विकासन्युज

बन्दीपुर हाइटमा केबुलकार र होटल बन्दै, पत्रकार र समाजसेवीलाई वार्षिक १/१ लाखकाे पुरस्कार

काठमाडौं । तनहुँको बन्दीपुरमा एक वर्षभित्रै केबलकार सञ्चालनमा आउने भएको छ । १६ सय मिटर लम्बाइको केबलकार र पर्यटकीय स्तरीय होटल एक वर्षभित्रै सञ्चालनमा ल्याउने तयारी भइरहेकाे छ । बन्दीपुरमा निर्माण शुरु गरिएको केबलकार र होटल निर्माणको काम धमाधम भैरहेको छ । बन्दीपुर केबलकार प्रालि, आरकेडी रियल स्टेट कम्पनी र पञ्चासे केबलकार एण्ड टुर्स लिमिटेडको करिब ९० करोड लगानीमा केबलकार निर्माणको काम भैरहेको छ । बन्दीपुर केबलकार कम्पनीका अध्यक्ष तारानाथ उपाध्यायले १६ सय मिटर केबलकारको आउन जान ५ सय रुपैंयाँ तोकिएको जानकारी दिए । कम्पनीले बन्दीपुर आसपासका जनतालाई सात हजार ५०० तिरेपछि १० वर्षसम्म केबलकारको सेवा प्रदान गर्ने घोषणा समेत गरिसकेको छ । पृथ्वीराजमार्गको बन्दीपुर गाउँपालिका–४ स्थित ठूल्ढुङ्गास्वाँराबाट बरालथोकसम्म जोडिने केबलकारबाट घण्टामा २०० जनाले वारपार गर्न सक्नेछन् । डुम्रे बजारदेखि बन्दीपुर पुग्न सात किमी उकालो दूरी बसमा करिब २० मिनेट लाग्छ । केबलकार निर्माण भएपछि ९ मिनेटमा बन्दीपुर पुग्न सकिनेछ । ५६ करोडको लागतमा निर्माण हुने केबलकारमा दुई सामान बोक्नेसहित १७ वटा बाक्सा रहनेछन् । करीब १५ महिनामा निर्माण सक्ने लक्ष्य राखिएको केबलकार सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म पुग्नेछ । अहिले केबलकारको ‘रिटेनिङ वाल’ र जगको काम भइरहेको छ । कम्पनीलाई पब्लिक कम्पनीका रुपमा विकास गरी जनताको अपनत्व बढाइने आरकेडी रियल स्टेट कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले बताए । कम्पनीले केबलकारमा स्थानीयका लागि ११ करोड २० लाखको शेयर छुट्याएको छ । उनका अनुसार पत्रकारिता क्षेत्रबाट केबलकार प्रवद्र्धनमा सहयोग पु¥याउने तीन जना पत्रकारलाई वार्षिकरुपमा एक/एक लाखको शेयरमार्फत सम्मान गरिनेछ । त्यस्तै सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएबापत एक जना समाजसेवीलाई समेत प्रत्येक वर्ष एक लाख शेयरले सम्मानित गर्ने कम्पनीको योजना छ ।

