निशान र मिटसुबिसी माेटरका अध्यक्ष गोसन पक्राउ, ४५ अर्ब अाम्दानी माथि अनुसन्धान शुरू
टोकियो । जापानी कार कम्पनी निशान र मिटसुबिसीका अध्यक्ष कार्लोस गोसनलाई आर्थिक अनियमितताको आरोपमा सोमबार पक्राउ गरिएपछि उक्त कम्पनीको सेयरमा गिरावट आएको छ । पक्राउसँगै उनले अार्जन गरेकाे करिव ४५ अर्ब रूपैयाँ र गैरकानुनी गतिविधिबारे अनुसन्धान शुरू भएकाे छ । गोसनलाई घरहरूको अस्वभाविक मूल्य कायम गरेको र क्षतिपूर्ति रकमलाई फरक शीर्षकमा प्रयोग गरी कम्पनीका गतिविधिलाई आर्थिक अनियमितताका लागि सञ्चालन गरेको अरोपमा पक्राउ गरिएको हो । अध्यक्षको पक्राउपछि दुबै कार निर्माण कम्पनीले गोसनलाई हटाउने प्रस्ताब गर्ने बताएका छन् भने रेनल्टले यस बिषयमा चर्चा गर्न मङ्गलबार बैठक बोलाएको जनाएको छ । कम्पनीका चर्चित प्रशासकको पक्राउले कार कम्पनी र समग्र उद्योग क्षेत्रमा सनसनी मच्चाएको छ । जापानी अधिकारीले विश्व विख्यात जापानी कार कम्पनीलाईका प्रमुखलाई पक्राउ गरेपछि पनि निशान, मिटसुबिसी र रेनल्ट कम्पनीको स्थायित्वका लागि काम भइरहेको सन्देशसहितका आश्वासनहरू दिइरहेका छन् । कम्पनीहरूसँग स्थिर खालको सम्बन्ध राख्नु महत्वपूर्ण बिषय हो, जापानका उद्योगमन्त्री हिरोसिज सिकोले सञ्चारकर्मीसँग बताए । “सरकारका रूपमा हामीले गर्न सक्ने सबै कुरा हामी गर्छौँ,” मन्त्री परिषद्का मुख्य सचिब योसिहाइड सुगाले बिषयलाई थप विस्तार नगरिकन बताए । चौसठ्ठी बर्षीय गोसनको पक्राउले घाटामा गइरहेका कम्पनीहरूलाई सुधारतिर लानसक्ने क्षमता भएका एक कुशल ब्यवस्थापकको छविमा ठूलो आघात पुर्याएको छ । उनको यो कुशल कार्यका लागि फ्रान्समा उनलाई ‘ले कस्ट किलर’ का नामले चिनिने गर्छ । फ्रान्स सरकारले भने फ्रान्समा गोसनले कर छली गरेका कुनै तथ्य नभेटिएको तर टोकियोका कानूनाधिकारीहरूले उनीमाथि आर्थिक अनियमितता गरेको आरोप लगाएका छन् । गोसनको पक्राउ भएको भन्ने पत्याउनै कठीन लाग्दो समाचार बाहिरिँदा उनलाई कहाँ र कसरी राखिएको छ भन्ने बिषयमा पनि निकै थोरै जानकारी मात्र सरकारले दिएको थियो । यद्यपि टोकियोका अभियाेजनकर्ताहरूले प्रयोग गर्ने कैदी गृहमा उनलाई राखिएको विभिन्न सरकारी अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा मङ्गलबार बताएका छन् । जापानी अभियोजनकर्ताहरूले भनेका छन्, “गोसनलाई विगत पाँच बर्षमा ४४ करोड ५० लाख अमेरिकी डलर (करिब ४५ अर्ब रूपैयाँ) आम्दानी गरेको भन्ने समाचारहरूका आधार र केही अन्य शङ्कास्पद गतिविधिका आधारमा पक्राउ गरिएको हो ।” निशानका कार्यकारी प्रमुख हिरोटो साइकावाले अधिकारीहरूको महिनौ लामो अनुसन्धानले उनले गरेका केही बर्ष यता गरेका आर्थिक अनियमिततालाई बाहिर ल्याएको हो । उनीमाथि उनको तलब र अन्य गतिविधिमासमेत कम्पनीको सम्पत्तीको दुरूपयोग