विकासन्युज

भक्तपुरमा बन्दैछ १५ सय रोपनीमा अन्तर्राष्ट्रिय रंगशाला

काठमाडौं । भक्तपुरमा अन्तर्राष्ट्रियस्तरको रंगशाला बन्ने भएको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणको प्रस्तावमा भक्तपुरमा १५ सय रोपनी क्षेत्रफलमा फैलिएको रंगशाखा निर्माण गर्न लागिएको हो । प्राधिकरणको भौतिक पूर्वाधार विकास समितिको बैठकले भक्तपुरमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्न जग्गा ल्याण्ड पुलिङको काम फास्ट ट्रयाकमा अघि बढाउने सम्बन्धी प्रस्ताव तयार पार्न निर्देशन दिएको हो । ‘भक्तपुरमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्न जग्गा प्राप्तीको प्रस्ताव तयार पार्न प्राधिकरणको नेतृत्वलाई निर्देशन दिने निर्णय भयो’, शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले भने । सरकारले चालु आर्थिक बर्षको नीति तथा कार्यक्रममा आगामी ३ बर्षभित्र उपत्यकामा अन्तराष्ट्रिस्तरको रंगशाला बनाउने योजना अघि सारेको थियो । ‘फास्ट ट्रयाकमा ल्याण्ड पुलिङ गरेर जमिन प्राप्त गर्छाै, तोकिएको समयभित्रै निर्माण गर्ने योजनासहित काम अघि बढाउँछौं’, काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त भाइकाजी तिवारीले भने । रंगशाला निर्माण भएपछि नेपालमा अन्तर्राष्ट्रियस्तरको खेल आयोजना गर्न सकिने युवा तथा खेलकुल मन्त्री जगत विश्वकर्माले भने । पर्यटन मन्त्री रबिन्द्र अधिकारीले जग्गा अधिग्रहण गरेर रंगशाला निर्माण गर्न नसकिने भएकाले छोटो बाटोबाट ल्याण्ड पुलिङमा जानु पर्ने उल्लेख गरे । प्राधिकरणले रंगशाला बनाउने स्थानमा २० हजार रोपनी जमिनमा जग्गा एकिकरण आयोजना सञ्चालन गर्ने बताएको छ । सुर्यबिनायक नगरपालिको वडा नम्बर ८,९ र १० तथा चाँगुनारायण नगरपालिकाको वडा नम्बर ८ र ९ नम्बरमा जग्गा एकिकरण आयोजना सञ्चालन गरिनेछ । सोही स्थानमा सरकारी स्वामित्वमा रहेको केहि पर्ती जमिन र केहि एकिकरण आयोजनाबाट प्राप्त जमिनलाई उपयोग गरेर रंगशाला बनाउन लागिएको हो । सरकारी पर्ती जमिन र एकिकरण आयोजनाबाट जमिन प्राप्त हुने भएको मुआब्जा तिर्नुपर्ने छैन् ।

ठमेलमा रमाउन छाडे विदेशी पर्यटक, ‘माग्ने र सारङ्गी बजाउनेले चौपट पारे व्यवसाय’

