विकासन्युज

लखपति एक्सप्रेस योजनाको विजेता घोषित, मानबहादुर खत्रीले पाए १२ लाख

काठमाडौं । सिटी एक्सप्रेसको“लखपति एक्सप्रेस” योजनाको विजेतामा मानबहादुर खत्री घोषित भएका छन् । सिटी एक्सप्रेसको “लखपति एक्सप्रेस” योजना अन्तर्गतसिटी एक्सप्रेस मनि ट्रान्सफर जापानबाट पैसा पठाई बम्पर उपहार रु १२लाखको लक्कीड्र«मा परी मानबहादुर खत्री विजेता घोषित भएका छन् । सिटी एक्सप्रेसको प्रबन्ध निर्देशक चन्द्रटण्डन र ब्रान्ड एम्बेसडर सिताराम कट्टेल ९धुर्मुस० द्वारा सिस्ट्ममा आधारित लक्कीड्र मार्फत उक्त विजेता घोषणा गरिएको हो । दैनिक उपहार योजना अन्तर्गत १ हजार ८० जनाले रु २ सयको मोबाइल टप अप, साप्ताहिक रुपमा ३६जना विजेताले रु १०हजार नगदर ३जनाले रु १लाख नगद प्राप्त गरिसकेका छन् । सिटी एक्सप्रेसको“लखपति एक्सप्रेस”उपहार योजना अन्तर्गत लक्कीड्र मार्फत उपभोक्ताहरुले दैनिक रु २०० र(को मोबाइल टप अप १२ जनालाई, त्यसैगरी साप्ताहिक रुपमा रु १० हजार तीन जनालाई र हरेक महिना लक्कीड्रमा विजयी हुने एक जनाले  रु १ लाख अन्त्यमा एक जना भाग्यशाली विजेताले रु १२ लाख बम्पर उपहार प्राप्त गर्ने प्रावधान राखिएको थियो । यो अवधिभरसिटी एक्सप्रेस मार्फत मनी ट्रान्सफर गर्ने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागि भएका थिए ।

अल्फा बिटामा एजुकेसन फेयर हुँदै

काठमाडौं । माघ ४ गतेदेखि अल्फा बिटाले अष्ट्रेलिया एजुकेसन फेयर गर्ने भएको छ । अष्ट्रेलियाका विश्वविद्यालय तथा कलेजहरुका आधिकारिक प्रतिनिधि सहित एकै ठाउँमा विद्यार्थी र अभिभाकलाई सूचना दिने उदेश्यले मेला आयोजना गर्न लागेको अल्फाबिटाका प्रेसिडेन्ट तथा सि.इ.ओ. द्विराज शर्माले जानकारी दिए । मेलामा अष्ट्रेलियाका २५ वटा उत्कृष्ट विश्वविद्यालय तथा कलेजहरुको सहभागिता रहने भएको छ भने विद्यार्थीहरुले अष्ट्रेलियाको शैक्षिक प्रणाली, विश्वविद्यालय, पढाई हुने कोर्ष लगाएतका विषयमा सूचना प्राप्त गर्ने छन् । सहभागि विद्यार्थीहरुले सो दिन अल्फा बिटाले उपलब्ध गराउने सेवाहरु आइइएलटिएस, पिटिइ, टोफल लगाएतका तयारी कक्षामा ५० प्रतिशत छुट पाउने व्यवस्था गर्ने भएको छ । मेलामा एक हजार पाँच सय देखि दुइ हजार विद्यार्थी सहभागि हुने अपेक्षा रहेको अल्फा बिटाले जनाएको छ ।

नेपाल बङ्गलादेश बैंक र प्रभु मनि ट्रान्सफरबीच विप्रेषण सेवाको सम्झौता

काठमाडौं । नेपाल बंगलादेश बैंक लिमिटेड कमलादी काठमाण्डौ र प्रभु मनि ट्रान्सफरबीच विप्रेषण सेवा सम्झौतामा भएको छ । उक्त सम्झौतामा नेपाल बंगलादेश बैंकको तर्फबाट प्रमुख व्यवसायीक अधिकृत सलोनिका सिंह र प्रभु मनि ट्रान्सफरको तर्फबाट नायव महा प्रबन्धक रामेश्वर सापकोटाले सम्झौता पत्रमा हस्तक्षर गरेका छन् । सम्झौता अनुसार प्रभु मनि ट्रान्सफर मार्फत नेपालीले विदेशबाट पठाएको रकम नेपाल बंगलादेश बैंकको शाखाहरु मार्फत भुक्तानी गर्नुको साथै प्रभु मनि ट्रान्सफर मार्फत आन्तरिक विप्रेषण कार्य गर्न सक्ने भएको छ । नेपाल बंगलादेश बैंक लिमिटेडको नेपाल भरी ८१ वटा शाखाहरु रहेका छन् । प्रभु मनि ट्रान्सफरको नेपालमा ७५ वटै जिल्लामा ८ हजार भन्दा बढि सब–ऐजेन्टहरु छन् । नेपाल बंगलादेश बैंक यो वर्ष करीब १०० शाखा सञ्चालनमा ल्याउने रणनिति रहेको जानकारी प्रमुख व्यवसायीक अधिकृत सलोनिका सिंहले दिए ।

