अघि बढ्यो २ अर्ब ३ करोडको तराई मधेश समृद्धि कार्यक्रम, ६ महिनामै खर्चनुपर्ने

<p>काठमाडौं । २ अर्ब ३ करोड ६ लाख रुपैंयाँको तराई मधेश समृद्धि कार्यक्रम अघि बढेको छ । अर्थमन्त्रालयले बजेट अख्तियारी दिएसँगै संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कार्यक्रम अघि बढाउन पत्रचार गरेको कार्यक्रमका प्रमुख रामहरी शर्माले बताए । सरकारले चालु आर्थिक बर्षको बजेट मार्फत तराई मधेश समृद्धि कार्यक्रम अघि सारेको थियो । तराई मधेशका २१ [&hellip;]</p>

काठमाडौं । २ अर्ब ३ करोड ६ लाख रुपैंयाँको तराई मधेश समृद्धि कार्यक्रम अघि बढेको छ । अर्थमन्त्रालयले बजेट अख्तियारी दिएसँगै संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कार्यक्रम अघि बढाउन पत्रचार गरेको कार्यक्रमका प्रमुख रामहरी शर्माले बताए ।

सरकारले चालु आर्थिक बर्षको बजेट मार्फत तराई मधेश समृद्धि कार्यक्रम अघि सारेको थियो । तराई मधेशका २१ वटा जिल्लामा ४ सय वटा आयोजना तथा कार्यक्रम छनौट गरिएको छ ।

स्थानीय तहरुको न्युनतम १० प्रतिशत लागत सहभागीता अनिवार्य गरिएको कार्यक्रमले ८ वटा क्षेत्रलाई प्राथमिकतामा राखेको छ ।
तराई मधेश समृद्धि कार्यक्रम सञ्चालन कार्यबिधी, २०७५ अनुसार कार्यक्रम सञ्चालन हुनेछ । सामुहिक आवास भवन, सामुदायिक पूर्वाधार, सडक, कृषि विकास, खानेपानी तथा सरसफाई, सिँचाई तथा नदि नियन्त्रण, उर्जा र विपद न्युनीकरण पुर्वाधारका कार्यक्रम छानिएका छन् ।
अब सम्बन्धीत स्थानीय तहले न्युनतम १० प्रतिशत लागत सहभागीता गराएर कार्यक्रमको ठेक्का लगाउन सक्नेछन् । त्यसको भुक्तानी केन्द्र सरकारले गर्नेछ ।

चालु आर्थिक बर्षभित्रै आयोजना सम्पन्न गर्नुपर्ने व्यवस्था रहेको र कामका आधारमा भुक्तानी दिने कार्यक्रमका प्रमुख शर्माले जानकारी दिए । ‘बाँकी ६ महिनामा काम सम्पन्न गर्नुपर्ने व्यवस्था छ, जति काम हुने हो त्यति मात्रै भुक्तानी हुनेछ, काम गर्न नसकेमा पैसा केन्द्रम तानिनेछ’, शर्माले भने ।

न्युनतम २५ लाखदेखि २ करोडसम्मका आयोजना छानिएका छन् । स्थानीय तहरुको लागत सहभागीता सुनिश्चित गरिएकाले गुणस्तरमा समस्या नआउने शर्माले जानकारी दिए । तराई मधेशमा समानुपातिक विकास गराउने उदेश्यसहित सरकारले चालु आर्थिक बर्षको बजेटमा तराई मधेश समृद्धि कार्यक्रम अघि सारेको थियो ।

Share News