काठमाडौं । नेपाल घुम्न आउने ९० प्रतिशत पर्यटकको पाईला ठमेलमा पर्ने गर्छ । ठमेल आफैंमा पर्यटकीय गन्तव्य भएकाले उनीहरु बस्न, खान तथा रमाउन ठमेल पुग्न रुचाउँछन् । तर, ठमेलमा विदेशी पर्यटकको ईच्छा विपरित सारंगी बजाउने, माग्ने तथा सामान जबरजस्ती किन्न बाध्य बनाउने गरिन्छ । यस्ता क्रियाकलापले पर्यटक आकर्षणमा असर गरिरहेको छ । ठमेल क्षेत्रमा विदेशी पाहुनाले भोग्दै आएको समस्याकाबारे बुझ्न ‘विकासन्यूज’ का प्रतिनिधि ठमेल पुग्दा पर्यटकहरुलाई सारङ्ग बजाउने र माग्नेहरुले दुःख दिइरहेको दृश्य देखियो । केशर पुस्तकालयबाट ठमेल प्रवेश गरेको केही बेरमा नै यस्ता दृश्य सामान्य जस्ता लाग्न थाले । ठमेलको नरसिंह चोक नपुग्दै एक जना व्यापारीले हातमा केही खेलौना बोकेर पर्यटक पछ्याई रहेका थिए । ठमेलमा पर्यटकले सामान छान्नु त परको केहीपनि किन्न ईच्छा नरहेको संकेत गरे । पर्यटकलाई माग्ने तथा सारंगीवालाले दिएको दुःख हेरिसकेपछि दैनिक झोलामा रुद्राक्ष बोकेर पर्यटक पछयाउने काभे्रका सीताराम गौतम र अन्य व्यापारीसँग केही जानकारी लियौँ । गौतमका अनुसार-‘काभ्रे कोशीपारीको स्थायी बासिन्दा भएरपनि विगत १५ बर्षदेखि सडकमा रुद्राक्ष बेच्नु मेरो बाध्यता हो ।’ विदेशी पर्यटकको ईच्छा विपरित नै सामान लाद्नु राम्रो कुरा नभएपनि यो उनको छाक टार्ने मुख्य बाटो रहेको बताए । उनले कुनै निश्चित ठाउँमा बसेर व्यापार गर्न पाए निकै सहज हुने उनले तर्क गरे । पर्यटक मात्र होइन ठमेल क्षेत्रका व्यवसायी पनि उस्तै हैरानी खेपिरहेका छन् । नरसिंह चोकका थान्का व्यापारी विष्णु श्रेष्ठ भन्छन्–‘पर्यटकले आफूले इच्छा गरेको सामान छानेर लिन पाउन पर्छ, छान्ने बेलामा बाजा बजाउने र माग्ने प्रवृती ठमेल क्षेत्रका व्यवसायीहरुलाई असर गरिरहेका छ । सबैले गरिखान पाउनु पर्ने भन्दै उनले सडकबाट पसलसम्म पछ्याउने जमातलाई एक निश्चत ठाउँ तोक्न सकेमा मात्र राम्रो हुनेमा जोड दिए । ठमेलको सात घुम्तीमा व्यापारी हरिशरण भट्टसँग भट्यौँ । उनी भन्छन्– ‘विदेशीलाई दिक्क लाग्ने काम हामीले रोक्न सक्नुपर्छ नत्र यसले ठमेल क्षेत्रको पर्यटक आकर्षण घटाउने छ ।’ सात महिनाको व्यापारिक अनुभव सुनाउदै भट्टले आगामी दिनमा यस्ता समस्याबाट छुटकारा पाएमा सबैलाई राम्रो हुने र विशेषतः पर्यटकलाई पनि थप आनन्द मिल्ने बताए । ठमेलको भगवतीस्थानमा रहेको सल, पस्मीना व्यवसाय गर्दै आएका मिर जविड अस्मद भन्छन्–‘शुरुमा पर्यटक नेपाल आउँदा खुशी नै रहन्छन, तर माग्ने कुराले भने उनीहरुमा नराम्रो असर समेत पार्ने गरेको हुन्छ ।’ पयर्यटकलाई चाहिने सरसफाई ठमेलमा रहेपनि उनीहरुलाई पछ्याउँदै माग्ने प्रवृती भने पटक्कै राम्रो नभएको अस्मदले बताए । ठमेलमा आउने पर्यटकले भोग्दै आएका समस्याका विषयमा ठमेल टुरिजम डेभलपमेण्ट काउन्सिलका अध्यक्ष समीर गुरुङ भन्छन्–‘पर्यटकलाई दुःख दिएको भन्दापनि गन्दर्वले आफ्नो काम गरेका हुन्, तर उनीहरुको व्यवस्थापन गर्नु भने आश्यक छ ।’ आगामी दिनमा यस्ता समस्या हटाउन काउन्सिल लागी परेको उनको दाबी छ । आगामी दिनमा गन्धर्वको पोशाक व्यवस्था गर्ने तथा ठमेलमा आउने पर्यटकलाई मागेर दुःख नदिने वातावरण सिर्जना गर्न सबै जना लाग्नु पर्ने काउन्सिलका अध्यक्ष गुरुङको धारणा रहेको छ । के भन्छन् त विदेशी पर्यटक ? ‘नेपाल घुम्न पाएकोमा म निकै खुसी छु , अझ केही कुरामा मेहनत गरेमा नेपाल धेरै राम्रो देखिन्छ’–ठमेलमा भेटिएका एक पर्यटक पेरिस नागरिक लौरियन्टले भने । उनले आफू नेपाल आएको केही दिन मात्र भएको बताए । लौरियन्टले भने–बाटोमा माग्दै हिड्नेहरुले पर्यटकहरुलाई दुःख दिएको गुनासो गरे । जर्मनीबाट २० दिन अघि नेपाल झरेका र ठमेलमा भेटिएका अर्का विदेशी पर्यटक रोबिन भन्छन्–‘ठमेलमा माग्दै हिँड्ने तथा सडक व्यापार गर्ने धेरै छन्, त्यसरी गरी खानेले पर्यटकको जीवनमा खासै असर त नगर्लान्, तर उनीहरुको त्यो गतिविधिले एक किसिमको नराम्रो दृश्य पर्यटकको मनमा अवश्य गड्ने छ ।

