विकासन्युज

चौतारी लघुवित्तको आईपीओ आजदेखि, मध्य भोटेकोशीको निष्काशन प्रक्रिया दोस्रो चरणमा

काठमाडौं । चौतारी लघुवित्त वित्तीय संस्थाले आजदेखि आईपीओ निष्कासन गर्दैछ । कम्पनीले ६ लाख कित्ता साधारण शेयर अंकित मूल्य रु १०० मा बिक्री गर्न लागेको हो । उल्लेखित शेयरमध्ये ३०००० कित्ता म्युचअल फण्ड र ९३०० लघुवित्तका कर्मचारीलाई आरक्षित गरिएको छ । बाँकी ५ लाख ६० हजार ७०० कित्ता भने सर्वसाधारणको लागि छुट्याइएको हो । आईपीओ निष्कासनका लागि एनआईबीएल क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी दिइएको छ । आवेदकले आफ्नो बैंक खाता रहेको बैंकमा गएर सीआश्वा फर्म भरेर वा मेरोशेयर प्रयोगकर्ताले इन्टरनेट सुविधा भएका जुनसुकै स्थानबाट पनि उक्त आईपीओका लागि आवेदन गर्न सक्नेछन् । सर्वसाधारणले उक्त कम्पनीको आईपीओका लागि न्यूनतम ५० कित्तादेखि अधिकतम ३००० कित्ता सम्मका लागि आवेदन दिन सक्नेछन् । उक्त शेयरका लागि आवेदन दिने अन्तिम दिन छिटोमा मंसिर २३ गतेका लागि र ढिलोमा पुस १९ गतेसम्मका लागि तोकिएको छ । लघुवित्तले चुक्ता पुँजीको ६ करोड रुपैंया बराबरका ६ लाख कित्ता साधारण शेयर जारी गर्न गत कात्तिक ३० गते नेपाल धितोपत्र बोर्डबाट अन्तिम स्वीकृति पाएको थियो । धितोपत्र बोर्डको स्वीकृतिपछि विवरणपत्र लिएर नेपाल राष्ट्रबैंक पुगेको लघुवित्तको विवरणपत्र राष्ट्रबैंकले गत बिहीबार स्वीकृत गरेसँगै लघुवित्तले आईपीओ निष्कासन मिति तय गरेको हो । रुपन्देहीको वुटवल मुख्य कार्यालय रहेको लघुवित्तले गत आर्थिक बर्षमा १ करोड २ लाख रुपैंया नाफा कमाएको थियो जुन प्रतिशेयर २०.०९ प्रतिशत हो । उता, मध्य भोटेकोशी जलविद्युत् कम्पनीले पनि दोस्रो चरणमा संस्थापक शेयरधनी र ऋणदाता संस्थाका कर्मचारीहरुका लागि क्रमशः २१ लाख कित्ता र ६ लाख कित्ता गरी कुल २७ लाख कित्ता साधारण शेयर पनि आजदेखि नै खुला गर्ने भएको छ । ३ बर्षसम्म बिक्रीयोग्य नभएको उक्त शेयर चिलिमे जलविद्युत् कम्पनी, नेपाल विद्युत् प्राधिकरण, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी, सिन्धु इन्भेष्टमेन्ट कम्पनी र नेपाल अरनिको हाइड्रो कम्पनी र सिन्धु भोटेकोशी हाइड्रोवावर लिमिटेडका शेयरधनीहरुले भर्न पाउनेछन् । यसका लागि मंसिर २६ गतेसम्मको समय तोकिएको छ । यसअघि उक्त कम्पनीले सञ्चय कोषका कर्मचारीका लागि १ करोड १७ लाख कित्ता शेयर निष्कासन गरिसकेको छ । उक्त कम्पनीले सिन्धुपाल्चोकमा रन अफ रिभरमा आधारित १०२ मेगावाटको आयोजना निर्माण गरिरहेको छ ।

