विकासन्युज

नेपालमा पहिलोपटक राष्ट्रियस्तरको कुकिङ प्रतियोगिता हुँदै, विजेतालाई एक लाख रूपैयाँ

काठमाडौं। नेपालमै पहिलोपटक राष्ट्रिय स्तरको खाना पकाउने प्रतियोगिता हुने भएको छ। सिटिभिटी, राष्ट्रिय परिक्षण समिती, एसडिसीले संयुक्त रुपमा स्विस सरकारको सहयोगमा प्रतियोगिता आयोजना हुन लागेको हो। प्रतियोगितामा प्रत्येक प्रदेशबाट कम्तिमा २-२ जना सहभागीहरु प्रथम छनोटमा पर्नेछन् भने उनिहरुबिच अन्तिम प्रतियोगिता असार ६ गते पोखरामा हुनेछ। प्रतियोगिताको विजेतालाई ‘सेफ अफ द यियर’ घोषणा गरिनुको साथै १ लाख पुरस्कार प्रदान गरिने गेट कलेजका प्रमुख कार्यकारी अधिक्रित खीम लकाईले बताए। यस्तै दोश्रो र तेस्रो स्थान प्राप्त गर्ने प्रतियोगीलाई पनि पुरस्कार प्रदान गरिने उनले जानकारी दिए। काठमाडौं स्थित ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसनले प्रतियोगिताको ईभेन्ट पार्टनर रुपमा रहनेछ। औपचारिक तालिम लिएका वा अनुपचारिक रुपमा आँफै सिप सिकेको एवं साना तथा माझौला होटल तथा रेस्टुरेन्टमा काम गरिरहेका कुकुहरुको प्रतिभा पहिचान र प्रस्फुटन गराउने मुल उदेश्य राखेर नेपालमा पहिलो पटक राष्ट्रिय पाककला प्रतियोगिता हुनलागेको लकाईले बताए। प्रतियोगितामा सहभागि हुन चाहनेले गेट कलेज प्रदेश नं १ को ईटहरी, गण्डकी प्रदेशको पोखरा र प्रदेश नं ५ को नेपालगंजमा रहेको गेट कलेजको साझेदारी संस्थाहरु एवं अन्य प्रदेशमा सिटिभिटिको प्रादेशिक कार्यलयहरुमा फर्म बुझाउन सक्नेछन्।

‘एनआईसी एशिया ब्यालेन्स फण्ड’ले एक अर्ब २५ लाखको म्युचअल बिक्री गर्ने

काठमाडौं । एनआईसी एशिया बैंक म्युचअल फण्ड अन्तर्गत सञ्चालित एनआईसी एसिया ब्यालेन्स फण्डले एक अर्ब २५ लाख रुपैयाँ बराबरको सामुहिक लगानी कोष(म्युचअल फण्ड) बिक्रीमा ल्याउने भएको छ । संस्थाले हाल मात्रै सो मात्राको फण्ड जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको हो । संस्थाले कोष प्रबद्धक एनआईसी एसिया क्यापिटलमार्फत अंकित मूल्य १० रुपैयाँको १२ करोड ५० लाख इकाई बिक्री गर्ने प्रकृया अघि बढाएको छ ।

खानेपानी र ढलमा कसलाई के मतलब, सोच नै गरिब छ !

