विकासन्युज

२९२ यातायात समिति १५०० कम्पनीमा रुपान्तरण हुँदै, के हुन्छ व्यवसायीको अर्बौ सम्पति ?

काठमाडौं । यातायात व्यवसायीहरुलाई सरकारले कम्पनी मोडेलमा रुपान्तरण हुन दिएको समय सकिन ४४ दिन बाँकी रहेको छ ।  साना व्यवसायीहरु कम्पनी मोडेलमा रुपान्तरण भैसकेका छन् भने ठूला कम्पनीहरु आएका छैनन् । ठूला व्यवसायीहरु आफ्नो अस्तित्व बचाउन छलफलमा व्यस्त रहेका छन् । आफूहरुलाई संगठित हुन कुनै पनि कानूनले छेक्न नसक्ने राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौला बताउँछन् । कम्पनी मोडेलमा जाँदा समितिको नाममा रहेको चल-अचल सम्पत्ती सिधैं राष्ट्रियकरण हुने संस्था दर्ता ऐनमा उल्लेख भएपछि समस्या चुलिएको हो । ‘हामीले कुनै एनजीओ र आइएनजीओसँग पैसा मागेर सम्पत्ति जोडेका होइनौं, यो सबै नेपाली नागरिकको सम्पत्ति हो, यसलाई सरकारले जफत गर्न सक्दैन’ महासचिव सिटौलाले विकासन्युजसँग भने- ‘हामी यातायातमा रहेको समस्या २ घण्टामै समाधान गर्न तयार छौं ।’ सरकारले बीमा, कर्मचारी व्यवस्थापन, सम्पत्तिको विषयमा स्पष्ट रणनीति तयार नगरेको व्यवसायीहरुले बताएका छन् । अहिले तेस्रो पक्ष बीमा ५ लाख मात्र रहेको छ । तर यति बीमाले नपुग्ने व्यवसायीहरुको भनाई रहेको छ । कुनै पनि घाइते वा मृतकका परिवारलाई ५ लाखभन्दा एक रुपैयाँ पनि बढी बेहोर्न नसक्ने उनीहरुको भनाई छ । यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० (संशोधित) अनुसार बीमा सम्बन्धी व्यवस्थामा प्रत्येक सवारीले ऐन र नियमावलीले तोकिए बमोजिमको दुर्घटना बीमा, मजदुर बीमा, तेस्रो पक्ष बीमा आदीको बीमा गरेको हुनुपर्नेछ भनी उल्लेख गरिएको छ । संस्था दर्ता ऐन २०३४ अनुसार व्यवसायीहरुको बैंक खातामा रहेको रकम राज्य कोषमा आउने देखिन्छ। ऐनको दफा १४ मा संस्थाको विधान बमोजिम कार्य सञ्चालन गर्न नसकी वा अन्य कुनै कारणवश संस्था विघटन भएमा त्यस्तो संस्थाको सम्पूर्ण जायजेथा नेपाल सरकारमा सर्नेछ भनी उल्लेख गरिएको छ । २९२ समिति १५०० कम्पनीमा रुपान्तरण हुदैंछन् – विभाग यातायात व्यवस्था विभागले भने देशभरका २९२ समितिहरु १५०० कम्पनीमा रुपान्तरण हुन लागेको जनाएको छ । विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्ययले अब समितिको म्याद नथपिने बताए । व्यवसायीहरु कम्पनीमा रुपान्तरण भैरहेको र पञ्जिकरण भने भैनसकेको उपाध्यायको भनार्इ छ । व्यवसायीको बैंक खाता व्यवस्था सम्बन्धी मन्त्रालय स्तरबाट काम भैरहेको विभागले जनाएको छ ।

