विकासन्युज

ब्रिज कोर्समा करियर काउन्सिलिङलाई प्राथमिकतामा राखेका छौं-सौरभ श्रेष्ठ

सौरभ श्रेष्ठ-सिनियर अप्रेसन म्यानेजर, अल्फा बिटा काठमाडौं । हामीले अल्फा बिटा सन् १९९२ बाट सुरु गरेका हौं । विगतमा ब्रिज कोर्स त्यति प्रचलनमा थिएन । त्यतिबेला विद्यार्थीलाई खाली समयको उपयोग गर्न मात्र कोर्सहरु सञ्चालन गरिन्थे । नेपालमा पहिलो पटक ब्रिज कोर्स हामीले सञ्चालनमा ल्याएका हौं । नेपाली परम्परा अनुसार विज्ञान संकाय पढ्ने व्यक्तिले मात्र ब्रिज कोर्स अध्ययन गर्ने परिपाटी रहेको थियो । अहिले व्यवस्थापन, नर्सिङ विषयमा विद्यार्थीहरुले पनि कोर्स अध्ययन गर्न थालेका छन् । कतिपय विद्यार्थीहरु सही विषय छनोट गर्न नजान्दा केहि समय एक संकाय पढ्ने र यसपछि अर्को संकायमा अध्ययन गर्ने गर्दछन् । यसले विद्यार्थीहरुको समय खेर गइरहेको हुन्छ । विद्यार्थीको जीवनमा १० वर्षको अध्ययनपछि एउटा निश्चित आकार लिने बेला भनेको ११ कक्षाको अध्ययन गर्ने बेला हो । एसइईलाई त फलामे ढोका पनि भनिन्छ । यसबाट बाहिर निस्किएपछि कसरी आफ्नो करियरलाई अघि बढाउने भन्ने विषयमा राम्ररी सोच्नु पर्दछ । कक्षा १० सम्मको अध्ययनलाई हामीले सामान्य अध्ययन मानिन्छ भने यसपछिको अध्ययनलाई विशिष्ठीकृत अध्ययन मानिन्छ । १० कक्षासम्म अध्ययन गर्दा विद्यार्थीहरुले एउटा धार बनाइसकेका हुन्छन् । तर, यो धारलाई पहिचान गर्नु प्रमुख चुनौति हो । एउटा विद्यार्थीको शैक्षिक भविश्य सफल हुनको लागि उसको रुचि, क्षमता, परिवारको आर्थिक अवस्था, सामाजिक अवस्था सबै कुराले प्रभाव पारेको हुन्छ । हाम्रो २८ वर्षको अनुभवले के देखाएको छ भने विगतको दिनमा अभिवावकहरु मेरो छोरा छोरीले यो नै पढ्नपर्छ भनेर दवाव दिने गर्दथे, तर आजको दिनमा अभिभावकहरु सकारात्मक रहेका छन् । बालबालिकाको भविश्यप्रति उनीहरु निकै सजग रहेका छन् । यस विषयमा खुलेर कुरा गर्न चाहन्छन् । हिजोका दिनमा राम्रो भविश्यको लागि विज्ञान संकाय नै पढ्नु पर्छ भन्ने थियो, तर आजको दिनमा यो कुरा इतिहास भैसकेको छ । प्राविधिक शिक्षाका नयाँनयाँ विषयहरु थपिइरहेका छन् । हामीले साइन्स, म्यानेजमेन्ट, नर्सिङ, ए लेभल लगायतका विषयहरुको लागि कोर्स तयार गरेका छौं । पढाई मात्र नभई अतिरिक्त खेल, म्युजिक, अडियो, भिडियो, रोर्बटिक लगायतका