भीमप्रसाद उपाध्याय, पूर्व सचिव ३ करोड जनताको मौलिक हकको रूपमा रहेको खानेपानी, सरसफाई, ढल निकास, फोहरमैला, नदीसफाई, वर्षातको जल संकलन क्षेत्र बजेट र नीतिका दृष्टिले सरकारको प्राथमिकतामा आजसम्म कहिले परेन र आगामी वर्ष पनि नपर्ने भएको छ । बार्षिक करिब ५-१० प्रतिशतका दरले मात्र बजेट बृद्धि छ, जुन मुद्रास्फिति बराबर हो । पानीका मूल र श्रोत सुक्दै गएका, टाढिएका, पानी व्यवस्थापन निरन्तर महंगो हुदै गएको, जनसंख्या र बस्तिहरू बढ्दै गएका, २५ वर्ष पुराना आयोजनाहरू वर्षैपिच्छे जीर्ण हुदै जाने संख्या बढ्दै गएको, तिनको पुनः निर्माण गर्ने कुनै योजना नरहेको, भएका योजनाहरू पनि पूरानो कामचलाउ प्रविधि व्यवस्थापनबाट स्थानीयहरूबाटै संचालन गरिदै आएकाले तिनमा प्रभावकारिता , गुणस्तरीयता, नविनता नथपिने, मोडर्नाईजेशन नहुने, नेताहरूका लागि तिनै पुरानै योजनामा पैसा थपेर कुनै भोट नबढ्ने, स्थानीयहरूलाई नेतागिरी गर्ने स्थान मात्र बन्ने हुँदा पानी उत्पादन वितरण र संचालन एकदम पुरातन पारामा चल्दै आएको छ । त्यसमा कुनै नयॉ प्रविधि व्यवस्थापन बिधि अनुशरण नगरिंदा ‘चलता है‘ ढंगमा पानी र सरसफाई चलिरहेको छ र यस क्षेत्रमा कुनै छलाङ मार्ने न सोच, न नीति , न बजेट, न बिधि, न बिज्ञता , न अभिनव, न प्रभावकारिता, न स्वच्छताले चियाउन सकेको संकेत दिएको छ । पानी खान नपाएर को पो मरेको छ र भन्ने मैं हाम्रा सत्ता सञ्चालकहरूले सन्तोष लिदै आएका छन् । राजादेखि रंकसम्म अत्यावश्यक खानेपानी, ढल व्यवस्थापन , सरसफाई, वर्षातको पानी सदुपयोग, पानी पुनः प्रयोग बारेमा चिच्याईदिने, बोल्दिने, दबाब दिने, लबिंग गरिदिने सशक्त पक्षको अहिले ‘तैले–मैले–कसले–उसले–जसले पनि‘ गर्ने भन्ने अन्यौलता र जिम्मेवारी पन्छाउन सजिलै पाइने संघीय मोडेलका कारण झन् ज्यादै कमजोर र अनिकाल परेको छ । केही मधुरो आवाजले कानमा बतासै नलाग्ने हुँदै आएको छ। सरकार न आफू केही गर्नसक्छ र गर्छ, न अरूलाई त्यसक्षेत्रमा आकर्षित र प्रोत्साहित गर्ने कुनै नीति र योजना बनाउछ । सरकारलाई हाईसन्चो छ, जनतालाई पानीको मतलबै छैन, युवाहरूलाई पनि सडक तताउन सयौं अन्य मुद्दाहरूबाट मूतको न्यानो ताप्ने फुर्सद नै छैन । मुस्किल छ हजुर जनतालाई सुख दिन, पैसामा धनी भएर मात्र के गर्नु पुन्टे, बुद्धि र सोचमा गरिब भएपछि !

कामना सेवाको ‘कामना सेवा रेमिट’ सेवा शुरु, ७५०० केन्द्रबाट भुक्तानी हुने

काठमाडौँ । कामना सेवाविकास बैंकले बुधबारबाट ‘कामना सेवा रेमिट’ शुभारम्भ गरेको छ । बैंकका अध्यक्ष सुदीप आचार्य, संचालक विश्वेश्वर सुवेदी र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा सो सेवाको शुभारम्भ गरेका हुन् । विविध विशेषताहरु सहित सम्पूर्ण शाखा तथा देशभरका करिब ७,५०० एजेन्टस् मार्फत यो सेवा प्रदान गर्न लागिएको हो । समय सापेक्ष ग्राहकहरुको आवश्यकता र प्रतिस्पर्धी बजारलाई मध्यनजर गर्दै भविष्यमा पनि एजेन्टहरु थप गर्दै जाने बैंकको योजना रहेको जनाएको छ ।

प्राइम कमर्शियल बैंकको जेठ ९ गतेदेखि १८ दिन बुक क्लोज

काठमाडौं । प्राइम कमर्शियल बैंकको आगामी जेठ ९ गतेदेखि १८ दिन बुक क्लोज हुने भएको छ । बैंकले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि आगामी जेठ २६ गतेसम्म बुक क्लोज गर्न लागेको हो । बैंक आगामी जेठ २३ गते आफ्नो ११औँ वार्षिक साधारणसभा बस्दै छ । उक्त सभा सो दिन बिहान १० बजे कमलादीस्थित नेपाल एकेडेमीमा बस्ने भएको छ ।