पोखरा फाइनान्सको शाखा अब चितवनकाे शारदानगरमा

काठमाडौं । पोखराको न्यृ्रोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले चितवनको भरतपुर म.न.पा. १९, शारदानगरमा नया शाखा संचालन गरिएको छ । शाखाको समुद्घाटन वित्तीय संस्थाका अध्यक्ष भुवनसिं गुरुङ एवं भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाह ठकुरीले संयुक्त रुपमा गरेका थिए । उक्त शारदानगर उक्त कार्यक्रममा वित्तीय संस्थाका कार्यकारी प्रमुखबाट स्वागत एवं अध्यक्ष भुवनसिं गुरुङले धन्यवाद व्यक्त गर्दै राष्ट्रियस्तरको वित्तीय संस्थाले शाखा सञ्जाल एवं ग्राहकसेवा विस्तार गर्ने हेतु खोलिएका छ ।  चुक्ता पुँजी ८५ करोड ७२ लाख रहेको यस वित्तीय संस्थाको हालसम्म निक्षेप ५ अर्व ३ करोड तथा कर्जा लगानी ४ अर्व ४२ करोड एवं जगेडा कोषमा २४ करोड ९२ लाख रहेको छ । उक्त शारदानगर शाखा मार्फत् संस्थाले निक्षेप एवं कर्जा, मोबाइल बैंकिड्ड लगायतका सेवा प्रदान गरेको छ । हालै सम्पन्न वित्तीय संस्थाको आर्थिक वर्ष २०७४/ ७५ को वार्षिक साधारण सभाबाट पारित भएको नगद तथा बोनस सेयर समेत गरी कुल १३.६८४ प्रतिशत मुनाफा वितरण गरिएको जानकारी कार्यकारी प्रमुख रवि चन्द्र गुरुङले बताएका छन् ।

नेप्से १७ अंकले घट्दा ४५ करोडको सेयर किनबेच, सबैभन्दा बढी नेपाल बैंकको

काठमाडौं । सेयर बजार ओरालो लाग्ने क्रम जारी रहेको छ । साताको पहिलो दिनको बजार पनि खुलेपछि निरन्तर ओरालो लागेर बन्द भएको छ । आइतबारको बजार १७.७३ अंकले घटेर ११३०.६३ अंकमा पुगेको छ । बजारमा नेप्से परिसूचकमा गिरावट आएता पनि सेयर कारोबारमा भने केही दिन अघिदेखि केही सुधार भइरहेको देखिएको छ । पछिल्लो समय कारोबार रकम घटेर २०/२५ करोडको सेयर किनबेच हुने बजारमा अहिले दोब्बर कारोबार भइरहेको छ । आइतबारको बजारमा कुल १५६ कम्पनीको ४५ करोड ४६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो दिन सबैभन्दा बढी नेपाल बैंक लिमिटेको सबैभन्दा बढी सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन ७ करोड १९ लाख ३० हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता २९२ रुपैयाँ रहेको छ । त्यसपछि एनएमबि बैंकको ३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा कारोबारमा आएका ट्रेडिङ समूह बाहेक बाँकी समूह राताम्मे भएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूह १३९ र जीवन बीमा समूह १०५ अंकले ओरालो लागेका छन् । त्यस्तै, होटल ३३, माइक्रोफाइनान्स २८, जलविद्युत १६, बैंकिङ् १५ र विकास बैंक ११ अंकले घटेका छन् भने बाँकी समूह सामान्य अंकले घटेका छन् । ट्रेडिङ समूह भने २.९६ अंकले घटेको छ । बजारमा सबैभन्दा बढी विजया लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ८.४९ प्रतिशत कमाएका छन् । जसको सेयर मूल्य प्रतिकित्ता ६५२ रुपैयाँ रहेको छ । लुम्बिनी जनरल इन्स्योरेन्सका लगानीकर्ताले आइतबार ७.७९ प्रतिशत गुमाएका छन् । जसको सेयर मूल्य प्रतिकित्ता ४३३ रुपैयाँ रहेको छ ।

