विकासन्युज

नायिका शुभेच्छा थापाद्धारा निर्देशित ‘लक्ष्मी रानी’को छायाँकन सम्पन्न

काठमाडौं । नायिका निर्माता तथा निर्देशक शुभेच्छा थापाको ‘लक्ष्मी रानी’को छायाँकन सम्पन्न भएको छ । शुभेच्छा सिने फ्रेमको प्रस्तुति ‘लक्ष्मी रानी’ चलचित्रको छायाँकन नेपाल–भारत सिमाना दार्चुला क्षेत्रमा ५५ दिन लगाएर सम्पन्न गरिएको हो । यो चलचित्रमा गाउँको अबस्था र शहरी परिवेशको चित्रण हुने भएकोले फिल्म युनिटको रोजाई दार्चुला परेको थापाले बताइन । ‘लक्ष्मी रानी’ बिशुद्ध सामाजिक कथामा आधारित चलचित्र निर्माण भएको कुरा निर्माण पक्षले जानकारी गराएको छ । ग्रामिण क्षेत्र र शहरी क्षेत्रका महिलाहरुले जिवन बिताउन भोगेका अलग अलग सघर्षको ब्यथा र धर्म सस्कृतिका बारेमा चलचित्रले आफ्नो कथामा समेट्ने प्रयास गर्ने फिल्म युनिटले जनाएको छ । लक्ष्मी रानी चलचित्रमा शुभेच्छा सहित धिरेन शाक्य, मिथिला शर्मा, नयाँ प्रस्तुतिमा विनोद त्रिपाठी, जयकिशन बस्नेत, भोजपुरी कलाकार परदेशी साह, श्याम राई, पल्पसा डंगोल लगायत कलाकार रहेका छन् । हालसम्म कलाकार तथा निर्माता बन्दै आएकी नायिका शुभेच्छाले ‘लक्ष्मी रानी’ चलचित्रबाट पहिलो पटक निर्देशनमा डेब्यु गरेकी हुन् । आधा दर्जन चलचित्रमा सहायक निर्देशनमा काम गरेको अनुभवले पनि मैले यो चलचित्रको निर्देशनको भुमिकामा सफल हुने बिश्वास लिएकी छु’ उनले भनिन् । ‘लक्ष्मी रानी’ चलचित्र आगामी ०७६ सालको तिहारमा प्रदर्शनमा ल्याईने जानकारी निर्देशक थापाले बताइन ।  

स्विडेनका सडकमा सामान बोकेर कुद्छन् चालक बिनाका गाडी, प्रतिघण्टा ५ किलोमिटर

स्विडेन। बिना ड्राईभरको सामान ओसारपसार गर्ने गाडी सामान्य ट्राफिक नियम पालना गर्दै स्विडेनको सार्वजनिक सडकमा प्रयोग भईरहेको छ। टि-पोड नाम दिईेको उक्त विशाल गाडी करिब २४ हजार किलोको रहेको छ। यधापी उक्त गाडी पूर्णरुपमा आँफै भने चल्दैन, रिमोट अपरेटरले एक ठाउँमा बसेर यसको गतिविधीलाई नियन्त्रण गर्दछ। ‘यो गाडी बन्नु यातायात प्रविधीको लागि कोसेढुंगा हो,’ टि-पोड बनाउने रोबर्ट फ्ल्याकले बताए। प्रयोग गर्ने समय स्वीडिश यातायात नियामकहरूले टि-पोडको गति भने कडा नियम लगाएको छ र यो सिमित दुरिमामात्र गुड्न पाउँछ। यसको सिमा ५ किलोमिटर प्रति घण्टा मात्र रहेको छ र यसले दुई स्थानमा मात्र सामान ओसार पसार गर्न पाउँछ। उक्त गाडी यात्रा गर्ने क्षेत्रमा संचारको आधुनिको प्रविधीको प्रयोग भएकोले गाडी कन्ट्रोल रुमको पहुँचबाट टाढा भने जान सक्दैन। गाडीले जर्मन लजिक्स्टिक र सामान पुर्याउने कम्पनी डिबी स्केनकरको सामाग्री ओसारपसार गर्दछ। ईनराईडले यसको प्रयोगको लागि अन्य कम्पनीहरुसँग पनि कुरा भईरहेको बताए। ड्राईभर बिना चल्ने कार तथा यस्ता सामान ओसारपसार गर्ने गाडीको संसारभरमा परिक्षण भईरहेको छ। यस्ता प्रविधिको विशेष गरेर विमानस्थलहरुमा प्रयोग हुने गरेको छ। बेलायत तथा अन्य राष्ट्रले कन्ट्रोल रुमबाट अपरेटरले यसलाई नियन्त्रण गर्ने अवस्थामा मात्र सार्वजनिक क्षेत्रमा यस्ता सवारीसाधनलाई चल्न दिने व्यवस्था रहेको छ। क्यालीफोर्नियले पनि ड्राईभर बिनाको गाडीलाई सार्वजनिक स्थानमामा चलाऊने पर्मिट दिएको छ। बिबिसिको सहयोगमा

