काठमाडौँमा ४० वटा मिटमार्ट निर्माण गर्ने कृषिमन्त्री खनालको घोषणा
काठमाडौ । कृषि तथा पशुपक्षीमन्त्री चक्रपाणि खनालले काठमाडौँमा जनघनत्व बढेसँगै सर्वसाधारणले बढी उपभोग गर्ने दूध, पानी, तेल तथा मासुमा सरकारले नियमित नियमन गर्न नसकेको बताएका छन् । रिपोर्टस क्लबमा शुक्रबार आयोजित साक्षात्कारमा उनले भने, “चाडबाडमा एक महीना जति नियमन हुने र त्यसपछि क्रमशः हराएर जाने प्रवृत्ति छ, यस्तो प्रवृतिलाई अन्त्य गरी अब वर्षभरि नै नियमन गर्ने प्रक्रिया ल्याईनेछ ।” मन्त्री खनालले स्वस्थ मासुको व्यवस्थापनका लागि हेटौँडास्थित दैनिक २०० राँगो काट्ने क्षमता भएको बधशालाको उपयोगमा ल्याउने बताउँदै काठमाडौँ उपत्यकामा ४० वटा मिटमार्ट निर्माण गर्ने योजना सरकारले बनाइरहेको जानकारी दिए। हाल काठमाडौँमा दैनिक ४०० राँगा काट्ने गरिएको उल्लेख गर्दै बधशालामा सर्वसाधारण जनता तथा उपभोक्ताको पहुँच नभएकाले ती मासु स्वस्थकर नहुने बताए । यसको तुलनामा खसी, बोका तथा भेडा काट्ने ठाउँमा उपभोक्ताको उपस्थित भएकाले मिटमार्टले जथाभावी गर्ने सम्भावना कम रहेको मन्त्री खनालको भनाईछ । उहाँले फोहर तथा अव्यवस्थित बधशालाका कारण राँगा काट्ने चार वटा बधशाला बन्द गरेको र पानीका २२ उद्योगमा तालाबन्दी गरेको जानकारी दिदैं नियमित अनुगमनका कारण ९३ पानी उद्योगमा सुधार आएको बताए । रासस
गैरआवासीय नेपाली संघद्धारा रक्तदान कार्यक्रम सम्पन्न
काठमाडौं । गैरआवासीय नेपाली संघले स्थापना दिवसको अवसरमा शक्रबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा विभिन्न मुलुकबाट आएका ५० जनाले रक्तदान गरेको संयोजक फणिन्द्र पन्तले जानकारी दिएका छन् । उक्त कार्यक्रम एनआरएनएको रक्तसञ्चार प्रविधि विकास उपसमितिको संयोजन र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा आयोजना गरिएको थियो ।
दशैको रौनकलाई ८ तस्बिरमा हेर्दा !
काठमाडौको असनस्थित बजारमा दशैका लागी किनमेल गर्नेहरुको भीड काठमाडौ । हिन्दूहरुको महान पर्व दशै नजिकीँदै गर्दा काठमाडाैं बाहिरिनेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । नयाँ लुगा लगाउने, मिठो मिठो परिकार बनाएर खाने, सबै आफन्त भेला हुने र आफु भन्दा ठूलासंग आर्शिवाद लिई दशै मनाउने चलन छ । आफनो कामसंग रमाउदै युवा व्यापारी अहिले प्राय सडकदेखि मलसम्म सबै स्थानमा व्यापारको रौनक छाएको छ । दशैमा बिशेष गरी माता दुर्गाको पुजा गरिन्छ । दशैमा हिन्दु धर्मालम्वीहरु आफनो घर सफा गर्ने, सजाउने कुरामा बिशेष ध्यान दिने गर्छन । सर्वसाधारणहरुले आफनो धेरै जस्तो समय किनमेलमा बिताउने गर्छन । दशैको बिदामा साना बच्चाहरु चंगा उडाउनुका साथै बिभिन्न खेल खेलि रमाउने गर्छन । दशैको छुट्टीमा टुडिखेलको चौरमा चंगा उडाउदै साना बाबुहरु न्युरोडस्थित मलमा दशैका लागी सामान हेर्दै सर्वसाधारण कोही लुगा छान्दैमा व्यस्त, कोही लुगा बेच्दैमा व्यस्त । चंगामा धागो बाध्न सिक्दै,सिकाउदै दुई साथी । दशैका लागी लूगा छान्दै महिला दिदी बहिनीहरु ।