पाँचखालमा सिर्जनको रोबोट शैक्षिक प्रदर्शनी मेलामा आकर्षण बन्दै

काठमाडौं । पाँचखाल नगरपालिका–४ पाँचखालस्थित गोल्डेन फ्युचर माध्यमिक विद्यालयको कक्षा १२ मा अध्ययनरत विद्यार्थी सिर्जन श्रेष्ठले रोबोट बनाएका छन् । सिर्जनले बनाएको रोबोटले अहिले उनकै विद्यालयको तीनदिने शैक्षिक प्रदर्शनी एवं मेलामा आकर्षण बढाएको छ । उनको रोबोटले अङ्गे्रजी भाषामा सोधेको प्रश्नको जवाफ दिनुका साथै हिँड्ने र हात मिलाउने गर्छ । मेलामा अवलोकन गर्न आएका विभिन्न विद्यालयका विद्यार्थीले उनको रोबोट रुचिपूर्वक हेर्ने गर्छन् । सिर्जनलाई रोबोट बनाउन उनकै सहपाठी सुजित गिरीले साथ दिएका थिए । उनले रोबोटको नाम ‘गोल्डेन गर्ल’ राखेका छन् । अवलोकन कर्ताले ‘ह्वाट इज योर नेम रु’ भनेर सोध्दा रोबोटले ‘माइ नेम इज गोल्डेन गर्ल’ भन्ने गर्दछ । रोबोट बनाउन एक महीना लाग्यो, स्कुलमा शैक्षिक प्रदर्शनी मेलाको आयोजना गर्ने भनेपछि रोबोट बनाउन शुरु गरेँ”, सिर्जनले भने, “मेरो रोबोट हिँड्न सक्छ, बोल्न सक्छ, हात मिलाउँछ, अङ्ग्रेजीमा सोधेको प्रश्नको जवाफ दिन सक्छ ।” रोबोट बनाउने सामग्रीको जोरजाम भने उनी आफैँले गरेका हुन् । सिर्जनले मेलामा आएका विद्यार्थीलाई रोबोटको बनावट, उसले गर्ने क्रियाकलापका विषयमा जानकारी दिन्छन् । साथै उनले रोबोटलाई हिडाउँछन्, हात मिलाउन लगाउँछन् भने मेलामा आएका विद्यार्थीले सोधेको जवाफ रोबोटले दिन्छ । स्थानीय दुग्धेश्वर माध्यमिक विद्यालयकी छात्रा समिता दनुवारले आफूलाई प्रदर्शनीमा रोबोट मन परेको बताइन् । उनले भनिन् “मैले अहिलेसम्म प्रत्यक्षरुपमा रोबोट देखेको थिइनँ, यहाँ देख्न पाएँ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर थापाले विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि शैक्षिक प्रदर्शनी मेलाको आयोजना गरिएको बताए । उनका अनुसार प्रदर्शनी अवलोकन गर्न आफ्नो विद्यालयका र पाँचखाल उपत्यकाभित्रका करीब ४३ वटा सामुदायिक तथा निजी विद्यालयका विद्यार्थी तथा अविभावकलाई निमन्त्रणा गरिएको छ । प्रदर्शनीको प्रमुख आकर्षण रोबोट, भौगोलिक बनावटमा ‘पाँचखाल ग्रीन सिटी’ र पानीजहाज तथा ड्रोन रहेका छन् । पच्चीस वटा कक्षमा परम्परागत भाँडावर्तन, वेषभूषा र लोप हुँदै गएका दैनिक प्रयोगमा ल्याइने घरायसी सामग्री प्रदर्शनीमा राखिएको छ । प्रदर्शनी मेला मङ्गलबारसम्म चल्नेछ । रासस