माध्यमहरुबाट पनि सिकाई प्रक्रिया सञ्चालन गरिरहेका छौं । हामीले २ प्रकारको ब्रिज कोर्सको तयारी गरेको छौं । विषयगत र वस्तुगत । सेन्टजेभियर, बुढानिलकण्ठ लगायत उत्कृष्ट कजेजमा पढ्न चाहनेको लागि इन्ट्रान्स परीक्षामा पास हुने तरिकाले अध्ययपन गराउने छौं । विशेष संकाय पढ्न चाहाने विद्यार्थीलाई संकाय कै पाठ्यक्रमलाई ध्यान दिएका छौं । अहिलेको अवस्थामा साइन्स पढ्नेले मात्र ब्रिज कोर्स अध्ययन गर्ने होइन, जुनकुनै संकायको लागि यो कोर्स आवश्यक छ । ताकि कुन विषय अध्ययन गरेर कस्तो उपलब्धी हासिल गर्ने अग्रिम जानकारी लिन सकुन् । विद्यार्थीको क्षमता र रुचिलाई पहिचान गरी राम्रो सुझाव र शिक्षा दिनु आजको आवश्यकता हो । हामीले विगत केहि वर्षदेखि नै यस कुरालाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं । हामीले विद्यार्थीको सेल्फ डिस्कभरीलाई महत्व दिएका छौं । यसको लागी यहि चैत २४ गतेदेखि करिब २ हजार विद्यार्थीहरुलाई काउन्सिलिङ गर्ने तयारी गरेका छौं । हामी सबैभन्दा पहिले विद्यार्थीको आचरण परीक्षण गर्छौँ । त्यसपछि क्षमता र अन्य कुराहरुलाई ध्यान दिनेछौं । १० हप्ताको कोर्समा हामीले विद्यार्थीलाई विभिन्न समूहमा विभाजन गरेर अध्ययपन गराउने तयारी गरेका छौं । १० हप्ताको कोर्सको लागि १० हजार रुपैयाँ तोकेका छौं । यो हामीले दिने क्वालिटीको आधारमा निकै सस्तो हो । यस्तै जेहेन्दार विद्यार्थीलाई शत प्रतिशत छुट र किताब तथा नोटको व्यवस्था गरेका छौं । हामीसँग विद्यार्थीले सजिलै सिक्न सक्ने वातावरण र उच्च व्यवसायिक शिक्षकहरु रहेका छन् । जसले गर्दा विद्यार्थीलाई थप उर्जा मिल्ने छ । हरेक विद्यार्थीको एक उत्कृष्ट कलेजमा पढ्ने सपना रहेको हुन्छ । त्यसको लागि हामीले विशेष कोर्सको तयारी गरेका छौं । कुनै विद्यार्थीले कुन विषयमा कति प्रगति गर्न सक्छ भनेर हामी करियर काउन्सिल गर्छौ । करियर काउन्सिलिङ महत्वपूर्ण विषय हो । हामीले विशेषगरी विद्यार्थीहरुलाई सेल्फ डिस्कभरी गर्ने गरि मोटिभेट गरिरेका हुन्छौं । एउटा विद्यार्थीले लिएको ज्ञानको १० वर्षपछिको बजार भविश्य के हो । यो कुरामा हामीले ध्यान दिइरहेका छौं । ताकि विद्यार्थीले लिएको ज्ञान सिपले उच्च व्यवसायिक सफलता हात पार्न सकोस् । यो कुरा हामीले कोर्समा दिनेछौं ।