युएम बाइकको नयाँ शोरुम काठमाडौंको सामाखुशीमा
काठमाडौं । यूएम बाइकको आधिकारीक बिक्रेता आइएमई अटोमोटिभ्स् प्रा.लि. ले यूएम मोटरसाइकलको नयाँ शोरुम काठमाडौंको सामाखुशीमा विस्तार गरेको छ । कम्पनीले आफ्नो शाखा विस्तार गर्दै पूर्ण सुविधासहितको नयाँ शोरुम एपी अटो ईन्टरप्राईजेज संचालनमा ल्याएको हो । उक्त शोरुमको उद्घाटन आइएमई अटोमोटिभ्स् प्रा.लि. का प्रमुख सञ्चालन अधिकृत दामोदर खनालले गरेका हुन् । यूएम बाइकका डिभिजन हेड उज्जवल जोशीले नयाँ शोरुमले ग्राहकहरुको बढ्दो माग पूरा गर्न सहज हुने बताए । ‘ए.पी. अटो ईन्टरप्राईजेज’ का अध्यक्ष चन्द्रप्रकाश राजभण्डारीले दसैं र तिहारको अवसर पारेर यूएम बाइक खरिदमा थाइल्यान्ड टुर प्याकेजको पनि अफर ल्याएको जानकारी दिएका छन् । शोरुम उद्घाटनको अवसरमा नयाँ बाइक खरिद गर्ने साजन मान श्रेष्ठलाई चाबी हस्तान्तरण पनि गरियो । यूएम अमेरिकी ब्रान्डका रेनेगेड स्पोर्टस एस, रेनेगेड कमान्डो, हाइपर स्पोर्टस, डीएसआर टु र रेनेगेड स्पोर्टस बाइक तथा नाइट्रोक्स र पावरम्याक्स स्कुटर उपलव्ध छन् ।
१० हजार रुख रोप्दै काठमाडौं महानगरपालिका, नि:शुल्क विरुवा उपलब्ध गराउने
काठमाडौं । काठमाडौं महानगरपालिकाले हरियाली प्रवद्र्धनका लागि १० हजार विरुवा रोप्ने भएको छ । विश्व वातावरण दिवसमा २ हजार ३ सय ७१ वटा विरुद्ध रोपेको महानगरपालिकाले चालु आर्थिक बर्षभित्र थप १० हजार विरुवा रोप्न लागेको हो । ‘यसै बर्ष १० हजार नयाँ विरुवा रोप्दै छौं, उपत्यकालाई हरियाली र स्वच्छ बनाउनका लागि यो अभियान थालेका हौं’, काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले भने । उनले वातावरण दिवसका दिन २ हजार ३ सय ७१ वटा विरुवा रोपेको जानकारी पनि दिए । विभिन्न विद्यालय, संघ संस्थाहरुको सहयोगमा सो वातावरण दिवसमा विरुवा रोपिएको बताए । महानगरपालिका भित्र सडकको किनारा, ट्राफिक आईल्याण्ड र बगैँचाहरुमा रुख रोपिसकेको पनि दावी गरे । थप १० हजार विरुवा भने विद्यालय, संघ संस्थाहरु र टोल सुधार समितिहरुको सहयोगमा रोप्ने बताए । महानगरपालिकाले वृक्षारोपण गर्नेहरुका लागि निःशुल्क विरुवा उपलब्ध गराउने घोषणा पनि गरे ।‘विरुवा माग्न आउनुस, हामी निःशुल्क उपलब्ध गराउँछौं, रोपेर हुर्काउने जिम्मेवारी तपाईहरुको भयो’, शाक्यले भने । महानगरपालिकाले स्कुल, पोखरी र बगैँचा लगायतका ८ ठाउँमा रेन हार्भेष्टिङ तथा ग्राउण्ड वाटर रिचार्जको अध्ययन पनि अघि बढाएको छ । यसले आकाशे पानीलाई संकलन गरेर जमिनमुनी पठाउनेछ । त्यस्तै, ढल खोल्ने तथा सडक सरसफाई गर्ने ५ वटा जेट मेसिन खरिद गरेर उपयोगमा ल्याईसकेको छ भने ५ वटा ब्रुमर खरिदको प्रक्रिया पनि अघि बढाईसकेको छ । आगामी ३ महिनाभित्र ब्रुमरहरुले सडक सफाई अघि बढाउने मेयर शाक्यले बताए ।
