गहनाको मूल्य पनि कम हुने र सुरक्षाका दृष्टिकोणले समेत सहज हुने गरेकाले यस्ता गहनाको बिक्रीमा वृद्धि भएको तुलसीपुर बजारमा व्यापार गदै आएका व्यवसायीहरु बताउँछन् । उनीहरुका अनुसार तीज, दशैँ, तिहारजस्ता चाडपर्वमा जलप लगाएका गहनाको बिक्री बढेको छ । धेरै रकम खर्चेर किनेको गहनाको चोरी हुने डर हुन्छ तर यस्ताखाले गहना किन्दा सस्तो पर्ने, हराए, चोरी भए पनि पीर नहुने हुँदा आफू यस्ता खाले गहन किन्न आएको बताउँछन्, तुलसीपुर उपमहानगरपालिका–१४ की अञ्जु धिताल । उनले भने,“सस्तो मूल्यमा आफूलाई जुन प्रकारको गहना लगाउने रहर छ त्यो पनि पाइने हँुदा खुशी लागेको छ ।” यतिबेला तुलसीपुर घोराही, लमही, भालुवाङलगायतका बजार क्षेत्रका गहना पसलमा उहाँ मात्र होइन उनीसंगै सो गाउँका थुपै्र महिला सुनको जलप लगाएका गहना किन्दै गरेको देख्न सकिन्छ । सोही ठाउँकी शान्ता चौधरीले भने , “सुनको मूल्य हालेर आफूजस्ता गरीब वर्गले कसरी गहना लगाउन सकिन्छ र ! जलप मात्र लगाएका गहना सस्तोमा पाइने हुँदा किन्न आएकी हुँ । यसले आफ्नो रहरसमेत पूरा गरिदिएको छ ।” रासस

भोजपुरमा ग्यासको मूल्य घट्यो

काठमाडौ। भोजपुर– लेगुवा सडक खण्डको भाडासँंगै ग्यासको मूल्य घटाइएको छ । चाडबाड नजिकिएसँगै जिल्लाका सरोकार भएका निकायको बैठकले मूल्य तथा भाडादर घटाएको हो । भोजपुरलाई तराईका जिल्लासंँग जोड्ने भोजपुर–लेगुवा सडकको स्तरउन्नती भएसंगै भाडा एक सय रुपैया घटाएको हो । छैसठ्ठी किलोमिटरको सो सडक खण्डमा यात्रुले रु पाँच सय तिर्दै आएका थिए । त्यस्तै यही असोज २४ गतेदेखि लागु हुने गरी ग्यासको मूल्यमा प्रतिसिलिण्डर रु ७५ घटाइएको छ । व्यवसायीले ग्यास प्रतिसिलिन्डर रु १८ सय ७५ मा बेच्दै आएकामा रु एक हजार ८०० मा झारिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिनुभयो । त्यस्तै जिल्लामा बेलुका ८ बजेपछि मदिरा बिक्रीवितरणमा समेत रोक लगाइएको छ । ट्याक्सीको भाडाका विषयमा भने एक साताभित्र पुनः बैठक बसेर निष्कर्ष निकालिने जनाइएको छ । रासस

पप्पु कन्स्ट्रक्सनका मालिक सांसद हरिनारायण रौनियार निलम्बनमा

काठमाडौं । पप्पु कन्स्ट्रक्सनका मालिक हरिनारायण रौनियारको सांसद पद नै जाने भएको छ । भ्रष्टाचार सम्बन्धी मुद्धा दायर भएसँगै अदालतले सोको जानकारी संसदमा गराएपछि रौनियारको सांसद पद निलम्बन हुने संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले विकासन्युजलाई जानकारी दिए । संसदको पुरानो कार्यबिधी अनुसार अदालतमा मुद्धा दायर भए लगत्तै संसद पद निलम्बन हुने व्यवस्था थियो । तर संसोधित नयाँ कार्यबिधीमा भने अदालतले संसदलाई मुद्धा सम्बन्धी जानकारी दिएपछि मात्रै निलम्बनमा पर्ने व्यवस्था रहेको छ । भ्रष्टाचार सम्बन्धी कसुर प्रमाणित भएमा रौनियारको सांसद पद खारेज हुनेछ । अदालतबाट सफाई पाएमा भने उनको निलम्बन फुकुवा हुनुका साथै सो अवधीको तलब भत्ता समेत प्राप्त गर्नेछन् । पप्पु कन्स्ट्रक्सनका मालिक हरिनारायण रौनियार सहित १२ जना विरुद्ध भ्रष्ट्राचारको मुद्धा (नामवलीसहित)

