काठमाडौं। चालू आर्थिक वर्षको हालसम्म डडेल्धुरामा औलोका आठ बिरामी भेटिएको छ। डडेल्धुरासँगै पहाडी जिल्ला डोटी अछाम, दार्चुला, बैतडी, बझाङसमेत औलोको जोखिममा रहेको बिहीबार जिल्ला जनस्वास्थ्य कार्यालयले आयोजना गरेको पत्रकारसँगको अन्तर्क्रियामा सराेकारवालाले यस्ताे बताएका हुन्।
२५ तारिख अर्थात् विश्व औलो दिवसकाे अवसरमा जिल्ला जनस्वास्थ्य कार्यालयले कार्यक्रममा भारतबाट मौसमी कामको लागि ओहरदोहर गर्ने मानिसहरु सबैभन्दा बढी औलोको सङ्क्रमण भेटिएको बताएका छन्। खुला बोर्डर, सजिलो सवारीसाधनको कारण पनि औलो बिरामीको संख्यामा कमि नआएको तथ्याङकले देखाएको छ। त्यस्तै सुदूरपश्चिम प्रदेशका ३१ वटा वडा औलोको उच्च जोखिमा छन् भने ९१ वडा मध्यम जोखिममा रहेको तथ्याङ्कले देखाएको छ।
लामखुट्टेको टोकाइबाट लाग्ने रोग औलो अथवा मलेरिया मानिस तथा जनवारमा प्लाज्मोडियम समूहका प्रोटोजोआ परजीवीका कारण लाग्ने गर्दछ। लामखुट्टेले टोकेर परजीवी शरीरमा प्रवेश गर्यो भने त्यसको १० देखि १५ दिनमा यसको लक्षणहरू देखिन सुरु हुन्छ। प्लाज्मोडियम भाइभ्याक्स, प्लाज्मोडियम ओभल र प्लाज्मोडियम मलेरिआईले साधारणतया मन्द खालको औलोको सक्रमण गराउँछन्। त्यस्तै, अर्को प्रजाति प्लाज्मोडियम नोलेसीले मानिसमा रोगको सक्रमण बिरलै गराउने गरेको पाइन्छ। समयमा उपचार गरे औलो रोगबाट बच्न तथा बचाउन सकिने चिकित्सक बताउँछन्।