१७ महिनाका लक्की विक जीवन मरणको दोसाँधमा, आर्थिक सहयोगका लागि अभिभावकको याचना
काठमाडौँ । दाङ जिल्लाको दंगिशरण–४ का १७ महिनाका बालक लक्की विक त्रिवि शिक्षण अस्पतालमा जीवन मरणको दोसाँधमा रहेका छन् । आर्थिक अवस्था कमजोर भएका कारण छोराको उपचारमा समस्या भएको राजेश विकले बताए । छोराको उपचारका लागि सहयोग गरिदिन राजेशले आग्रह गरेका छन् । उनका छोरा लक्कीलाई निमोनिया हुनुका साथै हातखुट्टा र पेटमा समेत समस्या भई बैखाख ११ गतेदेखि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ । कृतिम स्वासप्रश्वासको सहायताले उपचार भइरहेको र दैनिक १०–१५ हजार खर्च लाग्ने अवस्था रहेको त्रिवि शिक्षण अस्पतालका बालरोग विशेषज्ञ डा विनय गुरुङले बताए ।
यातायात समितिलाई ५ दिनभित्र कम्पनी दर्ता गरिसक्न आग्रह, ‘नगरे महासंघले जिम्मा लिदैन’
काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पाँच दिनभित्र आफ्ना समितिलाई कम्पनीमा दर्ता गरिसक्न आग्रह गरेको छ । महासङ्घ र सरकारबीच भएको सहमतिअनुसार संस्था दर्ता ऐन २०३४ अन्तर्गत दर्ता भई यातायात सेवा सञ्चालन गर्दै आएका महासङ्घका सदस्यलाई पाँच दिनभित्र कम्पनी दर्ता गरिसक्न महासङ्घले आग्रह गरेको हो । महासङ्घले आज सूचना प्रकाशित गरी कम्पनी दर्ता ऐन २०६३ को दफा ९ को उपदफा १ थप गरिएको १(क) अनुसार कम्पनी दर्ता गर्न महासङ्घमा आवद्ध यातायात व्यवसायीलाई शेयर सदस्य बनाई यातायात व्यवस्था कार्यालयमा पेश गरी सिफारिश लिई कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता गर्नुपर्ने बताएको छ । महासङ्घका महासचिव सरोज सिटौलाले सरकार र महासङ्घबीच भएको सहमतिअनुसार सबै यातायात समितिलाई कम्पनीमा दर्ता हुनुपर्ने बताए । “पाँच दिनभित्र कम्पनीमा दर्ता नहुने यातायात समितिको जिम्मा महासङ्घले लिँदैन”, उनले भने । देशभर चल्ने सार्वजनिक सवारीसाधन यातायात समिति र केही सवारीसाधन कम्पनीमा दर्ता भएर सञ्चालित छन् । रासस
१० वर्ष पोखरा बसाई पछि ‘क्रसरोड थकाली भान्सा घर’ काठमाडौंमा
काठमाडौं। करिब १० बर्ष देखी पोखरामा थकाली खानाका पारखीलाई बिशेष स्वाद पस्कन सफल ‘क्रोसरोड थकाली भान्सा’ ले काठमाडौंमा आफ्नो सेवा विस्तार गरेको छ। काठमाडौंको कमलादीमा जेष्ठ ५ गते देखी थकाली भान्सा घर संचालनमा आएको छ। अनिल हिराचन, अनिल तुलाचन, राजु ताम्राकार, सविना प्रधान, आक्रोश बज्रचार्य र विरेन्द्र शेरचनले करिब २ करोडको लगानीमा थकाली भान्सा घर संचालनमा ल्याएका हुन्। संचालक विरेन्द्र शेरचन पोखराको न्युरोडमा १० बर्ष, लेकसाईड मा ८ बर्षको अनुभव संगालेर काठमाडौंमा शुद्द थकाली खानाको पारखीहरुको लागि