नोलाइट शाखाका सुपरभाइजर बद्रीनाथ न्यौपाने विरुद्ध भ्रष्ट्राचार मुद्दा

काठमाडौं । नोलाइट शाखाका सुपरभाइजर बद्रीनाथ न्यौपाने, हेल्पर काले थापामगर र ज्यालादारीमा काम गर्ने बिदुर पुडासैनी विरुद्ध भ्रष्ट्राचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार ३ जना विरुद्ध विषेस अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । उनीहरु विरुद्ध जग्गाबाट बिजुलीको तार हटाइदिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस लिएको आरोप लागेको छ । उनीहरु विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ बमोजिम मुद्दा चल्नेछ ।

अब सार्वजनिक निकायले नेपाली उत्पादन किन्नैपर्ने, महालेखाले दिदैंछ यस्तो सहुलियत

काठमाडौं । सबै सार्वजनिक निकायले नेपालमा उत्पादित सामाग्री किन्नुपर्ने व्यवस्था गर्न राष्ट्रिय योजना आयोगले प्रस्ताव गरेको छ । राष्ट्रिय विकास समस्या समाधान बैठकमा योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने प्रस्ताव राखेका हुन् । यसरी खरिद गरिएको सामाग्रीमा महालेखाले लेखापरीक्षणमा सहुलियत दिने तयारी गरेको हो । बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक खरिद ऐन संशोधन प्रक्रिया मन्त्रिपरिषदमा पुगेको जानकारी दिए । खतिवडाले निजी क्षेत्रका विकास परियोजनाको पनि अनुगमन गर्न प्रस्ताव गरे । मुलुकमा दुई तिहाई लगानी गरेको निजी क्षेत्रलाई नजरअन्दाज गर्न नमिल्ने मन्त्री खतिवडाको भनाई रहेको थियो । निजी क्षेत्रलाई पनि विकासको काममासँगै लानु पर्नेमा खतिवडाले जोड दिए । यसैगरी, बैठकमा खानी क्षेत्रमा वन क्षेत्र परे त्यस्ता क्षेत्र खानी विभागलाई दिने र उपयोग सकिएपछि पुनः वन मन्त्रालयलाई दिनेपनि प्रस्ताव गरिएको छ ।  

पाटन दरबार क्षेत्रको अवलोकन पछि प्रधानमन्त्री ओलीले भने-पुनर्निर्माण सन्तोषजनक

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पाटन दरबार क्षेत्रको अवलोकन भ्रमण गरी त्यस क्षेत्रको सम्पदाको पुनःनिर्माणको अवस्थाका बारेमा जानकारी लिएका छन् । २१औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनको आग्रहमा विसं २०७२ को भूकम्पले क्षतिग्रस्त बनाएका स्मारकको पुनःनिर्माणको प्रगतिको अवलोकन गर्न प्रधानमन्त्री ओलीले यस स्थानको भ्रमण गरेका हुन् । सो अवसरमा प्रधानमन्त्री ओलीले ललितपुरमा रहेका स्मारकको पुनःनिर्माण सन्तोषजनक रुपमा अघि बढेको बताए । पुनःनिर्माण चाँडो सम्पन्न गर्नका लागि सबै दत्तचित्त भएर लाग्नुपर्नेमा उनको जोड छ । सरकारले धार्मिक र सांस्कृतिक क्षेत्रको पुनःनिर्माणलाई प्राथमिकता दिइरहेको बताउँदै काठमाडौँ उपत्यकाका अघि बढ्न नसकेका स्मारकको पुनःनिर्माण चाँडो शुरु गर्ने उनले प्रतिबद्धता जनाए । उनले भने, “पुनःनिर्माणलाई गति दिनका लागि जनप्रतिनिधि, स्थानीय तह, राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र जनता सबैको भूमिका छ ।” विश्वसम्पदा सूचीमा सूचीकृत यस क्षेत्रमा रहेका स्मारक र पुनःनिर्माणको अवस्थाका बारेमा नगरप्रमुख महर्जनले प्रधानमन्त्री ओलीलाई जानकारी दिए । गृहमन्त्री अध्यक्ष हुने ‘२१ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मूल समारोह समिति’ को व्यवस्थापन उपसमितिको संयोजक ललितपुर महानगरपालिकाका प्रमुख महर्जन रहेका छन् । सरकारले वर्षेनी माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा सचेतनामूलक कार्यक्रम गरेर मनाउँदै आएको छ ।

