
काठमाडौं । यूएम बाइकको आधिकारीक बिक्रेता आइएमई अटोमोटिभ्स् प्रा.लि. ले यूएम मोटरसाइकलको नयाँ शोरुम काठमाडौंको सामाखुशीमा विस्तार गरेको छ । कम्पनीले आफ्नो शाखा विस्तार गर्दै पूर्ण सुविधासहितको नयाँ शोरुम एपी अटो ईन्टरप्राईजेज संचालनमा ल्याएको हो ।
उक्त शोरुमको उद्घाटन आइएमई अटोमोटिभ्स् प्रा.लि. का प्रमुख सञ्चालन अधिकृत दामोदर खनालले गरेका हुन् । यूएम बाइकका डिभिजन हेड उज्जवल जोशीले नयाँ शोरुमले ग्राहकहरुको बढ्दो माग पूरा गर्न सहज हुने बताए । ‘ए.पी. अटो ईन्टरप्राईजेज’ का अध्यक्ष चन्द्रप्रकाश राजभण्डारीले दसैं र तिहारको अवसर पारेर यूएम बाइक खरिदमा थाइल्यान्ड टुर प्याकेजको पनि अफर ल्याएको जानकारी दिएका छन् ।
शोरुम उद्घाटनको अवसरमा नयाँ बाइक खरिद गर्ने साजन मान श्रेष्ठलाई चाबी हस्तान्तरण पनि गरियो । यूएम अमेरिकी ब्रान्डका रेनेगेड स्पोर्टस एस, रेनेगेड कमान्डो, हाइपर स्पोर्टस, डीएसआर टु र रेनेगेड स्पोर्टस बाइक तथा नाइट्रोक्स र पावरम्याक्स स्कुटर उपलव्ध छन् ।