विकासन्युज

ज्योति विकास बैंकले ३/३ महिनामा कर्मचारीको परीक्षा लिने, ‘बैंकिङ ज्ञान बढ्ने’

काठमाडौँ । नेशनल बैंकिङ  ईन्स्टिच्यूट(एनबीआई) र ज्योति विकास बैंकबीच विद्युतीय परीक्षा सम्बन्धी सम्झौता पत्र भएको छ । उक्त सम्झौता अनुसार एनकबीआईले त्रैमासिक रुपमा ज्योति विकास बैंकका ६०० कर्मचारीहरुको लागी अनलाइन परीक्षा लिने भएको छ । सम्झौताले बैंकका कर्मचारीहरुमा अध्ययन गर्ने संस्कृती बसाल्ने र बैंकिङ ज्ञान बढाउने बैंकले गरेको छ । सम्झौता पत्रमा ज्योति विकास बैंकका तर्फबाट सहायक महाप्रबन्धक रामहरी आचार्य र नेशनल बैंकिग ईन्टिच्यूटका तर्फबाट वरिष्ठ शैक्षिक प्रबन्धक हरेन्द्रजंग थापाले हस्ताक्षर गरेका छन् ।

जनसेवी लघुवित्तको आईपीओ बाँडफाँड, दुई लाख ९१ हजारको हात खाली

काठमाडौं । सोमबार जनसेवी लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार ४३ हजार २९९ जना आवेदकले संस्थाको १० कित्ता सेयर पाएका छन् भने दुई लाख ९१ हजार ५७५ आवेदकको हात खाली भएको छ । उक्त आईपीओमा कूल ३ लाख ३४ हजार ८७४ आवेदकले ६० लाख ७९ हजार १४० कित्ताको लागि आवदेन दिएका थिए । जसमा ६७७ जनाको आवेदन रद्ध भएको क्यापिटलले जनाएको छ । कम्पनीले वैशाख २७ गतेदेखि वैशाख ३१ गतेसम्म कुल ४ लाख ६३ हजार ३०० कित्ता सेयर निष्काशन गरेको छ । जसमध्ये ७ हजार १४५ कित्ता शेयर कर्मचारीलाई र २३ हजार १ सय ६५ कित्ता सेयर सामुहिक लगानी कोषका लागि छुट्याएको थियो । बाँकी रहेको ४ लाख ३२ हजार ९९० कित्ता सेयर सर्वसाधारणमा बिक्री गरेको थियो । हाल कम्पनीको चुक्ता पूँजी ९ करोड ८० लाख रुपैयाँ रहेको छ । सो मात्राको आइपीओ बाँडफाँड पश्चात कम्पनीको चुक्ता पूँजी १४ करोड ४३ लाख रुपैयाँ पुगेको छ । यसका साथै, सोमबार(आज)मात्रै यस कम्पनी कालिका लघुवित्त वित्तीय संस्थासँग मर्जरमा जाने सम्झौता भएको छ । त्यसैले उक्त प्रयोजनको लागि सोमबार(जेठ ६ गते) देखि कालिका लघुवित्तको सेयर कारोबार रोकिएको छ ।

ज्योति विकास बैंकबाट नेपाल इन्स्योरेन्सको निर्जीवन बीमा सेवा पाइने

काठमाडौँ । ज्योति विकास बैंक लिमिटेड र नेपाल इन्स्योरेन्स कम्पनीबीच सोमबार समारोहका बीच बैंकासुरेन्स सम्झौता भएको छ । उक्त सम्झौता अनुसार बैंकको केन्द्रीय कार्यालय तथा देशभर रहेका शाखा कार्यालयहरु मार्फत उक्त इन्स्योरेन्स कम्पनी लिमिटेडको निर्जीवन बीमा योजनाहरु बिक्री गर्ने एवम् अभिकर्ता तथा बिमितहरुलाई छिटो, छरितो एवम् भरपर्दो सेवा पुर्याउने उद्देश्य रहेको छ । सम्झौतामा ज्योति खविकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयबहादुर शाहले हस्ताक्षर गरेका छन् ।