सिन्धु बिकास बैंक र लाईफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौँ । सिन्धु बिकास बैंक लिमिटेड र लाईफ इन्स्योरेन्स कर्पोरेसन(नेपाल) लि. बीच बैंकास्योरेन्स सेवा सम्वन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशप्रसाद जोशी र इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद दासले हस्ताक्षर गरे । यस सम्झौताबाट सिन्धु बिकास बैंकका सम्पूर्ण ग्राहकहरुले लाईफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लि.का बीमालेखहरु लिन, बीमा शुल्क भुक्तानी गर्न तथा बीमा दाबी भुक्तानी सम्बन्धी सम्पूर्ण सुविधाहरु उत्कृष्ट सेवासहित सरल, सुलभ तरिकाले प्राप्त गर्न सक्ने छन् ।

भृकुटी मण्डपमा अन्तर्राष्ट्रिय व्यापार मेला शुरु, प्रधानमन्त्रीले गरे उद्घाटन

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा बिहीबारदेखि भृकुटी मण्डपमा अन्तर्राष्ट्रिय व्यापार मेला शुरु भएको छ । मेला चैत १८ गतेसम्म सञ्चालन हुनेछ । मेलाको उद्घाटन प्रधानमन्त्री केपि शर्मा ओलीले गरेका हुन् । सा अवसरमा प्रधानमन्त्री ओलीले स्थानीय साधन र स्रोतको परिचालनबाट मात्रै देशले समृद्धि हासिल गर्ने बताए । कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले केही समय पहिले निजी क्षेत्र र सरकारबीच जुहारी चलेको जस्तो देखिएपनि अहिले एकै ठाउँमा रहेको बताए । उनले अब आर्थिक क्रान्ति गर्ने बेला आएको बताए । मेला उद्घाटनका अवसरमा महासंघका अध्यक्ष भवानी राणाले लगानी सम्मेलनमा आउने विदेशी प्रतिनिधि र सार्क क्षेत्रका प्रतिनिधिले समेत मेला अवलोकन गर्ने र मेलामा प्रदर्शित सामानहरुको अन्तर्राष्ट्रियकरण गर्न सजिलो हुने बताइन् । महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले नेपाली लगानीकर्तालाई विदेशी लगानीकर्ता बराबर सेवा सुविधा सरकारले दिनु पर्ने बताए । विदेशी लगानीकर्तासँग नेपली लगानीकर्ता प्रतिस्पर्धा गर्न सक्षम रहेको पनि गोल्छाले बताए । मेलामा २५० स्टलमा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिएको छ । नेपालसहित सार्क मुलुक भारत, चीन र म्यानमार लगायत देशहरूको सहभागिता रहेको छ । हस्तकला, पर्यटन, सूचना प्रविधि एवं व्यावसायिक सूचना, कृषि उत्पादन, ऊर्जा, भवन तथा निर्माण सम्बन्धी, शिक्षा लगायतका छुट्टाछुट्टै स्टल रहेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोग, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रवद्र्धन तथा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सहआयोजनामा क्यालेन्डर इभेन्टका रूपमा मेला आयोजना भएको हो ।

ग्रामीण विकास लघुवित्तले तोक्यो बुक क्लोजको मिति, ५० प्रतिशत हकप्रद जारी गर्दै

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले आगामी चैत २९ गते बुक क्लोज गर्ने भएको छ । संस्थाले हकप्रद सेयर जारी गर्ने प्रयोजनको लागि उक्त एक दिन संस्थाको बुक क्लोज गर्न लागेको हो । संस्थाले चुक्ता पुँजीको ५० प्रतिशतको दरले हकप्रद सेयर निष्काशन गर्न लागेको हो । हाल संस्थाको चुक्ता पुँजी ६५ करोड ५० लाख रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद पछि संस्थाको चुक्ता पुँजी ९८ करोड २५ लाख रुपैयाँ नाघ्ने छ ।

दक्षिण कोरियाका नेपालीलाई अब मेगा बैंकबाट रकम पठाउन सजिलो, ‘मेगा रेमिट’ को सञ्जाल बिस्तार

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेड र दक्षिण कोरियाको कोइनसट रेमिट्यान्स कम्पनीबीच रेमिट्यान्स कारोबार सम्बन्धी सम्झौता भएको छ । मेगा बैंकले ‘मेगा रेमिट’ को सञ्जाललाई विश्वका विभिन्न देशमा विस्तार गर्ने क्रममा दक्षिण कोरियामा निकै लोकप्रिय रहेको कोइनसट कम्पनीसँग सम्झौता गरेको हो । कोइनसटसँग रेमिट्यान्स सम्झौता गर्ने मेगा नेपालको पहिलो वाणिज्य बैंक हो । यो सम्झौताले दक्षिण कोरियामा रहेका नेपालीहरुले मेगा बैंकका देशभरका १ सय २ वटा शाखा र अन्य बैंकहरुमा रहेको खातामा रकम जम्मा गर्न सक्नेछन् । यसका साथै मेगा बैंकका देशभर छरिएका २ हजार ३ सय भन्दा बढी मेगा रेमिट एजेन्टमार्फत सहजै रकम भुक्तानी लिने व्यवस्था पनि मिलाइएको छ । मेगा बैंकले दक्षिण कोरियामा रहेका नेपालीहरुलाई खाता खोल्न सजिलो होस् भन्ने उद्देश्यले ‘मेगा मातृभूमि बचत खाता’ को व्यवस्था पनि गरेको छ । दक्षिण कोरियामा रहेका मेगा बैंकका प्रतिनिधि मार्फत शून्य मौज्दात मै खोल्न सकिने ‘मेगा मातृभूमि बचत खाता’मा बैंकले बिभिन्न सुविधा पनि दिएको छ । जसमा ६.५ प्रतिशत त्रैमासिक ब्याज पाइन्छ भने मोबाइल बैंकिङ, अनलाइन बैंकिङ, बैंक स्टेटमेन्ट लगायतका सुविधाहरु निःशुल्क गरिएको छ । भिसा डेबिट कार्डमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ भने आवास कर्जा र सवारी साधन कर्जामा पनि विशेष छुटको व्यवस्था बैंकले गरेको छ । सीआस्बा सुविधा र आईपिएस सुविधा पनि उपलब्ध रहेको बैंकले जनाएको छ ।

