विज्ञापन संघका सदस्यले नेपाल मेडीसिटी अस्पतालमा विशेष छुट पाउने

<p>काठमाडौं । अब नेपाल विज्ञापन संघ(आन)का पदाधिकारीहरु तथा सदस्यहरुले नेपाल मेडीसिटी अस्पतालमा विशेष छुट पाउने भएका छन् । नेपाल मेडीसिटी अस्पतालले विज्ञापनकर्मीहरुलाई स्वस्थ राख्न नेपाल विज्ञापन संघसँग सम्झौता गरेको हो । मंगलबार दुई संस्थाबीच सो सम्बन्धि सम्झौता भएको हो । सम्झौतापत्रमा अस्पतालका महाप्रबन्धक विजय रिमाल र आनका अध्यक्ष रबिन्द्रकुमार रिजालले हस्ताक्षर गरेका छन् । सम्झौता [&hellip;]</p>

काठमाडौं । अब नेपाल विज्ञापन संघ(आन)का पदाधिकारीहरु तथा सदस्यहरुले नेपाल मेडीसिटी अस्पतालमा विशेष छुट पाउने भएका छन् । नेपाल मेडीसिटी अस्पतालले विज्ञापनकर्मीहरुलाई स्वस्थ राख्न नेपाल विज्ञापन संघसँग सम्झौता गरेको हो ।

मंगलबार दुई संस्थाबीच सो सम्बन्धि सम्झौता भएको हो । सम्झौतापत्रमा अस्पतालका महाप्रबन्धक विजय रिमाल र आनका अध्यक्ष रबिन्द्रकुमार रिजालले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात संघका पदाधिकारीहरु तथा सदस्यहरुले अस्पतालको सेवा उपभोग गर्दा विशेष सहुलियत पाउने भएका छन् । त्यस्तै, आनसंग मिलेर देशका विभिन्न स्थानमा जनचेतनामूलक कार्यक्रम गरिने अस्पतालले जनाएको छ ।

स्वास्थ्य सचेतना वृद्धि गर्न विज्ञापन र यससँग सम्बन्धित व्यक्तिहरुको विशेष भूमिका रहने भएकाले सो क्षेत्रमा संलग्न व्यक्तिहरु स्वस्थ रहन आवश्यक रहेको महाप्रबन्धक रिमालले बताएका छन् । त्यस्तै, आनका अध्यक्ष रिजालले स्वदेशमै सम्पूर्ण उपचार सम्भव भएकाले व्यस्त जीवनका बावजुद पनि सबैले अनिवार्य रुपमा स्वास्थ्य जाँच गर्न आवश्यक रहेको जानकारी दिएका छन् ।

स्वस्थ जीवनका लागि रोग लागेपछि मात्र हैन, सामान्य अवस्थामा पनि स्वास्थ्य जाँच गर्न आवश्यक रहेकाले यस किसिमका सम्झौताले नियमित जाँचका लागी सहयोग पुर्याउने अस्पतालको विश्वास छ ।

Share News