बुटवलमा माघ ११ गतेदेखि बैंकिङ्ग/बीमा एक्स्पो हुँदै, तयारी तीब्र

काठमाडौं । माघ ११ गते बुटवलमा हुने बैंकिङ्ग/बीमा तथा पूँजीबजार सम्बन्धी प्रदर्शनीको तयारी तिब्र भएको छ । उक्त प्रदर्शनीको आयोजना मिडिया इन्टरनेशलले गर्ने भएको छ । वित्तीय सचेतना र बीमा साक्षरता फैलाउने उद्देश्यले आयोजना गर्न लागिएको एक्सपोमा नेपाल राष्ट्र बैंक, बीमा समिति, नेपाल धितोपत्र वोर्ड, वाणिज्य बैंकहरु, विकास बैंक, बीमा कम्पनी, वित्त कम्पनी तथा माइक्रोफाइनान्स लगायत युवा स्वरोजगार कोषको सहभागिता रहने आयोजकले जनाएको छ । उक्त कार्यक्रममा नेपाल राष्ट्र बैकका गभर्नर डा. चिरंजीवि नेपाल, बीमा समितिका अध्यक्ष चिरंजीवि चापागाईं, विभिन्न बैंकरहरु, बीमकहरु तथा नेपाल धितोपत्र बोर्ड, युवा स्वरोजगार कोष लगायतका संस्थाबाट प्रतिनिधित्व हुने जनाइएको छ । विहान १० बजेदेखि साँझ ५ बजेसम्म हुने उक्त मिडिया इन्टरनेशनलका अध्यक्ष तथा ‘वित्तीय जागरण राष्ट्रिय अभियान’का संयोजक माधव निर्दोषले उपत्यका बाहिर वित्तीय सचेतना तथा बैंक र सर्वसाधारणबीचको सम्बन्ध, बीमाको पहुँच बढाउँदै उद्यमशीलताको विकास गर्न एक्स्पोको आयोजना गरिएको बताए । प्रदर्शनीको तयारीका लागि बुटवलमा सचिवालय समेत स्थापना भइसकेको छ । बुटवलको कालिकानगर स्थित कालिका माध्यमिक विद्यालयको प्राङ्गढमा हुने प्रदर्शनीमा प्रवेश निःशुल्क गरिएको छ । दुई दिन सम्म आयोजना हुने एक्सपोको अवलोकन गर्न सकिने छ । एक्स्पोमा प्रदर्शनीबाहेक दुइदिनसम्म बैंकिङ, बीमा र पूँजीबजारबारे लगातार रुपमा सेमिनार आयोजना गरिने छ ।