गरेको आरोप रहेको छ । निशानले गोसनलाई विभिन्न चार देशमा घर उपलब्ध गराएको तर यसको कुनै कानूनसम्मत कारण नभेटिएको र निशानले उक्त घरहरूका लागि ‘ठूलो रकम’ बुझाएको पाइएको जापानको सार्वजनिक टेलिभिजन प्रशारक एनएचकेले जनाएको छ । गोसनले उक्त रकमले ब्राजिलको रियो दि जेनेरियो, बेरुत, पेरिस र आर्मस्टर्डममा घर किनेका एनएचकेले जनाएको छ । गोसनसँगै पक्राउ परेका कम्पनीका अर्का उच्च अधिकारी ग्रेग केलीले कम्पनीका अन्य उच्च अधिकारीहरूलाई पनि तलबबारे जानकारी नगराउन भनेका बताइएको योमिउरी शिम्बुनले बताए । कम्पनीका उच्च अधिकारी खासगरी गोसनको पक्राउ प्रकरणका कारण मङ्गलबार टोकियोमा निशानको शेयर मूल्यमा ५.४५ प्रतिशतले कमी आएको छ । त्यस्तै मिटसुबिसीको शेयर मुल्यमा ५.८४ प्रतिशतले कमी आएको छ । गोसनले आफु र आफ्ना प्रतिनिधिले यसबारे केही बताएका छैनन् । तर निशानका कार्यकारी साइकावाले भने गोसनले अत्यधिक शक्ति हातमा लिएको अनियमिततालाई बढावा गराएको भन्दै यो गोसन युगको अध्यारो पक्ष भएको बताए। रासस
एचएच बजाजको नयाँ शोरुम बाराको जीतपुर र गौरमा
काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक हंशराज हुलासचन्द एण्ड कम्पनीले नयाँ शोरुम “न्यु एसडिएस इन्टरप्राइजेर्ज’, जीतपुर (बारा) र “गुप्ता अटोमोबाईलस“ गौरमा संचालनमा ल्याएको छ । एचएच बजाज आफ्ना ग्राहकहरुका लागि उनीहरुले खरिद गरेको सामाग्रीको अधिकतम मूल्य भूक्तान गर्नका लागि सँधै प्रतिबद्ध रहेको जनाएको छ । नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ । एचएच बजाजले कही कतैबाट पनि छिटो सुविधा पुर्याउने प्रयास गरिरहेको हंशराजहुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडका जेनेरल म्यनाजेर योगेन गुरुङले बताए । बजाज नेपालमा सबै भन्दा अधिक बिक्री हुने र अधिक विश्वास गरिएको अटोमोबाइल ब्राण्ड भएको जनाउँदै उनले भने–एचएच बजाज देशभरी रहेका ग्राहकहरुका लागि उच्च गुणस्तरको सेवा प्रदान गर्न प्रतिबद्ध छ । नयाँ शोरुमको शुभारम्भसँगै, शोरुमले ग्राहकहरु लागि आकर्षक पुरस्कारहरु पनि प्रदान गरेको कम्पनीले जनाएको छ ।
आइफोनको नयाँ तीन मोडल मंसिर ७ गतेदेखि नेपाली बजारमा आउदै
काठमाडौं । एप्पलको नेपालका लागि आधिकारिक बितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रा.लि.ले आइफोन एक्सएस, एक्सएस म्याक्स, एक्सएसआर मंसिर ७ गते नेपालमा सार्वजनिक गर्ने भएको छ । आइफोन एक्सआर नेपाली बजारमा ६४ जीबी १२८ जीबी र २५६ जीबी स्टोरेजमा उपलब्ध हुनेछ भने ब्ल्याक, रेड, एल्लो, कोरल, ब्लु, व्हाइट कलर अप्सनमा आउने कम्पनीले जनाएको छ । आइफोन एक्सएस नेपाली बजारमा ६४ जीबी, २५६ जीबी र ५१२ जीबी स्टोरेजमा उपलब्ध हुनेछ भने स्पेस ग्रे, सिल्वर, गोल्ड कलर अप्सनमा आउने छ र आइफोन एक्सएस म्याक्स पनि नेपाली बजारमा ६४ जीबी, २५६ जीबी र ५१२ जीबी स्टोरेजमा उपलब्ध हुनेछ र स्पेस ग्रे , सिल्वर, गोल्ड कलर अप्सनमा आउने छ । कम्पनीले मूल्य भने ७ गते मात्र सार्वजनिक गर्ने भएको छ ।