कर्मचारीको शेयरले अल्झायो साञ्जेन र रसुवागढीकाे सूचीकरण, ‘एक साताभित्रै नेप्से जान्छाैं’

काठमाडौं । सर्वसाधारणका लागि शेयर वितरण गरि बाँडफाँड गरिएको रसुवागढी र साञ्जेन हाइड्रोपावरले शेयर सूचीकरणका लागि एक साताभित्रै नेप्से र सीडीएससीमा जाने भएका छन् । प्रोमोटर संस्थाका कर्मचारीहरुको शेयर बाँडफाँडमा देखिएको अन्यौलता सुल्झाएर सूचीकरणका लागि निवेदन दिने तयारी उनीहरुले गरेका हुन् । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडका कम्पनी सचिव नरनाथ न्यौपानेले सबै प्रक्रिया र कागजात पुर्याएर एक साताभित्रै सूचीकरणका लागि निवेदन दिने जानकारी दिए । ‘निवेदन दिएपछि सूचीकरण गर्न कति समय लाग्छ त्यो उहाँहरुको (सीडीएससी र नेप्सेको) हो, तर हामी यसैसाता निवेदन दिनेगरी अघि बढेका छौं’ न्यौपानेले भने । चिलिमे हाइड्रोपावरका कार्यकारी निर्देशक माधव कोइरालाले समयावधिभन्दा अघि नै सर्वसाधारणको लागि शेयर खुला गरिएको र सर्वसाधारण र प्रोमोटर संस्थाका कर्मचारीको शेयर समेत रहेकोले सूचीकरण प्रक्रिया लम्बिएको जानकारी दिए । ‘सूचीकरणका लागि धेरै लामो प्रक्रिया हुन्छ, आन्तरिक समस्या मिलाउँदा केही समय लागेको हुनसक्छ’ कोइरालाले विकासन्यूजसँग भने । त्यस्तै, साञ्जेन जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले पनि प्रोमोटर संस्थाका कर्मचारीहरुकै कारण ढिलाई भइरहेको बताउँदै सबै शेयरहरुको सूचीकरण एकैपटक गर्नेगरी अघि बढेको जानकारी दिए । ‘सूचीकरण गर्दा सबै शेयरहरुको एकैपटक गर्नुपर्यो, प्रोमोटर कम्पनीका कर्मचारीहरुलाई छुट्याइएको शेयरको वितरणमा केही समस्या आएका छन्, त्यसलाई सुल्झाएर एकैपटक सूचीकरण गर्ने तयारी गरेका छौं, फेरि सीडीएससीको सूचीकरण शुल्क पनि महँगो रहेछ’ श्रेष्ठले भने । नेप्से र सीडीएससीले भने आवश्यक प्रक्रिया पूरा गरी आएमा आएको १/२ दिनभित्रै शेयर सूचीकरण सम्झौता गरिसक्ने बताएको छ । नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले आवश्यक कागजातसहित निवेदन दिएको एक महिनाभित्र सूचीकरण गरिदिनुपर्ने व्यवस्था रहे पनि आवश्यक कागजात र प्रक्रिया पूरा गरेर आउने जुनसुकै कम्पनीको शेयर १/२ दिनभित्रै पनि सूचीकरण गर्ने गरेको जानकारी दिए । जनताको जलविद्युत् अन्तर्गत समावेश भएका दुवै कम्पनी बैशाख ६ गतेदेखि १२ गतेसम्म शेयरको बिक्री गरी बैशाख १९ गते बाँडफाँड समेत गरेका थिए । उनीहरुले प्रोमोटर संस्थाका कर्मचारीहरु र स्थानीयवासीका लागि भने अघिल्लो वर्षनै शेयर जारी गरिसकेका थिए । सर्वसाधारणका लागि जारी गरिएको रसुवागढीको शेयर ४० र ५० कित्ता तथा साञ्जेनको शेयर १० र २० कित्ताका दरले सबै आवेदकले प्राप्त गरेका छन् ।