समृद्धिको उल्टो बाटो : आधुनिक युगमा कुटो कोदालोले विकास

काठमाडौं । ‘उत्पादन र विकासका काममा प्रविधिको उपयोग बिना उत्पादन बढाउन सकिन्न । पुरानो प्रविधिले खेतमा उत्पादन बढाउन सकिन्न । उत्पादन बढाउन उत्पादकत्व बढाउनु पर्छ र त्यसका लागि प्रविधि आवश्यक पर्छ ।’, यो प्रधानमन्त्री केपी ओलीको भनाई हो । तर उनै ओलीले सुरु गरेको प्रधानमन्त्री रोजगार कार्यक्रमले ओलीकै भनाई विपरिदको व्यवस्था अघि सारेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन सम्बन्धी निर्देशिकामा एक करोड भन्दा कम लागतका विकास आयोजनाहरुमा उपकरणको प्रयोग निरुत्साहित गर्ने उल्लेख गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण राज बिष्टले केहि विकासका काममा उपकरणहरुको प्रयोगलाई निस्तेज पारेर २ लाख ५० हजार रोजगारी बढाउन सकिने प्रस्ताव राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा राखेका थिए । तर प्रधानमन्त्री ओलीले बैठकमै मन्त्री बिष्टलाई कुटो कोदालोको युगमा फर्कन नसकिने स्पष्ट जवाफ दिएका थिए । त्यतिबेला ओलीले भनेका थिए–यो कुटो कोदालोको युग होइन, आज प्रविधिको उपयोग अनिवार्य छ, जति सक्दो आधुनिक प्रविधिको प्रयोग गरेर काम गर्नुपर्छ, प्रविधिले विस्थापित गरेको जनशक्तिका लागि रोजगारीको नयाँ अवसर खोज्नु पर्छ तर अब ढुंगे युगमा फर्कन सकिन्न ।’ तर उनै ओली अर्थात प्रधानमन्त्री रोजगार कार्यक्रममा भने विकासमा प्रविधिलाई निषेध गर्ने प्रयास गरिएको छ । इञ्जिनियरिङ पृष्ठभूमिका पूर्व सचिव भीम प्रसाद उपाध्याय पनि प्रविधिको उपयोगलाई घटाउने कार्य गर्न नहुने बताउँछन । ‘आजको युगमा प्रविधिको उपयोगलाई नै प्रोत्साहन दिनुपर्ने हो, प्रविधिले लागत घटाउँछ, काम चाँडो हुन्छ र गुणस्तर बढाउन पनि सघाउँछ, त्यसकारण प्रविधिको उपयोग घटाउने कुरा ठिक होइन’, पूर्व सचिव उपाध्यायले भने । उनले गाउँमा कामदार पाउनै छाडिएको र प्रविधिको उपयोग अनिवार्य सर्त भैसकेको बताए । उनले निश्चित ठाउँका निश्चित काममा भने मानव जनशक्तिको उपयोग अझै पनि हुन सक्ने तर प्राथमिकता भने उपकरणमै दिनुपर्ने बताए । प्रधानमन्त्री रोजगार कार्यक्रमले एक करोड भन्दा कम लागतका विकास आयोजनाहरुमा उपकरण प्रयोग गर्ने वा नगर्नेबारे प्राविधिकले सिफारिस गर्नुपर्ने उल्लेख गरिएको छ । प्रधानमन्त्री ओलीले विकास र समृद्धिको संकल्प पुरा गराउन विज्ञान र प्रविधिले उपलब्ध गराएका आधुनिक उपकरणहरुको उपयोग अनिवार्य सर्त भएको बताउँदै आएका छन् । उनले प्रविधिको उपयोगद्धारा द्रुतगतिमा विकासको काम गर्नु अनिवार्य भैसकेको समेत बताईरहेका छन् । तर उनै ओलीको नेतृत्वमा आएको प्रधानमन्त्री रोजगार कार्यक्रमले भने उपकरणको उपयोगलाई निरुत्साहित गरेर कुटो कोदालोको युगमा फर्काउने प्रयास गरिरहेको छ ।

आईएमई इन्स्योरेन्सको १ लाख कित्ता शेयर लिलामीमा, घट्दो बजारमा सस्तोमा उठाउने अवसर !

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सको एक लाख भन्दा बढी कित्ता शेयर लिलामीमा आउने भएको छ । कम्पनीले जारी गरेको हकप्रदमा बिक्री नभएका १ हजार ५९८ कित्ता संस्थापक र १ लाख ७६६ कित्ता साधारण गरी कुल १ लाख २ हजार ३६४ कित्ता शेयर बोलकबोल लिलामीमा आउने भएको हो । उक्त शेयर फागुन २२ गतेदेखि खुल्ला भई ३० गतेसम्म आवेदन दिन सकिन्छ । उक्त आवेदनका लागि आईएमई जनरल इन्स्योरेन्सको हकप्रद शेयरको निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडबाट रु १०० को फर्म भरी कबोल गर्न चाहेको रकम ग्लोबल आईएमई क्यापिटलको कुमारी बैंकमा रहेको खातामा जम्मा गरी भौचरसहित शिलबन्दी गरी आवेदन दिनु पर्नेछ । आईएमई जनरल इन्स्योरेन्सको हालको बजारमूल्य ४१० रुपैंया छ । ५४ करोड चुक्ता पुँजी १ अर्ब पुर्याउन ८० प्रतिशत हकप्रद जारी गरेको आईएमईको उक्त हकप्रद सूचीकरणपछि चुक्ता पुँजी ९७ करोड २० लाख पुग्नेछ । बाँकी २ करोड ८० लाख रुपैंया बराबर बोनस शेयर जारी गरेर कम्पनीले बीमा समितिले तोकेको चुक्ता पुँजी पुर्याउनेछ । अघिल्लो आर्थिक वर्षको अन्त्यमा आईएमईको जगेडा कोषमा साढे ११ करोड रुपैंया थियो । सोही कोषबाट आईएमईले बोनस शेयर जारी गर्नेछ ।