विज्ञापन संघका सदस्यले नेपाल मेडीसिटी अस्पतालमा विशेष छुट पाउने
काठमाडौं । अब नेपाल विज्ञापन संघ(आन)का पदाधिकारीहरु तथा सदस्यहरुले नेपाल मेडीसिटी अस्पतालमा विशेष छुट पाउने भएका छन् । नेपाल मेडीसिटी अस्पतालले विज्ञापनकर्मीहरुलाई स्वस्थ राख्न नेपाल विज्ञापन संघसँग सम्झौता गरेको हो । मंगलबार दुई संस्थाबीच सो सम्बन्धि सम्झौता भएको हो । सम्झौतापत्रमा अस्पतालका महाप्रबन्धक विजय रिमाल र आनका अध्यक्ष रबिन्द्रकुमार रिजालले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात संघका पदाधिकारीहरु तथा सदस्यहरुले अस्पतालको सेवा उपभोग गर्दा विशेष सहुलियत पाउने भएका छन् । त्यस्तै, आनसंग मिलेर देशका विभिन्न स्थानमा जनचेतनामूलक कार्यक्रम गरिने अस्पतालले जनाएको छ । स्वास्थ्य सचेतना वृद्धि गर्न विज्ञापन र यससँग सम्बन्धित व्यक्तिहरुको विशेष भूमिका रहने भएकाले सो क्षेत्रमा संलग्न व्यक्तिहरु स्वस्थ रहन आवश्यक रहेको महाप्रबन्धक रिमालले बताएका छन् । त्यस्तै, आनका अध्यक्ष रिजालले स्वदेशमै सम्पूर्ण उपचार सम्भव भएकाले व्यस्त जीवनका बावजुद पनि सबैले अनिवार्य रुपमा स्वास्थ्य जाँच गर्न आवश्यक रहेको जानकारी दिएका छन् । स्वस्थ जीवनका लागि रोग लागेपछि मात्र हैन, सामान्य अवस्थामा पनि स्वास्थ्य जाँच गर्न आवश्यक रहेकाले यस किसिमका सम्झौताले नियमित जाँचका लागी सहयोग पुर्याउने अस्पतालको विश्वास छ ।
एनसीसी बैंक र नेपाल लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौता पश्चात बैंकका कर्पोरेट तथा विभिन्न शाखा कार्यालयहरुबाट नेपाल लाइफको इन्स्योरेन्स पोलिसी बिक्री गर्न सकिनेछ । सम्झौतामा एनसीसी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र नेपाल लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विवेक झाले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।
कंगारु एजुकेशन फेयर पोखरामा सम्पन्न, ३१ सयले गरे अवलोकन
काठमाडौं । कंगारु एजुकेशन फाउण्डेशनले आयोजना गरेको कंगारु एजुकेशन फेयर अल नेपाल रोड शो मंगलवार पोखरामा कार्यक्रम गरी सम्पन्न भएको छ । वैदेशिक शिक्षा अध्ययन गर्न जान चाहने पोखरा र यस वरपरका विधार्थीहरुलाई लक्षित गरी गरिएको पोखराको शैक्षिक मेलाको उद्घाटन नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ र कंगारुका संस्थापक एबं प्रमुख कार्यकारी अधिकृत महेशबाबु तिमल्सिनाले गरेका थिए । मेलामा अस्ट्रेलिया, न्यूजीलेण्ड, क्यानडा, अमेरीका र यूरोपका गरी २१ वटा प्रतिष्ठीत विश्वविद्यालय तथा कलेजहरुको सहभागीता रहको थियो भने ३०० भन्दा बढीले पोखराको मेला अबलोकन गरेको कंगारु एजुकेशन फाउण्डेशन पोखराका निर्देशक टि.