विकासन्युज

ओपोद्वारा नेपालमा रेनो १०एक्स जुम ईडिसन सार्वजनिक, मूल्य रु. ८९,९९०

काठमाडौँ । ओपोले नेपालमा रेनो १०एक्स जुम ईडिसन सार्वजनिक गरेको छ । ओपोको नयाँ फ्ल्यागशिप रेनो सिरिज अन्तर्गतको यो फोन आईतवारदेखि नेपाल उपलब्ध गरिएको हो । ओपो रेनो १०एक्स जुम ईडिसनको प्रमुखआकर्षण, यसको नाम अनुसार स्वभाविक रुपमा १०एक्स लसलेस हाइब्रिड अप्टिकल जुम हो । ओपो रेनो १०एक्स जुम ईडिसनमा रहेको साइड–स्विङ सेल्फीक्यामेरा स्मार्टफोनको अर्को प्रमुख आकर्षण हो । ओपो रेनो १०एक्स जुम ईडिसनको ८ जीबी र्याम २५६ जीबी रोम संस्करणको मूल्य रु. ८९ हजार ९ सय ९० निर्धारण गरिएको छ । यो फोन जेट ब्ल्याक र ओसन ग्रिन गरी दूई आकर्षक रङमा उपलब्ध गरिएका छन् । ओपो १०एक्स जुम ईडिसन पहिलो पटक चीनमा र लगत्तै यूरोपमा ओपो रेनो र ओपो रेनो ५जीका साथमा सार्वजनिक गरिएको थियो ।

पायोनियर मोटो कर्पद्वारा निसान गाडीहरूका लागि मनसुन एक्सचेन्ज मेला आयोजना, ५ लाखसम्म छुट

काठमाडौँ । नेपालमा निसान गाडीको आधिकारिक वितरक कम्पनि पायोनियर मोटो कर्पले निसान गाडीका लागि मनसुन एक्सचेन्ज मेला आयोजना गरेको छ । मनसुन एक्सचेन्ज मेला असार १६ देखिअसार २२ गते सम्म सन्चालन हुनेछ । मनसुन एक्सचेन्ज मेलाको सिमित अवधिसम्म ग्राहकहरूले विभिन्न आकर्षक अफरहरु जस्तै रू. ५ लाख सम्मको छूट, रू. ३ लाखसम्मको एक्सचेन्ज बोनस, रू. २५,००० सम्मको लोयल्टी बोनस, रू. २७,००० मुल्यको गाडी–एक्सेसरिजहरु, १ वर्ष सम्मको निःशुल्क बाटो कर, ३ वर्ष सरवीसिङका साथै ३ वर्षको वारेन्टीको सेवा आदि प्राप्त गर्न सक्छन् । मेलामा पुराना गाडीको अनुगमन गरी उचित मूल्याङ्कन र किस्ताबन्दीको सुविधापनि मेलामा नै तुरून्तै प्राप्त गर्न सकिनेछ । टेस्ट ड्राइभ गर्दा पनि ग्राहकहरुले उपहारहरु प्राप्त गर्नेछन् ।

आँबुखैरेनीमा एनआईसी एशियाको शाखारहित बैंकिङ सेवा संचालनमा

काठमाडौँ । एनआईसी एशिया बैंकले तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका वडा नं. १ को सत्रसयमा आपm्नो ३७ औंं शाखारहित बैंकिङ्ग सेवा असार १३ गतेबाट संचालनमा ल्याएको हो । बैंकले संचालनमा ल्याएको शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन आँबुखैरेनी गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष किसान थापाले गरे । उक्त शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रुपमा सुशिला गुरुङ्गलाई नियुक्त गरिएको बैंकले जनाएको छ ।

ग्लोबल आइएमई बैंकले मनायो १६ औँ राष्ट्रिय धान दिवस

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले १६औँ राष्ट्रिय धान दिवस मनाएको छ । बैंकले राजधानीको टोखा नगरपालिका वडा नं. १ स्थित झोर महाङ्कालमा रोपाइ गरी धान दिवस मनाएको हो । कृषिप्रधान देशमा धान दिवस मनाउने परम्परालाई जगेर्ना गर्न धान दिवसलाई उत्सवका रूपमा मनाइएको बैंकको भनाइ छ । रोपाइमा बैंकका कर्मचारी तथा स्थानीयको बाक्लो उपस्थितीे रहेको थियो । कार्यक्रममा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले धान रोपाइ र यसको महत्व बारे प्रकाश पारेका थिए । यसैगरी बैंकका नायब महाप्रबन्धक आरती राणाले कृषि प्रधान देशमा धान दिवस मनाउने परम्परालाई बैंकले उत्सवका रूपमा मनाउने गरेको बताइन् । यस्तै वडाध्यक्ष श्रीकृष्ण अधिकारी र वडा सचिव नवराज दुलालले बैंकले कृषि लगायत अन्य उत्पादन मुलक क्षेत्रमा दुर दराजसम्म गरेको सहयोग र लगानीको प्रसंशा गरे । धान दिवसकै अवसरमा धापासीस्थित शाखा कार्यालयबाट झोरसम्म साइकलयात्राको आयोजना गरिएको थियो । साइकलयात्रामा करिब ५ दर्जन व्यक्तिहरुको सहभागिता रहेको थियो । यस्तै दिवसकै अवसरमा झोरमै रहेको शाखारहित बैंकिङ सेवाका सञ्चालक राम शरण दुलाललाई सम्मान समेत गरिएको थियो ।