बूढानिलकण्ठमा नेपाल इन्भेष्टमेण्ट बैंकको एक्टेन्सन काउण्टर बिस्तार

काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले काठमाण्डौंको बूढानिलकण्ठ नगरपालिकामा १४औं एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । बूढानिलकण्ठ नगरपालिका वडा नं. ५ स्थित बूढानिलकण्ठ स्कूल नजिकै खोलिएको काउन्टरले विद्यार्थी एवम् शिक्षक लगायत स्थानीय जनतालाई वित्तीय सुविधा प्रदान गर्ने जनाइएको छ । काउन्टरको उद्घाटन समारोहमा बंैकका कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे, बूढानिलकण्ठ स्कूलका प्राध्यापक होमनाथ आचार्य, सो वडाका सदस्य लगायत बैंकका कर्मचारी तथा स्थानीयहरुको सहभागिता रहेको थियो । साथै, नेपालइन्भेष्टमेण्ट बैंक लि.ले खाँदबारी स्थित शाखालाई सोही ठाउँको खाँदबारी-१, प्रगतिटोल, संखुवासभामा स्थान्तरण गरेको छ । हाल बैंकले काठमाण्डौं उपत्यकाभित्र २४ तथा उपत्यका बाहिर ५६ वटा शाखा संचालनमा ल्याएको छ । बैंकले सात वटै प्रदेशका विभिन्न स्थानमा खोलिएका शाखा, एक सय ११२ वटा एटिएम तथा १४ वटा एक्सटेन्सन काउन्टर, १० वटा राजश्व संकलन केन्द्र, ५१ वटा शाखारहित बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

जनता बैंकका ग्राहकलाई ह्याम्स अस्पतालमा बिशेष छुट

काठमाडौँ । जनता बैंक नेपाल लिमिटेड र ह्याम्स अस्पताल, धुम्बाराहीबीच स्वास्थ्य उपचार सेवामा छुट सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा ह्याम्स अस्पतालका अध्यक्ष आरएस भण्डारी र बैंकको टा«न्जेक्सन बैंकिङ्ग प्रमुख पुकार सुबेदीले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार जनता बैंकका ग्राहक तथा कर्मचारी र तिनका आश्रितहरुले उक्त अस्पतालबाट बिशेष छुट प्राप्त गर्न सक्ने छन् । उक्त सुविधा प्राप्तिका लागि अस्पतालको विल भुक्तानीको क्रममा ग्राहकले बैंकको एटिएम कार्ड अथवा ग्राहक खुल्ने कुनै कागजात पेश गरी छुट सुविधा लिन सक्ने बैंकले जनाएको छ ।

मोटर बीमा शुल्क बढाउने तयारीमा बीमा समिति, दुर्घटना बीमा दावी १० लाख र १५ लाख बनाइदै