भूकम्प पीडित र इन्जिनियर्स एशोसिएसनबीच सेतु बनेका सुवास चन्द्र बराल

३५ सय स्वंमसेवकलाई परिचालन गर्ने काम त्यत्ति सजिलो पक्कै थिएन । अझ त्यसमाथि भूकम्पले क्षति पुर्याएका हरेक घरमा पुग्ने र त्यसको र्यापिड भिजुअल असिस्मेन्ट गर्ने काम पनि आफैंमा चुनौतीपूर्ण थियो । जो सुकै व्यक्तिले यो जिम्वेवारी लिन सक्ने अवस्था थिएन । नेपाल इन्जिनियर्स एशोसियसनलाई २०७२ सालको भूकम्प पछिको आफनो स्वयंमसेवी अभियानलाई मूर्त रूप दिने योग्य व्यक्तिको खाँचो थियो । यो अभियानले ई. सुवास चन्द्र बरालको नेतृत्व पायो । कठिन र चुनौतीपूर्ण यो जिम्मेवारीलाई ई.बरालले सफल नेतृत्व दिए । बरालको नेतृत्वमा इन्जिनियरहरूले काठमाडांै उपत्यकासहित १४ वटै भूकम्प अति प्रभावित जिल्लाका ८० हजार घरको निःशुल्क रूपमा निरीक्षण गरी उनीहरूलाई प्राविधिक सल्लाह दिने काम गरेका थिए । बरालकै भनाईमा यसले सर्वसाधारण नेपालीहरूमा इन्जिनियरहरूको छवि उकास्न महत्वपूर्ण भूमिका खेल्यो । उनी भन्छन्—‘२०७२ बैशाखको भूकम्पले जुन मुभमेन्ट भयो । यो नेपाल इन्जिनियर्स एशोसिएनमा एउटा कोशेढुङ्गाकै रूपमा स्थापित भएर बसेको छ । त्यसअघि समाजसँग ठ्याक्कै नेपाल इन्जिनियर्स एशोसिएशन जोडिने मौका पाएको थिएन । यो अभियानबाट भूकम्पले पारेको क्षतिपछि हामीलाई नयाँ अनुभव पनि दिलायो ।’ त्यसपछिको निर्माणमा नेपालमा दक्ष इन्जिनियरिङको अभाव हुन्छ भनेर नै एशोसिएशनकै नेतृत्वमा इन्जिनियरलाई तालिम दिने काम भएको बराल बताउँछन् । जसमा मुलुक भरका करिब १२ सय इन्जिनियरले सुरक्षित निर्माण सम्बन्धि तालिम पाएका थिए । र्यापिड भिजुवल एसिसमेन्ट र तालिम दुबैको नेतृत्व गर्ने जिम्वेवारीले ई. बराललाई थप परिपक्क र आफनो पेशाप्रति प्रतिवद्ध भएर लाग्न ऊर्जा दियो । ‘त्यतिबेला लिइएको नेतृत्वले समाजमा हामीे केही न केही योगदान गर्न सक्छाैं भन्ने मान्यतालाई स्थापित गर्याे’, उनले भने । पेसाले जलविद्युत् इन्जिनियर बरालले झण्डै २ दशक मुलुकको कुना काप्चामा पुगेर जलविद्युतको विकासमा योगदान गरिसकेका छन् । हाल विभिन्न जलविद्युत् परियोजनाहरूमा परामर्शदाताको भूमिका निर्वाह गरिरहेका बराल नेपाली इन्जिनियरहरू उद्यमशील पनि बन्नु पर्दछ भन्ने उदाहरण दिन क्रियाशील छन् । बराल भन्छन, ‘म आफ्नो व्यवसायिक तहमा निरन्तर जलाविद्युत् क्षेत्रको विकासमा सक्रिय छु र थुप्रै जलविद्युत् योजनाहरूमा परामर्श सेवा पनि दिईरहेको छु ।’ बरालले यस्ता विभिन्न क्रियाकपाप र जिम्मेवारीबाट नेतृत्वदायी भूमिका, व्यवस्थापकीय कौशलता, व्यवसायिक दक्षता र परिपक्कता हासिल गरिसकेका छन् । उनले नेपाल इन्जिनियर्स एशोसियसनको ३२ औं कार्यकारणी परिषद्का लागि प्रदेश नं ३ को सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् । बराल आधारभूत रूपमा इन्जिनियरहरूको सशक्तिकरण, इन्जिनियरिङ पेशालाई जिम्मेवार, मर्यादित र थप व्यवसायिक बनाउनका लागि आफूले उम्मेदवारी दिएको बताउँछन् । पूर्वधार विकासको आवश्यकता र माग बढि रहेको नेपाल जस्तो मूलुकमा समृद्धिको कुरा गरिरहदाँ इन्जिनियर विनाको समृद्धि परिकल्पना गर्न सकिदैन । त्यसैले नेपालमा इन्जिनियरको भविष्य राम्रो रहेको बराल बताउँछन् । उनी भन्छन्—‘हाम्रो देश विकासको चरणमै रहेकोले यहाँ हरेक प्रकारका इन्जिनियरको सम्भावना छ । समृद्धिको कुरा नारामा मात्रै रह्यो भनेचाहिँ यसले इन्जिनियरहरूलाई केही समस्यामा पार्ला । नत्र समृद्धितर्फ नै अगाडि बढ्ने हो भने अझै धेरै इन्जिनियरहरू चाहिन्छ ।’ भर्खरै मात्र प्रादेशीक संरचनामा जान लागेको नेपाल ईन्जिनियर्स एशोसिएसनको प्रदेश समितिको नेतृत्वका लागि चुनावी मैदामा रहेका बरालले, एउटा सिँगै संस्थाको नेतृत्व गर्दैगर्दा त्यस मार्फत ईन्जिनियरीङ्ग पेशामा व्यप्त समस्या समाधानमा आफू सम्पूर्ण रुपमा लागि पर्ने बताउाछन् । “विगतका सबै जिम्बेवारीहरु, सफल र चुस्त तबर सम्पन्न गरेको छु । चिन्नु हुने साथीहरु यस बारेमा जानकार नै हुनुहुन्छ र निर्वाचनमा सहयोगका लागि तयार पनि हुनुहुन्छ । जति सक्दो धेरै ईन्जिनयरहरु माझ आफू, आफ्नो क्षमतार र आफ्नो बिगतका बारे चिनाउने प्रयासमा छु । एक “स्वमंसेवी” संस्थाका आफ्नै सीमाहरु हुन्छन्, कुनै कार्यकारी पदको निर्वाचनमा झै, “ठूला र महत्वकांक्षी” नाराहरुको पक्षमा म छैन पनि ।” तसर्थ बराल आफूले चुनौतीपूर्ण जिम्वेवारीहरुमा सफलता प्राप्त गरेका विगतको अनुभवबाट पनि, ईन्जिनियर्स एशोसिएसनको झण्डै ८० प्रतिशत हिस्सा ओगट्ने प्रदेश नं ३ को नेतृत्व लिने चुनौति स्वीकार गरेको बताउछन् ।