मंसिर २१ गते हिमालय कलेज अफ इन्जिनियरिङमा रोजगार मेला

काठमाडौं। ललितपुरको च्यासलमा रहेको हिमालय कलेज अफ इन्जिनियरिङले  मंसिर २१ गते आफ्नै प्राङ्गणमा बृहत् रोजगार मेलाको आयोजना गर्ने भएको छ । बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म सञ्चालन हुने उक्त कार्यक्रमको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष हरिभक्त शर्माले गर्नेछन्। हिमालय कलेज अफ इन्जिनियरिङ, काठमाडौं मोडेल कलेज र अपोलो इन्टरनेसनल कलेजका विद्यार्थीहरुलाई केन्द्रित गरेर आयोजना गरिएको उक्त मेलामा २० वटा रोजगारदाता कम्पनीहरु सहभागी हुने र आफूलाई आवश्यक जनशक्तिको छनोट अन्तर्वार्ताबाट गरीने बताइएको छ । मेलामा झण्डै १०० जना विद्यार्थीहरुले सहभागिता जनाउने कलेजले जनाएको छ ।

१२ प्रतिशत बोनस घोषणासँगै तिनाउ विकास बैंकको सेयर मूल्य बढ्यो, बुक क्लोज कहिले ?

काठमाडौं । तिनाउ विकास बैंकले सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, बैंकले कर प्रयोजनको लागि ६ लाख ८ हजार ३२१ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव संस्थाको सञ्चालक समितिको बैठकले गरेको छ । बैठकको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । बैंकको अगामी साधारणसभा पुस ७ गते बुटवलको कालिकानगरमा बस्दै छ । सो प्रयोजनको लागि कम्पनीले मंसिर २४ गते बुक क्लोज गर्ने भएको छ । हाल बैंकको चुक्ता पुँजी ५० करोड ६९ लाख रुपैयाँ रहेको छ । १२ प्रतिशत बोनसपछि संस्थाको चुक्ता पुँजी ५६ करोड ७७ लाख रुपैयाँ नाघ्ने छ । बोनस सेयर घोषणा गरेसँगै संस्थाको सेयर मूल्य बढेको छ । बिहीबार प्रतिकित्ता १६६ रुपैयाँ रहेको बैंकको सेयर मूल्य आइतबार बढेर १७१ रुपैयाँसम्म पुगेको छ । बजार बन्द हुँदा संस्थाको सेयर मूल्य २.३७ प्रतिशतले बढेर प्रतिकित्ता १७० रुपैयाँ पुगेको छ ।

