सार्वजनिक यातयातमा यौन हिंसा भोग्नु वा देख्नु भयो ? ११४५ मा डायल गर्नुहोस्
काठमाडौं। सार्वजनिक यातयातमा यौन हिसां भएमा र देखेमा अब ११४५ मा तुरुन्त सम्पर्क गर्नुहोला। यौन हिसां हामीहरुले सुन्दै, देख्दै र भोग्दै आईरहेका कुरा हो। हरेक दिन सार्वजनिक यातयातमा यात्रा गर्दा कोही न कोही यौन हिंसाको शिकार बनिरहेका हुन्छन्। यौन हिंसाको शिकार महिला, पुरुष दुवै हुनेगर्छन् तर तुलनात्मक महिलाहरु बढी यसको शिकार हुने गरेको देखिन्छ।
एनआईसी एशियाद्वारा प्रहरी कार्यालय सुनसरीलाई सहयाेग
काठमाडौं । एनआईसी एशियाद्वारा प्रहरी कार्यालय सुनसरीलाई व्यारीकेड चेकिङ्ग बोर्ड हस्तान्तरण गरेको छ । उक्त कार्यक्रममा एनआईसी एशिया बैंकका उप प्रादेशिक कार्यालय कोशीका प्रमुख लक्ष्मण चालिसेले जिल्ला प्रहरी कार्यालय सुनसरीलाई हस्तान्तरण गरेका थिए । एनआईसी एशिया बैंकले जिल्ला प्रहरी कार्यालय सुनसरीलाई सचेतनात्मक सुचनाहरु सहितका १४ थान रोड व्यारीकेडहरु एवंम १४ थान प्रहरी चेकिङ्ग बोर्ड हस्तान्तरण गरेको हो । मुलुकभर २७५ वटा शाखा कार्यालयहरु मार्फत देशका विभिन्न स्थानहरु सहयोग गर्दै आईरहेको एनआईसी एशिया बैंकका २८९ एटिएम, ३९ वटा एक्स्टेन्सन काउण्टर एवंम २३ वटा शाखारहित बैंकिङ्गमार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
संखुवासभाको गुफापोखरी हिउँले ढाकेर सेताम्मे [फोटोफिचर]
काठमाडौं। तीन वटा जिल्ला संखुवासभा, तेह्रथुम र ताप्लेजुङको संगम स्थल गुफापोखरी हिउँले भरिएको छ। नेपालको स्विजरल्यान्डको रुपमा परिचित गुफापोखरीमा हिउँ परेपछी हिउँ खेल्न आउने मानिसहरुको संख्या बढ्दो छ। यहाँ शुक्रबार बिहान ११ बजेको तापक्रम ३ डिग्री सेल्सियस रहेको छ। गुफापोखरी नेपालको संखुवासभा जिल्ला, नुनढाकी गाविसमा अवस्थित पर्यटकीय महत्वको स्थान हो। लालीगुराँसको राजधानी भनेर चिनिने धनकुटा, तेह्रथुम, संखुवासभा र ताप्लेजुङको सङ्गमस्थल तीनजुरे मिल्के जलजले (टीएमजे) क्षेत्रमा २९०० मिटरको उचाइमा गुफापोखरी रहेको छ। तस्विर – छिरिङ लामा भोटे तस्विर – छिरिङ लामा भोटे तस्विर – छिरिङ लामा भोटे तस्विर – छिरिङ लामा भोटे तस्विर – छिरिङ लामा भोटे तस्विर – छिरिङ लामा भोटे तस्विर – छिरिङ लामा भोटे तस्विर – छिरिङ लामा भोटे
अघि बढ्यो २ अर्ब ३ करोडको तराई मधेश समृद्धि कार्यक्रम, ६ महिनामै खर्चनुपर्ने
