विश्व मलेरिया दिवस : डडेल्धुरामा औलोको जोखिम, भारतबाट फर्कने मानिसहरुमा औलोको सङ्क्रमण बढी
काठमाडौं। चालू आर्थिक वर्षको हालसम्म डडेल्धुरामा औलोका आठ बिरामी भेटिएको छ। डडेल्धुरासँगै पहाडी जिल्ला डोटी अछाम, दार्चुला, बैतडी, बझाङसमेत औलोको जोखिममा रहेको बिहीबार जिल्ला जनस्वास्थ्य कार्यालयले आयोजना गरेको पत्रकारसँगको अन्तर्क्रियामा सराेकारवालाले यस्ताे बताएका हुन्। २५ तारिख अर्थात् विश्व औलो दिवसकाे अवसरमा जिल्ला जनस्वास्थ्य कार्यालयले कार्यक्रममा भारतबाट मौसमी कामको लागि ओहरदोहर गर्ने मानिसहरु सबैभन्दा बढी औलोको सङ्क्रमण भेटिएको बताएका छन्। खुला बोर्डर, सजिलो सवारीसाधनको कारण पनि औलो बिरामीको संख्यामा कमि नआएको तथ्याङकले देखाएको छ। त्यस्तै सुदूरपश्चिम प्रदेशका ३१ वटा वडा औलोको उच्च जोखिमा छन् भने ९१ वडा मध्यम जोखिममा रहेको तथ्याङ्कले देखाएको छ। लामखुट्टेको टोकाइबाट लाग्ने रोग औलो अथवा मलेरिया मानिस तथा जनवारमा प्लाज्मोडियम समूहका प्रोटोजोआ परजीवीका कारण लाग्ने गर्दछ। लामखुट्टेले टोकेर परजीवी शरीरमा प्रवेश गर्यो भने त्यसको १० देखि १५ दिनमा यसको लक्षणहरू देखिन सुरु हुन्छ। प्लाज्मोडियम भाइभ्याक्स, प्लाज्मोडियम ओभल र प्लाज्मोडियम मलेरिआईले साधारणतया मन्द खालको औलोको सक्रमण गराउँछन्। त्यस्तै, अर्को प्रजाति प्लाज्मोडियम नोलेसीले मानिसमा रोगको सक्रमण बिरलै गराउने गरेको पाइन्छ। समयमा उपचार गरे औलो रोगबाट बच्न तथा बचाउन सकिने चिकित्सक बताउँछन्।
एनसेल र ठूला करदाता कार्यालयलाई सर्वोच्चको आदेश, ‘बैशाख २४ गते छलफलमा आउनूँ’
काठमाडौँ । सर्वोच्च अदालतले ठूला करदाता कार्यालयसँग एनसेलको पूँजीगत लाभकर बारे लिखित जवाफ माग्दै बैशाख २४ गते दुबै पक्षलाई छलफलमा बोलाएको छ । ७ दिनभित्र लाभकर बुझाउन ठूला करदाता कार्यालयले एनसेललाई पत्र काटेपछि समय सकिन १ दिन अघि सोमबार एनसेलले सर्वोच्चमा रिट दायर गरेको थियो । सो रिटमा विहीबार सर्वोच्चले करदाता कार्यालयले काटेको पत्र तत्काल कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको हो । ठूला करदाता कार्यालयले ६२ अर्ब ३६ करोड ४९ लाख ७५ हजार ५६६ रुपैयाँ लाभकर निर्धारण गर्दै बाँकी ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रुपैयाँ सात दिन भित्र तिर्न बैशाख ३ गत पत्र काटेको थियो । एनसेलले १४ अर्ब ३६ करोड ५३ लाख ७० हजार ६०० मात्र लाभकर तिर्न बाँकी रहेको दाबी सहित सर्वोच्चमा रिट दायर गरेको थियो ।
सिटिजन्स बैंकले वार्षिकोत्सवको अवसरमा ओपन टेनिस टुर्नामेन्ट आयोजना गर्ने