६७ दिनपछि मेलम्चीको पानी सुन्दरीजलमा, धारामा ल्याउन ३६ करोडको तगारो

काठमाडौं । आगामी ६७ दिनभित्र मेलम्चीको पानी सुन्दरीजलमा आईपुग्ने भएको छ । खानेपानी मन्त्रालयका सचिव गजेन्द्र कुमार ठाकुरले आगामी ६० दिनभित्र मेलम्चीको पानी सुरुङमा हाल्ने र त्यसको ७ दिनभित्र सुन्दरीजलको पानी ट्यांकीमा आईसक्ने घोषणा गरे । ‘ढुक्क हुनुस्, ६० दिनभित्र मेलम्चीको पानी सुरुङमा हालिनेछ, त्यसको एक हप्ताभित्र त्यो पानी सुन्दरीजलमा आउनेछ अनि परिक्षण गरेर धारामा वितरण गर्नेछौं’, संसदको विकास तथा प्रविधि समितिमा सचिव ठाकुरले भने । उनले २५ किलोमिटर सुरुङ फिनिसिङको काम सम्पन्न भैसकेको जानकारी पनि दिए । उनले ठेकेदार कम्पनी सीएमसीलाई ३६ करोड भुक्तानी नगरिए काम रोक्ने चेतावनी दिएको जानकारी पनि समितिमा गराएका थिए । ‘हामीले पैसा दिन मिल्ने अवस्था छैन तर कम्पनीले ३६ करोड नदिए काम रोक्ने चेतावनी दिएको छ, धरौटीबाट कटौती हुने गरि पैसा दिनैपर्ने बाध्यतामा हामी छौं’, ठाकुरले भने । उनले ३६ करोडका तगारो नहटाउँदासम्म काठमाडौं बासीका धारामा पानी ल्याउन सहज नभएको बताएका थिए । ठाकुरले भने ‘हामीले सबै शक्ति केन्द्रित गरेर आयोजनाको काम गरिरहेका छौं । अहिले दैनिक ९० मिटरसम्म फिनिसिङको काम भैरहेको छ, सोहि गतिलाई कायम राख्न सकिए अबको ४० दिनमा टनेल फिनिसिङ हुन्छ, यसपछिको चरणमा हामी टनेलमा पानी छाड्नेछौं ।’ मेलम्चीकाे पानी डब्लुएचअाे गुणतस्तरकाे हुनेछ । ठेकेदार कम्पनी सिएमसीलाई सहायक ठेकेदारले बिश्वास नगरेको पनि बैठकमा जानकारी गराइएको थियो । बैठकमा सांसदहरुले मेलम्ची जनताका लागि हाँसोको बिषय बनिसकेको भन्दै अब पनि तोकिएको मितीमा पानी नआए सम्बन्धीत अधिकारीहरुलाई कारवाही गर्नुपर्ने धारणा राखेका थिए ।

चेम्बर अफ कमर्स र द रिपब्लिक अफ म्यानमार फेडेरेसन अफ चेम्बर्स इन्डष्ट्री बीच व्यापार साझेदारी

 काठमाडाैं ।नेपाल चेम्बर अफ कमर्स र द रिपब्लिक अफ म्यानमार फेडेरेसन अफ चेम्बर्स अफ कमर्स एण्ड इन्डष्ट्री बीच दुई पक्षीय व्यापारको बिषयमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । २०१८ को नेपाल चेम्बर एक्स्पो सन्दर्भमा उक्त समझदारी पत्रमा चेम्बर अफ कमर्सको तर्फबाट उपाध्यक्ष नरेश श्रेष्ठ र द रिपब्लिक अफ म्यानमार फेडेरेसन अफ चेम्बर्स अफ कमर्स एण्ड इन्डष्ट्रीको तर्फबाट सह–महासचिव म्यो थान्टले हस्ताक्षर गरेका छन् । उक्त समझदारी पत्र पश्चात दुई–पक्षीय ब्यापार र लगानी थप मजबुत बन्ने बिश्वास व्यक्त गरेका छन् । हाल ६१ वटा बिभिन्न देशको चेम्बर अफ कमर्ससंगको समझदारी पत्रमा हस्ताक्षर गरिसकेको छ ।