गरिमा विकास बैंकले वीरगञ्जमा खोल्यो नयाँ शाखा

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले बुधबार बीरगञ्जमा शाखा कार्यालय बिस्तार गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन बीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले गरेका हुन् । उक्त कार्यक्रममा बोल्दै विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले देशको मुख्य व्यापारिक केन्द्र बीरगञ्जमा आफ्नो उपस्थिति जनाएको र बीरगञ्ज शाखाबाट समेत देशका अन्य शाखाहरुबाट जस्तै उत्कृष्ट सेवा प्रदान गरिने बताए । त्यसैगरी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले विकास बैंकले देशका सातवटै प्रदेशमा आफ्नो उपस्थिति जनाईसकेको र आगामी दिनमा समेत शाखा विस्तारको क्रमलाई तीव्रता दिने एवम् ग्राहकहरुलाई उत्कृष्ट सेवाप्रदान गर्ने कार्यमा विकास बैंक सदैव प्रतिवद्ध रहेको जानकारी दिए । कार्यक्रममा नेपाल राष्ट्र बैंक बीरगञ्ज कार्यालयका निर्देशक राजनबिक्रम थापा, बीरगञ्ज नगरपालिका वार्ड नं. ८ का वडाध्यक्ष राजकिशोर गुप्ता, बीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया लगायतले आफ्नो मन्तव्य राखेका थिए ।

दार्चुला सदरमुकाममा पुग्यो विद्युतको राष्ट्रिय लाइन, अब खलंगामा नेपालकै विजुली

काठमाडौँ । दार्चुलाको सदरमुकाम खलंगामा विद्युत्को राष्ट्रिय प्रसारण लाइन पुगेको छ । नेपाल विद्युत प्राधिकरणले बलाँच–खलंगा ३३ केभी प्रसारण लाइनको निर्माण सम्पन्न गरी उक्त लाइन बुधबारबाट संचालन (चार्च)मा ल्याएको हो । अब खलंगा नेपालकै विद्युत् प्रणालीमा आवद्ध भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दार्चुलाको जिल्ला सदरमुकाममा राष्ट्रिय ग्रिड पुर्याई आफ्नो उत्पादनबाटै विद्युत आपूर्ति शुरु गर्नुु ठूलो उपलब्धि भएको बताए । ‘अहिले त्यहाँ भारतको उत्तराखण्डबाट विद्युत आयात गरी आपूर्ति गरिरहेका थियौं, अब हाम्रै राष्ट्रिय ग्रिड पुगेपछि त्यस क्षेत्रमा आपूर्तिका लागि भारतबाट विद्युत् ल्याउनु पर्दैन, त्यस क्षेत्रमा निर्माण भएका जलविद्युत आयोजनाबाट उत्पादित विद्युत् आपूर्ति गछौं जसबाट भोल्टेजमा सुधार भई उपभोक्ताले विश्वसनीय र गुणस्तरिय विद्युत् प्रयोग गर्न पाउने छन्’उनले भने । ‘आवश्यक परेको वेला खलंगाबाट भारततर्फ विद्युत् पठाउने पूर्वाधार पनि तयार भएको छ ।’ प्राधिकरणले खलंगामा विद्युत आपूर्तिका लागि उत्तराखण्डको लाली, जोलजीवी र हुटी विन्दुबाट ११ केभी लाइनमार्फत विद्युत् आयात गरिरहेको थियो । प्राधिकरणले विद्युत् आयात गरेवापत उत्तराखण्ड पावर कर्पोरेसन लिमिटेडलाई मासिक रुपमा करिब २५ लाख रुपैयाँ भुक्तानी गर्दै आएको थियो । खलंगा क्षेत्रमा करिब ८ हजार ग्राहक छन् । बलाँच–खलंगा ३३ केभी प्रसारण लाइनअन्तर्गतको दार्जुलाको थालीगाडमा निर्माणाधीन ३३/११ केभी सबस्टेसनको काम असारभित्र सकिने प्राधिकरणका अत्तरिया क्षेत्रीय कार्यालयका प्रमुख सतिश कर्णले जानकारी दिए । ‘अहिले बलाँच–खलंगा लाइन ३३ केभीकै बनेता पनि सब स्टेसनको काम केही बाँकी रहेकाले ११ केभीमा मात्रै चार्च गरेका छौं’,उनले भने । ‘असारभित्रमा सबस्टेसनको निर्माण सकिन्छ त्यसपछि लाइन पनि ३३ केभीमै चार्च गरी खलंगा क्षेत्रमा विद्युत् आपूर्ति गर्ने छौं ।’ नेपाल सरकार र प्राधिकरणको लगानीमा निर्माण भएको हो । बलाँच-खलंगा ३३ केभी प्रसारण लाइन निर्माण गर्न ८७ लाख ५० हजार रुपैयाँमा २०७२को चैतमा ठेक्का सम्झौता गरिएको थियो । प्रसारण लाइनको लम्बाई २५ किलोमिटर छ । वन क्षेत्रको जग्गा प्रयोग, स्थानीयको अवरोध, जटिल भूबनोट, विकट क्षेत्र लगायतले गर्दा निर्माणमा केही ढिलाइ भएको कर्णले बताए । सबस्टेसन निर्माणका लागि ६ करोड ८९ लाख रुपैयामा २०७३को कात्तिकमा ठेक्का सम्झौता भएको थियो । प्राधिकरणले ३० मेगावाटको चमेलिया जलविद्युत केन्द्रबाट र बलाँच सब स्टेसनमा जोडिने निजी क्षेत्रका आयोजनाबाट उत्पादित विद्युत् ३३ केभी प्रसारण लाइनमार्फत खलंगातर्फ पठाउने छ । चमेलिया जलविद्युत आयोजनाले निर्माण गरेको बलाँच सबस्टेसनमा ८.५ मेगावाटको अपी, ८५ मेगावाटको माथिल्लो चमेलिया, १६ मेगावाटको मध्य चमेलिया, ६५ मेगावाटको कलंगा गाड, २५ मेगावाटको छत्तिगाड आयोजना जोडिने छन् । त्यहाँ जोडिएको विद्युत चमेलियाले नै बनाएको १३१ किलोमिटर बलाँच–अत्तरिया (कैलाली) प्रसारण लाइनमार्फत राष्ट्रिय ग्रिडमा प्रवाह हुनेछ ।