कालिका र जनसेवी मर्ज हुँदै, आजैदेखि सेयर कारोबार रोक्का

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड र जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा मर्ज(गाभिने) हुने भएका छन् । सो सम्बन्धि दुई संस्थाबीच आईतबार प्रारम्भिक (एमओयूमा) हस्ताक्षर भएको हो । उक्त गाभिने प्रयोजनको लागि नेप्सेले जेठ ६ गतेदेखि दुई संस्थाको सेयर कारोबार बन्द गरेको छ । साथै, मर्जरमा जाने प्रकृया पुरा नभएसम्म दुबै कम्पनीको सेयर कारोबार रोक्का हुने छ ।

एनआईसी एशियाका ग्राहकले एभरेष्ट अस्पतालमा १० प्रतिशतसम्म छुट पाउने

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र एभरेष्ट अस्पताल प्रालि, काठमाडौंबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ । बैंकका कर्मचारी, बैंकका डेबिट एवम् क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई एभरेष्ट अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा ५% देखि १०% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोषकुमार राठी र एभरेष्ट अस्पतालको तर्फबाट अस्पतालका प्रशासन प्रमुख दीपकचन्द्र बरालले हस्ताक्षर गरेका छन् ।

कोरियन कम्पनी र गोर्खा इको प्यानलबीच सम्झौता, दुबैका उत्पादन एकअर्काले प्रवद्र्धन गर्ने