सहयोग माग्दै घरघरमा अाउनेसँग होशियार ! माग्नेहरू चाेर हुन सक्छन्

चितवन। सहयोग माग्दै तपाईंको घरघरमा कोही त आएका छैनन् ? यदी आएका छन् भने समयमै चनाखो हुनुहोस् है १ साँझको बेला पाहुना त्यसैमाथि सुरक्षा माग्दै आएपछि सहजै बास दिँनु हुन्छ भनेपनि होशियार हुनुहोस् । यहाँको एक दम्पति परिवारले पाउनु सम्मको सास्ती पाएका छन् । समयमै साबधानी अपनाउन नसक्दा दम्पति परुवारको २ लाख रुपैयाँ नगदसहित ७ लाख बराबरको धनमाल चोरी भएको छ । चितवन प्रहरीले यस्तै नाटकीय शैलीमा चोरी गर्ने ४ अभियुक्तहरुलाई शनिबार सार्वजनिक गरेको छ । गएको मंसिर ७ गते भरतपुर महानगरपालिका–८ गौरीगञ्जस्थित तारानाथ सुवेदीको घरमा डाँका चोरी गरी फरार भएका तीन जना र उनीहरुको सामान खरिद गर्ने एक जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा मकवानपुर हेटौंडा उपमहानगरपालिका वर्डा नम्बर २ घर भई हाल चितवनको भरतपुर महानगरपालिका वर्डा नम्बर ९ बस्ने बर्ष ५० को रामचन्द्र थापा, मकवानपुर राक्सिराङ्ग गाउँपलिका वर्डा नम्बर ८ बस्ने वर्ष ३२ को रामकुुमार मोक्तान, मकवानपुर थाहा नगरपालिका वर्डा नम्बर ७ आग्रा चौबास बस्ने वर्ष ४८ को सन्तबहादुर थिङ र चितवन रत्ननगर नगरपालिका वर्डा नम्बर १० बस्ने बर्ष ३७ को कृष्ण ढकाललाइ प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका मध्य घटनाका मूख्य अभियुक्त भनिएका रामचन्द्र थापालाइ असइ सिताराम खतिवडाको कमान्डमा खटिएको प्रहरीको विशेष टोलीले पोखरा बसपार्क नारायणगढबाट, थिङलाई काठमाडौंको कलंकीबाट , मोक्तानलाई मकवानपुरको मनहरीबाट साथै ढकाल लाई आफ्नै पसलबाट पक्राउ गर्न प्रहरी सफल भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक सुशील सिंह राठौरले जानकारी दिए । राठौरका अनुसार घट्नाका मुख्य योजनाकार थापा बिं.सं. ०६६ साल जेठ २७ गते राती चितवनको साविक कविलास गाविसस्थित घुमाउनेमा पेस्तोल देखाई धनमाल लुटिएको आरोपमा डाँका र हातहतियार खरखजाना मुद्धामा साँढे ७ वर्ष कारागार कार्यालय चितवनमा थुनामा बसी कैद भुक्त गरी छुटेका व्यक्ति हुन् । यस्तै, अर्का अभियुक्त रामकुमार मोक्तान भने मकवानपुरमा डाँका मुद्धामा २०६७ सालमा पक्राउ परी पाँच वर्ष कैद भुक्तान गरी २०७२ सालमा छुटेका व्यक्ति हुन् । यस्तै, कृष्ण ढकाललाई प्रहरीले चोरीको सुन खरिद गरेको आरोपमा पक्राउ गरेको छ । पक्राउ परेका ढकालको साथबाट प्रहरीले १९ हजार ५ सय रुपैयाँ र सुनको सिक्री दुई थान, बेरुवा औंठी एक थान, मुन्द्रा २ जोर, लेडिज औंठी एक थान बरामद गरेको छ । घटनामा संलग्न व्यक्तिहरुलाई मुलुकी अपराध (संहिता) ऐन २०७४ परिच्छेद २० को दफा २४४ को अपदफा २ (घ) अनुसारको कसुर, दफा २४४ को उपदफा ३ (ख) बमोजिम ५ वर्षदेखि १० वर्ष सम्म कैद र ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक सुशील सिंह राठौरले जानकारी दिए । पक्राउ परेका सबैलाई डाँका र चोरीमा मुद्धामा सम्मानित चितवन जिल्ला अदालतबाट म्याद