काठमाडौं । २ अर्ब ३ करोड ६ लाख रुपैंयाँको तराई मधेश समृद्धि कार्यक्रम अघि बढेको छ । अर्थमन्त्रालयले बजेट अख्तियारी दिएसँगै संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कार्यक्रम अघि बढाउन पत्रचार गरेको कार्यक्रमका प्रमुख रामहरी शर्माले बताए । सरकारले चालु आर्थिक बर्षको बजेट मार्फत तराई मधेश समृद्धि कार्यक्रम अघि सारेको थियो । तराई मधेशका २१ वटा जिल्लामा ४ सय वटा आयोजना तथा कार्यक्रम छनौट गरिएको छ । स्थानीय तहरुको न्युनतम १० प्रतिशत लागत सहभागीता अनिवार्य गरिएको कार्यक्रमले ८ वटा क्षेत्रलाई प्राथमिकतामा राखेको छ । तराई मधेश समृद्धि कार्यक्रम सञ्चालन कार्यबिधी, २०७५ अनुसार कार्यक्रम सञ्चालन हुनेछ । सामुहिक आवास भवन, सामुदायिक पूर्वाधार, सडक, कृषि विकास, खानेपानी तथा सरसफाई, सिँचाई तथा नदि नियन्त्रण, उर्जा र विपद न्युनीकरण पुर्वाधारका कार्यक्रम छानिएका छन् । अब सम्बन्धीत स्थानीय तहले न्युनतम १० प्रतिशत लागत सहभागीता गराएर कार्यक्रमको ठेक्का लगाउन सक्नेछन् । त्यसको भुक्तानी केन्द्र सरकारले गर्नेछ । चालु आर्थिक बर्षभित्रै आयोजना सम्पन्न गर्नुपर्ने व्यवस्था रहेको र कामका आधारमा भुक्तानी दिने कार्यक्रमका प्रमुख शर्माले जानकारी दिए । ‘बाँकी ६ महिनामा काम सम्पन्न गर्नुपर्ने व्यवस्था छ, जति काम हुने हो त्यति मात्रै भुक्तानी हुनेछ, काम गर्न नसकेमा पैसा केन्द्रम तानिनेछ’, शर्माले भने । न्युनतम २५ लाखदेखि २ करोडसम्मका आयोजना छानिएका छन् । स्थानीय तहरुको लागत सहभागीता सुनिश्चित गरिएकाले गुणस्तरमा समस्या नआउने शर्माले जानकारी दिए । तराई मधेशमा समानुपातिक विकास गराउने उदेश्यसहित सरकारले चालु आर्थिक बर्षको बजेटमा तराई मधेश समृद्धि कार्यक्रम अघि सारेको थियो ।
सुदुरपश्चिम प्रदेश पुग्यो श्रम कार्यालय
काठमाडौं । अब सुदुरपश्चिम प्रदेशबाटै श्रम स्वीकृति प्राप्त हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आजबाट सुदुरपश्चिम प्रदेशमा श्रम कार्यालय खोलेको हो । श्रम कार्यालय खुलेसँगै त्यहिँबाट श्रम स्वीकृति लिन सकिनेछ । सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले श्रम कार्यालयको उद्घाटन गरेका हुन् । सुदुरपश्चिम प्रदेशमा श्रम कार्यालय खुलेसँगै अब सातै प्रदेशबाट श्रम स्वीकृति पाइने भएको छ ।
यसपालीको भ्यालेन्टाइन डे महंगो हुने, एउटा गुलावकै १०० रुपैयाँ
काठमाडौँ । यस वर्षको प्रणय दिवसका लागि एक करोड ५० लाख मूल्यको एक लाख ६० हजार ‘स्टिम’ गुलाफ आयात गरिने भएको छ । माग बढेकाले गत वर्षको तुलनामा यस वर्ष गुलाफको मूल्य बढ्ने बताइएको छ । गत वर्ष एक करोड २५ लाख मूल्यको गुलाफ आयात भएको थियो । बजारमा माग बढेकाले भारतबाट यस वर्ष गत वर्षभन्दा धेरै परिमाणमा फूल आयात गर्न लागिएको फ्लोरिकल्चर एशोसिएसन नेपालले जानकारी दिएको छ । यस दिवसमा खपत हुने दुई लाख स्टिममध्ये एक लाख ६० हजार बाहिरी देशबाट ल्याइने र ४० हजार स्टिम नेपालको उत्पादन रहेको छ । एशोसिएसनका अध्यक्ष कुमार कसजु श्रेष्ठका अनुसार गुलाफ फूलको अन्तर्राष्ट्रियरूपमा नै मूल्य बढेकाले गत वर्षको तुलनामा यस वर्ष गुलाफको मूल्य वृद्धि हुनेछ । नेपालमा