सेञ्चुरी कमर्सियल बैंकद्वारा ई–नेबल नेपाललाई आर्थिक सहयोग

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले विविध कारण हात गुमाएका बालबालिकाहरुलाई चलायमान कृतिम हात निर्माण र जडान गर्ने सहयोग गर्ने उदेश्यले ई–नेबल नेपाललाई २ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको सन्दर्भमा बैंकले ई–नेबल नेपाललाई उक्त सहयोग गरेको हो । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई तथा ई–नेबल नेपालका महासचिव सुरेन्द्र श्रेष्ठबीच चेक हस्तान्तरण कार्यक्रम भएको थियो । यस सहयोगले हात गुमाएका बालबालिकाहरु पुन आफ्नो अध्यनलाई निरन्तरता दिनुका साथै दैनिक जीवनका बिबिध कार्य गर्न मद्दत मिल्ने विश्वास गरिएको छ ।

यसकारण सफल भइन् मिस नेपाल श्रृंखला

काठमाडौं । यतिखेर मिस वल्र्डमा मिस नेपाल श्रृंखला खतिवडाको निरन्तरको सफलतासँंगै सफलताका कारणहरु खोज्न थालिएको छ । चीनमा हुने मिस वल्र्डमा नेपालकोतर्फबाट सहभागी भई हाल चीनमा रहेकी मिस नेपाल २०१८ श्रृंखलाका सफलताका कारणहरु केके होलान् भनेर खोजीनीति सुरु भएको छ । मिस नेपाल श्रृंखलाले चीनमा जारी मिस वर्ल्ड अन्तरगत मल्टिमिडिया दुई वटा अवार्ड हात पारिसकेकी छन् । खतिवडाले ब्यूटी विद अ पर्पस र मल्टी मिडियाको अवार्ड हात पारिसकेकी छन् । यससँगै अन्तिम ३० मा उनको स्थान सुरक्षित भएको छ । सोमबार सार्वजनिक भएको नतिजामा श्रृंखलाले एक सय १९ देशका प्रतिस्पर्धीहरुलाई उछिन्दै सो महत्वपूर्ण अवार्ड जितेकी थिइन् । नेपालकी प्रतियोगीले यो अवार्ड जितेको पहिलो पटक हो । बिभिन्न मल्टिमिडिया प्लेटर्फममा भएको फ्यान फलोइङ र भोटिङलाई हेरेर श्रृंखलालाई विजेता घोषित गरिएको मिस वर्ल्डको आधिकारिक इन्टाग्राम पेजमा जनाइएको छ । मिस नेपाल श्रृंखलालाई नजिकबाट चिनेका गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर कृष्णभक्त दुवाल श्रृखलाको सफलताको एउटा कारण उनको बौद्धिकता रहेको बताउँंछन् । श्रृखंला उनको कम्पनी गोर्खा इको प्यानलका व्राण्ड एम्वेसडर हुन् । ईन्जिनियर दुवाल भन्छन्, ‘अरु मिस नेपालहरु सायद शाररीक सौदयर्तामा केन्द्रित होलान्, तर मिस नेपाल श्रृखंलासँंग थप बौद्धिकता पनि तीक्ष्ण छ ।’ श्रृंखलाको सफलताको एउटा वलियो आधार व्युटी विद पर्पाेज (उद्देश्यसहितको सौदर्य) रहेको उनी बताउँंछन् । मिस वल्र्ड– २०१८ को उपाधिको अब्बल प्रतिस्पर्धीको रुपमा आफुलाई प्रस्तुत गरेर दुनियाँ चकित पारेकी उनले मकवानपुरको विकट क्षेत्रको चेपाङ बस्तीमा गोर्खा इको प्यानलको प्रयोग गरी बनाइरहेको स्वास्थ्य चौकी भबनलाई बृतचित्र बनाई लगेकी थिइन् । आफ्नो पहलमा स्वास्थ केन्द्र स्थापना गरेर स्थानीय बालबालिकाहरूको उपचारमा सहयोग पुयाएको अभियानलाई उनले बृतचित्रमा समेटेकी छिन् । यही मंसिर २२ गते शनिवार ९ डिसेम्बरका दिन चीनको सान्यामा सञ्चालन हुने मिस वल्र्ड–२०१८ मा सहभागिता जनाउन चीनमा रहेकी श्रृंखला आफैंले पनि आफनो सफलताको कारण आफूले लगेको व्युटी विद् पर्पाेज भनिरहेकी छिन् । मिस वल्र्ड अन्तर्गतका विभिन्न चरणका प्रतियोगिता सञ्चालन भैरहेका बेला अध्ययनकर्ताहरूले नेपाली चेली श्रृंखलाले मिस वल्र्डको उपाधि नै जित्न सक्ने अनुमान गरिरहेका छन् । व्युटी विथ पर्पाेज (उद्देश्यसहितको सौदर्य) भन्ने नाराकासाथ हरेक वर्ष हुने मिस वल्र्ड प्रतियोगितामा नेपाली सहभागी मिस नेपालहरुले यसरी नै कुनै न कुनै उद्देश्य लिएर जाने गर्दछन् । प्रतिस्पर्धीहरुको मूल्यांकनको एउटा आधार उनीहरुले लिएर गएको यही व्युटी विथ पर्पाेज पनि हुने गर्दछ । प्रोगितामा प्रत्येक देशबाट प्रतियोगी सुन्दरीहरुले आआफनो उद्देश्य ल्याउने गर्दछन् । यो वर्ष हुने प्रतियोगितामा विश्वभरका एक सय २० वटा देशहरुका सुन्दरीहरुले सहभागिता जनाउने बताइएको छ । व्युटी विथ व्रेन भनेर चिनिने श्रृंखला नेपालकै पहिलो आर्किटेक्ट मिस नेपाल हुन् । पेशाले आर्किटेक्ट इन्जिनियर श्रृखलाले इन्जिनियरिंग अध्ययन संस्थान, पुल्चोक इन्जिनियरिंग क्याम्पसबाट स्नातक गरेकी हुन् ।