काठमाडौं । बीमा समितिले मोटर बीमा शुल्क बढाउने तयारी गरेको छ । त्यसका लागि समितिले बीमा निर्जीवन कम्पनीहरुसँग मोटर बीमा अन्तर्गत हुने बीमा शुल्क आम्दानी, दावी भुक्तानी लगायतको तथ्याङ्क माग गरेको छ । सरकारले यात्रु तथा तेस्रो पक्ष बीमा १० लाख रुपैयाँ बनाउन र गम्भिर प्रकृतिका बिरामीको उपचारमा १५ लाख रुपैयाँसम्म बीमा हुने व्यवस्था गर्न बीमा समितिलाई निर्देशन दिएपछि बीमा समितिले बीमा शुल्क वृद्धिको तयारी थालेको हो । शुल्क वृद्धि गर्ने विषयमा सोमबार समिति र बीमकहरुबीच प्रारम्भिक छलफल भएको बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईले बताए । सरकारले यात्रु र तेस्रो पक्षको बीमा सुरक्षण रकम दोब्बर बनाउन र हेड इन्जुरी, इस्पाइनल इन्जुरी जस्ता गम्भिर बिरामीको उपचारमा १५ लाख रुपैयाँसम्म खर्च गर्ने गरी बीमाको प्रबन्ध गर्न भनेकोले त्यसको कार्यान्वयनको क्रममा सरोकारवालासँग रायसुझाव लिने काम शुरु भएको उनले बताए । मोटर बीमाको बजार विश्लेषण गरेर बीमा शुल्क दर परिवर्तन गर्ने गृहकार्य भईरहेको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । जेठ महिनाभित्रै मोटरबीमा सम्बन्धि निर्देशिका संशोधन हुने उनले बताए । यातायात व्यवस्था विभागले जुनसुकै उमेर समूहका यात्री तथा तेस्रो पक्षका बीमा समान बनाउन निर्देशन दिएको छ । यसअघि यात्रुको काखमा बस्ने बालकको बीमा २ लाख ५० हजार रुपैयाँ मात्र हुने गरेको थियो । अरुको बीमा ५ लाख थियो । विभागले गम्भिर प्रकृतिको बिरामी बाहेकलाई उपचार खर्च बढीमा ३ लाख रुपैयाँ उपलब्ध गराउने व्यवस्था गर्न निर्देशन दिएको छ । जोखिम र लाभ दुबै यात्रु तथा तेस्रो पक्षको बीमा १० लाख र गम्भिर बिरामीको बीमा १५ लाख बनाउँदा बीमा कम्पनीहरुको जोखिम वृद्धि हुने भन्दै कतिपयले चिन्ता व्यक्त गरेका छन् । ‘यसअघि बिरामीको उपचारका लागि बीमा कम्पनीले बढीमा २ लाख रुपैयाँ दिने गरेको थिए । यसलाई १५ लाख बनाउने हो भने बीमा कम्पनीहरुको जोखिम धेरै बढ्छ’ यूनाईटेड इन्स्योरेन्सका कामु प्रमुख कार्यकारी अधिकृत रमेश भट्टराईले भने । तर बीमा रकम वृद्धिले बजार विस्तार गर्नुका साथै सबै पक्षलाई लाभ हुने नेपाल बीमक संघका अध्यक्ष दीपप्रकाश पाण्डे बताउँछन् । ‘बिजनेश अपरच्यूनिटी पनि छ । सर्बसाधारणलाई लाभ पनि हुन्छ । कुनै पनि दुर्घटनामा पर्नेले बीमाबाट राहत पाउँछन् । यसले बजारमा बीमाबारे राम्रो सन्देश दिन्छ’ पाण्डे भन्छन्- ‘बीमकबीच स्वच्छ प्रतिस्पर्धा हुने हो भने कोही पनि डराउनु पर्दैन ।’

२६ वर्षे सेलेना गोमेजले ६८ वर्षे बिल मुर्रेसँग विवाह गर्दै !

काठमाडौं। २६ बर्ष सेलेना गोमेजको ६८ वर्षे बिल मुर्रेसँग विवाह हुने भन्दै बजार तातिएको छ। गायिका तथा नायिका सेलेना गोमेजले कान्स फेस्टिभलको तस्विर ईन्स्टाग्राममा पोस्ट गर्दै आफु बिल मुर्रेसँग विवाह गर्न लागेको लेखेकी थिईन्। यो सेलेनाको कान्स फेस्टिभलमा पहिलो सहभागीता हो। कान्सा फेस्टिभलमा पहिलो पटक सहभागी हुन पाएको खुशी व्यक्त गर्दौ उनले लेखेकी छिन्, ‘‘म यो फिल्मको सदस्य हुन पाउँदा निकै भाग्यमानी महसुस गरिरहेकी छु । अँ साँच्ची, म र बिल मुर्रे विवाह गर्दैछौं ।’ बिल मुर्रेले पनि सेलेनाको खुब तारिफ गरेको बताईएको छ। यधापी पिन्कभिल्लले यो सब ठट्टा मात्र रहेको बताएका छ। धेरैले यसलाई फिल्मको लागि गरिएको पब्लिसिटी हुनसक्ने अनुमान गरेका छन्।

