विकासन्युज

गीत तथा उपन्यासकार उपाध्यायको उपन्यास सहित ३ गीति एल्बम सार्वजनिक

काठमाडौं । विश्व कीर्तिमान कायम गर्ने गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायका एक उपन्यास र तीन गीति एल्बम सार्वजनिक गरिएको छ । नेपाली गीति साहित्य विधामा एकै पटक सात गीति एल्बम बजारमा ल्याई विश्व कीर्तिमान कायम गर्ने डा. डीआर उपाध्यायका आज राजधानीमा आयोजित एक विशेष कार्यक्रममा ‘अधुरो प्रेम’ उपन्यास र तीन गीति एल्बम ‘परिष्कृत’, ‘कृति’ र ‘पृथक’ सार्वजनिक गरिएको हो । वाङ्मय शताब्दी पुरुष संस्कृतिविद सत्यमोहन जोशीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जोशीलाई ५१ हजारको राशी सहित सम्मान पनि गरिएको थियो । डा. डीआर उपाध्यायले यस अघि एकै साथ ७ गीति एल्बमका ३६ ओटा गीत एकै पटक सार्वजनिक गरेर मिराकल वल्र्ड रेकर्ड, इण्डिया स्टार वल्र्ड रेकर्ड, एक्सकुलुसिभ वल्र्ड रेकर्ड, जीनस वल्र्ड रेकर्ड र एभरेष्ट वल्र्ड रेकर्डको प्रमाण पत्र प्राप्त गरिसकेका थिए । डा. डीआरलाई आज पनि चार ओटा एभरेष्ट वल्र्ड रेकर्डका साथै ‘हिरो २०१९’बाट सम्मान गरिएको छ । चार एभेरष्ट वल्र्ड रकेर्डमा राष्ट्र अनि राष्ट्रियतामा ३५ ओटा शब्द र रा रि रु समावेस भएको गीतमा, नेपाली ३७५ लोकबाजा समावेस भएको गीतको वल्र्ड रेकर्ड, एउटा गीति एल्बम जसमा विभिन्न ८ ताल समावेसको एल्वमको वल्र्ड रेकर्ड र एउटै गीतमा आठ विट समावेस गरी तयार परिएको गीतमा रहेका छन् । डा. डीआर उपाध्यायलाई एभरेष्ट वल्र्ड रकेर्डका मथुरा श्रेष्ठले वल्र्ड रेकर्डको प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि वाङ्मय शताब्दी पुरुष संस्कृतिविद सत्यमोहन जोशी, गीतकार डा. डीआर उपाध्याय, गीतकार सुरेश घिमिरे, अचुत घिमिरे, सङ्गीतकार सन्तोष श्रेष्ठलगायतले मन्तव्य राखेका थिए । उक्त अवसरमा सञ्चारकर्मी नरेश भट्टराई, गायक तथा सङ्गीतकार सागर अधिकारी ‘सरद’, सङ्गीतकार सन्तोष श्रेष्ठ, गीतकार सुरेश घिमिरे ‘निश्चिन्त’ र रमेश थापालाई कदर पत्र प्रदान गरिएको थियो । एल्बममा समोवस गीतका भिडियो पनि देखाइएको कार्यक्रममा गायक तथा सङ्गीतकार सागर अधिकारी ‘सरद’, दीलीप लामा र कविता सिवाकोटीले प्रत्यक्ष गीत गाएका थिए । सार्वजनिक तीन गीति एल्बममा रहेका गीतमा सन्तोष श्रेष्ठ, सागर अधिकारी ‘शरद’, मेलिना राई, विश्व नेपाली, जुगल डंगोल, रमेश श्रेष्ठ, टेकेन्द्र नेपाली, राजन तिमिल्सिना, महेश मुखियालगायतकाको सङ्गीत रहेको छ । त्यस्तै सागर अधिकारी ‘सरद’, अस्मिता अधिकारी, विपिन घिमिरे, दीलिप लामा, कृष्णभक्त राई, बेनुप क्षेत्री, टेकेन्द्र नेपाली, समिर खरेल, कविता शिवाकोटी, महेश मुखिया, सागर संसार राई, रमेश श्रेष्ठलगायतका गायक गायिकाको स्वर रहेको छ ।

छिमेक लघुवित्तको नगद लाभांश वितरण सुरु, बोनस सेयर चाँहि कहिले ?

