काठमाडौं । नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा फोन पे प्रा.लि.ले नेपालीहरूको महान पर्व तिहारलाई लक्षित गर्दै एयरलाइन्स् टिकटमा विभिन्न अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गत हरेक दिन ३ जना भाग्यशाली विजेता घोषित हुनेछन् ।
एयरलाइन्स् टिकट काट्नेहरूमध्ये विजेता छनौट गरी प्रथम पुरस्कार स्वरुप शतप्रतिशत क्यासब्याक, दोश्रो पुरस्कार स्वरुप ५० प्रतिशत रकम क्यासब्याक र तेश्रो पुुरस्कार स्वरुप इसेवा वालेटमा एक हजार रिवार्ड प्वाइन्ट प्रदान गरिने छ । यो अफर कार्तिक २० गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।