आक्रामक बन्दै डेम्बेले, नेइमार चाहिदैन

काठमाडौं । बार्सिलोना समर्थक विपक्षी क्लब विरुद्ध १ वा २ गोलले जितेर सन्तुष्ट हुन सक्दैन । उनीहरु गेम पोजिसन र धैरै गोल अन्तरले हराएको हेर्न चाहान्छन् । फुटबल खेल्ने पुरानो टिकीटाका शैली बार्सिलोनाले अपनाइरहेको छ । हाल टिमको मिडफिल्डमा मेसी, बस्कुइट, राकेटिक, भिडाल, सर्जियो रोर्बेटोले रहेका छन् । यो मध्ये मिडफिल्डबाट डिबक्ससम्म बल लैजन मेसी बाहेक अन्य खेलाडी सफल भएका छैनन । यस अबस्थामा दायाँ तर्फबाट विङगरको भुमिकामा खेल्ने ओसामाने डेम्बेले निकै सफल देखिन थालेका छन् । कोपा डेल रेको बिहिबार रातीको खेलमा डेम्बेलेले २ गोल गरेर फेरी आफुलाई प्रमाणित गरेका छन् । बार्सिलोना म्यानेजमेन्टले नेइमार फर्काउने हल्ला चलिरहेको अवस्था डेम्बेलेले आफुलाई प्रमाणित गरिरहेका छन् । २० वर्ष लागेका डेम्बेलेले बार्सिलोनाको संस्कारसँग घुलमिल भैरहेका छन् । उनको बल लिएर तिब्र गतिमा दौडने र बल छलाउने कला पनि निखारिदै गएको छ । मेसीको ढल्कदो उमेर पछि डेम्बेलेलाई बार्सिलोनाको नव स्टारको रुपमा हेर्न थालिएको छ । तर यसको लागि उनले बार्सिलोनाको संस्कार सिक्नु पर्नेछ । हाल बार्सिलोनासँग वैकल्पिक खेलाडी धेरै रहेका छन् । ब्राजिलका म्कलम, राफिन्हा, भिडाल, रोर्बेटो जस्ता खेलाडीहरु टिममा स्थान बनाउन सघर्ष गरिरहेका छन् । मुख्य प्रशिक्षक भाल्डभारेले हाल ४-३-३ फर्मेशनमा खेलाइरहेका छन् । तर गोल स्कोरमा समस्या बढेपछि उनीमाथी थप दबाब बढेको छ । यदि भाल्डभारेले यो सिजनको च्याम्पियान्स् लिग नजिताए उनको क्याम्प नोउ भविस्य सकिनेछ । यसका लागी उनले धेरै मेहनेत समेत गरिरहेका छन् । मंहगो मूल्यमा आएका फिलिपे कोटिन्होले आफ्नो लय कायम गर्न नसकेपछि समस्या बढेको छ । मिडफिल्डमा मेसी र कोटिन्होको तालमेल मिलिरहेको छैन् । पछिल्लो समय इभान राकेटिक र कोटिन्होको डि बक्स बाहिरबाट सटहरु निस्कन सकिरहेको छै्रन । यसले पनि बार्सिलोनाको स्कोरमा प्रभाव पारिरहेको छ । भरपर्दा डिफेन्डर उमटीटी घाइते हुदाँ राकेटिक डिफेन्सिफ मिडफिल्डको भुमिकामा रहका छन् । यदि नेइमार बार्सिलोनामा फर्किए । उनले डेम्बेलेकै स्थानमा खेल्नेछन् । यसो हुदाँ महंगो मूल्यमा नेइमार भित्र्याएर बार्सिलोनाले ठूलो प्रगति गर्न सक्दैन । किनकी उनले बार्सिलोना छोडेर ठूलो गल्ति गरिसकेका छन् । बार्सिलोना समर्थकले दिएको माया र सम्मानलाई उनले लत्याइसकेका छन् ।

माघ ६ बाट प्रधानमन्त्री ओली स्वीट्जरल्याण्ड भ्रमणमा, आर्थिक विकासमा सहयोग पुग्ने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुन लागेको स्वीट्जरल्याण्ड भ्रमणले मुलुकको आर्थिक विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईले प्रधानमन्त्रीको माघ ६ देखि १२ सम्म स्वीट्जरल्याण्डको डाबोसमा हुन लागेको ‘वल्र्ड इकोनोमी फोरम’ नेपालमा लगानीको वातावरण निर्माण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा डा भट्टराईले मुलुकमा संविधान निर्माण भई स्थिर सरकार बनेको बताउँदै मुलुकले लिएको आर्थिक विकासको लक्ष्यलाई पूरा गर्न सम्मेलनले ठूलो सहयोग पुग्ने बताए । “मुलुकले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा पूरा गर्न सम्मेलनले थोरै भएपनि सहयोग पुर्याउनेछ”, उनले भने । विश्वका धेरै मुलुकका सरकार तथा राष्ट्रप्रमुख सहभागी हुने उक्त सम्मेलनमा आफ्नो देशको विकासका लागि हरेक देशले गरेका काम र आगामी दिनमा गर्ने कामका बारेमा सम्मेलनमा छलफल हुने भएकाले मुलुकको विकासका लागि सम्मेलन फलदायी हुने भट्टराईले बताए । भ्रमणका क्रममा प्रधानमन्त्रीको विभिन्न सभा तथा विभिन्न देशका सरकारप्रमुख, राष्ट्रप्रमुख र व्यवसायीसँग भेटघाट हुने कार्यक्रमसमेत रहेकाले विश्वको आर्थिक विकासका बारेमा धेरै ज्ञानसमेत हुने उनको भनाइ छ । “सम्मेलनमा विदेशी मुलुकको ज्ञान, प्रविधि र पुँजी भित्र्याउन नेपालले प्रयोग गर्नुपर्छ”, उनले भने । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्राडा गोविन्दराज पोखरेल मुलुकमा लगानीको वातावरण घट्दै गएको वर्तमान अवस्थामा सम्मेलनले लगानीको वातावरण निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । “विश्वका दुई÷चार वटा ठूला कम्पनीलाई मात्र नेपालमा भित्र्याउन सके पनि प्रधानमन्त्रीको भ्रमणले सार्थकता दिनेछ”, उनले भने । नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्मा डाबोस सम्मेलनमा धेरै लगानीकर्तालाई आकर्षण गर्न प्रधानमन्त्री लाग्नुपर्ने बताए । उनले सम्मेलन राजनीतिक कुरा गर्ने थलो नभएर आर्थिक छलफल गर्ने थलो भएकाले जतिसक्दो धेरै लगानी मुलुकमा भित्र्याउने बाटोमा लाग्नुपर्ने उल्लेख गरे । स्वीट्जरल्याण्डका लागि पूर्व राजदूत डा शम्भूराम सिम्खडाले सम्मेलनको मुख्य एजेण्डा प्रविधिको विकास र वातावरण प्रभाव भए पनि मुलुकको आर्थिक विकासका लागि नेपालले सम्मेलनमा आवाज उठाउनु पर्ने बताए ।