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले आज(जेठ ६ गते)आइतबारदेखि सेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । संस्थाले गत आर्थिक वर्षको चुक्ता पुँजीको २२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्न लागेको हो । संस्थाले उक्त नगद लाभांश सेयर रजिष्टार एनएमबी क्यापिटल लिमिटेडले सेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा गरिदिने भएको छ । त्यसैले डिम्याट खाता अद्यावधिक गर्न संस्थाले लगानीकर्तालाई आग्रह गरेको छ । सेयरधनीको संख्या धेरै भएकाले क्रमश बैंक खातामा लाभांश जम्मा हुने संस्थाले जानकारी दिएको छ । साधारणसभा प्रयोजनका लागि बुक क्लोज हुने मितिसम्म कायम रहेका सेयरधनीको हितग्राही बैंक खाताको विवरण अद्यावधिक भएको हकमा सोही खातामा रकम जम्मा हुने भएको छ । संस्थाको हालैमात्र सम्पन्न १७औँ वार्षिक साधारणसभाले सेयरधनीलाई ४० प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको थियो । सो मध्ये २२ प्रतिशत नगद लाभांश आज देखि वितरण भएपनि १८ प्रतिशत बोनस सेयर वितरणमा भने ढिलाई हुने संस्थाले जनाएको छ । उक्त बोनस सेयर नेप्सेमा सूचिकृत भएपश्चात प्रत्येक सेयरधनीहरुको खातामा जम्मा गरिदिने लघुवित्तले जनाएको छ ।

३ करोडको मेशिन बिग्रियो, हेटौँडा सिमेण्ट उद्योगमा कच्चापदार्थ उत्पादन ठप्प

हेटौँडा । नेपाल सरकारको स्वामित्वमा सञ्चालित हेटौँडा उपमहानगरपालिका–९ मा रहेको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडको क्लिङ्कर कच्चापदार्थको उत्पादन बन्द भएको छ ।उद्योगको मुख्य यन्त्रको मोटर जलेर बिग्रिएपछि क्लिङ्करलगायत कच्चापदार्थको उत्पादन बन्द भएको हो । उद्योग प्रशासनका अनुसार उत्पादन गर्ने मुख्य सञ्चालकको मोटरमा आगो लागेपछि उत्पादनमा समस्या आएर क्लिङ्कर उत्पादन बन्द भएपछि सिमेण्ट उत्पादनमा पनि ह्रास आएको बताइएको छ । करीब तीन हप्ताअगाडि देखि दुई हजार ३०० किलोवाटको कच्चापदार्थ उत्पादन गर्ने मेशिन बिग्रिएका कारण उत्पादन ठप्प भएको हो । उद्योगका महाप्रबन्धक प्रेमशङ्कर सिंहका अनुसार उद्योगमा हाल क्लिङ्कर र अन्य कच्चापदार्थको मौज्दात रहेकाले त्यसबाट सिमेण्ट उत्पादन भइरहेको छ तर मेशिन बिग्रेका कारण लक्ष्यअनुसारको उत्पादनमा भने समस्या रहेको भएको  छ । दैनिक १० हजार बोरा सिमेण्ट उत्पादन गरिरहेको सो उद्योगमा करीब दुई लाख बोरा सिमेण्ट उत्पादन गर्ने कच्चापदार्थ क्लिङ्कर मौज्दात छ । यन्त्र मर्मतका लागि वीरगञ्ज पठाइएको महाप्रबन्धक सिंहले बताए । मर्मतका लागि रु २२ लाख खर्च हुने भएकाले उक्त रकम छुट्याइसकेको समेत उनले जानकारी दिए । केही समयदेखि उद्योग नाफामा गएको र उपभोक्ताको माग अत्यधिक भएको उद्योगले यस आर्थिक वर्षमा ३० लाख बोरा सिमेण्ट उत्पादनको लक्ष्य राखेको थियो । यन्त्र बिग्रेका कारण यस आवमा लक्ष्यमा नपुग्ने उनको भनाइ छ । नयाँ यन्त्र खरीद गर्न ठूलो रकम लाग्ने भएकाले बोलपत्रसमेत आह्वान गरिएको उद्योग प्रशासनले जनाएको छ । प्रारम्भिक जानकारीअनुसार उक्त मेशिन खरीदमा तीन करोड लाग्ने अनुमान गरिएको छ । हाल सो उद्योगमा मजदूर तथा कर्मचारी र प्राविधिक गरी करीब ६०० जना कार्यरत छन् । हालै मात्र नाप तथा गुणस्तर कार्यालय वीरगञ्जले पनि सिमेण्ट उद्योगको क्यालिब्रेसन जाँच गरेको छ । रासस

