विकासन्युज

साउनदेखि अन्तराष्ट्रिय विमानस्थलमा पर्यटकसँग १ हजार लिन नपाइने, वार्षिक डेढ अर्ब गुम्दै

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले साउनदेखि विदेशी पर्यटकसँग  एयरपोर्ट विकास कोष(एडिएफ) उठाउन नपाउने भएकाे छ । पाँच वर्षअघि मन्त्रिपरिषदले गरेकाे निर्णयका अाधारमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले हरेक विदेशी पर्यटकसँग एयरपोर्ट विकास कोष(एडीएफ) वापत एक हजार रुपैंयाँ असुल्दै आएको थियो । पाँच वर्षकाे म्याद यहि असार मसान्तमा सकिदैछ । एयरपोर्ट विकास कोष(एडिएफ) नविकरणा सम्बन्धी फाइल समयमै मन्त्रिपरिषदबाट पास गराउने पर्यटन मन्त्रालय असफल भएपछि विमानस्थलले अर्बौं आम्दानी गुमाउने अवस्था सृजना भएको हो । हालसम्म त्यस्तो शुल्क वापत ८ अर्ब रुपैंयाँ भन्दा बढी संकलन भैसकेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल लेखा शाखा प्रमुख शशिलाल प्रधानले जानकारी दिए । प्रधानका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा १ अर्ब ७१ करोड रुपैंयाँ संकलन भएको छ । एडीएफ असुल्ने म्याद असार मसान्तसँगै समाप्त हुँदैछ । तर फाइल मन्त्रिपरिषद पठाउने गृहकार्य अझै टुंगिएको छैन् । ‘असार मसान्तबाट एडीएफ शुल्क उठाउने म्याद सकिँदैछ, त्यसअघि नै मन्त्रिपरिषदबाट पास गरिसक्नुपर्ने हो, तर अहिलेसम्म त्यस्तो सम्भावना देखिएको छैन’, पर्यटन मन्त्रालय उच्च श्रोतले भन्यो । श्रोतका अनुसार एडीएफ शुल्क सम्बन्धी फाइल पर्यटन मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ । अर्थ मन्त्रालयले स्वीकृति दिएपछि पर्यटन मन्त्रालय मार्फत मन्त्रिपरिषदमा लगेर पास गराउनुपर्छ । तर यतिबेला पर्यटन मन्त्रालयको जिम्मेवारी स्वयं प्रधानमन्त्री केपी ओलीले गरिरहेका छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको पूर्वाधार विकासमा मात्रै खर्च हुने गरि असुलिँदै आएको शुल्कबाटै विमानस्थल सुधारको काम भैरहेको छ । सोही शुल्कबाट धावन मार्गको मर्मत तथा स्तरोन्नतिको काम भैरहेको छ । तर सरकारले समयमै निर्णय नगरिदिँदा आगामी आर्थिक वर्षमा त्यस्तो शुःल्क उठाउन नपाउने अवस्था सृजना भैरहेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले एडीएफ शुल्क असुल्ने म्याद थपका लागि निर्णय भई नसकेको बताए । ‘हामीले आफ्नो तर्फबाट काम सकेर प्राधिकरण मार्फत मन्त्रालय फाइल पठाएका छौं, कुनै निर्णय भएको जानकारी पाएका छैनौं’, विमानस्थलका महाप्रबन्धक क्षेत्रीले विकासन्युजसँग भने । विमानस्थलले बर्सेनी एडिएफ शुल्क वापत डेढ अर्ब भन्दा बढी रकम संकलन गर्दै आएको थियो । सोही शुल्कबाट विमानस्थलको धावन मार्ग मर्मत तथा सुधार, ब्युटिफिकेशन लगायतका काम गर्दै आएको थियो । तर पर्यटन मन्त्रालयमा विभागिय मन्त्रीको अभावले एडीएफ शुल्क सम्बन्धी फाइल समयमै अघि नबढेको जानकारहरू बताउँछन् । हेलिकप्टर दुर्घटनामा परी  पर्यटन मन्त्री रविन्द्र अधिकारीको  निधन भएसँगै टुहुरो बनेको पर्यटन मन्त्रालयसँगै एक मात्रै अन्तराष्ट्रिय विमानस्थलले समेत अधिकारीको अभाव महशुस गरेको हो । विभागीय मन्त्रीको अभावमा यतिबेला त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले बार्षिक २ अर्ब भन्दा बढी आम्दानी गुमाउने अवस्था सृजना भएको छ ।