शाखा सञ्जाल बिस्तार गर्दै सनराइज बैंक, देशभर ११० पुग्यो

काठमाडौँ । सनराइज बैंकले आइतबार गोदावरीेमा शाखा बिस्तार गरेको छ । नगरपालिकाको मेयर हरिसिंह सावद र नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागका कार्यकारी  निर्देशक लक्ष्मीप्रपन्न निरौलाले संयुक्त रुपमा शाखा उद्घाटन गरेका हुन् । सोही दिन बैंकले आफ्नो पनौती शाखा पनि स्थानान्तरण गरेको छ । उक्त शाखाको उद्घाटन पनौतीका मेयर भिम न्यौपानेले गरेका हुन् । उक्त कार्यक्रममा संचालक समितिका सदस्य ओमकृष्ण जोशी र ई. बच्छराज तातेडको उपस्थिति थियो । यसैबीच, बैंकले गत शनिवार आषाढ १४ गते डडेलधुरा, वडा नं ३, गन्यापधुरामा ३६ औ शाखा रहित बैंकिङ्गको उद्घाटन गरेको छ । सो शाखा रहित बैंकिङ्ग सेवा, वडा नं ३ का वडा अध्यक्षश्री चक्रबहादुर देउवाले उद्घाटन गरे । हालसम्म बैंकको शाखा संख्या ११० वटा पुगेको छ ।

पुनर्निर्माणमा खटिएका १९ प्राविधिक कारबाहीमा

  काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणमा खटिएका १९ जना प्राविधिकलाई कारबाही गरेको छ । प्राधिकरणअन्तर्गत भूकम्प प्रभावित जिल्लाका विभिन्न स्थानीय तहमा खटाइएका ती प्राविधिकहरु विभिन्न गैरकानूनी कार्यमा संलग्न रहेको भेटिएपछि प्राधिकरणले कारबाही गरेको हो । भूकम्प पीडितहरुबाट गैरकानूनी रुपमा रकम असुल गरेको, भूकम्प पीडितहरुलाई दुःख दिएको, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुको हस्ताक्षर किर्ते गरी हाजिर सिफारिस गर्ने गरेको, केन्द्रीय आयोजना कार्यान्वयन इकाई र जिल्ला आयोजना कार्यान्वयन इकाईले दिएका निर्देशनहरु पालना नगरेका कारण उनीहरुलाई कारबाही गरिएको हो । ती प्राविधिकहरुको करार संझौता भंग गरी नियमानुसार कार्वाही गरिएको छ । कारबाहीमा पर्नेमा १२ जना इन्जिनियर, ५ जना सब–इन्जिनियर र २ जना असिष्टेण्ट सब–इन्जिनियर छन् । तीमध्ये नुवाकोटमा कार्यरत ८ जना प्राविधिक छन् भने काभ्रेपलाञ्चोकमा कार्यरत ३ जना, सिन्धुपाल्चोकमा कार्यरत २ जना, दोलखामा कार्यरत २ जना, धादिगंमा कार्यरत २ जना छन् । त्यस्तै, भोजपुर र सोलुखुम्बुमा कार्यरत १-१ जना छन् ।  

धराशायी हुँदै गएको साझामा प्रदेश सरकार र महानगरको ४५ करोड लगानी, सोमबार २० सिटी बस एक साथ सञ्चालन