थप गरी कानुनी कारवाही अघि बढाईएको प्रहरीले जनाएको छ । यस अगाडि पनि चितवनमा यस्तै प्रकृतिको चोरी का घट्ना सार्वजनिक भएको थियो । गत असोज १२ गते माडी नगरपालिकामा पाहुना बनेर एक परिवार लुटिएका थिए । यस घटनाका आरोपित दुई पुरूष तत्कालै पक्राउ परी मुद्दा चलाइएकोमा हाल उनीहरु पुर्पक्षका लागि थुनामा कारागार चलान भएका छन् । गोपाल भनिने कालु परियार र हरि गोले पुर्पक्षका लागि थुनामा गएका छन् । असोज १२ गते शुक्रबार माडी नपा वडा नं ६, कल्याणपुर वडा कार्यालय नजिक भीमबहादुर सुनारको घरमा पाहुना बनेर करिब १५ तोला सुनका गरगहना, २ थान मोबाइल लुटेर राति नै फरार भएका थिए । यसरी लुटिए सुबेदी परिवार गएको मंसिर ७ गते बेलुका अन्दाजी ७ बजे भरतपुर महानगरपालिका ८ गौरीगञ्जस्थित तारानाथ सुवेदी स-परिवारका साथ घरमा खाना खाइरहेका हुन्छन् । त्यत्तिकैमा नाम, थर वतन खुल्न नसकेको , मुखमा मास्क लगाएको एक जना ब्राह्मण क्षेत्री जस्तो देखिने व्यक्ति, दुई जना मंगोलियन जस्तो देखिने युवाहरू सरासर छिर्छन् । त्यहाँ पुगेका उनीहरुले घरमुली तारा नाथलाइ प्रश्न राख्छन् तपाईहरुको घरमा को–को हुनुहुन्छ । सुबेदीले उनीहरुको कुनै प्रतिक्रिया जनाउदैनन् । त्यसपछि उनीहरुले सुबेदी परिवारलाई हामीलाई बचाइदिनुस्, हाम्रो पछाडी प्रहरी लागेको छ । सुरक्षा दिनुहोस् भन्दै हारगुहार गर्छन् । सुबेदी परिवार समेत उनीहरुको कुरालाई नकार्दैनन् । कहीँ कतै झगडा परेर सहयोग मागेका होलान् भनी उनीहरु लाई आश्रय र खाना समेत खुवाउन्छन् । तर, उनीहरु पछि चोर भएर निस्कन्छन् । घरमुली तारानाथ भन्छन्, ‘छोटो दिन हुँदा रात झम्मक भइसकेको थियो । तीन जना केटाहरु हस्याङफस्याङ गर्दै दौडिँदै आए । घरमा बूढीआमा, पाहुना, छोरी ज्वाइँ, भुराभुरी सबै थियौँ । साँझको बेलामा ज्यान जोगाइदिनुपर्‍यो भन्दै आएपछि हामीले पनि नाइँ भनेनौं । उनीहरुले १० बजेसम्म बसेर हामी निस्कन्छौँ भने । त्यसपछि हामीले बेलुकी खाना पकाएर दियौँ । एक जनाले खाना खाए । हामी सबै एउटै कोठामा बसेर गफ गर्दै थियौँ । वरपर सबैै चकमन्न भइसकेको थियो । त्यसक्रममा उनीहरुले चक्कु, हथौठा लगायत हतियारहरु देखाए । एकाएक हतियार देखाएपछि हामी अचम्मित भयौँ । हतियार देखाउँदै उनीहरुले तिमीहरुसँग नगद ५ लाख रुपैयाँ छ, त्यही लिन आएको हो , ले भने । म सँग जम्मा २ लाख मात्रै थियो । मैले २ लाख छ भनेँ । उनीहरुले जसरी पनि ५ लाख पुर्‍याइ लैजाने हो, के के छ निकाल भने । त्यसपछि घरमा भएको गरगहना, बहिनी ज्वाइँसँग भएको गहना र ना. ४१. प. २०७६ नम्बरको मोटरसाईकल समेत गरी ६ लाख २८ हजार रुपैयाँ बराबरको धनमाल डाँका चोरी गरी फरार भए । प्रहरीले उनीहरुले लगेको मोटरसाईकल भोलिपल्टै भोजाडबाट नियन्त्रणमा लिईसकेको छ । लुटेराले जाने क्रममा रातीको अन्दाजी २ बजे हामीलाई भित्र राखेर चाबी लगाएर निस्के ।’ उनले भने । घटनाको अर्को दिन पीडित परिवारले प्रहरीलाई खबर गरेपछि मात्र घटनाको अनुसन्धान शुरु भएको थियो ।