कुमारी बैंकको ५ शाखा काठमाडौँबाटै ई-उद्घाटन

काठमाडौँ । कुमारी बैंक लिमिटेडले काठमाडौँ उपत्यका बाहिर ५ नयाँ शाखाहरुको ई-उद्घाटन समारोह सम्पन्न गरेको छ । सो उद्घाटन समारोह बैंक सञ्चालक समितिका अध्यक्ष अमिर प्रताप जबराले बैंकका संचालक समिति, प्रमुख कार्यकारी अधिकृत लगायत अन्य कर्मचारीको उपस्थितिमा मोबाईल-प्रविधिबाट ई-उद्घाटन गरेका हुन् । बैंकले महोत्तरीको बर्दिबास, सर्लाहीको बरथहवा, बर्दियाको ठाकुरबाबा, कपिलवस्तुको जितपुर र पोखराको लेकसाईड गरेर आफ्ना ५ नयाँ शाखाहरु विस्तार गरेको हो । उक्त शाखाहरुको भौतिक उद्घाटन सम्बन्धित ठाउँबाट भएतापनि मोबाईल प्रविधिबाट विद्युतीय उद्घाटन चाँही बैंकको केन्द्रीय कार्यलयबाटै सम्पन्न भएको हो । ५ शाखा बिस्तार पश्चात कुमारी बैंकको कूल शाखा सञ्जाल संख्या ९८ पुगेको छ ।

१ अर्ब १५ करोड चुक्ता पूँजी भएको सरकारी कम्पनी खुल्दै, नाम टुंगिन बाँकी

काठमाडौँ । सरकारले १ अर्ब १५ करोड ९८ लाख ३० हजार रुपैयाँ चुक्ता पुँजी रहने गरी नयाँ कम्पनी खोल्ने प्रक्रिया अघि बढाएको छ । उक्त कम्पनीको जारी पूँजी ३० अर्ब रुपैयाँ रहने छ । नयाँ कम्पनीका लागि छिट्टै तदर्थ समिति गठन हुँदैछ । समितिमा उद्योग, कृषि, अर्थ, गृह मन्त्रालयका प्रतिनिधिहरु रहने छन् । चालु आवको बजेटमा सरकारले खाद्य संस्थानलाई राष्ट्रिय आपूर्ति कम्पनीका रूपमा पुनर्संरचना गरी नेसनल ट्रेडिङ लिमिटेडको सम्पत्ति र दायित्व गाभ्ने घोषणा गरेको थियो । सोही घोषणा अनुसार नै नयाँ कम्पनी खोल्ने प्रक्रिया अघि बढेको हो । कम्पनी रजिष्ट्रार कार्यालयका अनुसार नयाँ बन्ने कम्पनीको नाम खाद्य आपूर्ति लिमिटेड प्रस्ताव गरिए पनि दर्ता भइसकेको छैन । उद्योग मन्त्रालयकी सहसचिव उर्मिला केसीले नयाँ बन्ने कम्पनीको कार्यविधि, प्रबन्धपत्र, नियमावली बनिसकेको बताइन् । सरकारी स्वामित्वको खाद्य संस्थानलाई आपूर्ति कम्पनीका रूपमा पुनसंरचना गर्न लागिएको हो । खाद्य संस्थानलाई कम्पनी ऐनअन्तर्गत रूपान्तरण गरी खारेजमा परेको नेसनल ट्रेडिङ लिमिटेडको सम्पत्ति र दायित्व यसमा गाभिने जनाइएको छ । यो कम्पनीमार्फत राज्यले तोकेको समर्थन मूल्यमा खाद्य वस्तुको खरिद, सुलभ रूपमा आपूर्ति, ढुवानी, बिक्री, भण्डारण, अस्वाभाविक बजार मूल्यलाई स्थिरिकरण गर्ने, आयात निर्यात लगायत काम गर्ने बताइएकाे छ । आपूर्ति कम्पनीको सातवटै प्रदेशमा  कार्यालय राख्ने गरी संगठन संरचना तयार पारिएको छ । उपत्यकामा छुट्टै संरचना हुनेछ । गोदाम निर्माण, मिल निर्माण, विभिन्न मुलुकबाट प्राप्त हुने अनुदान र सहयोगबापतको वस्तु स्वीकार गर्ने, चल अचल सम्पत्ति आर्जन गर्न सक्नेलगायत अधिकार यसलाई दिइने उद्योग मन्त्रालय श्रोतले जनाएको छ । नयाँ कम्पनी बनेपछि नेपाल खाद्य संस्थान स्वतः निश्क्रिय हुने उद्योग मन्त्रालयकी सहसचिव केसीले बताइन् ।  