स्वाद पस्कनको लागि आफुहरु तयार भएको शेरचनले बताए। पोखराको न्युरोड चिप्लेढुंगाबाट सुरु भएको व्यावसाय विस्तारको क्रममा कमलादीमा खुलेको संचालक विरेन्द्र शेरचनले जानकारी दिए। ‘अरुले काठमाडौंमा सुरु गरेर मोफेसलमा विस्तार गर्छन्, हामी मोफेसलबाट विस्तार गर्ने क्रममा काठमाडौं प्रवेश गरेका छौं,’ उनले जानकारी दिए। चिकेन थाकाली सेट क्रसरोडमा मुस्ताङबाट ल्याएको दाल, फापरको पिठो, च्याङ्रको सुकुटी, जिम्मुलगायतको खाना उपलब्ध छ। घोकेन (फापरको पिठोबाट बनाईने ब्रेडजस्तो परिकार), ‘आलु सुकुटी प्ला’ लगायतका बिशेष खानेकुरा यस भान्साको बिशेषता रहेको भान्सा घरका प्रबन्ध निर्देशक आक्रोश बजचार्यले बताए। थकालीमा रमाउँदै पाहुना आलुको सुकुटी प्ला खिङगा प्ला
मध्यतमोर जलविद्युत् आयोजनाको निर्माण तीव्र गतिमा, ३ वर्षमा सम्पन्न गर्ने
ताप्लेजुङ । तमोर नदीबाट उत्पादन गर्न लागएिको ७३ मेगावाट क्षमताको मध्यतमोर जलवद्यिुत् आयोजनाको निर्माण कार्यले तीव्र गति लिएको छ । आयोजनाको मुख्य प्रवर्द्धक संस्था सानीमा हाइड्रो एण्ड इञ्जिनियरिङ प्रालिका अनुसार सन् २०२२ मा आयोजना सम्पन्न गर्ने गरी डेढ महिनाअघबिाट नर्मिाण थालएिको हो । निर्माण शुरु भएको छोटो अवधीमा नै २७७ मटिर लामो इन्सफेक्सन सुरुङ मार्गमध्ये १६० मिटर सुरुङ मार्ग निर्माण पूरा भएको छ भने ३०२ मिटर जडित सुरुङमार्गमध्ये २८० मिटर पूरा भएको छ । यस्तै आयोजनाको हेडवर्क्सका लागि समेत आवश्यक संरचना निर्माण पनि अघि बढेको छ । यी संरचना फुङ्लङि नगरपालिकामा पर्ने हाङ्देवा र फुरुम्बुको तल्लो क्षेत्रमा पर्ने मित्लुङमा निर्माण भइरहेको हो । चिनियाँ निर्माण कम्पनी झिझोङ फष्ट हाइड्रोले आयोजनाको मुख्य संरचनाको निर्माण गरिरहेको हो । आयोजना नर्मिाणको गतलिाई हेर्दा निर्धारित समयमा नै सकिनेमा विश्वस्त रहेको आयोजनाका प्रमुख डा मणिराज पोखरेलको भनाइ छ । नेपाली इञ्जनियरिङले डिजाइन गरेको र नीजि क्षेत्रले बनाउन लागेको ठूला आयोजनामध्ये उक्त आयोजना समेत पर्ने पोखरेलले बताए । कूल रु १२ अर्ब बराबरको लागतमा निर्माण हुने सो आयोजनामा २५ प्रशिशत स्वलगानी र ७५ प्रतिशत सातवटा बैंकको लगानी हुने जनाइएको छ । आयोजनाको मुख्य संरचना मिक्वाखोला गाउँपालकिा–२ खोक्लङि र फक्ताङलुङ गाउँपालकिा–१ सावादनिमा रहने आयोजनाले जनाएको छ । यस्तै फुङलङि नगरपालकिाको फुरुम्बुस्थति मित्लुङमा ५० मटिर लम्बाइ र ११ मटिर उचाइको बाँध नर्मिाण गरी तमोर नदीको पानीलाई तीन हजार ३३७ मिटरको सुरुङमार्फत खोक्लङिको थुम्बाबेँसीमा पुर्याइनेछ । यस आयोजनाबाट उत्पादित विद्युत मैवाखोला गाउँपालिकाको ढुङ्गेसाँघुमा निर्माण हुने