तनहुँ जलविद्युत् आयोजनाको मुआब्जाप्रति स्थानीयको आपत्ति

काठमाडौं। तनहुँ जलविद्युत् आयोजनाले अधिग्रहण गर्ने थप जग्गाको मुआब्जामा स्थानीयवासीले आपत्ति जनाएका छन् । आयोजनाको बाँधमा जाने प्रवेश मार्ग र ठेकेदारका लागि आवश्यक पर्ने व्यास नगरपालिका–५ बेतनीको जग्गाको मुआब्जाप्रति आपत्ति जनाइएको हो । आयोजना प्रभावित सङ्घका तर्फबाट अध्यक्ष तेजराज थपलियाले विज्ञप्ति जारी गर्दै मुआब्जा निर्धारण समितिले गरेको निर्णय आफूहरुलाई मान्य नहुने बताएका छन्। जिल्ला मुआब्जा निर्धारण समितिले जग्गाको प्रकृति हेरेर प्रतिरोपनी रु साढे नौ लाखदेखि २० लाखसम्म मूल्य निर्धारण गरेको थियो । पहिरामा परेको जग्गाका लागि प्रतिरोपनी रु दुई लाख ४० हजार निर्धारण भएको थियो । विज्ञप्तिमा परापूर्वकालदेखि चलिआएको १५ फुटे बाटोमा पर्ने घडेरीयुक्त जग्गाको वास्तविक मूल्य प्रति आना झण्डै रु १० लाख हुनुपर्नेमा मुआब्जा निर्धारण समितिले हचुवाका भरमा मूल्य निर्धारण गरेको जनाइएको छ । साथै छ वर्ष अगाडि बाटो नभएको साविक काहुँशिवपुर गाविसमा परेको जग्गालाई प्रति आना आयोजनाले रु तीन लाखका दरले खरिद गरेको र अहिले आफूहरुको जग्गाको मूल्य भने एकदमै न्यून निर्धारण गरेको विज्ञप्तिमा भनिएको छ । एक सय ४० मेगावाट क्षमताको आयोजनाका लागि व्यास नगरपालिका– ५ मा थप ५० रोपनी जग्गालाई रु आठ करोड विनियोजन भएको छ ।रासस

पप्पु कन्स्ट्रक्सनका मालिक हरिनारायण रौनियार सहित १२ जना विरुद्ध भ्रष्ट्राचारको मुद्धा (नामवलीसहित)

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पप्पु कन्स्ट्रक्सनका मालिक हरिनारायण रौनियार विरुद्ध र छोरा सुमित रौनियर सहित १२ जना विरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । बर्दिया सदरमुकाम गुलरिया र बर्दिया नगरपालिका जोड्ने जब्दीघाटको बबई पुल निर्माणमा गुणस्तरहीन सामाग्री प्रयोग गरेको भन्दै आयोगले भ्रष्टाचार मुद्धा दायर गरेको हो । मुद्धा दायर हुनेहरुमा कृष्णदेव यादव, भानु जोसी, मनोज श्रेष्ठ, राजेश कुमार यादव, नवराज केसी, प्रेम प्रसाद चुवाई, हरिबहादुर खड्का, दीपेन्द्र बहादुर विष्ट, कर्मा तेन्जिङ तामाङ र गोविन्द गैरे रहेका छन् । पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको बबई पुल निर्माणमा गुणस्तरहीन सामाग्री प्रयोग भएको अख्तियारले प्रमाणित गरेको छ । यसअघि अख्तियारमा पुल बनाउँदाखेरि नै बाङ्गो देखिएको र उद्घाटन नहुँदै भत्किएको बन्ने समेतको व्यहोराको उजुरी परेको सहायक प्रवक्ता मदन कोइरालाले जानकारी दिए । आयोगले अनुसन्धान गर्दा डिभिजन सडक कार्यालय नेपालगञ्ज र पप्पु कन्स्ट्रक्सन,पोखरिया ७ बीच पुल निर्माणका लागि मिति २०६८ असार २२ गते सम्झौता भएपछि बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको बबई पुल निर्माणको प्रारम्भिक चरणदेखि अन्तिम चरणसम्मको अवस्थालाई हेर्दा निर्माण अवधिमा संलग्न सबै प्राविधिक कर्मचारीहरु गलत नियतले काम गरेको भेटिएको हो । अख्तियारले आयोजनामा संलग्न १२ जना ब्यक्तिहरू विरुद्ध सजायको मागदावी लिइ शुक्रबार विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको हो ।

चिनीको मूल्य बढाउने/घटाउने कुरा प्रधानमन्त्रीलाई सोध्नुस्-मात्रिका यादव

काठमाडौं । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मात्रृका प्रसाद यादवले चिनीको मूल्य घटाउन नसक्ने स्पष्ट पारेका छन् । शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री यादवले चिनीको मूल्य घटाउने वा बढाउने भन्ने कुरा प्रधानमन्त्रीको हातमा रहेको बताएका हुन् । प्रधानमन्त्रीको निर्देशन अनुसार नै चीनी आयातको कोटा निर्धारण गरिएको र प्रधानमन्त्रीकै निर्देशन अनुसार मात्रै चिनीको मूल्य घटाउन सकिने मन्त्री यादवले स्पष्ट पारेका हुन् । प्रधानमन्त्रीको ठाडो निर्देशनमा चिनी आयातको कोटा बार्षिक १ लाख मेट्रिकटन कायम गरिएको थियो । बिहिबार बसेको संसदको सार्वजनिक लेखा समितिको बैठकले चिनीको मूल्य ६३ रुपैंया काम गर्न निर्देशन दिएको थियो । हाल चिनीको बजार मूल्य ७० रुपैंयाँ तोकिएको छ । स्वदेशी चिनी उद्योगहरुको प्रवद्र्धनका लागि भन्दै सरकारले चिनी आयातको कोटा निर्धारण गरेको थियो । कोटा निर्धारणपछि चिनी उद्योगीहरुले चिनीको मूल्य वृद्धि गरेका थिए ।