आर. काफ्लेले बताए । कात्तिक २९ गते बिहिबार पुर्व झापाको विर्तामोडबाट शुरु भएको यो एजुकेशन फेयर काठमाडौं, बुटवल हुँदै पोखरामा सम्पन्न भएको छ । देशका विभिन्न ५ स्थानमा आयोजित यो पटकको फेयरमा करिब ३१०० विद्यार्थी र अभिभावकको सहभागिता रहेको थियो । फेयरमा सहभागी विद्यार्थीलाई पछी पनि विशेष छुटको व्यवस्था गरेको प्रमुख कार्यकारी अधिकृत तिमल्सिनाले बताए । विभिन्न देशका २१ विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरुसँग विद्यार्थी र अभिभाबकलाई प्रत्यक्ष भेट गराई त्यहाँको शैक्षिक प्रणाली, विद्यार्थीलाई दिइने सुविधा, काम गर्न पाउने अधिकार, पढ्ने विषय, पढाइ पछिको अवसरका विषयमा पुर्ण जानकारी दिइएको कंगारु एजुकेशन फाउण्डेशनका निर्देशक सुष्मिता पराजुलीले बताइन् । मेला अवलोकनमा गएका सम्पूर्ण विद्यार्थी र अभिभावकहरुले कलेज विश्वविद्यालय छनौट देखि परिपक्व डकुमेन्टेसन मार्फत एड्मिसन र भिजाका सम्बन्धमा पनि परामर्श लिएका छन् । यो मेलामा आइडीपी तथा नेपाल एसबीआई बैंकको पनि सहभागीता रहेको थियो । विद्यार्थी तथा अभिभावकहरुले अङ्गेजी भाषा परीक्षा आइलटिएस तथा शैक्षिक कर्जा सम्बन्धी समेत जानकारी लिएका छन् ।
गण्डकी विकास बैंकले १४ प्रतिशत नगद लाभांश
काठमाडौं । गण्डकी विकास बैंक लिमिटेडले सेयरधनीलाई चुक्ता पुँजीको १४.२० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ । बैंकले आर्थिक वर्ष २०७४/७५ सम्मको संचित मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको सो मात्राको लाभांश दिने प्रस्ताव गरेको छ । साथै, बैंकले उक्त नगद लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र वितरण गर्ने छ ।
अर्थ समितिका सभापतिले गरे निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको बजेट विनियोजन
काठमाडौं । अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहालले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम अन्तर्गतको ४ करोड बजेट विनियोजन गरेका छन् । दाहालले उक्त रकम सडक, सिञ्चाई, जल पर्यटन र शिक्षामा खर्च हुनेगरी विनियोजन गरेका हुन् । विनियोजन भएका रकममध्ये ७५ प्रतिशत अर्थात् करिब ३ करोड रकम सडकमा छुट्याएका छन् । १५ ओटा सडक परियोजनामा उक्त रकम खर्च गर्न लागिएको हो । त्यस्तै एउटा सिञ्चाई परियोजना, एउटा जल पर्यटन परियोजनामा र शिक्षातर्फ जनज्योति माध्यामिक विद्यालयका लागि बजेट विनियोजन गरिएको छ । सभापति दाहालले गत विहीबार उक्त बजेट घोषणा गरेका हुन् । उनले विनियोजन गरिएको बजेटलाई प्रभावकारी रुपमा खर्च गर्ने प्रतिवद्धता दाहालले व्यक्त गरेका छन् ।