यामाहा आर१५ भी३ बाइक नेपाली बजारमा, मूल्य ४ लाख १९ हजार रूपैयाँ

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले बहुप्रतिक्षित सुपर स्पोर्टसबाइक आर१५ (भर्सन ३.०) सार्वजनिक गरेको छ । नयाँ सुपर स्पोर्टस् मोडेलमा १५५ सीसी, लिक्विड–कुल्ड, ४– स्ट्रोक, ४–भल्भ र फ्युल इन्जेक्टेड इन्जिन रहेको छ । जसमा ‘भेरिएबल भल्भ एक्च्युएसन’ (भीभीए) र ‘असिस्ट एन्ड स्लिपर’ (ए एन्ड एस) क्लच जस्ता अत्याधुनिक प्रविधि जडान गरिएको कम्पनीले जनाएको छ । यामाहाले नयाँ आर१५ भी३मा रेसिङ विरासतलाई निरन्तरता दिँदै प्रविधि र पर्फमेन्स दिने फिचरहरु राखेको छ । यसमा अधिकतम कम्प्रेसन रेसियो भएको १५५ सीसीको इन्जिन जडान गरिएको छ जसले १०,००० आरपीएममा १९.३ पीएसको पावर र ८५०० आरपीएममा १५ एनएम टर्क उत्पन्न गर्छ । नयाँ आर१५ भी३को प्रारम्भिक मूल्य चार लाख १९ हजार नौ सय कायम गरिएको कम्पनीले जनाएको छ । आर१५ को नयाँ संस्करणमा यामाहाले क्रान्तिकारी ‘भीभीए सिस्टम’ समावेश गरेको छ जसले तल्लो र मध्यम आरपीएममा पनि टर्कमा कुनै सम्झौता नगरी अधिकतम शक्ति उत्पन्न गर्न मद्दत गर्छ । १३९ केजी वजन र १७० एमएम उच्च वजन भएको आर१५ भी३लाई फुल डिजिटल ड्यासबोर्ड, एलइडी हेडलाइट र टेललाइटले थप विशेष बनाएको कम्पनीले जनाएको छ । ‘आर१५ भी३ले पर्फमेन्स, डिजाइन र इनोभेसन जस्ता यामाहाका मुल सिद्धान्तलाई अवलम्बन गर्दै विश्वस्तरीय नयाँ उत्पादन ल्याउने हाम्रो प्रतिबद्धतालाई प्रतिनिधित्व गर्छ,’ एमएडब्लु इन्टरप्राइजेजका सीर्इअाे चिरञ्जीवी शाहले भने, ‘आर सिरिज अन्तर्गतको आर१५ भी३ को टेक्नोलोजी र पर्फमेन्सले नेपाली ग्राहकलाई रेसिङ ट्रयाकमा चलाएको अनुभव दिलाउनेछ ।’

