समृद्धिको उल्टो बाटो : आधुनिक युगमा कुटो कोदालोले विकास

<p>काठमाडौं । ‘उत्पादन र विकासका काममा प्रविधिको उपयोग बिना उत्पादन बढाउन सकिन्न । पुरानो प्रविधिले खेतमा उत्पादन बढाउन सकिन्न । उत्पादन बढाउन उत्पादकत्व बढाउनु पर्छ र त्यसका लागि प्रविधि आवश्यक पर्छ ।’, यो प्रधानमन्त्री केपी ओलीको भनाई हो । तर उनै ओलीले सुरु गरेको प्रधानमन्त्री रोजगार कार्यक्रमले ओलीकै भनाई विपरिदको व्यवस्था अघि सारेको छ । [&hellip;]</p>

काठमाडौं । ‘उत्पादन र विकासका काममा प्रविधिको उपयोग बिना उत्पादन बढाउन सकिन्न । पुरानो प्रविधिले खेतमा उत्पादन बढाउन सकिन्न । उत्पादन बढाउन उत्पादकत्व बढाउनु पर्छ र त्यसका लागि प्रविधि आवश्यक पर्छ ।’, यो प्रधानमन्त्री केपी ओलीको भनाई हो । तर उनै ओलीले सुरु गरेको प्रधानमन्त्री रोजगार कार्यक्रमले ओलीकै भनाई विपरिदको व्यवस्था अघि सारेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन सम्बन्धी निर्देशिकामा एक करोड भन्दा कम लागतका विकास आयोजनाहरुमा उपकरणको प्रयोग निरुत्साहित गर्ने उल्लेख गरिएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण राज बिष्टले केहि विकासका काममा उपकरणहरुको प्रयोगलाई निस्तेज पारेर २ लाख ५० हजार रोजगारी बढाउन सकिने प्रस्ताव राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा राखेका थिए ।

तर प्रधानमन्त्री ओलीले बैठकमै मन्त्री बिष्टलाई कुटो कोदालोको युगमा फर्कन नसकिने स्पष्ट जवाफ दिएका थिए । त्यतिबेला ओलीले भनेका थिए–यो कुटो कोदालोको युग होइन, आज प्रविधिको उपयोग अनिवार्य छ, जति सक्दो आधुनिक प्रविधिको प्रयोग गरेर काम गर्नुपर्छ, प्रविधिले विस्थापित गरेको जनशक्तिका लागि रोजगारीको नयाँ अवसर खोज्नु पर्छ तर अब ढुंगे युगमा फर्कन सकिन्न ।’

तर उनै ओली अर्थात प्रधानमन्त्री रोजगार कार्यक्रममा भने विकासमा प्रविधिलाई निषेध गर्ने प्रयास गरिएको छ ।

इञ्जिनियरिङ पृष्ठभूमिका पूर्व सचिव भीम प्रसाद उपाध्याय पनि प्रविधिको उपयोगलाई घटाउने कार्य गर्न नहुने बताउँछन । ‘आजको युगमा प्रविधिको उपयोगलाई नै प्रोत्साहन दिनुपर्ने हो, प्रविधिले लागत घटाउँछ, काम चाँडो हुन्छ र गुणस्तर बढाउन पनि सघाउँछ, त्यसकारण प्रविधिको उपयोग घटाउने कुरा ठिक होइन’, पूर्व सचिव उपाध्यायले भने ।

उनले गाउँमा कामदार पाउनै छाडिएको र प्रविधिको उपयोग अनिवार्य सर्त भैसकेको बताए । उनले निश्चित ठाउँका निश्चित काममा भने मानव जनशक्तिको उपयोग अझै पनि हुन सक्ने तर प्राथमिकता भने उपकरणमै दिनुपर्ने बताए ।

प्रधानमन्त्री रोजगार कार्यक्रमले एक करोड भन्दा कम लागतका विकास आयोजनाहरुमा उपकरण प्रयोग गर्ने वा नगर्नेबारे प्राविधिकले सिफारिस गर्नुपर्ने उल्लेख गरिएको छ ।

प्रधानमन्त्री ओलीले विकास र समृद्धिको संकल्प पुरा गराउन विज्ञान र प्रविधिले उपलब्ध गराएका आधुनिक उपकरणहरुको उपयोग अनिवार्य सर्त भएको बताउँदै आएका छन् । उनले प्रविधिको उपयोगद्धारा द्रुतगतिमा विकासको काम गर्नु अनिवार्य भैसकेको समेत बताईरहेका छन् । तर उनै ओलीको नेतृत्वमा आएको प्रधानमन्त्री रोजगार कार्यक्रमले भने उपकरणको उपयोगलाई निरुत्साहित गरेर कुटो कोदालोको युगमा फर्काउने प्रयास गरिरहेको छ ।

Share News