नाडेप लघुवित्तको ऋण परिचालनमा समस्या, प्रोभिजनमा ३ करोड छुट्याउँदा नाफा आधा भन्दा कम

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाको नाफा ५० प्रतिशत भन्दा बढीले घटेको छ । अघिल्लो वर्षको ६ महिनामा ३ करोड ६ लाख रुपैंया खुद नाफा कमाउन सफल नाडेपले यो वर्षको सोही अवधिमा १ करोड ४२ लाख रुपैंया मात्र नाफा आर्जन गर्न सफल देखिएको छ । यो करिब ५३ प्रतिशतको गिरावट हो । नाडेपको नाफा घट्नुको पछाडि ऋणको सम्भावित जोखिमबापतको प्रोभिजन मुख्य कारण रहेको छ । नाडेपले अघिल्लो त्रैमासमा रहेको ऋणको जोखिमबापतको २५ लाखबाट बढाएर ३ करोड ३३ लाख पुर्याएपछि नाफामा यस्तो गिरावट देखिएको हो । नाडेपको निष्क्रिय कर्जा अनुपात पनि अघिल्लो वर्षको तुलनामा दोब्बरभन्दा बढीले बढेर ४.३४ प्रतिशत पुगेको छ । नाडेपले कर्जा प्रवाहको आकार भने उल्लेखनीय वृघि गरी २ अर्ब ३१ करोडबाट बढाएर ३ अर्ब २८ करोड पुर्याएको छ । त्यस्तै सदस्य संख्या पनि अघिल्लो त्रैमासभन्दा करिब ५ हजार जनाले बढाएर साढे ६८ हजार पुर्याएको छ । धादिङको गजुरी मुख्य कार्यालय भएको नाडेपले अघिल्लो वर्ष मात्र सर्वसाधारणलचई आईपीओ जारी गरेको थियो ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघको साधारणसभा सम्पन्न, व्यवसायीका जायज माग पूरा गर्न सरकारसँग माग