सिण्डिकेट हटेपछि ६१६ यातायात कम्पनी दर्ता, ७५ हजार किलोमिटर सडकमा गुड्छन् ३२ लाख सवारी

काठमाडौँ । सिण्डिकेट अन्त्यपछि ६१६ वटा यातायात कम्पनी दर्ता भएका छन् । २०७४ चैत १८ गते सरकारले सिण्डिकेटको अन्त्य गर्दै यातायात समिति भङ्ग भएको घोषणा गरेको थियो । सिण्डिकेट अन्त्यपछि यातायात कम्पनी दर्ताको संख्यामा बृद्धि भएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयको तथ्याङ्क अनुसार सबै भन्दा धेरै यातायात कम्पनी काठमाडौँ जिल्लामा दर्ता भएका छन् । काठमाडौँमा १०५ वटा नयाँ कम्पनी दर्ता भएका हुन् । काठमाडौंपछि ललितपुर महानगरपालिकामा धेरै यातायात कम्पनी दर्ता भएको छ । यहाँ १८ वटा नयाँ कम्पनी दर्ता भएको छ । रजिष्ट्रार भुवनहरि अर्यालले भने- ‘सिण्डिकेट पछि यातायात कम्पनी दर्तामा बृद्धि भएको छ ।’ यता,  नेपालमा कच्ची र पक्की गरेर कूल ७५ हजार किलोमिटर सडक सञ्जाल सञ्चालनमा छ । यहि सडक सञ्जालमा गुडाउने गरी ३२ लाख २१ हजार ४२ वटा सवारी साधनले अनुमति पाएका छन् । सबै सवारी साधन सञ्चालनमा छन् भनेर मान्ने हो भने एक किलोमिटर सडकमा ४२ वटा सवारी साधान गुडिरहेका हुनेछन् । तर, सरकारले केहि समय अघि मात्रै २० बर्ष पुराना सवारी साधनलाई बिस्थापित गर्ने निर्णय गरेको थियो । यकिन तथ्यांक नभएपनि केहि लाख सवारी साधन भने पुराना भएर थन्किसकेको हुन सक्ने यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्ण उपाध्यायले बताए ।

नागरिक कम्युनिटी अस्पतालमा सिटी स्क्यान सेवा शुरु, भक्तपुरवासीलाई बिशेष छुट

काठमाडौं। नागरिक कम्युनिटी अस्पताल भक्तपुरले बुधबारबाट सिटी स्क्यानको सेवा  शुरु गरेको छ। अस्पतालले करिब २ करोडको लागतमा सिटी स्क्यान मेशिन ल्याएर सेवा शुरु गरेको हो । बिरामीहरुको सेवा सुविधालाई ध्यानमा राखी अस्पतालमा सिटी स्क्यानको व्यवस्था गरिएको जनाइएको छ । अस्पतालमा सिटी स्क्यानको अभावमा बिरामीहरु प्रभावित भएका थिए । सिटी स्क्यानको उद्घाटन पूर्व उद्योग मन्त्री तथा सांसद महेश बस्नेतले गरेका थिए । सिटी स्क्यान गरेको सेवा शुल्क ४ हजार तोकिएको छ । नागरिक अस्पताल स्थापनाको आठौं वर्ष पूरा भएको छ । सर्वसाधारणलाई सस्तो मूल्यमा स्वास्थ्य सेवा दिदै आएको यस अस्पतालको मुख्य उदेश्य नाफा भन्दा गुणस्तरिय स्वास्थ्य सेवा उपलब्ध गराउने रहेको प्रबन्ध निर्देशक नागेन्द्र झा बताउँछन्। करिब ६०० जना लगानीकर्ता भएको यस अस्पतालमा १२० जना भन्दा बढी कर्मचारी कार्यरत छन् । अस्पतालले भक्तपुरबासीलाई बिशेष छुट दिने गरेको छ। असाह्य तथा आर्थिक स्थिती कमजोर भएको व्यक्तिहरुलाई अस्पतालले १५ देखि २० प्रतिशतसम्म छुट दिने गरेको छ। एक दुई बर्ष भित्रै आफ्नै भवनबाट अस्पताल संचालन गर्ने अस्पतालको लक्ष्य रहेको झा बताउँछन्।