क्यासिनो महाजोंगले प्राप्त गर्यो सर्वोत्कृष्ट पुरस्कार
काठमाडौं । काठमाडौंको सोल्टी होटलको परिसरमा रहेको क्यासिनो महजोंगले सर्वोत्कृष्ट क्यासिनो अवार्ड प्राप्त गरेको छ । भारतका पर्यटन मन्त्री के जे अल्फोन्स र संसदीय कार्य व्यवस्था मन्त्री बिजय गोयलको प्रमुख आतिथ्यमा हालै भारतको नयाँदिल्लीमा भएको विशेष समारोहमा क्यासिनो महाजोंगका प्रबन्ध निर्देशक बिनोद श्रेष्ठको तर्फबाट कम्पनीका निर्देशक हेमन्त कक्षपति तथा कम्पनीका महाप्रवन्धक अमुल्य विक्रम राणालाई उक्त अवार्ड प्रदान गरिएको हो । पर्यटन तथा आतिथ्य उद्योग सर्वोत्कृष्ट कम्पनीलाई प्रदान गरिने उक्त अवार्ड प्रदान समारोहमा नेपाल पर्यटन बोर्डले पर्यटन सम्बन्धी डकुमेन्ट्री प्रस्तुत गरेको थियो । २०६९ पुस १२ गते क्यासिनो महाजोंग सोल्टी होटलको परिसरमा संचालनमा आएको हो । क्यासिनो नियमावली २०७० बमोजिम २५ करोड रुपैयाँ चुक्ता सेयर पुँजी भएको माजोङ इन्टरटेनमेण्ट प्रा.लि.आफैले क्यासिनो संचालन इजाजत प्राप्त गरी २०७१ माघ २१ बाट सोल्टी होटलको परिसरमा क्यासिनो संचालन गर्दै आइरहेको छ । यो क्यासिनोले स्थापनाकाल देखि नै हालसम्म बुझाउनु पर्ने रोयल्टी रकम तथा कर राजश्व समयमै बुझाउँदै आएको छ । कुनैपनि राजश्व रकम बुझाउन बाँकी नभएको दावी व्यवस्थापनले जनाएको छ । हालसम्म कम्पनीले २८ करोड भन्दा बढी राजश्व दाखिला गरिसकेको छ । यस क्यासिनोमा करार र दैनिक ज्यालादारीसमेत गरी हाल ६०० जना भन्दा बढी व्यक्तिहरुले प्रत्यक्ष रोजगारी र हजारौं व्यक्तिले अप्रत्यक्ष रोजगारी पाइरहेका छन् । पर्यटक आगमनमा क्यासिनोको योगदान २० प्रतिशतभन्दा बढी छ भने पर्यटकको बसाई लम्व्याउनसमेत यसले महत्वपूर्ण भूमिका खेलेको छ ।
सानिमा लाईफ इन्स्योरेन्स सुर्खेतमा
काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडले सुर्खेतको विरेन्द्रनगरमा नयाँ शाखा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन प्रदेश सभासदस्य पदमा खड्का र कम्पनीका मुख्य प्रबन्धक गणेश चौलागाइले संयुक्त रुपमा गरेका हुन् । इन्स्योरेन्सले जीवन बीमा सेवा उपभोग गर्न नपाएका नेपालीहरुलाई जीवन बीमाको दायरामा ल्याई अत्याधुनिक स्तरको प्रविधियुक्त जीवन बीमा सेवा प्रदान गर्ने उद्देश्यले उक्त स्थानमा शाखा सञ्चालन गरेको हो ।
सर्वसाधारण समेतको शेयर लगानीमा १०४ मेगावाटको तल्लो सेती आयोजना बन्दै, २० महिनाभित्र डीपीआर