गृहमन्त्री बादल-अमेरिकी उपसहायक मन्त्रीबीच भेटवार्ता, आपसी सहयोगबारे छलफल

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा‘बादल’ र अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एशिया मामिलाका कार्यवहाक उपसहायक मन्त्री डेभिड जे रेन्जबीच आज भेटवार्ता भएको छ । गृहमन्त्रालयमा भएको सो भेटवार्तामा नेपाल-अमेरीका सम्बन्ध, आपसी सहयोग र सहकार्यका क्षेत्रमा केन्द्रित रहेर छलफल भएको थियो । भेटमा गृहमन्त्री थापाले नेपालको विकास, विपद् व्यवस्थापन तथा सुरक्षा निकायको तालीम र भौतिक संरचना निर्माण लगायतका क्षेत्रमा अमेरिकाले गरिरहेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगले निरन्तरता पाउने आशा व्यक्त गरे । उनले केही महिनाअघि नेपालका परराष्ट्रमन्त्रीको अमेरिका भ्रमण र सो क्रममा भएका सहमतिले नेपाल र अमेरिका सम्बन्धलाई थप उचाईमा पुर्याउन भूमिका खेलेको चर्चा गरे । गृहमन्त्री थापाले नेपालक राजनीतिक स्थिरतासँगै अब तीव्र आर्थिक विकासको चरणमा प्रवेश गरेको जानकारी दिँदै यसमा अमेरिकी सरकार र जनताको सहयोगका लागि उपसहायक मन्त्री रेन्जसँग आग्रह गरे । अमेरिकाले ‘मिलिनियम च्यालेन्ज कोपरेशन’ मार्फत नेपाललाई प्रदान गरेको आर्थिक सहयोगले नेपालको आर्थिक विकास तथा विद्युतिकरणका लागि महत्वपुर्ण हुने गृहमन्त्रीको भनाई छ । भेटमा उपसहायकमन्त्री रेन्जले नेपाल र अमेरीकाको सम्बन्धको चर्चा गर्दै यो सम्बन्धलाई थप उचाईमा लैजान आवश्यक रहेको बताए । उनले नेपालको पूर्वाधार, शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, मानववेचविखन लगायतका क्षेत्रमा अमेरिकाले सहयोग गरीरहेको बताउँदत्यो सहयोग निरन्तर रहने प्रतिवद्धता व्यक्त गरे । उपसहायक मन्त्री रेन्जले अमेरिकी स्वयम्सेवी समुह ‘पिस कर्पस’को प्रवेशाज्ञाको समयावधि थप तथा नेपालको अध्यागमन प्रणालीको स्तरोन्नतीका लागि सहयोग लगायतका विषयमा समेत गृहमन्त्री थापासँग कुरा राखेका थिए । भेटवार्तामा नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत ¥याण्डी बेरी समेत सहभागी थिए ।