समीट माइक्रोफाइनान्स अब लघुवित्तमा परिणत, स्टक सिम्बोल पहिलेकै

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत समीट माइक्रोफाइनान्स वित्तीय संस्थाको नाम परिवर्तन भएको छ । माइक्रोफाइनान्सले आफ्नो संस्थाको नाम परिर्वतन गरी समीट लघुवित्त वित्तीय संस्थाको नामबाट सेयर लगायत सम्पूर्ण कारोबार शुरु गर्ने भएको छ । नाम परिवर्तन भएपनि संस्थाको स्टक सिम्बोल भने पहिलेकै हुने भएको छ । यसअघि संस्थाले स्टक सिम्बोल ‘एसएमएफडीबी’ बाट सेयर कारोबार गर्दै आएको थियाे ।

बर्दियाको गुलरियामा आशा लघुवित्तद्वारा ५७ जनालाई सीपमूलक तालिम प्रदान

काठमाडौँ । आशा लघुवित्त वित्तीय संस्थाले जेठ १, २, ३ र ४ गते ४ दिने सीपमूलक तालिम संचालन गरेको छ । वित्तीय संस्थाले शाखा कार्यालय गुलरिया बर्दियामा आबद्ध सदस्यहरु मध्ये ५७ जना महिला सदस्यहरुलाई निःशुल्क रुपमा लुगाधुने सर्फ तथा कुसान बनाउने तालिम प्रदान गरेको हो । तालिम कार्यक्रमलाई उद्घाटन गर्दै शाखा प्रमुख लखनलाल थारुले यस्तो किसिमको कार्यक्रमले महिलाहरु लाई उद्यमशील बन्न थप सहयोग पुग्ने तथा कार्यक्रम पश्चात सदस्यहरुको ब्यवसायमा बृद्धी भईयस क्षेत्रका विपन्न महिलाहरुको आर्थिक क्रियाकलापमा वृद्धि हुनुका साथै आत्मनिर्भरतातर्फ उन्मुख हुन सहयोग पुग्ने विश्वास व्यक्त गरे । वित्तीय संस्थामा कार्यरत कल्याणी खरेलले प्रशिक्षण दिनुभएको उक्त तालिमबाट सहभागीहरुले कम लागतमा लुगा धुने सर्फ तथा कुसान बनाउने तरिका, बजारीकरण लगायतका सम्बन्धमा जानकारी हासिल गरेका थिए । हालै यस वित्तीय संस्थाले विभिन्न शाखा कार्यालयहरु मार्फत झण्डै ८६३ जना विपन्न महिलाहरुलाई यस प्रकारका सीपमूलक तालिमहरु प्रदान गरिसकेको छ । वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलालले यस्ता सीपमूलक तालिमहरु सम्पूर्ण शाखा कार्यालयहरुबाट संचालन गरी सदस्यहरुको सीप अभिवृद्धि गरी आत्मनिर्भरता तर्फ उन्मुख गराउन वित्तीय संस्था क्रियाशील रहने विचार व्यक्त गरे ।

राष्ट्रिय वाणिज्य बैंकका उत्कृष्ट कर्मचारी पुरस्कृत, सर्वोत्कृष्ट पुरस्कार बिमल डंगोललाई

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५४ औं वाषिकोत्सबको अवसरमा २०७५ माघ १० गते घोषणा गरिएको आव २०७४÷०७५ मा उत्कृष्ट कार्य सम्पादन गर्ने बैंकका शाखा कार्यालयहरु तथा कर्मचारीहरुलाई पुरस्कार वितरण गरिएको छ । बैंक संचालक समितिका अध्यक्ष महेन्दमान गुरुङ्गले एक समारोहका बीच पुरस्कार वितरण गरेका हुन् ।सर्वोत्कृष्ठ कार्य सम्पादन गरे वापत सर्वोत्कृष्ठ कर्मचारी पुरस्कार बित्त विभागका विभागीय प्रमुख मुख्य प्रवन्धक बिमल डंगोललाई नगद रु ५० हजार, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । त्यसैगरी उत्कृष्ठ कार्य सम्पादन गरे बापत अन्य २८ जना कर्मचारीलाई उत्कृष्ट कर्मचारी पुरस्कार नगद रु २० हजार, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । सो अवसरमा सर्वप्रथम हुने शाखा कार्यालय सन्धिखर्क शाखालाई नगद रु ५० हजार, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरियो । सन्धिखर्क शाखाका तर्फबाट शाखा प्रवन्धक गोपालप्रसाद न्यौपानेलाई हस्तान्तरण गरियो । त्यसैगरी, अन्य उत्कृष्ट कार्य सम्पादन गर्ने १४ वटा शाखा कार्यालयका प्रवन्धकहरुलाई नगद रु १० हजार देखि रु ३० हजार सम्म, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरियो । उत्कृष्ठ कार्य गर्ने पाँच जना शाखा प्रवन्धकहरुलाई पनि पुरस्कृत गरियो । साथै कर्मचारीहरुलाई विषगत प्रशिक्षण समेत प्रदान गरिएको बैंकले जनाएको छ । उक्त कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष गुरुङ्गले उत्कृष्ट कर्मचारी तथा शाखा कार्यालयका प्रवन्धकहरुलाई पुरस्कार प्रदान गर्दै बैंकिङ्ग क्षेत्रमा नयाँ नयाँ प्रविधि र सोचको विकास भैरहेको सन्दर्भमा सरकारी बैंकले साधारण बैंकिङ्ग सेवा मात्र दिएर प्रतिस्पर्धी बजारमा टिक्न नसकिने हुँदा आधुनिक सेवा दिनु पर्ने विचार ब्यक्त गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले रावा बैंक क्लिन र स्मार्ट बैंकिङ्गको रुपमा अगाडि बढ्दै हरेक क्षेत्रमा आफुलाई सक्षम साबित गरेको विचार ब्यक्त गरे । कार्यक्रममा बैंक संचलक समितिका सदस्यहरु रवीन्द्रलाल श्रेष्ठ, जनककुमार बराल, अर्जुनबहादुर अधिकारी, नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, उपकार्यकारी अधिकृतहरु केशबप्रसाद लम्साल, टेकराज जोशी, महेन्द्रप्रसाद अवस्थी, विभागीय प्रमुखहरु लगायत कर्मचारीहरुको उपस्थिती रहेको थियो । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, रावा बैंक कर्मचारी संघ नेपालका महासचिव लक्ष्मीप्रसाद पाण्डेय, नेपाल वित्तीय संस्था कर्मचारी संघ, रावा बैंकका अध्यक्ष गगनसिंह घिमिरे, नेपाल राष्ट्रिय कर्मचारी संगठन, रावा बैंकका अध्यक्ष दिपेन्द्र कार्कीले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । उपकार्यकारी अधिकृत टेकराज जोशीले स्वागत मन्तब्य तथा ब्रान्च अपरेशन विभागका उप प्रवन्धक जितेन्द्रसिंह थापाले कार्यक्रम संचालन गरेका थिए ।

धनुषामा एनआईसी एशियाको नयाँ शाखा बिस्तार

काठमाडौँ । एनआईसी एशिया बैंकले जनकपुर उपमहानगरपालिकामा नयाँ शाखा कार्यालय स्थापना गरेको छ । धनुषा जिल्ला, जनकपुर उपमहानगरपालिका वडा नं. ८, पिडारी चोकस्थित पिडारी चोक शाखाको प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतज्यूबाट आइतबार एक समारोहका बीच उद्घाटन गरे । मुलुकभर २८३ शाखा कार्यालयहरु, २८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २६ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ ।