काठमाडौं । दक्षिण कोरियामा प्रधान कार्यालय रहेको र नेपालको टाँंडी चितवनमा आफ्नै कारखाना रहेको कोरियन कम्पनी एसवाई नेपाल प्रालि र गोर्खा इको प्यानलवीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । समझदारीपत्रमा गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर कृष्णभक्त दुवाल र एसवाई नेपाल प्रालिका प्रबन्ध निर्देशक सोल उङ्ग लीले हस्ताक्षर गरेका छन् । दुई कम्पनीबीचको उत्पादनहरु एक अर्काले देशैभरी प्रबद्र्धन गर्न एमओयू भएको हो । गोर्खा इको प्यानलको प्रयोग गरी बनाउने घरहरुमा एसवाई नेपाल प्रालिद्धारा उत्पादित इपीएस प्यानलका छानाहरु प्रयोग गर्न प्रबद्र्धन गर्ने र एसवाई नेपाल प्रालिबाट उत्पादित इपीस प्यानलका छानाहरु प्रयोग गरी बनाउने घरमा गोर्खा इको प्यानल तथा गोर्खा प्रिकाष्टका उत्पादनहरु (पानी सोस्ने पेभर, फिनिसिंग वाल) प्रयोग तथा प्रबद्र्धन गर्न प्रवद्र्धन गर्ने सहमति भएको हो । साथै प्राविधिक ज्ञान आदानप्रदान गर्ने सहमति पनि भएको छ । गोर्खा इको प्यानल स्थायी तथा अस्थायी संरचनाको निर्माणमा भित्री तथा बाहिरी पार्टेशन वालको रुपमा इटाको विकल्पमा प्रयोग हुने निर्माण सामाग्री हो । यो आईएसओ ९००१ः२०१५ चिन्ह प्राप्त कम्पनी हो । गोर्खा इको प्यानल वातावरणमैत्री र उर्जा किफायती निर्माण सामाग्री उत्पादन गर्दै आएको नेपालको नेतृत्वदायी कम्पनी हो । एसवाई नेपाल प्रालि कोरियन प्रविधिमा आधारित ईपीएस स्यान्डवीच रुफिंग प्यानल (छाना) उत्पादन गर्ने कम्पनी हो । यो एसियाकै नम्वर एक कम्पनी रहेको बताइन्छ । यसका उत्पादनहरु कोरियालगायतका भियतनाम, इन्डोनेशिया, चीन, कम्वोडिया र नेपालमा विक्रीवितरण हुने जनाइएको छ । एसवाई प्यानल ४० मिलिमिटर मोटाइको थर्माेकोलमा दुईतिरमध्ये बाहिरी भागमा हेरिटेज प्रोफाइलको जस्तापाता र भित्री भागमा सादा (प्लेन) जस्तापाता भएको हुन्छ । कम्पनीका प्रबन्ध निर्देशक लीका अनुसार यो हेर्दा आकर्षक, ताप प्रतिरोधी र कम घनत्वको हुन्छ । उनका अनुसार यसको न्युनतम टिकाई तीस पैतीस वर्ष हुने गर्दछ ।

