चिनीको मूल्य बढाउने/घटाउने कुरा प्रधानमन्त्रीलाई सोध्नुस्-मात्रिका यादव

<p>काठमाडौं । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मात्रृका प्रसाद यादवले चिनीको मूल्य घटाउन नसक्ने स्पष्ट पारेका छन् । शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री यादवले चिनीको मूल्य घटाउने वा बढाउने भन्ने कुरा प्रधानमन्त्रीको हातमा रहेको बताएका हुन् । प्रधानमन्त्रीको निर्देशन अनुसार नै चीनी आयातको कोटा निर्धारण गरिएको र प्रधानमन्त्रीकै निर्देशन अनुसार मात्रै चिनीको मूल्य घटाउन [&hellip;]</p>

काठमाडौं । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मात्रृका प्रसाद यादवले चिनीको मूल्य घटाउन नसक्ने स्पष्ट पारेका छन् । शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री यादवले चिनीको मूल्य घटाउने वा बढाउने भन्ने कुरा प्रधानमन्त्रीको हातमा रहेको बताएका हुन् ।

प्रधानमन्त्रीको निर्देशन अनुसार नै चीनी आयातको कोटा निर्धारण गरिएको र प्रधानमन्त्रीकै निर्देशन अनुसार मात्रै चिनीको मूल्य घटाउन सकिने मन्त्री यादवले स्पष्ट पारेका हुन् । प्रधानमन्त्रीको ठाडो निर्देशनमा चिनी आयातको कोटा बार्षिक १ लाख मेट्रिकटन कायम गरिएको थियो ।

बिहिबार बसेको संसदको सार्वजनिक लेखा समितिको बैठकले चिनीको मूल्य ६३ रुपैंया काम गर्न निर्देशन दिएको थियो । हाल चिनीको बजार मूल्य ७० रुपैंयाँ तोकिएको छ । स्वदेशी चिनी उद्योगहरुको प्रवद्र्धनका लागि भन्दै सरकारले चिनी आयातको कोटा निर्धारण गरेको थियो । कोटा निर्धारणपछि चिनी उद्योगीहरुले चिनीको मूल्य वृद्धि गरेका थिए ।

Share News