विकासन्युज

तिहार र छठमा नेपाली जुत्ता घरको बिशेष अफर, यी हुन् छुट पाइने ठाउँ

काठमाडौं । के तपाई तिहार वा छठमा नयाँ जुत्ता किन्ने सोचमा हुनुहुन्छ ? त्यसो भए नेपाली जुत्ता घर जानुस् जहाँ पाउनु हुनेछ ५० प्रतिशतसम्म छुट । स्वदेशी लगानी, स्वदेशी शिप र स्वदेशी परिश्रमबाट निर्मित नेपाली जुत्ताहरुमा ६ महिनाको वारेन्टीसहित २० देखि ५० प्रतिशतसम्म छुट पनि उपलब्ध छ । जाडो महिना सुरु भएसँगै नेपालमा जुत्ता चप्पलहरुको माग बढ्ने गर्दछ । त्यसै पनि चाडबाडहरुमा नयाँ लगाउने र मिठो खाने चलन पनि छ । सोही अवसरलाई मध्यनजर गर्दै नेपाली जुत्ता घरले तिहार र छठको अवसरमा छुट योजना अघि सारेको हो । नेपाली जुत्ता घरमा ४ सय रुपैंयाँदेखि ५ हजार मूल्यसम्मका जुत्ता पाइन्छन् । ‘सबै नेपालीका खुट्टामा नेपाली जुत्ता होस भन्ने हाम्रो कामना हो, तिहार र छठमा नयाँ जुत्ता किन्नेहरुले नेपाली जुत्ता लगाएर स्वदेशी उत्पादनलाई माया गरुन भनेर ५० प्रतिशतसम्म छुट दिएका छौं’, जुत्ता घर प्रालीका अध्यक्ष होमनाथ उपाध्यायले भने ।   नेपाली जुत्ता घर अब तपाईको नजिकैसम्म आईपुगिसकेको छ । काठमाडौं उपत्यका र पोखरामा गरि ५ वटा आउटलेट विस्तार भैसकेका छन् । काठमाडौंमा जमलको नाँचघरमा, माछापोखरीको बुद्धमलमा शोरुम छ । महाराजगंज चक्रपथबाट गंगाला अस्पताल जानेबाटोमा १०० मिटर अगाडी दायाँ तर्फ छ, कुमारीपाटीमा कुमारी बैंकको ठिक अगाडी नेपाली जुत्ता घरका आउटलेट छन् । पोखरामा सिद्धार्थ चोक स्थित चिप्लेढुंगामा नेपाली जुत्ता घरको आउटलेट छ । नेपाली जुत्ता घरमा बिएफ डिअर हिल सुज, शिखर, कोशेली, क्रसरोड, स्काई सुज, टाकुरा, लेदर विंग्स, शु ल्याण्ड, सफ्ट टच ब्राण्डका जुत्ता छानीछानी खरिद गर्न सकिन्छ । एकापसमा प्रतिष्पर्धा गरिरहेका नेपाली ब्राण्डहरुले सामुहिक बिक्रि केन्द्रको अवधारणामा जुत्ता घरको आरम्भ गरेका हुन् । ‘नेपाली जुत्ता पारखीहरुका लागि सबै कम्पनीका जुत्ताहरु एकै ठाउँमा किन्ने अवसरका लागि हामीले जुत्ता घर खोलेका थियौं, तिहार र छठमा सुबिधा पनि दिनुपर्छ भनेर छुट अफर ल्याएका छौं’, उपाध्यायले भने । बजार विस्तारमा प्रतिष्पर्धा गरिरहेका ब्राण्डहरुले एउटै शोरुमबाट आ आफ्ना उत्पादनहरुको प्रवद्र्धन गरिरहेका छन् ।

एनआईसी एसिया बैंकमा २ सय जनालाई जागिर खुल्यो

काठमाडौं । एनआईसी एसिया बैंकमा २ सय जनाका लागि जागिर खुलेको छ । बैंकले बुधबार सार्वजनिक सूचना प्रकाशित गरेर २ सय जना ट्रेनी एसिसटेन्ट मागेको हो । ५० प्रतिशत अंक ल्याएर स्नातक तह उतिर्ण गरेका १८ बर्षदेखि ३० बर्ष उमेरभित्र समुहले आवेदन दिन सक्नेछन् । बैंकले नोभेम्बर १४ तारिख भित्र अनलाईन मार्फत आवेदन गरिसक्न भनेको छ । छनौटमा परेकाहरुलाई बैंकले देशै भरका कुनै पनि शाखा कार्यालयमा खटाउन सक्नेछ ।