सिन्धुपाल्चोकको मेलम्चीमा कृषि विकास बैंक लिमिटेडको एटिएम सेवा शुभारम्भ

काठमाडौं। सिन्धुपाल्चोक जिल्लाको मेलम्चीमा कृषि विकास बैंककोे एटिएम सेवा शुभारम्भ कार्यक्रमको मिति २०७५ साल असोज १२ गतेका दिन कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौला र मेलम्ची नगरपालीकाका नगर प्रमुख डम्बर बहादुरबाट संयूक्त रुपमा औपचारिक उदघाटन भयो । कृषि विकास बैंक क्षेत्रिय कार्यालय, काठमाडौका मुख्य निर्देशक  चुडामणी तिम्सेनाको अध्यक्षतामा भएको समुदघाटन कार्यक्रममा स्वागत मन्तव्य कृषि विकास बैंक मेलम्चीका  प्रबन्धक  तोलाकान्त अधिकारीले गरेका थिए। सेवाग्राही तथा सर्वसाधारण जनताको व्यापक उपस्थिति रहेको उदघाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत तथा उदघाटन कार्यक्रमका प्रमुख अतिथी लिला प्रकाश सिटौलाले कृषि विकास बैंकले प्रदान गर्ने सेवा सुविधा तथा बैंकको एचयमगअत (भिसा कार्ड, आईपिएस,इन्टरनेट बैकिङ्ग, आस्वा सुधिा,डिम्याट सुविधा, मोवाईल बैकिङ्ग, एसएमएस) को बारेमा जानकारी गराउनुका साथै कृषि विकास बैंक सबैभन्दा ठुलो र स्वस्थ वाणिज्य बैंकको रुपमा रहन सफल भएको तथा स्थानीय जनताको माया÷ममता र निरन्तर सहयोग भएमा बैंकले बढी भन्दा बढी क्षेत्रहरु समेटी लगानी बृद्धि तथा अन्य थप बैकिङ्ग सेवा सुविधा उपलव्ध गराउने विषयमा प्रकाश पार्दै सुरक्षीत मोनासिव प्रतिफलका लागि आफुसंग रहेको जे÷जति बचत भएको रकम कृषि विकास बैंकमा नै बचत गर्न अनुरोध समेत गरेका छन्। यसै गरी मेलम्ची नगरपालीकाका प्रमुख तथा उदघाटन कार्यक्रमका अतिथी डम्बर बहादुर अर्यालले बैंकले मेलम्ची बजारको घरआंगनमा नै एटिएम सेवा उपलव्ध गराएको हुंदा आम स्थानीय जनताहरुले उक्त सेवाको उपभोग गर्न अनुरोध गर्दै, बैंकले उपलव्ध गराउने सेवा सुविधाहरु पारदर्शिढंगले समयमानै उपलव्ध गराउन सकेमा आम सेवाग्राहीहरुको आकर्षण कृषि विकास बैंक प्रति अझ बढ्ने भनि बैंकको थप प्रगतीका लागि शुभकामना समेत व्यक्त गरेका छन्। सेवाग्राही तथा स्थानीय जनताकोे तर्फबाट सिद्धिलाल श्रेष्ठ,यादव दुलालले बैंकले उपलव्ध गराउने सेवाहरुले मेलम्ची बासीहरुको मन छुन सकोस र गरिव भन्दा गरिब किसानको जिवनस्तर उकास्नमा मद्दत पुगोस भन्दै बैंकको उच्च प्रगतिको कामना गर्दै शुभकामना मन्तव्य व्यक्त गरेका छन्। त्यस्तै गरी कृषि विकास बैंक क्षेत्रिय कार्यालय काठमाडौका मुख्य निर्देशक चुडामणी तिम्सेनाले कृषि विकास बैंकले स्थापनाकाल देखि नै गरिब भन्दा गरिब किसानहरुको जीवनस्तर उकास्नमा निरन्तर वित्तीय सहयोग गर्दैं आएको हुंदा कृषि क्षेत्रलाई विशेष प्राथामिकता दिदै औद्योगिक विकासका लागि पनि बैंकले वित्तीय सहयोग उपलव्ध गराउने तथा अबका दिनमा मेलम्चीवासीलाई उपलव्ध गराउन सक्ने बैंकिङ्ग सेवाका बारेमा प्रकाश पारे।