काठमाडाैं । मुलुक समृद्धिका लागि उद्योगी व्यवसायीहरुको अहमं भूमिका रहेको भन्दै उनीहरुको जायज मागप्रति सरकार सकारात्मक र प्रतिवद्ध रहनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । राजधानीको एल्लो प्यागोडा होटलमा सम्पन्न देशभरका उद्योगी व्यवसायी संघहरुको छाता संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघको दोश्रो साधारणसभामा आफ्नो धारणा राख्दै उनीहरुले सो कुरा बताएका हुन । महासंघको साधारणसभालाई उदघाटन गर्दै प्रमुख अतिथिसमेत रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उद्योगी, व्यवसायी तथा सरकार सबैले आ–आफ्नो तर्फबाट समस्याको पहिचान र समाधानको लागि सकारात्मक ढंगले लाग्नुपर्ने बताए । उनले व्यवसायीहरुको जायज माग पुरा गर्न सरकार पछि हट्न नहुने भन्दै यसका लागि आफुपनि व्यवसायीहरुलाई सघाउन तयार रहेको प्रतिवद्धता व्यक्त गरे । संस्थाका अध्यक्ष नरेस कटुवालको सभापतित्वमा सम्पन्न साधारणसभामा पूर्वअर्थमन्त्री डा रामशरण महत र काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको विशिष्ट आतिथ्यता रहेको थियो भने विशेष अतिथिका रुपमा पूर्वअर्थसचिव नारायणराज तिवारी, वरिष्ठ अर्थविद चन्द्रमणी अधिकारीको सहभागिता रहेको थियो । कार्यक्रममा यस्तै विशेष अतिथि पूर्वअर्थमन्त्री डा. रामशरण महतले व्यवसाय र उद्यमशिलता कसरी बढाउने भन्नेमा व्यवसायीहरु प्रतिवद्ध रहनुपर्ने बताउदै उद्योगी–व्यवसायीहरुको जायज माग सरकारले पनि खुल्ला दिलले सुनिदिनुपर्ने र त्यसलाई समाधान गर्नेतर्फ लाग्नुपर्ने धारणा राखे । उनले अहिलेको मूल एजेण्डा नै आर्थिक समृद्धि भएकाले त्यसका लागि शान्ति सुरक्षा, काम गर्ने वातावरण, प्रविधिको प्रयोग तथा उद्यमशीलता आवश्यक रहेको र यस्तो वातावरण निर्माणमा सरकार सकारात्मक बन्नुपर्ने बताए । बरिष्ठ अर्थविद चन्द्रमणी अधिकारीले प्रतिष्पर्धात्मक र खुल्ला बजार अर्थनीति रहेको अहिलेको अवस्थामा अस्वस्थ प्रतिष्पर्धा बढेको भन्दै स्वस्थ प्रतिष्पर्धा बढाउन महासंघ सफल रहोस भन्दै सरकारले पनि यसका लागि आवश्यक नीति नियम तर्जुमा कञ्जुसाई गर्न नहुने बताए । करदाता सेवा कार्यालय नयासडकका प्रमुख डा. रामप्रसाद मैनालीले करको विषयमा बृहतरुपमा जनचेतना फैलाउन आवश्यक रहेको बताउदै तर्साएर भन्दा पनि स्वस्र्फुतरुपमा फर्मदर्ता गरेर राज्यको नीति नियमको दायरामा आउने वातावरण बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले देशमा सञ्चालित उद्योग व्यवसाय फष्टायो भनेमात्रै राष्ट्र आर्थिक समृद्धिको मार्गमा अगाडि बढ्नसक्ने धारणा राख्दै साना तथा मझौला उद्योगी तथा व्यवसायीहरूलाई कसरी सहयोग पु¥याउन सकिन्छ भन्ने कुराहरूतर्फ सचेत हुँदै सरकारले त्यसै अनुरूपको नीति र कार्यक्रमहरू ल्याउनु जरुरी रहेको बताए । यस्तै संघका वरिष्ठ उपाध्यक्ष कुमार कार्कीले महासंघ छोटो समयको अन्तरालमा नै समाजमा स्थापित हुन सक्षम भएको दावी गर्दै संघलाई अझ सुदृढ बनाउँदै अघि बढाइने बताए । साधारणसभामा महासचिव टेकबहादुर शाक्य ‘अञ्जन’ले पेश गरेको सांगठानिक प्रतिवेदन र कोषाध्यक्ष महेन्द्रबहादुर रायमाझीले पेश गरेको आर्थिक प्रतिवेदन सर्बसम्मतले पारित भएको थियो । प्रतिवेदन पेश गर्दै महासचिव शाक्यले व्यापारी, उद्योगी तथा व्यवसायीले देशको आर्थिक विकाशमा अहम् भुमिका निर्वाह गर्दै आएको बताउदै उनीहरुको समस्या समाधान र व्यवसायिक सहजताका लागि सरकारको सकारात्मक भूमिका रहनुपर्नेमा जोड दिए । यस्तै कोषाध्यक्ष रायमाझीले महासंघमा आवद्ध सबैको सहयोग, सद्भाव र समन्वयमा संस्था अगाडि बढ्न सकेको धारणा राखे । साधारणसभामा समाजका विभिन्न क्षेत्र तथा विधामा रहेर उल्लेखनीय कार्य गर्ने व्यक्तित्वहरुलाई सम्मानसमेत गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा ईश्वर गुभाजु, शशिभुमि श्रेष्ठ, कुसुम महर्जन, सुजपार्कका प्रमोद महतो र डिभिज ईन्टरप्राइजेज रहेका छन् । कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अतिथिहरुलाई महासंघले मायाको चिनोसमेत प्रदान गरेको थियो । देशभरका व्यापारी, व्यवसायी तथा उद्यमीहरुको २१ भन्दा बढी संघहरु आवद्ध महासंघमा १० हजारभन्दा बढी सदस्यहरु आवद्ध रहेकाे महासंघले जनाएकाे छ ।