वैदेशिक रोजगारबाट फर्किएर उद्यम गर्ने ६ उद्यमी सम्मानित

काठमाडौं । वैदेशिक रोजगारबाट फर्किएर उद्यममा आवद्ध उद्यमीलाई श्रम रोजगार तथा सामाजिक मन्त्रालयले नगदसहित सम्मान गरेको छ । लामो समय वैदेशिक रोजगारको बसाईबाट फर्किएर नेपालमा नै उद्यम पेसामा लागेका ६ जनालाई उद्यमीलाई पुरस्कार सहित स-सम्मान गरेको हो । मन्त्रालयमा भएको उक्त सम्मान कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण बिष्ट यस वर्षको उत्कृष्ट उद्यमीका पुरस्कार नवराज पौड्याललाई रु एक लाख प्रदान गरेका थिए । पौड्यालले दुवई काम गरेर नेपाल फर्किएर कान्तिपूर पोल्ट्रि व्रिडिड. फर्म सञ्चालन गरिरहेका छन् । सम्मानित हुनेमा पौड्याल सहित करिब ५ वर्ष दक्षिण कोरिया बसेर आएका झापामा डायमण्ड स्टिल उद्योग सञ्चालन गर्दै आएका दिपक चापागाई, युएइबाट आएर मैत्री मंगल अर्गानिक कृषि फर्म संचालन गर्दै आएका निरबहादुर राउत, दक्षिण कोरियाको बसाई पछि फिटवेल गार्मेन्ट उद्योग संचालन गरिरहेको मनोजकुमार भारती, युएईको बसाई पछि नेपाल आएर रामलक्ष्मण कृषि फर्म सञ्चालन गरिरहेकी शर्मिला अधिकारी तथा दक्षिण कोरियाबाट फर्किएर आलोक गार्मेन्ट उद्योग सञ्चालन गरिरहेका त्रिलोक पनेरुलाई श्रममन्त्री गोकर्ण बिष्टले उद्यमी राष्ट्रिय पुरस्कार सहित नगद ५० प्रदान गरेको हुन् । उक्त सम्मान कार्यक्रममा मन्त्री बिष्टले भने- ‘सहि ढङ्गले काम गर्न सक्यौ भने नेपालमा नै केहि गर्न नसकिने र नेपालमा विदेशी जनशक्ति भित्राउन पर्ने अवस्था सिर्जना सक्छ ।’ रोजगारका क्षेत्रमा देखिएका समस्याहरुलाई समाधान गर्दै स्वदेशमा नै रोजगारीको सिर्जना गर्न सरकार कटिवद्ध भई अगाडी बढिरहेको बताए । मन्त्रालयका सचिव महेशप्रसाद दाहालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सम्मानित उद्यमीहरुले नेपालमा नै केहि गर्न सक्ने र सरकारले यसका लागि उद्यमशिलताको अवस्था सिर्जना गर्न ध्यान दिनु पर्ने जानकारी गराएका छन् । त्यस्तै विदेश एउटा खुल्ला विश्वविद्यालय हो, त्यहाँबाट हामीले सिकेका हरेक कुरालाई आफ्नो देशमा प्रयोग गर्ने हो भने देश छिट्टै विकास एवंम संवृद्ध हुन समय नलाग्ने पुरस्कृत उद्यमी दिपक चापागाईको भनाई छ । सो समारोहको समापन गर्दै सचिव दाहालले पुरस्कृतहरुले अरुलाई सिकाउनु पर्ने र उद्यमको सुरुवात प्राइभेट क्षेत्रबाटै हुने बताए । रोजगारी सिर्जना, पूँजी लगानी, स्थानीय साधन, आयात प्रतिस्थापन, तथा सामाजिक उत्तरदायित्व र योगदानको आधारमा उत्कृष्ट पुरस्कार घोषणा गरेको मन्त्रालयले जनाएको छ ।

सनराइज बैंकद्वारा त्रिभुवन आर्मी अफिसर्स गल्फ क्लबमा वृक्षारोपण

काठमाडौँ । सनराइज बैंकले वातावरण संरक्षण गर्ने उद्देश्यले त्रिभुवन आर्मी अफिसर्स गल्फ क्लबमा वृक्षारोपण गरेको छ । क्लबले वातावरण र खेलकुद प्रबद्र्घनको लागि ल्याएको गो गीन गल्फ क्याम्पेन अन्तरगत आयोजना गरेको उक्त कार्यक्रममा ५०० वटा विभिन्न जातका बिरुवाहरु रोपिएको हो । बैंकका अध्यक्ष मोतीलाल दुगड तथा बलाध्यक्ष रथि गौरव तन्डुलले बृक्षारोपण गरी कार्यक्रम शुरु गरेका थिए । उक्त कार्यक्रममा बैंक संचालक समितिका सदस्य बच्छराज तातेड, शैलेन्द्र गुरागाईं र त्रिभुवन आर्मी अफिसर्स गल्फ क्लबबाट पूर्व प्रधान सेनापति रुकमाङ्गद कटवालका साथै सनराइज बैंक र आर्मीका अन्य पदाधिकारीहरुले पनि बृक्षारोपण गरेका थिए ।