जनता बैंकले मुद्धति निक्षेपमा १२ प्रतिशत ब्याज दिने

काठमाडौं । जनता बैंकले मुद्धति निक्षेपमा १२ प्रतिशत ब्याज दिने भएको छ । बैंकले मासिक ब्याज भुक्तानी पाउने गरि जनता मुद्दती निक्षेपमा वार्षिक १२ प्रतिशत ब्याजमा निक्षेप आव्हान गरेको हो । यो योजना मंसिर १९ गतेबाटै लागू हुनेछ । ग्रहकहरुले न्यूनतम १ लाखमा ७५ दिन र सो भन्दा बढीको लागि मुद्दती खाता खोल्न सक्ने छन् । यो योजना सिमित अबधिको लागि र व्यक्तिगत निक्षेपमा लागु गरिएको छ । साथै, बैंकले सम्पूर्ण बचत खाताको ब्याजदर बार्षिक ७ प्रतिशत कायम गरेको प्रमुख कार्यकारी अधिकृत परशु कुँवर क्षेत्रीले जानकारी दिए ।

एनआईसी एशिया बैंकको नयाँ शाखा अब बिर्तामाेड बजारमा

काठमाडौं । एनआई सी एशिया बैंकको नयाँ शाखा कार्यालय बिर्तामोड नगरपालिका वडा नं ३, बिर्ताबजार स्थित शाखाको बिर्तामोड नगरपालिका मेयर धुर्व कुमार शिवाकोटीबाट समुद्घाटन सु–सम्पन्न भएको छ । मुलुकभर २६८ शाखा कार्यालयहरु, २८१ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं १९ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदान गर्ने भएको छ । मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार २११ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब १७० अर्ब तथा कर्जा १४४ अर्ब पुगेको छ । निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ

ज्योति विकास बैंकको नयाँ शाखा कैलाली र कञ्चनपुरमा

काठमाडौं । ज्योति विकास बैंकले कैलालीको हसुलिया र कञ्चनपुरको महेन्द्रनगरमा नयाँ शाखा संचालनमा ल्याएको छ । कैलारी गाउँपालिका वडा नं १, हसुलिया, कैलालीमा रहेको नयाँ शाखा प्रमुख अतिथि हसुलिया गाउँपालिका अध्यक्ष लाजुराम चौधरी तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काले संयुक्त रुपमा उद्घाटन गरेका छन् । साथै भीमदत्त नगरपालिका वडा नं ४, महेन्द्रनगर, कञ्चनपुरमा मा रहेको नयाँ शाखाको पनि औपचारिक रुपमा प्रमुख अतिथि नेपाल राष्ट्र बैंक कैलालीका निर्देशक किरण पण्डीत तथा बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीद्वारा संयुक्त रुपमा उद्घाटन गरेका हुन् । बैंकले ८० वटा शाखा कार्यालय तथा २२ वटा एटिएम मार्पmत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने आर्थिक वर्ष भित्र थप १० वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटिएम संचालनमा ल्याउने प्रक्रियामा भईरहेको छ । बैंकले १ लाख ५२ हजारभन्दा बढि खाताबाट २३ अर्बभन्दा बढि निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत १८ अर्ब ५० करोडभन्दा बढि लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी २ अर्व ५९ करोड कायम रहेको छ ।