सुनचाँदी व्यवसायीको आँखा कर्णाली प्रदेशमा, मुख्यमन्त्रीले भने-‘खानीको उत्खनन् गरेर विश्व बजारमा लानु पर्छ’

काठमाडौं । सुनचाँदी व्यवसायीको आँखा कर्णाली प्रदेशतिर गएको छ । उक्त प्रदेशमा सुनसहितका खानी भएकाले व्यवसायीको आँखा त्यतातिर गएको हो । व्यवसायीहरुको आँखा कर्णालीतिर गएको कुरा सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रमले समेत पुष्टी गरेको छ । नेपाल सुनचाँदी रत्न तथा आभुषण व्यवसायी महासंघको छैठौं बार्षिक साधारण सभाको सोमबार राजधानीमा उद्घाटन भयो । सो कार्यक्रममा प्रमुख अतिथि थिए कर्णाली प्रदेशको मुख्य महेन्द्रबहादुर शाही । संघीय राजधानी र प्रदेश नम्बर ३ मा भएको कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्रीलाई प्रमुख अतिथि बनाउनुले समेत सुनचाँदी व्यवसायीको आँखा कर्णाली प्रदेशतर्फ गएको कुरालाई पुष्टी गर्दछ । साधारण सभा बोल्दै अध्यक्ष रमेश महर्जनले कर्णाली प्रदेश सुनको खानी नै खानी भएको प्रदेश भएको बताए । सुनखानीका विषयमा धेरै पटक छलफल भैसकेकोले नै कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्रीलाई प्रमुख अतिथि बनाएको बताए । उनले विश्व बजारमा नेपाली गरगहनाको माग धेरै भएको र यसले नेपालको व्यापार घाटालाई कम गारउने उल्लेख गरे । सुनचाँदी व्यवसायको क्षेत्रमा खासगरी जनशक्ति कालिगढको मुख्य समस्या रहेको बताए । उक्त कार्यक्रममा मुख्यमन्त्री शाहीले नेपालको विकासका लागि विभिन्न क्षेत्रमा भएका खानीहरुको उत्खनन् गरेर त्यसलाई विश्व बजारमा लागु पर्नेमा जोड दिए । उनले भने-‘कर्णाली प्रदेश सुनचाँदी लगायतका खानी नै खानी भएको प्रदेश भएकाले खानी उत्खनन् गर्नका लागि प्रदेश सरकारले पूर्णरुपमा सहयोग गर्नेछ ।’ सुनखानी सरकारले मात्रै उत्खनन् गर्न नसक्ने बताउँदै प्रदेश सरकार र निजी क्षेत्र मिलेर मात्रै खानीहरु सञ्चालनमा ल्याउन सकिने बताए । मुख्यमन्त्री शाहीले सुनको कोटाको बढाउनु पर्ने व्यवसायीको माग सम्वोधन गर्न र आपूर्तिका समस्या समाधानमा पहल गर्ने बताए । मुख्यमन्त्री शाहीले सरकाले लिएको ‘खुशी नेपाली र समृद्ध नेपाल’ को नारालाई पनि छलफल, बहस, अध्ययन र अनुसन्धान गर्नु पर्ने बताए । नेपालमा धनी र गरिवबीचमा ठूलो खाडल रहेको र यो सरकारले त्यो खाडललाई पुर्ने बताए । नेपालमा सुनचाँदीलाई विलासिताको बस्तु भनेर व्याख्या गरे पनि यो परम्परासँगपनि जोडिएको बताए । नेपालमा खानी नै खानी भएकाले उत्खनन् गर्न सकिने जति बस्तुहरुको उत्खनन् गरेर देशमा नै प्रयोग गर्नसके पनि व्यापार घाटामा कमि आउने बताए ।