माथिल्लो तामाकोशीकाे सेयर बाँडफाँड आज

काठमाडौं। आयोजना प्रभावित दोलखाका स्थानीय बासिन्दाका लागि साधारण शेयर (आइपीओ) बिक्री गरेको चार महीनापछि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आज शेयर बाँडफाँड गर्ने भएको छ । गत साउन १६ गतेदेखि बिक्री खुला गरेको कम्पनीले चार महीनापछि शेयर बाँडफाँड गर्न लागेको हो । आयोजना प्रभावित क्षेत्रका आधारमा क, ख र ग गरी तीन वर्ग छुट्याएर सोही आधारमा शेयर आवेदनका लागि निष्काशन गरिएकामा दुई लाख ७६ हजार आवेदकले आवेदन दिएका थिए । आयोजना प्रभावित क्षेत्रका आधारमा बाँडफाँड हुने शेयरमा क वर्गको क्षेत्रका आवेदनकर्ताले कम्तिमा १०२ कित्ता, ख वर्गकाले ४८ कित्ता र ग वर्गकाले न्यूनतम ३४ कित्ता पाउने सम्भावना रहेको आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले जानकारी दिए। आवेदकको बाँकी रकम अबको पाँच दिनभित्र आवेदन भरेको खातामार्फत नै फिर्ता हुने उनले बताए। आयोजनाले गत साउन १४ गतेदेखि भदौ १६ गतेसम्म दोलखावासीका लागि शेयर निश्काशन गरेको थियो । पहिलो चरणको समयावधिमा पनि शेयर आवेदनकर्ताको भीड नघटेपछि थप पाँच दिन शेयर आवेदन भर्ने व्यवस्था मिलाइएको थियो । शेयर आवेदन दिएकामध्ये १० जनाले दुई स्थानबाट आवेदन दिएको पाइएको र उनीहरूको आवेदन रद्द हुने प्रवक्ता न्यौपानेले बताए। कम्पनीले आयोजना प्रभावित दोलखावासीका लागि एक करोड पाँच लाख ९० हजार कित्ता शेयर निष्काशन गरेको थियो । सर्वसाधारणलाई बिक्री गरिने दुई करोड ६४ लाख ७५ हजार कित्तामध्ये एक करोड पाँच लाख ९० हजार कित्ता स्थानीयलाई बिक्री गरिएको थियो। रासस

माथिल्लो तामाकोसी जलविद्युतको आईपीओ बिहीबारदेखि,१ हजार कित्तासम्म आवेदन दिन पाइने

काठमाडौं । निर्माणाधिन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको साधारण सेयर (आईपीओ) बिहीबारदेखि निष्कासन हुने भएको छ । प्रवद्र्धक अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई चुत्तापुँजीको १५ प्रतिशत अर्थात १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको १ करोड ५८ लाख ८५ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासन बन्द छिटोमा कात्तिक १९ र ढिलोमा मंसिर १४ गतेसम्म तोकिएको निष्कासन तथा बिक्री प्रवन्धक नागरिक लगानी कोषले जनाएको छ । कोषका अनुसार आईपीओका लागि न्युनतम ५० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिने पाइने छ । नेपाल धितोपत्रबाट स्वीकृती प्राप्त सी–आस्वाका सदस्य बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आईपीओ भर्न सकिने कोषले जानकारी दिएको छ । आईपीओ आयोजना प्रभावित स्थानीयबासिन्दाले भर्न नपाउने भएका छन् । तामाकोसीले निष्कासन गर्न लागेको यो अन्तिम आईपीओ हो । स्थानीयबासिन्दाका लागि कम्पनीले १ अर्ब ५ करोड ९० लाख बराबरको १ करोड ५ लाख ९० हजार कित्ता आईपीओ निष्कासन गरिसकेको छ । आयोजनाले यसअघि नै सञ्चय कोषका कर्मचारी र पाँच लाख बढी सञ्चयकर्तालाई २४ प्रतिशत आईपीओ निष्कासन गरिसकेको छ । स्थानीय तथा सर्वसाधारणलाई छुट्याएको क्रमशः १० र १५ प्रतिशत आईपीओ बिक्री भएपछि मात्रै कर्मचारीलाई ३ वर्षअघि निष्कासन गरिएको सेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत गर्ने तयारी गरिएको हो । कम्पनीले यसअघि कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ता, नेपाल विद्युत् प्राधिकरणका कर्मचारी, आयोजनामा ऋण लगानी गर्ने संस्थाका कर्मचारीका लागि छुट्याएको २४ प्रतिशत सेयर बाँडफाँड गरिसकेको छ । तामाकोसीको ९७ प्रतिशत काम सकिएको छ । अब आयोजनाको काम सक्न ३ प्रतिशत मात्र बाँकी छ । आउँदो असारदेखि मात्र बिजुली उत्पादन हुनेछ ।