एनआईसी एशिया बैंकले महिला उद्यमीलाई महासंघको सिफारिसमा १० लाखसम्म कर्जा दिने

काठमाडौं । एनआई सी एशिया बैंकले नेपाल उद्यमशील महिला महासंघ महासंघका प्रतिनिधिहरूले गरेको सिफारिसका १० लाख रुपैयाँसम्म कर्जा प्रवाह गर्ने भएको छ । महासंघले उपलब्ध गराएको कागजात, कारोबार, मापदण्डलगायतका आधारमा व्यक्तिलाई कर्जा रू. २ लाखदेखि रू.१० लाखसम्म उद्यमशील प्राकृतिक ब्यक्तिका लागि कर्जा उपलब्ध गराइने बैंकले जनाएको छ । सो सम्बन्धी सम्झौतापत्रमा एनआईसी एशिया बैंकको तर्फबाट नायव प्रमुखकार्यकारी अधिकृत सुधीरनाथ पाण्डे र नेपाल उद्यमशील महिला महासंघको तर्फबाट महासंघकी अध्यक्ष देबिका बुढाथोकीले हस्ताक्षर गरेका छन् । निजी क्षेत्रबाट सञ्चालित बैंकहरूमध्येकै ठूलो बैंक बन्न सफल एनआईसी एशियाले साना तथा मझ्यौला व्यवसायमा लगानी विस्तार गर्ने रणनीति अनुसार महासंघसँग साझेदारी गरेको जनाएको छ । बैंकले नेपाल उद्यमशील महिला महासंघसँग सहकार्य गरेर ‘उद्यमशील कर्जा’ योजना ल्याएको छ । यस सम्झौताले नेपाल सरकारले हालै कार्यान्वयनमा ल्याएको सहुलियतपुर्ण कर्जा योजनाका लागि पनि योगदान पुग्ने विश्वास बैंकले लिएको छ । साथै, महिलाहरुलाई उद्यमी बनाउन पनि मद्दत गर्ने बैंकको विश्वास छ । बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २७७ शाखा कार्यालयहरु, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार रू. २१५ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १७१ अर्ब तथा कर्जा रू. १४९ अर्ब पुगेको छ ।

६० प्रतिशत पसल बिना दर्ता सञ्चालन,  किराना पसलका धेरै सामान म्याद गुज्रेका

भक्तपुर । भक्तपुर नगरपालिका अनुगमन समितिले आज गरेको बजार अनुगमनमा ६० प्रतिशत पसल बिनादर्ता सञ्चालनमा रहेको पाएको छ । समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा देकोचाका २५ वटा पसलमा गरिएको अनुगमनमा १२ वटा पसल दर्ता भएको र १३ वटा पसल दर्ता नभई सञ्चालन गरेको पाइएको हो । अनुगमनका क्रममा फर्निचर, टेलर्स, खाद्यान्न, किराना, सैलुन, जुत्ता, सिरक, डस्ना, खाजा पसलदेखि सुसोभ एजुकेसन इन्टरप्राइजेजसमेत दर्ता नभई सञ्चालनमा रहेको पाइएको बजार निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिनुभयो । किरण किरान स्टोरमा रहेको म्याद गुज्रेका जुस, कुकिज, इलैची, केक, ग्लुकोज नष्ट गरेको छ । त्यस्तै एमएस किराना स्टोरको म्याद गुज्रेको मिरिण्डा, सेभेन अप, स्प्राइट, ड्यू नष्ट गरिएको छ । दर्ता नभएका पसललाई तीन दिनभित्र दर्ता गर्न निर्देशन दिएको छ ।