वार्षिक २० करोडको गुलाफ फूलको कारोबार हुने गरेको छ । आन्तरिक उत्पादन २० प्रतिशत र बाह्य देशबाट आयात गरिने ८० प्रतिशत रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । आयात गरिएका गुलाफमध्ये सबैभन्दा बढी काठमाडौँ उपत्यकामा ६० प्रतिशत खपत हुने एशोसिएसनले जनाएको छ । गत वर्ष प्रतिगुलाफ ४० देखि ८० रुपैंयाँसम्म तिरेर उपभोक्ताले खरिद गरेका थिए । यस वर्ष ५० देखि १०० रुपैंयाँसम्म पर्ने हुँदा गत वर्षको तुलनामा यस वर्ष १५ प्रतिशतसम्म मूल्यवृद्धि हुने पनि एशोसिएसनले जानकारी दिएको छ । पश्चिमा संस्कृति भए पनि पछिल्लो समय नेपालमा यस दिवसलाई विशेष महत्वका साथ लिने गरेको पाइन्छ । प्रणय दिवस फेब्रुवरी १४ तारिखमा पर्दछ तर उक्त दिनभन्दा एक हप्ता अघिदेखि नै यसलाई मनाउने प्रचलन रहेको छ । प्रेमको प्रतीक मानिले रातो गुलाफ यस दिवसमा प्रेम जोडीले एकअर्कालाई दिएर मनाउने गर्दछन् । रासस
सिटिजन्स बैंकको ६५ संयोगः अर्बमा निक्षेप, करोडमा नाफा
काठमाडौं । सिटिजन्स बैंकका लागि २०७५ पुस मसान्तको अपरिस्कृत वित्तिय विवरणमा ६५ को संयोग जुटेको छ । बैंकले यो अवधीमा ६५ करोड नाफा कमाउन सफल भएको छ भने निक्षेपको आँकडामा पनि ६५ नै जोडिएको छ । बैंकले ६५ अर्ब निक्षेप संकलन गरेको हो । २०७४ पुसमा ६२ करोड नाफा कमाएको थियो । बैंकले असोज महिनामा ६३ अर्ब रहेको निक्षेपलाई असोजमा २ अर्ब वृद्धि गरेको हो । ६० अर्ब कर्जा तथा लगानी गर्दा बैंकको सिसिडी रेसियो ७८.८६ प्रतिशत पुगेको छ । बैंकले १ अर्ब ४९ करोड खुद ब्याज आम्दानी गर्न सफल भएको छ । १.६२ प्रतिशत खराब कर्जा रहेको बैंकको कस्ट अफ फण्ड ८.२१ प्रतिशत रहेको छ । १०.७९ प्रतिशत आधार ब्याजदर भएको बैंकको प्रति सेयर आम्दानी १८.५१ रुपैंयाँ रहेको छ ।
ग्लोबल आईएमई बैंकको नाफा ११२ करोड, अरु सूचांकका कस्ता ?
काठमाडौं । ग्लोबल आइएमई बैंकले ६ महिनामा ११२ करोड नाफा कमाएको छ । चालु आर्थिक वर्षको पुस मसान्त अवधीमा बैंकले अघिल्लो आवको सोही अवधीको भन्दा २१ करोडले वृद्धि गरेको हो । गत आवको पुस मसान्तमा बैंकको नाफा ९१ करोड रुपैंयाँ थियो । बैंकले पुस मसान्त अवधीमा २ अर्ब ३८ करोड नाफा आर्जन गरेको छ जुन असोज मसान्तमा जम्मा १ अर्ब २० करोड मात्रै थियो । बैंकले पुस मसान्त अवधीमा ११३ अर्ब निक्षेप संकलन गरेर १०२ अबै कर्जा लगानी गरेको छ । बैंकको सिडी रेसियो भने ७९.०६ प्रतिशत पुगेको छ । १० अर्ब ३१ करोड चुक्ता पुँजी रहेको ग्लोबल आइएमई बैंकको जगेडा कोषमा ४ अर्ब ४८ करोड रुपैंयाँ रहेको छ । खराब कर्जा ०.७५ प्रतिशत छ भने स्प्रेड दर ३.८१ प्रतिशत रहेको छ । आधार ब्याजदर १०.०६ प्रतिशत रहेको बैंकको कस्ट अफ फण्ड भने ७.५७ प्रतिशत रहेको छ । बैंकको प्रति सेयर आम्दानी भने २३.८५ रुपैंयाँ रहेको छ ।