सिभिल क्यापिटल र ग्राण्डी हस्पिटलबीच स्वास्थ्य सेवा सम्बन्धी संझौता

काठमाडौँ । सिभिल क्यापिटल मार्केट लिमिटिड र ग्राण्डी इन्टरनेशनल हस्पिटलबीच स्वास्थ्य सेवा सम्बन्धी संझौता भएको छ । संझौतामा ग्राण्डी हस्पिटलका मार्केटिङ हेड दिनेश पौडेल र सिभिल क्यापिटल मार्केट लिमिटेडका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत शुसील महर्जनले हस्ताक्षर गरेका छन् । संझौतापछि सिभिल क्यापिटल मार्केट लिमिटिड मार्फत पूँजीबजारमा सहभागी ग्राहकहरुले अस्पतालले विशेष छुट पाउने छन् ।

अनलाइनबाटै सेयर किनबेच गर्नेलाई प्यान नम्बर पेश गर्न नेप्सेको निर्देशन

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले अनलाइनबाट सेयर कारोबार गर्ने लगानीकर्तालाई स्थायी लेखा नम्बर(प्यान) अनिवार्य गर्न/गराउन दलाल व्यवसायी(ब्रोकर)लाई निर्देशन दिएको छ । नेप्सेले बिहीबार एक विज्ञप्तिमार्फत अनलाईन लगइन युजर्स लिएका तर प्यान नम्बर पेश नगरेका ग्राहकलाई एकपटकमा ५ लाख रुपैयाँ वा सो भन्दा बढी कारोबार गर्न प्यान नम्बर पेश गर्न गराउन ब्रोकरहरुलाई निर्देशन दिएको हो । नेप्सेले यसअघि नै २०७६ वैशाख १ गतेदेखि दोस्रो बजार मार्फत सेयर कारोबार गर्दा एक पटकमा ५ लाख वा सो भन्दा बढी कारोबार गर्ने लगानीकर्ताहरुलाई प्यान अनिवार्य गर्न र सो भन्दा कम लगानी गर्ने साना लगानीकर्ताले ऐच्छिक रुपमा गर्न सक्ने व्यवस्था गरेको थियो । उक्त व्यवस्था अनुसार आवश्यक काम गर्न गराउन ब्रोकरलाई निर्देशन दिएको हो ।

कञ्चनपुर र सुर्खेतमा मुक्तिनाथको नयाँ शाखा बिस्तार

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले कञ्चनपुर जिल्लाको महेन्द्रनगर तथा सुर्खेत जिल्लाको विरेन्द्रनगरमा आफ्ना शाखा कार्यालय विस्तार गरेको छ । महेन्द्रनगर शाखाको उद्घाटन भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र बिष्टले गरे । उक्त कार्यक्रममा प्रमुख अतिथि बिष्टले बैंकको प्रगतिको कामना गर्दै बैंकिङ्ग व्यवसाय प्रबद्र्धनको शुभकामना व्यक्त गरे । यसैगरी वीरेन्द्रनगर शाखाको वीरेन्द्रनगर नगरपालिकाका उप–मेयर मोहनमाया ढकाल(भण्डारी)ले उद्घाटन गरिन् । शाखा कार्यालयहरुको समुद्घाटन समारोहमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत गोविन्दबहादुर राउत, स्थानीय जनप्रतिनिधीहरु, व्यापारी, कर्मचारी र समाजसेवीहरुको उपस्थिति रहेको थियो ।