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बाह्र वर्ष पूरा गरी तेह्रौँ वर्षमा प्रवेश गरेको अवसरमा सातौँ सिटिजन्स बैंक ओपन टेनिस टुर्नामेन्ट आयोजना गर्ने भएको छ । बैंकले काठमाडौँ जिल्ला लन टेनिस संघको सहकार्यमा बैशाख १६ गते देखि २१ गतेसम्म दशरथ रंगशाला तथा आर्मी अफिसर्स क्लबमा उक्त खेल संचालन गर्न लागेको हो । विभिन्न सात विधामा खेल सञ्चालन गर्न लागिएको कुरा काठमाडौँ जिल्ला टेनिस संघका अध्यक्ष मनोहरदास मुलले जानकारी दिए । खेलका विजेताहरूलाई कुल पाँच लाख तेह्र हजार पाँच सय बराबरको पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको छ । यस टुर्नामेन्टमा करिव १५० जना खेलाडीहरूको सहभागिता हुने संघले अपेक्षा लिएको छ ।
सेञ्चुरीको वार्षिक साधारणः ४.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित
काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठको अध्यक्षतामा बिहीबार आर्मी अफिसर्स क्लब, भद्रकालीमा साधारण सभा सम्पन्न भएको हो । साधारण सभाबाट सर्वसाधारण शेयरधनीहरुको तर्फबाट राजेशकुमार श्रेष्ठ, सुनिलकुमार न्यौपाने र अभिषेक बज्राचार्य तीन जना सञ्चालक पदमा निर्विरोध निर्वाचित भएका छन् । साधारण सभाले शेयरधनीहरलाई हाल कायम रहेको चुक्ता पूंजीको २५ बराबरको बोनस शेयर र ४.५०५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यो बोनस शेयर जारी पश्चात बैंकको चुक्ता पूंजी ८ अर्ब ४१ करोड ५५ लाख पुगेको छ ।
बन्चरे डाँडामा ल्याण्डफिल निर्माण शुरु, २० वर्षसम्म फोहोर व्यवस्थापन गर्न सकिने
काठमाडौं । नुवाकोट र धादिङ्गको सिमाना पर्ने बन्चरे डाडामा ल्याण्डफिल साइट निर्माण शुरु भएको छ । बिहिबार शहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले साइटको शुभारम्भ गरे । हाल डम्पिङ साइट बनिरहेको सिस्डोल आलेटारमा फोहोर नअट्ने भएपछि बन्चरे डाँडामा ल्याण्डफिल निर्माणको काम सुरु गरेको हो । डम्पिङ साइट निर्माणका लागि सरकारले १७ सय रोपनी जग्गा व्यवस्थापन गरिसकेको छ । ल्याण्डफिल निर्माणको लागि कोसी न्यौपाने एण्ड लुम्बिनी जेभीलाई जिम्मा दिइएको छ । भ्याट बाहेक ३४ करोड रुपैंयाको लागतमा ल्यान्डफिल १ वर्षभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । ल्याण्डफिलमा उपत्यकाका तीन जिल्लाको फोहोरो २० वर्ष सम्म व्यवस्थापन गर्न सकिने शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले बताए । गेलालका अनुसार अबको केहि महिनाबाटै बन्चेरे डाडामा फोहोर व्यवस्थापनको कार्य सुरु हुनेछ । सिस्डोड आलेटारदेखि बन्चरे डाँडासम्म ३ किलोमिटर सडक निर्माण सडक विभागले गरेको हो । उपत्यकाको फोहोर व्यवस्थापनका लागि नेपवेस्ट कम्पनीसँग लगानी बोर्डको सम्झौता हुन नसक्दा तत्कालै फोहोर व्यवस्थापनको लागि बन्चरे डाँडा आवश्यक भएको हो । ल्याण्डफिलको उद्घाटन गर्दै मन्त्री राईले बन्चरे डाँडामा विगतमा जस्तो डम्पिङ साइट नबन्ने दाबी गरे । उनले यो वातावरणमैत्री ल्याण्फिल साइट बन्ने बताए । ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन सुरु भएपछि दैनिक बेलुका माटो हालेर पुर्ने र विभिन्न केमिकलहरुको प्रयोग गरिनेछ, मन्त्री राईले भने-हामी ल्याण्डफिल साइटलाई सकेसम्म वातावरण मैत्री बनाउने छौं । उपत्यकाको फोहोर व्यवस्थापनको लागि हाल लगानी बोर्ड र नेपवेस्ट कम्पनीबीच छलफल भैरहेको छ । प्रारम्भिक चरणमा छलफल भैसकेके पनि अन्तिम सम्झौता हुन बाँकी रहेको छ । यदि नेपवेस्ट कम्पनीले आलेटारमा प्लान्ट राखेर फोहोर व्यवस्थापन सुरु गर्यो भने ८० प्रतिशत फोहोर खपत प्लान्टले गर्नेछ । प्लान्टका लागि ७४ रोपनी जग्गा सरकारले कम्पनीलाई उपलब्ध गराउने छ । स्थानीय वासिन्दाले भने ल्याण्डफिल साइट बन्नेमामा आशंका व्यक्त गरेका छन् । आलेटार र सिस्डोलमा पनि पहिले प्रशोधन केन्द्र स्थापना गर्ने भनेर हालसम्म सरकारले फोहोर थुपारेको आरोप लगाए । स्थानीयवासी भिमसेन न्यौपानेले ल्याण्डफिल साइट वातावरणमैत्री नबन्दा जनमानसमा यसको ठूलो असर पर्ने बताए । न्यौपानेले विगतदेखि नै फोहोर प्रभावित क्षेत्रको वासिन्दाले विभन्न समस्या झेल्दै आएकोले अब बन्ने ल्याण्डफिल साइट प्रदुषण मैत्री हुनुपर्नेमा जोड दिए । नेपवेस्ट कम्पनीले यसरी गर्नेछ फोहोर व्यवस्थापन कम्पनीले कुल ६ अर्बको लगानीमा पहिलो चरणमा फोहोर संकलन प्रणालीमा सुधार, फोहोरमा काम गर्ने कामदारको व्यवस्थापन र प्राकृतिक ग्याँस उत्पादन गर्नेछ । दोस्रो चरणमा कम्पनीले फोहोर मैलाको प्रयोग गरी प्राङगारीक मल, बायोग्याँस र विद्युत उत्पादन गर्नेछ । कम्पनीले उपत्यकाको घर, उद्योगबाट निस्कने फोहोर संकलन र मेडिकलबाट निस्कने फोहोर छुट्याई उपयोग गर्नेछ । यसरी बचेको अन्तिम फोहोरलाई ल्याण्डफिल साइटमा बिर्सजन गर्नेछ ।
सिद्धार्थ बैंकद्वारा बारा–पर्साका हावाहुरी प्रभावितहरुलाई सहयोग
काठमाडौँ । सिद्धार्थ बैंकले गत महिना गएको विनाशकारी हावाहुरीबाट प्रभावित बारा र पर्साका हावाहुरी पिडित जनताका लागि सहयोग स्वरुप विभिन्न सामाग्रीहरु प्रदान गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बारा जिल्लाको स्वर्न गाउँपालिका वडा नंं ४ स्थित हर्दिया क्षेत्रका प्रभावित वासिन्दाहरुलाई बैंकले बेडसिट, म्याट्रेस तथा सोलारद्वारा चार्ज गर्न मिल्ने टर्चलाइट जस्ता आवश्यक सामाग्रीहरु वितरण गरको छ । उक्त सामान जिल्ला समन्वय समितिका अध्यक्ष नवलकिशोरप्रसाद सिंह तथा सिद्धार्थ बैंकका प्रदेश नं २ का प्रमुख प्रविन ढुङ्गेलद्वारा संयुक्त रुपमा वितरण गरिएको हो ।