झापामा बीउ प्रशोधन तथा भण्डारण केन्द्र स्थापना, कृषकमा राहत

काठमाडौं । झापाको गौरादह नगरपालिका–५ स्थित महारानीझोडामा रहेको सामुदायिक बीउ प्रशोधन तथा भण्डारण केन्द्र स्थापना भएपछि किसानले सहज रुपमा बीउ पाउनुका साथै उत्पादित कृषि उपजको उचित मूल्य पाउन थालेका छन् । महिला मात्र आबद्ध रहेको महारानीझोडा साना किसान सहकारी संस्थाको पहलमा २०७२ माघ १४ गतेदेखि उक्त बीउ प्रशोधन तथा भण्डारण केन्द्र सञ्चालनमा आएको हो । धान, मकै र गहुँको गुणस्तरीय बीउ प्रशोधन तथा उत्पादन गर्ने उद्देश्यले उक्त केन्द्र सञ्चालनमा आएपछि स्थानीय कृषकले राहत पाएका हुन् । केन्द्रको आफ्नै तीन बिघा १४ कठ्ठा जमीनमा १३ हजार टन बीउ भण्डारण क्षमता भएको गोदाम घरसहित प्रशोधनका लागि आवश्यक आधुनिक उपकरण रहेका छन् । ती उपकरण जोड्न सहकारीसँगै स्थानीय सरकार, प्रदेश तथा सङ्घीय सरकारको समेत सहयोग भएको जनाइएको छ । व्यवस्थापक विष्टका अनुसार उक्त केन्द्रबाट झापा, मोरङ, सुनसरी, इलाम लगायत १ नम्बर प्रदेशका सबै जिल्ला र २ नम्बर प्रदेशका सप्तरी तथा सिरहा जिल्लामा समेत बीउ निर्यात हुँदै आएको छ । गतवर्ष २०७४/७५ मा १३ जातका ३९० टन धानको बीउ प्रशोधन भएकोमा चालू आर्थिक वर्षमा यो बढाएर कम्तिमा पनि ६०० टन पुर्याउने लक्ष्य रहेको संस्थाले जनाएको छ । यसैगरी गतवर्ष ५२ टन चार जातको गहुँको बीउ उत्पादन तथा प्रशोधन भएकोमा यो वर्ष ११० टन पुर्याउने लक्ष्य लिइएको महारानी झोडा साना किसान सहकारी संस्थाका व्यवस्थापक चिरञ्जीवी भण्डारीले जानकारी दिएका छन् । गत वर्ष १७ टन जयघाँसको बीउ उत्पादन तथा प्रशोधन भएकोमा यो वर्ष २१ टन, मकैको बीउ गतवर्ष तीन टन उत्पादन गरेकोमा यो वर्ष १० टन, गतवर्ष १ टन तोरीको बीउ उत्पादन गरेकोमा यो वर्ष २ टन र यो वर्ष २ टन राजमाको बीउ उत्पादन तयारी रहेको पनि भण्डारीको भनाई रहेको छ । सामूहिक सहकारी खेती तथा सदस्य कृषकले उत्पादन गरेको बीउलाई नै प्रशोधन पनि गरिदै आएको सहकारी संस्थाका अध्यक्ष मीना ढकालको भनाई रहेको छ । कृषकले बजार मूल्यभन्दा कम्तिमा रु १० देखि रु ६०० सम्म बढी मूल्य दिने उत्पादन धान, मकै, गहुँ, जै घाँस केन्द्र आफैँले खरीद गरी दिने गरेकाले किसान खेतीमा आकर्षित भएको ढकालले बताए। पछिल्ला वर्ष उक्त सहकारीले सञ्चालन गरेको गतिविधिको प्रचारप्रसार भएपछि देशैभरिका सहकारी संस्था दिनहुँ जसो अवलोकन गर्न आउने क्रम बढेको संस्थाले जनाएको छ । गौरा दहलाई सरकारले कृषि पर्यटन क्षेत्रका रुपमा घोषणा गरेपछि त्यसलाई कार्यान्वयन गर्न सहकारी प्रतिबद्ध भई जुटेको अध्यक्ष ढकालको भनाइ रहेको छ ।