काठमाडौं । १४० मेगावाटको तनहुँ सेती जलाशययुक्त आयोजना बनाउन सुरु गरेको तनहुँ हाइड्रोपावर लिमिटेडले १०४ मेगावाटको तल्लो सेती पनि बनाउने भएको छ । तल्लो सेती आयोजना निर्माणका तनहुँ हाइड्रोले विस्तृत इन्जिनियरिङ (डीपीआर) को काम सुरु गर्न लागेको छ । उसले आयोजनाको डीपीआर र बोलपत्र कागजात (टेण्डर डकुमेन्ट) तयार पार्नका लागि आधा दर्जन परामर्शदाताको पुर्व छनौट गरेको छ । तनहुँले डीपीआर तयारीका लागि बोलपत्र आव्हान समेत गरेको छ । छनौट भएका आधा दर्जन कम्पनीले ४५ दिनभित्र बोलपत्र पेश गर्नुपर्ने छ । एफ कन्सल्ट स्वीटरजरल्याण्ड लिमिटेड र इटको नेपाल प्राइभेट लिमिटेड, छ्यानजियाङ सर्भे प्लानिङ डिजाइन एन्ड रिसर्च कम्पनी लिमिटेड चीन, डोलसार इंक र सानिमा एन्ड इन्जिनियरिङ, ल्याहमेयर इन्टरनेसनलसँग टोटल म्यानेजमेन्ट सर्भिस नेपाल, एमडब्ल्यु इन्टरनेशनल इंकसँग जेड कन्सल्ट नेपाल रहेका छन् । यस्तै, मल्टिकन्सल्ट नोरज नर्वे, पकिस्तान इन्जिनियरिङ सर्भिससँग फुलब्राइट कन्सल्टेन्सी र टोटल म्यानेजमेन्ट सर्भिस र वापकोस इण्डिया लिमिटेड र निप्पेन कोइ कम्पनी लिमिटेडसँग जीओइसी कन्सल्ट र टोटल म्यानेजमेन्ट सर्भिस रहेका छन् । डीपीआरका लागि एसियाली विकास बैंक (एडीबी) को ३३ करोड रुपैयाँ अनुदान सहयोग गर्ने भएको छ । काम सुरु गरेको २० महिनामा आयोजनाको डीपीआर तयार पारिने तनहुँ हाइड्रोका प्रबन्ध निर्देशक प्रदीपकुमार थिकेले बताए । उनका अनुसार आयोजना सन् २०२३ देखि निर्माण सुरु हुनेछ । आयोजनामा एडीबी र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को लगानी हुने छ । यद्यपी सम्झौता भएको छैन । कम्पनीले निर्माण गरिरहेको १४० मेगावाटको तनहुँ सेतीमा एडीबी र जाइकाको लगानी छ । आयोजना बनाउन २२ करोड अमेरिकी डलर अर्थात २२ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । विस्तृत लागत डीपीआर तयारपछि मात्र आउने छ । आयोजना आर्थिक रुपमा आकर्षक भएकाले सर्वसाधारणको लगानी पनि हुने उनले जानकारी दिए । १४० मेगावाटको सट्टा तल्लो आयोजनामा प्रभावित र सर्वसाधारणलाई सेयर लगानी गर्न दिने उनले बताए । तल्लोसेतीमा मादी नदीको पनि पानी मिसिने छ । आयोजनाको बाँध सानो बनाए हुने अध्ययनले देखाएको छ । तल्लो सेतीको अध्ययन अनुमतिपत्र पाएको छ । कम्पनीले १ सय ५ मेगावाटका लागि आवेदन दिए पनि १ सय ४ मेगावाट अध्ययन गर्न अनुमति पाएको हो । कात्तिक १३ गतेको ऊर्जा मन्त्रालय सचिवस्तरीय निर्णयले कम्पनीलाई अनुमतिपत्र दिएको हो माथिल्लो सेतीको लागत महँगो भएकाले श्रृंखला (क्यासकेड) का रूपमा तल्लो सेती निर्माण गर्दा लागत कम हुने कम्पनीको तर्क छ । आयोजनाको प्रतिफल करिब २० प्रतिशत हुनेछ ।