काठमाडौं । निरन्तर घाटामा गएपछि करिब १२ वर्ष बन्द भएर पुनः सञ्चालनमा आएको साझा यातायात फेरि विगतकै बाटोमा फर्किने संकेत गरेको बेला प्रदेश नम्बर ३ को प्रदेश सरकार, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र साझा यातायातले ४५ करोड लगानी गर्ने भएको छ । ३ नम्बर प्रदेशले ३० करोड, काठमाडौं महानगरपालिकाले १० करोड, ललिपुर महानगरपालिकाले २ करोड ५० लाख र साझा यातायातले २ करोड ५० लाख बसमा लगानी गर्न लागेको हो । नेपाल विद्युत प्रधिकरले भने चार्जजिङ स्टेसनको व्यवस्था गर्ने भएको छ । साझा यातायातले ल्याएका २० वटा नयाँ बस असार १६ बाट सञ्चालनमा आउने भएको छ । साझा यातायातले आफ्नो २० वटा सिटी बस एक साथ सञ्चालनमा ल्याउन लागेको हो । ललितपुर महानगरपालिका मेयर चिरीबाबु मर्हजनले भने ‘ प्रदेश सरकार, काठमाडौं महानगरपालिकार, ललितपुर महानगरपालिकाले साझामा लगानी गर्न लागेको हो ।’ भोलि सहमती पत्रमा हस्तक्षर हुने मेयरले जानकारी दिए । कमजोर व्यवस्थापन र उच्च व्यवस्थापनकै शंकास्पद गतिविधिका कारण साझाको घाटा वर्षैपिच्छे बढ्दै गएसँगै सिञ्चित नोक्सान चुलिँदा साझाले सोही बाटोको पुनरावृत्तिको संकेत गरेको हो । आर्थिक वर्ष २०७२ र ७३ मा १ करोड ९८ लाख रुपैंया नाफा कमाएको साझाले २०७३ र ७४ देखि निरन्तर घाटा व्यहोर्दै गएको छ । साझाको कार्यसञ्चालनमा सुधार हुनुको सट्टा झन् फितलो हुँदै गएपछि चालु आर्थिक वर्ष समेत थप नोक्सान बेहोर्ने संभावना छ । साझाले आर्थिक वर्ष २०७३ र ७४ मा १ करोड ८२ लाख रुपैंया खुद घाटा बेहोरेको थियो । त्यस्तै, २०७४ र ७५ मा १ करोड ७८ लाख घाटामा गएको भएको वित्तीय विवरण उल्लेख छ । दैनिक रुपमा भरिभराउ यात्रु बोकेर काठमाडौंका प्रमुख रुटहरुमा गुड्ने साझा यातायातको प्रमुख कार्य मानिने यातायात सेवा नै घाटामा गएको देखिएको छ । बस सञ्चालनबाट मात्रै साझाले आर्थिक वर्ष २०७४ र ७५ मा २ करोड ९३ लाख रुपैंया घाटा व्यहोरेको छ । २०७३ र ७४ मा २ करोड ३४ लाख रुपैंया घाटा व्यहोरेको थियो । सर्भाइभलको ग्यारेन्टीबिनै प्रदेश सरकार र महानगरको अर्को लगानी त्यसो त घाटामा गएको साझामा लगानी थप्न सरकारी निकायहरुले गरेको हतारो समेत अचम्म लाग्दो छ । अघिल्लो दुई वर्षदेखि निरन्तर घाटामा रहेको संस्थामा लगानी थप्न काठमाडौं प्रदेश सरकार, महानगरपालिका र ललितपुर महानगरपालिका भोलिबाट लगानी गर्दे र थप्दै छन् । नयाँ बसको सञ्चालन र नाफा वा कम्तीमा घाटा पूर्तिको सुनिश्चितता नै नगरी काठमाडौं महानगरपालिकाले साझालाई थप २० ओटा बस खरीद गर्न साझाको शेयर किनिदिने गरी सहमति गरिसकेको छ ।

काठमाडौँ महानगर र सिसडोलवासीबीच सहमति, थ्रुपिएको फोहोर तत्कालै उठ्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिका र सिसडोलवासीबीच आइतबारको बार्तामा सहमति भएको छ । फोहोर फाल्ने नुवाकोट जिल्लाका ककनी गाउँ पालिका स्थित सिसडोल ल्याण्डफिल्ड साइट क्षेत्रका बासिन्दाले उचित क्षतिपूर्तिको माग सहित १ हप्तादेखि फोहोर फाल्न नदिएपछि काठमाडौँमा फोहोर थ्रुपिएको थियो । समस्या समाधानका लागि १५ दिन भित्र दिनभित्र अध्ययन गर्न १३ सदस्यीय समिति गठन भएको छ । स्थानीय बासिन्दा, जनप्रतिनिधि र महानगरपालिकाबीच यस्तो सहमति भएको हो । समितिले १५ दिनभित्र समस्याको पहिचान गरी समाधानका उपाय सिफारिस गर्ने काठमाडौँ महानगरका प्रवक्ता इश्वरमान डंगोलले बताए । अध्ययन समितिमा स्थानीयकोतर्फबाट जितबहादुर बलामी, चक्रमान बलामि, गणेश बलामी, ज्ञानेन्द्र गजुरेल, अर्जुन नेउपाने, राजन नेउपाने ककनी गापा वडा १ अध्यक्ष चक्रकुमार श्रेष्ठ २ का अध्यक्ष केदार पौडेल लगायत महानगरबाट वातावरण बिभाग प्रमुख हरिकुमार श्रेष्ठ, सुरक्षा प्रमुख धनपती सापकोटा लगायतका रहेका छन् । ‘ल्याण्डफिल्ड साइड’ बन्द हुँदा राजधानीमा फोहोर थुप्रियो, सिसडोलवासीको आन्दोलन किन ?