काठमाडौं । ज्योति विकास बैंकले कैलालीको हसुलिया र कञ्चनपुरको महेन्द्रनगरमा नयाँ शाखा संचालनमा ल्याएको छ । कैलारी गाउँपालिका वडा नं १, हसुलिया, कैलालीमा रहेको नयाँ शाखा प्रमुख अतिथि हसुलिया गाउँपालिका अध्यक्ष लाजुराम चौधरी तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
साथै भीमदत्त नगरपालिका वडा नं ४, महेन्द्रनगर, कञ्चनपुरमा मा रहेको नयाँ शाखाको पनि औपचारिक रुपमा प्रमुख अतिथि नेपाल राष्ट्र बैंक कैलालीका निर्देशक किरण पण्डीत तथा बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीद्वारा संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
बैंकले ८० वटा शाखा कार्यालय तथा २२ वटा एटिएम मार्पmत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने आर्थिक वर्ष भित्र थप १० वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटिएम संचालनमा ल्याउने प्रक्रियामा भईरहेको छ ।
बैंकले १ लाख ५२ हजारभन्दा बढि खाताबाट २३ अर्बभन्दा बढि निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत १८ अर्ब ५० करोडभन्दा बढि लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी २ अर्व ५९ करोड कायम रहेको छ ।