टिभीएस मोटरसाइकल तथा स्कूटरका डिलरहरुको भेला
काठमाडौं, नेपालका लागि टिभीएस मोटरसाइकल तथा स्कूटरको एकमात्र आधिकारिक वितरक जगदम्बामोटर्स प्रालिले हालै देशभरका डिलरहरुको भेला सम्पन्न भएको छ । १ घर १ टिभीएस नारा दिइएको उक्त भेलामा टिभीएस मोटरसाइकल तथा स्कूटरहरुको देशभरका ९८ डिलरहरुको सहभागीता रहेको थियो । यही वैशाख ४ देखि वैशाख ९ सम्म भैरहवा स्थित टाइगर रिसोर्टमा आयोजना गरिएको उक्त भेलाको एकमात्र उद्देश्य १ घर १ टिभीएसको लक्ष्य प्राप्तीका लागि ग्राहकहरुलाई स्थानीय रुपमा गाऊँमा नै सेल्स सर्भिस र स्पेयर पार्टसमा उत्कृष्ट सेवाप्रदानगर्ने तथा जस्तोसुकै समस्याको समाधान २४ घण्टा भित्रमा गर्ने सम्बन्धमा डिलरहरुलाई अझ बढी संवेदनशील ढंङ्गका साथ अघि बढाउनु रहेको थियो । नेपालमा टिभीएस बाइक तथा स्कूटरहरुको लोकप्रियता दिनप्रतिदिन बढ्दो रहेको कम्पनीले जनाएको छ । गतवर्ष यसको बिक्री परिमाण ४० प्रतिशतका दरले वृद्धि भएको पाइएको छ । मेचीदेखि महाकालीसम्म फैलिएको बिक्रीवितरण सञ्जाल र बिक्री पछिको सजिलो सेवाले गर्दा ग्राहकहरु टिभीएसको सर्भिसबाट प्रभावितहुने गरेका छन् । यसप्रकार सहज र स्तरीय सेवा पु¥याएर टिभीएससँग ग्राहकको सम्बन्ध प्रगाढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका विभिन्न क्षेत्रका डिलरहरुलाई उक्त भेलामा उत्कृष्ट डिलरको सम्मानबाट पुरस्कृत पनि गरिएको थियो । भेलामा जगदम्बा मोटर्स प्रालिका अन्य प्रतिनिधिहरु लगायत विभिन्न प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
भूकम्पमा मृत्यु भएकाहरुको सम्झनामा गोर्खा इको प्यानलद्धारा दीप प्रज्वलन
काठमाडौं । निर्माण सामाग्रीमा हरित क्रान्ति भन्ने नाराका साथ गोर्खा इको प्यानलले २०७२ साल वैशाख १२ गते गएको भूकम्पमा मृत्यु भएका व्यक्तिहरुको चीर शान्तिको कामनासहित बिहीबार कर्पाेरेट अफिस मध्यपुर थिमि भक्तपुरमा दीप प्रज्वलन गरेको छ । भूकम्पमा परी मृत्यु भएका दिवंगत आत्माको चीर शान्तिको कामना गरी भूकम्प आएकै समय अर्थात ११ बजेर ५५ मिनेटमा मैनबती बाली दीप प्रज्वलन गरेको हो । कम्पनीका बजार प्रमुख सुरेश कवाँंको नेतृत्वमा कम्पनीमा कार्यरत इन्जिनियरलगायतका कर्मचारीहरुले एकएक वटा मैनतवी बालेर दीप प्रज्वलन गरेका हुन् । निर्माण सामाग्री उत्पादन कम्पनी भई सरोकार राख्ने कम्पनी भएकोले कार्यक्रम गरेको कम्पनीले जनाएको छ । गोर्खा इको प्यानल इटाको विकल्पमा बाहिरी तथा भित्री वालको रुपमा प्रयोग हुने निर्माण सामाग्री हो ।