किसान माइक्रोफाइनान्सको हकप्रद सेयर मंसिर २ देखि निष्कासन हुने

काठमाडौं । किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले मंसिर २ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । संस्थाले चुत्तापुँजी बढाउन २ करोड ४० लाख रुपैयाँ बराबरको २ लाख ४० हजार २५० कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासन बन्द पुस ८ गते हुने निष्कासन तथा बिक्री प्रवन्धक सिभिल क्यापिटल मार्केट्स लिमिटेडले जनाएको छ । हकप्रद सेयर निष्कासनपछि संस्थाको चुत्तापुँजी ७ करोड २० लाख ७५ हजार रुपैयाँ पुग्ने छ । कात्तिक १२ गतेसम्म कायम रहेका सेयरधनीले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्ने छन् ।

इसेवाको तिहार अफर सार्वजनिक, एयरलाइन्स् टिकटमा शतप्रतिशत क्यासब्याक पाइने

काठमाडौं । नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा फोन पे प्रा.लि.ले नेपालीहरूको महान पर्व तिहारलाई लक्षित गर्दै एयरलाइन्स् टिकटमा विभिन्न अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गत हरेक दिन ३ जना भाग्यशाली विजेता घोषित हुनेछन् । एयरलाइन्स् टिकट काट्नेहरूमध्ये विजेता छनौट गरी प्रथम पुरस्कार स्वरुप शतप्रतिशत क्यासब्याक, दोश्रो पुरस्कार स्वरुप ५० प्रतिशत रकम क्यासब्याक र तेश्रो पुुरस्कार स्वरुप इसेवा वालेटमा एक हजार रिवार्ड प्वाइन्ट प्रदान गरिने छ । यो अफर कार्तिक २० गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।