सवस्टेशनमा पुर्याई राष्ट्रिय प्रशारण लाइनमा जोडिने आयोजनाका जनसम्पर्क अधिकृत करण गौतमले जानकारी दिए । सुरुमा ५४ मेगावाट बिद्युत उत्पादन गर्ने गरी प्रक्रिाय अघि बेपनि पछि १९ मेगावाट थप भएसँगै आयोजनाको उत्पादन ७३ मेगावाट पुगेको हो । ५४ मेगावाट क्षमताका लागि प्रक्रिया अघि बढ्दै गर्दा निर्माण क्षेत्रमा प्राकृतिक जोखिम देखिएपछि हेडवक्र्स परिवर्तन भएसँगै १९ मेगावाट थप भएको थियो । रासस
कर्मचारीलाई ३७ महिनाको बोनस ‘बाँड्ने’ जानकी फाइनान्स; ‘पुँजी पुर्याएर अब विकास बैंक बन्छाैं’
काठमाडौं । नेपालमै सञ्चालित कुनै संस्थाले आफ्ना कर्मचारीहरुलाई ३७ महिनाको तलब बराबरको बोनस दिनसक्ने क्षमता राख्छ भन्दा अचम्म लाग्नसक्छ । अझ बैंक तथा वित्तीय संस्थामा यस्तो अवस्था देख्नु विरलै हुन्छ । तर नेपालकै एक वित्तीय संस्थाले एक वर्षमा कर्मचारी कर्मचारी खर्चको ३ गुणा भन्दा बढी रकम कर्मचारी बोनसका लागि छुट्याएको छ । जनकपुर मुख्य कार्यालय भएको जानकी फाइनान्सले आर्थिक वर्ष २०७४७५ मा कर्मचारी तलब ५४ लाख ६७ रुपैंया खर्च गरेको थियो । सोही वर्षको नाफाबाट फाइनान्सले कर्मचारी बोनसमा भने १ करोड ६९ लाख ७७ हजार रुपैंया छुट्याएको छ । कर्मचारीको तलब खर्चलाई १२ महिनाको खर्च मान्दा कर्मचारी बोनसबापतको रकम ३७ महिना ७ दिन बराबर हुन आउँछ । यो बैंक तथा वित्तीय संस्थाहरुमध्येकै सबैभन्दा बढी हो । ३७ महिनाको तलब कर्मचारी बोनसमा छुट्टाइए पनि संस्थाका कर्मचारीले प्रत्यक्ष रुपमा पाउने बोनस भनेको ३ महिनाको तलब बराबर मात्रै हो । बोनस ऐनको प्रावधानअनुसार वार्षिक १५ हजार रुपैंयाभन्दा बढी तलब लिने कर्मचारीलाई बढीमा ३ महिनाको तलब बराबर मात्रै बोनस बाँड्न पाइन्छ । ऐनको प्रावधानअनुसार मासिक ५ हजार भन्दा कम तलब लिने कर्मचारीलाई ६ महिनाको तलब बराबर, ५ देखि १० हजारसम्म तलब भएकालाई ५ महिनाको तलब बराबर र १० देखि १५ हजार तलब भएकालाई ४ महिनाको तलबबराबर बोनस दिन मिल्छ । फाइनान्सले कर्मचारीलाई छुट्टाएको उक्त बोनसलाई ऐनकै प्रावधानअनुसार खर्च गरिएको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रजनीशकुमार सिंहले बताए । ‘हाम्रा सम्पूर्ण कर्मचारीको तलब स्केल नै २५ हजार रुपैंयाभन्दा माथि छ, त्यसैले बोनस ऐनको प्रावधानअनुसार तीन महिनाको तलब भन्दा बढी बोनस शेयर दिन पाइँदैन । बाँकी रकमलाई हामीले ऐनकै व्यवस्थाबमोजिम कर्मचारी कल्याण कोषमा पठाउन गरेका छौं, ऐनकै व्यवस्थाअनुसार त्यो खर्च हुन्छ ।’ सिंहले विकासन्यूजसँग भने । कस्तो छ जानकी फाइनान्स ? अघिल्लो वर्षसम्म जनकपुरमा मात्रै शाखा रहेको जानकी फाइनान्सकमा सो असार मसान्तको अवधिसम्म १३ जना कर्मचारी मात्रै कार्यरत थिए । अहिले भने फाइनान्सले महोत्तरीको भ्रमरपुरा र र सिराहाको गोलबजार शाखा विस्तार गरी १७ जना कर्मचारी थप गरेर ३० जना पुर्याएको छ । फाइनान्सको चुक्ता पुँजी ४९ करोड २१ लाख रुपैंया पुगेको छ, यो फाइनान्सले दिएकोे २२ प्रतिशत बोनस शेयरपछिको चुक्तापुँजी हो । आर्थिक वर्ष २०७४/७५ मा बैंक तथावित्तीय संस्थाहरुले ६१ अर्ब ३३ करोड नाफा कमाएको थियो । नेपाल राष्ट्र बैंकले प्रदेशस्तरका फाइनान्स कम्पनीहरुको चुक्ता पुँजी ५० करोड रुपैंया कायम गरेको छ । जानकी फाइनान्सको यो पुँजी पुग्नै लागेको छ । तर पनि फाइनान्सले शाखा र सेवा विस्तारमा आफूलाई सशक्त बनाउँदै जाने लक्ष्य लिएको सीईओ सिंहले बताए । अघिल्लो वर्षसम्म हाम्रो शाखा एउटा मात्रै थियो, यो वर्ष प्रदेश २ मा थप २ ओटा शाखा खोल्यौं, अब अर्को वर्षदेखि शाखा विस्तारलाई थप तीव्रता दिन्छौं’ उनले भने । उनले प्रदेश २ का अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग मिलेर क्षेत्रीय स्तरको विकास बैंक बन्ने सम्बन्धमा समेत छलफल भएको जानकारी दिए । ‘सेवाको गुणस्तर र प्रभावकारिता बढाउँदै अघि बढ्न अन्य संस्थाहरुसँग एकीकृत भई अघि बढ्नेबारे कुरा अघि बढाएका छौं, क्षेत्रीय स्तरको विकास बैंक बन्न १२० करोड पुँजी चाहिन्छ, कसरी अघि बढ्न सकिन्छ भन्नेबार छलफल भइरहेको छ, प्रदेश २ को नेतृत्व गर्नसक्ने संस्था बनाउने लक्ष्य छ’ उनले भने ।
भारतमा आइतबार अन्तिम चरणको निर्वाचन, विहीबारदेखि मत परिणाम सार्वजनिक हुने
नयाँ दिल्ली । भारतमा भइरहेको लोकसभाको निर्वाचन अन्तर्गत आइतबार अन्तिम तथा सातौँ चरणको मतदान भइरहेको छ । देशभरका सात प्रदेशका ५९ निर्वाचन क्षेत्रमा मतदान भइरहेको निर्वाचन आयोगका अधिकारीहरुले जानकारी दिएका छन् । आइतबारको निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीसहित ९१८ जना उम्मेदवार चुनावी मैदानमा रहनु भएको छ । प्रधानमन्त्री मोदी उत्तर प्रदेशको वाराणसीबाट उम्मेदवार बन्नु भएको छ । उहाँलाई भारतीय राष्ट्रिय काँग्रेसका अजय राय र समाजवादी पार्टीका शलिनी यादवले चुनौती दिनुभएको छ । यस चरणको निर्वाचनमा उत्तर प्रदेश र पञ्जाबमा १३–१३ सिटका लागि मतदान भइरहेको छ भने पश्चिम बंगालका नौ सिटका लागि मतदान भइरहेको छ । त्यसैगरी बिहार र मध्यप्रदेशका आठ–आठ सिट, हिमाञ्चलका सबै चार सिट, झारखण्डका तीन सिटका लागि तथा केन्द्र शासित चण्डीगढको एक सिटमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ । आयोगले आइतबार निर्वाचन सकिए पनि मतपरिणाम भने यही विहीबार मे २३ तारिखदेखि मात्रै सार्वजनिक हुने जनाएको छ । भारतमा गत अप्रिल ११ देखि चरणबद्ध रुपमा लोकसभाको निर्वाचन भइरहेको छ । रासस/एएनआई