हुवावे मोबाइलमा गुगलको प्राविधिक सहायता बन्द, प्लेस्टोर र जिमेल नचल्ने

काठमाडौँ । गुगलले चिनियाँ मोबाइल कम्पनी हुवावेसँगको व्यापार सीमित पार्दै उसका मोबाइल सेवाहरूबाट वञ्चित गरिदिएको बताएको छ । यसको अर्थ ह्वावेईले अब गुगलको प्राविधिक सहायता पाउने छैन र उसका नयाँ स्मार्टफोनहरूले लोकप्रिय गुगल एप तथा सेवामा पहुँच पाउने छैनन् । गुगलका एक प्रवक्ताले अमेरिकी सरकारको पछिल्लो निर्णय स्वीकार गर्ने क्रममा गुगल रहेको बताए । रोयटर्स समाचार संस्थाका अनुसार नयाँ हुवावे स्मार्टफोनहरू गुगलका केही सेवाबाट वञ्चित हुनेछन् । उक्त समाचार संस्थाका अनुसार हुवावेका नयाँ स्मार्टफोनहरूले गुगलको एप स्टोर तथा उसको जिमेल जस्ता सेवामा अब पहुँच पाउने छैनन् । हुवावेले यसबारे टिप्पणी गर्न अस्वीकार गरेको छ । रोयटर्सले नाम नखुलाइएको सूत्रलाई उद्धृत गर्दै कस्ता कस्ता सेवाबाट हुवावेलाई वञ्चित गराइने भन्ने बारे गुगल अझै छलफलरत छ । तर, हुवावेले अझैपनि ओपन सोर्स लाइसेन्समार्फत उपलब्ध एन्ड्रोइड अपरेटिङ सिस्टम भने प्रयोग गर्न सक्नेछ । ठूलो प्रभाव बुधवार ट्रम्प प्रशासनले ह्वावेईलाई कालो सूचीमा राख्ने निर्णय गर्दै अनुमति विना उसलाई कुनै प्रविधि बेच्न अमेरिकी कम्पनीहरूमाथि रोक लगाएको थियो । ‘गुगलको तर्फबाट प्रस्ट वक्तव्य नआएसम्म के कस्ता प्रभाव पर्नेछन् भनेर विस्तृत बताउन गाह्रो छ,’ सीसीएस इनसाइट कन्सल्टेन्सीका बेन वुडले बताए । ‘तर यदि रोयटर्सको विवरण साँचो हो भने ह्वावेईको उपभोक्ता व्यापारमा त्यसको ठूलै असर हुनेछ,’ उनले भने। विश्वभर कैयौँ सरकारहरूले सुरक्षा चिन्ता दर्साउँदै नौलो फाइभजी मोबाइल सञ्जाल विकासमा हुवावेका उपकरण प्रयोग गर्न रोक लगाएका छन् । हालसम्म ब्रिटेनले हुवावेलाई औपचारिक प्रतिबन्ध लगाइसकेको छैन । ‘हुवावेले उसको आफ्नै एप ग्यालरी तथा अन्य सफ्टवेअर विकास गर्न परिश्रम गरिरहेको छ। आफ्नो भाग्य आफैँ निर्धारण गर्न उसले यी सब चीज गरिरहेको मान्न कठिन छैन,’ वुडले भने। ह्वावेईलाई अल्पकालीन क्षति ? बीबीसीका प्रविधि सम्पादक लियो केलियोन भन्छन् अल्पकालका निम्ति हुवावेलाई गुगलको निर्णयले क्षति पुग्नेछ । उनी भन्छन्– गुगलको प्लेस्टोरमा पहुँच नभएको स्मार्टफोन किन्न उपभोक्ताहरू हिच्किचाउने छन् । तर दीर्घकालमा भने स्मार्टफोन विक्रेताहरूलाई गुगलको अपरेटिङ सिस्टमको भरपर्दो विकल्प निर्माण गर्नेतर्फ गम्भीरतापूर्वक सोच्न यसले बाध्य बनाउन सक्छ । ह्वावेईको हकमा उसले अमेरिकी प्रविधिबाट आफू वञ्चित हुन सक्ने स्थितिको आकलन गरिसकेको जस्तो देखिन्छ । उसका स्मार्टफोन आफ्नै स्वामित्व भएका प्रोसेसरबाट सञ्चालित हुँदैछन् तथा गत वर्ष सो कम्पनीका एक वरिष्ठ अधिकारीले छुट्टै अपरेटिङ सिस्टम बनाएको बताएका थिए । तर, जे होस् यो निर्णयले ह्वावेईको सामसुङलाई जितेर सन् २०२० मा नम्बर एक मोबाइल कम्पनी बन्ने लक्ष्यमा भने धक्का पुग्नेछ। अमेरिकी नीतिको असर अमेरिकी वाणिज्य मन्त्रालयले ह्वावेईले चिनियाँ सरकारको निम्ति अमेरिकी सञ्जालमाथि जासुसी गर्न सक्ने चिन्ताकामाझ उसलाई कालो सूचीमा राखेको केही दिनपश्चात् गुगलको यस्तो निर्णय आएको छ । नयाँ नियम अनुसार अमेरिकी कम्पनीहरूले हुवावेलाई प्रविधि हस्तान्तरण वा विक्री गर्न अब अनुमति लिनुपर्नेछ । चिनियाँ कम्पनीले ट्रम्प प्रशासनको चिन्तालाई निराधार भन्दै आफू बेइजिङ सरकारबाट स्वतन्त्र रहेको बताउँदै आएको छ। (बीबीसीबाट)

सोमबार एक्कासी ५ सयले घट्यो सुन, प्रतितोला ५९ हजार ५ सयमा कारोबार

काठमाडौं । सोमबार सुन प्रतितोला ५ सय रुपैयाँले कारोबार भईरहेको छ । आइतबार प्रतितोला ६० हजारमा बिक्री भएको सुन साताको दास्रो दिन ५९ हजार ५ सयमा कारोबार भईरहेको छ । त्यस्तै सोमबार तेजावी सुन प्रतितोला ५९ हजार २ सयमा कारोबार भईरहेको छ । आइतबार ५९ हजार ७ सय कारोबार भएको सुन ५ सय रुपैयाँ घटेर सो मूल्य बिक्री भईरहेको छ । भने चाँदी प्रतितोला ५ रुपैयाँ घटेर सोमबार ७ सय ५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ ।