अर्घाखाँचीमा एचएच बजाजको नयाँ शोरुम
काठमाडौँ । एचएच बजाजले अर्घाखाँचीको ‘बस्याल ब्रदर्स अटोलिङ्क प्रालि’ मा नयाँ शोरुम संचालनमा ल्याएको छ । नयाँ शोरुम शुभारम्भ गर्दै नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रालिका एक्जुकेटिभ डाइरेक्टर अभिमन्यू गोल्छाले ग्राहकहरुलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु आफूहरुको जिम्मेवारी भएको बताए । अर्घाखाँचीमा नयाँ सोरुम विस्तारसँगै ग्राहकहरुको जीवन सहज बनाउनुका साथै उनीहरुले बजाज मोटरसाइकलको नयाँ अनुभव बटुल्ने अवसर प्राप्त गर्ने उनले बताए ।
परिसंघका अध्यक्ष मोर चीन प्रस्थान, नेपाली–चिनियाँ लगानीकर्ताबीच छलफल हुने
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको बैशाख ११ गतेदेखि प्रारम्भ भएको मित्रराष्ट्र चीनको राजकीय भ्रमण टोलीमा नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोर समेत संलग्न भएका छन् । राष्ट्रपतिको उपस्थितिमा उद्योग तथा व्यवसाय प्रवद्र्धनको लागि चिनियाँ परिषद्द्वारा नेपाली प्रतिनिधि मण्डल र चिनियाँ लगानीकर्ताबीच आयोजित सेमिनारमा परिसंघ अध्यक्ष मोर सम्मिलित हुनेछन् । सीसीपीआईटीका पदाधिकारीहरुसँग बैशाख १३ गते छुट्टै भेटघाट गरी परिसंघ र उक्त संस्था बीचको सहकार्यमा दुबै संस्थाबाट नेपाल र चीनमा गरिने कार्यक्रमको विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ । परिसंघका अध्यक्ष मोरको पहलमा नवलपरासीमा संयुक्त लगानी गर्ने नेपालमा अहिले सम्मकै ठूलो होङ्सी शिवम् सिमेन्ट उद्योगको स्थापना भई सञ्चालनमा समेत आइसकेको छ ।
एनआईसी एशिया बैंकले खोल्यो ५ नयाँ शाखा
काठमाडौँ । एनआईसी एशिया बैंकले काठमाडौं उपत्यका भित्र र बारा जिल्लाको फेटामा समेत गरी ५ नयाँ शाखा कार्यालय सञ्चालन गरेको छ । मध्यपुर थिमी नगरपालिका वडा नं. ६ भक्तपुर स्थित पुरानो थिमीशाखाको सोहि वडाका वडाअध्यक्ष ईन्द्रबहादुर प्रजापतिले उद्घाटन गरे । यसैगरी कागेश्वरी मनोहरा नगरपालिका गोठाटार स्थित गोठाटार शाखाको कृष्णहरि थापाबाट उद्घाटन गरियो । यसैगरी सूर्यविनायक नगरपालिकाको वडा नं २ बालकोट शाखाको सोहि वडाका वडा अध्यक्ष कमलनाथ आचार्यले उद्घाटन गरे भने चन्द्रागिरी नगरपालिका वडा नं. ११ सतुङगलचोक स्थित सतुङगलचोक शाखाको चन्द्रांगिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले उद्घाटन गरेका हुन् । यता, बारा जिल्लाको फेटा गाउँपालिका वडा नं. ३ स्थित फेटा शाखाको फेटा गाउँपालिका अध्यक्ष अमिरीलाल प्रसादले बुधबार उद्घाटन गरेको बैंकले जनाएको छ ।
गण्डकी विकास बैंकद्वारा गण्डकी समृद्धि बचत खाता सञ्चालन
काठमाडौँ । खोलौ बैंक खाता अभियान २०७६ लाई आत्मसाथ गर्दै गण्डकी विकास बैंक लिले “गण्डकी समृद्धि बचत खाता” सञ्चालनमा ल्याएको छ । खाता खोल्ना साथ बैंकले रु. १००/- जम्मा गरिदिनेछ भने ग्राहकले शुन्य मौज्दातमै खाता खोल्न सक्नेछन् । “सबै नेपालीको समृद्धिको आशा खोलौ गण्डकीमा समृद्धि बचत खाता” भन्ने नाराका साथ शुरु गरेको खातामा निः शुल्क अन्तर शाखा कारोबार, एटीएम सुविधा, वार्षिक ७% व्याजदर, निःशुल्क शेयर आवेदन फारम भर्न सकिने साथै अन्य थुप्रै सुविधाहरु सहितको विशेषता रहेको बैंकले जनाएको छ ।
बेल्ट रोड फोरममा भाग लिन माधव नेपाल उडे चीन
काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता माधव नेपाल चीन भ्रमणमा गएका छन् । चीनको राजधानी बेइजिङमा आयोजना हुने दोश्रो बेल्ट रोड फोरम फर इन्टरनेशन कोअपरेशनमा सहभागी हुन उनी चीन गएका हुन् । उनले फोरमलाई महत्वपूर्ण वत्ताका रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । नेता नेपालले बेल्ट रोड फोरममा नेपालको आवद्धता र लाभका विषयमा सम्बोधन गर्नेछन् । नेता नेपालसँगै नेकपाका केन्द्रिय सदस्य श्रीनाथ बराल र अनेरास्ववियुका सचिव सुदेश पराजुली चीन भ्रमणमा गएका छन् ।
तिलगंगा आँखा अस्पताललाई स्ट्याण्डर्ड चार्टर्डको २४ लाख सहयोग
काठमाडौँ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले आफ्नो देखिनु नै विश्वास गर्नु हो भन्ने कार्यक्रम अन्तर्गत तिलगंगा आँखा अस्पताललाई वित्तीय सहायता प्रदान गरेको छ । बैंकले आफ्नो देखिनु नै विश्वास गर्नु हो भन्ने पाँचौं चरणको कार्यक्रम अन्तर्गत तिलगंगा आँखा अस्पताललाई २४ लाख ६८ हजार ३९९ रुपैयाँ सहयोग प्रदान गरेको हो । यो आर्थिक सहायता बैंकले तिलगंगा आँँखा अस्पतालको मुख्य विस्तार योजनालाई वित्तीय सहायता प्रदान गर्ने सम्बन्धमा पहिले गरेको सहमती अनुसार युएस डलर १.० मिलियन (युएस डलर १०० मिलियन) मध्येको एक हिस्सा हो । परियोजनाको प्रमुख उद्देश्य ग्रामीण तथा नगरोन्मुख क्षेत्रहरुमा शल्यक्रियाको सुविधाहरुको विकास गरेर अन्धोपना हुनबाट कम गराउने लक्ष्यका साथ भक्तपुर र नुवाकोटमा रहेको जिल्ला सामुदायिक आँखा उपचार केन्द्रहरुमा सुविधाहरु स्तरोन्नति गराउनु रहेको छ । बैंकले बुधबार आयोजना गरेको एक विशेष समारोहबीच स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लि.का सिइओ अनिर्वान घोष दास्तीदारले उक्त सहयोग राशिको चेक तिलगंगाआँखा अस्पतालका सिइओ डा.रिता गुरुङ्गलाई हस्तान्तरण गरे ।
सनराइज बैंकबाट एशियन लाईफको बीमा सेवा पाइने
काठमाडौँ । सनराइज बैंक लिमिटेड र एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड बीच बैंकास्योरेन्स सम्बन्धि सम्झौता भएको छ । बैंकास्योरेन्स सम्झौता अनुसार सनराइज बैंकले देश भर रहेका १०४ वटै शाखाबाट एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा योजना बिक्री गर्न सक्ने छ । सनराइज बैंक लिमिटेडको प्रधान कार्यालयमा बुधबार बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठबीच बैंकास्योरेन्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
मेडिसिटी अस्पतालमा पक्षघात बारे विशेष अन्तरक्रिया
काठमाडौँ । नेपाल मेडिसिटी अस्पतालमा पक्षघात तथा कम्मर पछाडिको दुखाईका लागि फिजियोथेरापी विषयक विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । काठमाडौँ विश्वविद्यालय मेडिकल स्कुलकी प्राध्यापक डा.प्याट्रिसिया इ सुलिभनको उपस्थितीमा भएको कार्यक्रममा करिब ५० भन्दा बढी फिजियोथेरापिष्ट सहभागी थिए । विभिन्न क्षेत्रकी अनुभवी डा. प्याट्रिसियाले चेतनामूलक कार्यक्रमहरुमा सहभागिता जनाउने क्रममा नेपाल मेडिसिटी अस्पतालमा भने पक्षघात तथा कम्मर पछाडिको भागलाई आवश्यक पर्ने फिजियोथेरापी सम्बन्धि प्रशिक्षण दिएकी हुन् । नेपाल मेडिसिटी अस्पतालको फिजियोथेरापी विभागकी प्रमुख डा.मञ्जु ज्ञवालीले यस प्रशिक्षण कार्यक्रमले धेरै सहयोग पुगेको बताइन् ।