महालक्ष्मीले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ३ सय जनाले गराए परीक्षण

काठमाडौँ । महालक्ष्मी विकास बैंकका सुकेधारा शाखाले असार २८ गते ओम अस्पताल तथा रिसर्च सेन्टरसँगको सहकार्यमा निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । मधुमेह, स्त्री तथा प्रसुती रोग र रक्तचापको विशेष जाँच गरिएको सो शिविर सुकेधारा चोकमा आयोजना गरिएको हो । करिब तीनसय जनाले निःशुल्क स्वास्थ्य जाँच गराउनु भएको उक्त शिविरमा बैंकको सुकेधारा शाखाले निःशुल्क आवश्यक औषधी समेत उपलब्ध गराएको थियो । बैंकले वित्तीय कारोबारसँगै आफ्नो कार्यक्षेत्र आसपासका विद्यालय, अशक्त, विरामी, गरिब तथा जेहेन्दार विद्यार्थीलाई आगामी दिनहरुमा पनि सहयोग गर्ने प्रतिबद्घता जनाएको छ ।

इक्यान शैक्षिक मेला समापन, ५० हजारले गरे अवलोकन

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आयोजनामा राजधानीमा सुरु भएको १२ औं इक्यान शैक्षिक मेला आइतबार सकिएको छ । उच्च शिक्षाका लागि विदेश जान चाहने नेपाली विद्यार्थी तथा अभिभावकलाई लक्षित गरी आयोजित मेलामा ४ दिनमा ५० हजार जनाले अवालोकन गरेको इक्यानले जानकारी दिएको छ । मेलामा अष्ट्रेलिया, जापान, अमेरिका, यूके, न्यूजिल्याण्ड, क्यानडा यूरोपसँगै छिमेकी मुलुकहरु भारत, चीन, बंगलादेशलगायतमा अध्ययनका लागि जाने विद्यार्थीहरुलाई करिअर काउन्सेलिङ गरिएको थियो । इक्यानका अध्यक्ष विष्णुहरि पाण्डेले भने, ‘मेला निकै सफल रह्यो, मुसलधारे पानीले केही समस्या आए पनि समग्रमा मेला सफल भएको छ, मेलाबाट विद्यार्थी तथा उनीहरुका अभिभावकहरुले विभिन्न देशका विश्वविद्यालय तथा कलेजका प्रतिनिधि र एजुकेशन कन्सलटेन्सीका परामर्श दाताहरुबाट जेन्युन काउन्सेलिङ पाएका छन् ।’ चार दिनसम्म चलेको मेलामा कलाकार, नेता तथा यूवाहरुले अवलोकन गरेका थिए । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बिहीबार उद्घाटन गरेको मेलाको दोस्रो दिन विदेशमा उच्च शिक्षा लिइ नेपाल फर्किएका युवाहरु डा. समीर मणि दीक्षित, नेतृ मानुषीयमी भट्टराई र चलचित्र निर्देशक बिनोद पौडेलले विदेशको शिक्षाबारे आफ्ना अनुभव साटेका थिए । विद्यार्थी तथा अभिभावकसँग साक्षात्कार गर्दै उनीहरुले उच्च शिक्षाका लागि कुनै पनि मुलुकमा गए पनि त्यहाँ सिकेको सीप नेपाल फर्किन सुझाव दिए। मेलामा ३०० भन्दा बढी स्टलबाट वैदेशिक शिक्षाका बारेमा जानकारी उपलब्ध गराइएको थियो । मेलामा चार वटै दिन रक्तदान तथा प्राथमिक उपचारको व्यवस्था समेत गरिएको थियो । साथै मेलामा नेपाल फोटो पत्रकार महासंघले सुन्दर नेपाल शीर्षकको फोटो प्रदर्शनी गरेको थियो ।

एनआईसी एशियाकोे ४१ औँ शाखारहित बैंकिङ सेवा सञ्चालन

काठमाडौँ । एनआईसी एशिया बैंकले गोरखा जिल्लाको गण्डकी गाउँपालिका वडा नं. ८, सिउरेनीटारमा ४१ औंं शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले संचालनमा ल्याएको सिउरेनीटार शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गण्डकी गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष रामप्रसाद रेग्मीले गरेका हुन् । उक्त शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा विनोद नहर्कीलाई नियुक्त गरिएको छ ।