स्वाभिमान लघुवित्तको आईपीओ बाँडफाँड, तपाईलाई पर्यो कि परेन ? (हेर्नुस् सूची)
काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले वैशाख २७ गतेदेखि ३१ गतेसम्म निष्काशन गरेको आईपीओको आइतबार बाँडफाँड भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार उक्त आईपीओमा १८ हजार ५५८ जनाले १० कित्ता र ७ जनाले ११ कित्ताका दरले सेयर पाएका छन् । २० देखि ५००० कित्तासम्म आवेदन दिने ७ जनाले ११ कित्ताका दरले सेयर पाएका हुन् । उक्त आईपीओमा कुल ३ लाख २७ हजार ७४७ जना आवेदकले आवेदन दिएका थिए । जसमध्ये ३ लाख २७ हजार ४८६ जना आवेदकले भरेका आवेदन सदर भएको थियो भने बाँकी २३० जनाको आवेदन भने रद्ध भएको क्यापिटलले जनाएको छ । कुल ६० लाख ६१ हजार ७७० कित्ता दरको ६० करोड ६१ लाख ७७ हजार रुपैयाँ बराबरको आवेदन परेको थियो । जुन संस्थाको माग भन्दा ३२.६६ गुणा बढी हो । (तपाईलाई पर्यो कि परेन ? हेर्नको लागि यसमा क्लिक गर्नुहोस् ।) स्वाभिमानले कूल एक करोड ९८ लाख ६१ हजार रुपैयाँ बराबरको एक लाख ९८ हजार ६१० कित्ता साधारण सेयर निष्काशन गरेको थियो । सो मध्ये कर्मचारीलाई ३ हजार ९३ कित्ता र म्युचुअल फण्डलाई ९ हजार ९३० कित्ता छुट्याएको थियो । त्यसमा बाँकी रहेको एक लाख ८५ हजार ५८७ कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरेको थियो ।
सनराइज बैंकको कामु सीईओकाे जिम्मेवारी आशा राणालाई, काे हुन् राणा ?
काठमाडौं । सनराइन बैंककाे कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा आशा राणा अधिकारी नियुक्त भएकी छिन् । रत्नराज बज्राचार्यको ४ वर्षे कार्यकाल सकिएसँगै सनराइज बैंकमा प्रमुख कार्यकारी अधिकृत रिक्त भएको थियाे । उनको वहिर्गमनसँगै कामु प्रमुख कार्यकारीकाे रुपमा राणालाई जिम्मेवारी दिइएको हाे । उनी बैंकमा डेपुटी प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिइन् । सन् १९८५ मा संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियास्थित स्टानफाेर्ड विश्वविद्यालयमा सहायक लेखापालको रुपमा व्यवसायिक करियर सुरुवात गरेकी राणाले राष्ट्रिय वाणिज्य बैंक, हिमालयन बैंक हुँदै सनराइज बैंकका प्रवेश गरेकी हुन् । सन् १९८८ मा बैंकिङ करियर सुरु गरेकी राणासँग त्यसपछि निरन्तर बैंकिङ क्षेत्रमा रहेको बैंकले जनाएको छ । प्रमुख कार्यकारी अधिकृत रिक्त भएसँगै बैंकले नयाँ कार्यकारी प्रमुखको खोजी सुरु गरेको छ । नेपाल राष्ट्र बैंकको प्रावधान अनुसार बढी प्रमुख कार्यकारी प्रमुख रिक्त भएको ३ महिनाभित्र अर्को नियुक्ति गरिसक्नुपर्छ ।