राष्ट्रिय वाणिज्य बैंकको रक्तदान तथा सरसफाइ कार्यक्रम सम्पन्न

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५४ औं वार्षिकोत्सबमा बैंकको केन्द्रीय कार्यालय परिसरमा रक्तदान तथा केन्द्रीय कार्यालय परिसर सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । बैंकका १२० जना भन्दा बढि कर्मचारीहरुले रक्तदान गरेका थिए । बैंकको विभिन्न क्षेत्रीय कार्यालयहरुमा पनि रक्तदान कार्याक्रम संचालन भएका छन् । साथै, बैंकले वार्षिकोत्सबको उपलक्ष्यमा ब्याडमिन्टन, टेबलटेनिस, म्यूजीकल चेयर, प्रतियोगिताको पनि आयोजना गरिरहेको छ । बैंकको ५४ औं वार्षिकोत्सवको अवसरमा माघ ५ शनिबार गते बिहान ७ः३० बजे वित्तीय चेतनामुलक प्रभातफेरी कार्यक्रमको आयोजना हुने भएको छ ।

कृषि तथा पशुपंक्षी व्यवसायमा सहुलियत ब्याजमा ऋण लिने बढे, १४ अर्ब लगानी

काठमाडौँ । सरकारले दिएको सुविधाको उपभोग गरी कृषि तथा पशुपक्षी व्यवसायमा कर्जा लिनेको सङ्ख्या बढ्दै गएको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मुलुकको पछिल्लो आर्थिक विवरणमा गत मङ्सिर मसान्तसम्म नौ हजार ७४९ जनाले कृषि कर्जा लिएको पाइएको छ । सरकारले कृषि क्षेत्रको विकासका लागि भन्दै पाँच प्रतिशत ब्याज अनुदान दिएको छ । राष्ट्र बैंकको विवरणअनुसार १४ अर्ब ३९ करोड बराबरको लगानी भएको छ । कृषि क्षेत्रलाई थप व्यावसायिक र प्रतिस्पर्धी बनाउने लक्ष्यका साथ सरकारले ब्याज अनुदान दिँदै आएको छ । उक्त कर्जा लिएका व्यक्तिबाट ७५ करोड ८२ लाख बराबरको ब्याज अनुदान प्रदान गरिएको छ । यस्तै उत्पादनशील क्षेत्रतर्फ कर्जा लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पुर्याउने उद्देश्यले राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गरिने पुनःकर्जाको उपयोगसमेत बढेको छ । गत मङ्सिर मसान्तसम्ममा राष्ट्र बैंकले १६ अर्ब ७० करोड पुनःकर्जा लगानीमा गरेको छ । भूकम्पपीडितलाई आवासीय घर निर्माणका लागि सहुलियतपूर्ण कर्जा प्रदान गर्न यस बैंकबाट बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराइएको पुनः कर्जाको बक्यौता गत मङ्सिर मसान्तसम्ममा दुई अर्ब ४२ करोड रहेको छ । त्यस्तो कर्जा लिनेको सङ्ख्या एक हजार ५३४ जना रहेका छन् । रासस