बाहिरी चक्रपथमा ब्रेक थ्रुः यसैपाली बजेटमा समेटिने, अर्थमन्त्रालयले बजेट सुनिश्चित गर्ने

काठमाडौं । बहुप्रतिक्षित बाहिरी चक्रपथ आयोजनामा ब्रेक थ्रु हुने भएको छ ।  अब सरकारले आगामी आर्थिक वर्षको बजेटमै बाहिरी चक्रपथ आयोजनालाई अगाडी बढाउनै पर्ने बाध्यात्मक अवस्था सृजना भएको हो । आइतबार बसेको विकास तथा प्रविधि समिति बैठकले आगामी आर्थिक वर्षमा बाहिरी चक्रपथ आयोजना अघि बढाउन सहरी विकास मन्त्रालयलाई निर्देशन दिएको छ । ल्याण्ड पुलिङ(जग्गा एकिकरण) मार्फत आयोजना अघि बढाइने आयोजनाका लागि अपुग रकम श्रोत सुनिश्तिता गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिईएको हो । ‘यो काठमाडौं उपत्यकाका लागि अत्यावश्यक आयोजना हो, लाखौं नागरिकको जीवनसँग जोडिएको आयोजना आगामी बजेटमै समावेश गरेर अघि बढाउन निर्देशन दिएका हौं’, विकास तथा प्रविधि समिति सभापति कल्याणी खड्काले भनिन् । काठमाडौं उपत्यकाको वृहत्तर विकास र आधुनिक एंव पर्यावरण मैत्री व्यवस्थित सडक तथा सहरी पूर्वाधार निर्माणका लागि महत्वपूर्ण मानिएको बाहिरी चक्रपथ आयोजनालाई ल्याण्ड पुलिङ(जग्गा एकिकरण)को मोडलमा आगामी आर्थिक वर्षदेखि अघि बढाउन सहरी विकास मन्त्रालयलाई निर्देशन गर्दछ ।’, विकास समितिले भनेको छ । समितिले अर्थ मन्त्रालयलाई अपुग रकमको श्रोत सुनिश्चितता गर्न पनि अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । ‘साथै ल्याण्ड पुलिङ मार्फत आयोजना अघि बढाउँदा अपुग हुने आर्थिक श्रोतको सुनिश्चितताका लागि अर्थ मन्त्रालयलाई निर्देशन गर्दछ ।’, विकास समितिलको निर्देशनमा भनिएको छ । आइतबारको बैठकमा सांसदहरुले आगामी आर्थिक वर्षको बजेटमा बाहिरी चक्रपथ आयोजनालाई नसमेटिएको भन्दै आपक्ति जनाएका थिए । जवाफमा सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले श्रोत सुनिश्चितता हुने वित्तिकै मन्त्रिपरिषदमा प्रस्ताव लगेर आयोजना अघि बढाउने बताएका थिए । कुल ७१.९३ किलोमिटर लामो बाहिरी चक्रपथको ५६.४ किलोमिटरको मात्रै डीपीआर तयार भएको छ । सहरी विकास मन्त्रालयले २०७४ गत बैशाख १३ गते चोभार–सतुंगल खण्ड ६.६१३ किलोमिटरको निर्माण आरम्भ गर्ने भनेर प्रक्रिया अघि बढाएको थियो । अनुमानित लागत ६ अर्ब ५० करोड रूपैयाँ हुने सो खण्डको काम मात्रै नभएर अब पुरै खण्डको काम एकै पटक आरम्भ गर्नुपर्ने निष्कर्षमा मन्त्रालय पुगेको छ । त्यसका लागि अलाइनमेन्टमा थोरै परिमार्जन गरेर नयाँ डीपीआर बनाउने र एकै पटक जग्गा अधिग्रहण आरम्भ गर्ने योजना मन्त्रालयले बनाएको थियो । बाहिरी चक्रपथ सडकको दाँया बायाँ २५०/२५० मिटर जमिन अधिग्रहण गरेर ५० मिटरको आधुनिक सडक निर्माण तथा व्यवस्थित वस्ती विकास गर्ने योजना रहेको छ ।