नेपाल र कोरियाबीच साना तथा मझौला व्यवसाय विकासमा कार्य गर्ने सम्झौता

काठमाडौं । नेपाल र कोरियाबीच साना तथा मझौला व्यवसायको विकासमा सहकार्य गर्ने उद्देश्यले मंगलबार एक समारोहका बीच काठमाडौंमा समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ र दक्षिण कोरियाको साना तथा मझौला व्यवसाय निगमबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझादारीपत्रमा महासंघका कार्यवाहक अध्यक्ष शेखर गोल्छा र एसबीसी कोरियाका अध्यक्ष ली साङ जीकले हस्ताक्षर गरेका हुन् । अन्तराष्ट्रिय बजारमा दुवै देशका साना तथा मझौला व्यवसायको प्रतिस्पर्धी क्षमता विकासका लागि नीतिगत सुधारमा पहल, विज्ञता तथा सूचना आदान प्रदान र आर्थिक व्यवसायिक सहयोग अभिवृद्धि गर्ने उद्देश्य रहेको कुरा समझदारीपत्रमा उल्लेख गरिएको छ । यसबाट समग्रमा साना तथा मझौला व्यवसायलाई युग सुहाउ“दो रूपमा विकास गरी त्यस मार्फत दुवै देशका जनताको आर्थिक सामाजिक विकासमा सहयोग पुग्ने विश्वास गरिएको छ । समझदारीपत्रमा यसका उद्देश्य, सहयोगका क्षेत्र, समन्वय गर्ने अधिकारीको व्यवस्था, कार्यान्वयन इकाई, वित्तिय व्यवस्थापन लगायत गरी १५ वटा दफाहरू समेटिएका छन् । साना उद्यमीहरूलाई नीतिगत सुधारमा काम गर्न सक्ने गरी क्षमता विकासमा जोड दिने, दुवै देशमा अवलम्वन गरिएका नीति तथा कानुन, प्रविधि, ज्ञान, शीपको आदान प्रदान, बजार प्रवद्र्धन, विद्यमान ऐन कानूनलाई समय सान्दर्भिक रूपमा संशोधन गर्न आ–आफ्ना सरकारलाई अनुरोध गर्ने पनि समझदारीपत्रमा उल्लेख गरिएको छ । त्यसैगरी, समझदारीपत्रमा दुवै संस्थाको वेभसाइट मार्फत साना तथा मझौला व्यवसाय सम्बन्धी सूचना तथा जानकारी आदान प्रदान गर्ने, एकअर्का देशमा आयोजना हुने व्यापार मेलामा साना तथा मझौला व्यवसाय सम्बन्धी विशेष प्रर्दशनीको प्रवन्ध गर्ने, यस सम्बन्धमा छलफल अन्तरक्रिया आयोजना गर्ने, साना मझौला उद्यमी व्यवसायीहरूको अध्ययन भ्रमणको व्यवस्था समयसमयमा मिलाउने, दुवै देशले अवलम्वन गरेका प्रविधिहरूका विषयमा जानकारी सहित प्रविधि हस्तान्तरणमा सहकार्य गर्ने आदि उल्लेख गरिएको छ । समझदारीपत्र हस्ताक्षर समारोहमा नेपालको अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको साना तथा मझौला व्यवसायको विकासका लागि उद्यमशीलता र नविनता महत्वपूर्ण तत्व रहेकोमा जोड दिइयो । पर्याप्त वित्तिय पहुँचको अभाव, न्यून उद्यमशीलता, तालिम तथा व्यवसाय सुरु गर्ने जानकारीको अभाव, वजार प्रर्वद्धन तथा संस्थागत विकास हुन नसक्नुनै नेपालमा साना तथा मझौला व्यवसायले भोग्नु परेका प्रमुख समस्या रहेको औल्याउंदै दुवै संस्थाबीच भएको सहकार्य यस क्षेत्रको विकासमा कोशेढुंगा सावित हुने विश्वास समेत सो अवसरमा प्रकट गरियो । समझदारीपत्रमा हस्ताक्षर पश्चात साना तथा मझौला व्यवसायका लागि नेपाल कोरिया बीटुबी अन्तरक्रियाको समेत आयोजना गरिएको थियो । कार्यक्रममा नेपाल र कोरिया बीच आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तारको अथाह सम्भावना रहेपनि दुवै देश बीचको व्यापार भने यद्यपी निकै सानो आकारमा रहेकाले आपसी व्यापार प्रवद्र्धनमा समेत यो सहकार्यबाट सघाउ पुग्ने जानकारी दिइएको छ । महासंघमा रहेको तथ्यांक अनुसार आर्थिक वर्ष सन् २०१६÷१७ मा नेपालको कोरियास“ग ८२.६ मिलियन अमेरिकी डलर बराबरको व्यापार घाटा रहेको देखिन्छ ।

सांग्रिला डेभलपमेन्ट बैंक १५आैँ वर्षमा, रक्तदान कार्यक्रमबाट ३२६ प्वाइन्ट रगत संकलन सफल

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो स्थापनाको १४औं वर्ष पार गरी १५औं बर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्य अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरी सम्पन्न गरेको छ । बैंकले “रक्तदान-जीवनदान” भन्ने भावार्थलाई मनन् गरी रगतको अभाव नहोस् भन्ने उद्देश्यका साथ उक्त कार्यक्रमको आयोजना गरेको हो । बैंकले आफ्नो केन्द्रीय कार्यालय बालुुवाटार, पोखराको कलष्टर कार्यालयहरु र नेपालगञ्ज तथा शाखा कार्यालयहरु नारायणगढ र बुुटवलमा नेपाल रेडक्रस सोसाईटीको सहयोगमा बैंकका ग्राहक, संचालक, शेयरधनी, कर्मचारीहरुद्धारा रक्तदान गरि कार्यक्रम सम्पन्न गरेको छ । उक्त अवसरमा केन्द्रीय कार्यालय बालुुवाटार काठमाडौमा ४५ प्वाइन्ट, कलष्टर कार्यालय पोखरामा १४२ प्वाइन्ट, नेपालगञ्जमा ८८ प्वाइन्ट, तथा शाखा कार्यालय नारायणगढमा २१ प्वाइन्ट, र बुुटवलमा ३० प्वाइन्ट गरि कुल ३२६ प्वाइन्ट रगत संकलन भएको बैंकका प्रमुख कार्यकारी अधिकृत सुुयोग श्रेष्ठले बताए ।