विकासन्युज

अशोक लेलैण्डका गाडी किन्दा आइसिएफसि फाइनान्सबाट ७० प्रतिशत कर्जा पाइने

काठमाडौँ । आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र आइसिएफसि फाइनान्स लिमिटेडबीच सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पन्त र आईएमई मोटर्सको तर्फबाट भाइस प्रेसिडेन्ट इमरान ए. खानले हस्ताक्षर गरेका छन् । सम्झौता अनुरुप आईएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले आइसिएफसि फाइनान्स लिमिटेडबिच सहज रुपमा ७० प्रतिशतसम्मको कर्जा सुविधापाउने भएका छन् । ग्राहकहरुले अशोक लेलैण्डको विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा प्राप्त गर्ने भएका छन् । यो सुविधाले आगामी दिनमा ग्राहकहरुलाई कर्जा सुविधा प्राप्त गर्न निकै सजिलो हुने दुबै कम्पनीका प्रमुखहरुले बताए ।

आशा लघुवित्त मर्जरमा जान तयार, तीन सदस्यीय कमिटी गठन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा बित्तीय क्षेत्रलाई सबल र सुदृढ बनाउनका निमित्त चालेको मर्जर तथा एक्विजिसन सम्बन्धी नीति बमोजिम आशा लघुवित्त वित्तीय संस्थाले मर्जर तथा एक्विजिसनका लागी बाटो खुल्ला गरेको छ । हालै बसेको संचालक समितिको बैठकबाट संस्थाका संचालक प्रदीपकुमार खड्काको संयोजकत्वमा संचालक सुसन शेरचन सदस्य तथा प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलाल सदस्य सचिव रहेको तीन सदस्य मर्जर कमिटी गठन गरेको हो । मर्जर कमिटी गठनसंगै प्रमुख कार्यकारी अधिकृत दुलालले अब अन्य लघुवित्त वित्तीय संस्थासंग तीब्र गतीमा मर्जर तथा एक्विजिसनको लागी छलफल अगाडि बढ्ने बताए ।

एनआईसी एशियाका ग्राहकलाई पोखराका विभिन्न होटलहरुमा ३० प्रतिशतसम्म छुट

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र होटल पोखरा ग्राण्डी, पार्दी विरौटा, पोखराबीच बैंकका सम्पूर्ण ग्राहकवर्गलाई होटल पोखरा ग्राण्डीका विभिन्न सेवा सुविधाहरुमा ३०% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट गण्डकी प्रादेशिक कार्यालयका प्रमुख दिपेन्द्र शर्मा र होटल पोखरा ग्राण्डीको तर्फबाट होटलका प्रबन्ध निर्देशक रोशन खवासले हस्ताक्षर गरे । यसैगरी एनआईसी एशिया बैंक र टीका रिसोर्ट हल्लनचोक लेकसाइड पोखराबीच बैंकका सम्पूर्ण ग्राहकलाई टीका रिसोर्टमा १५% सम्म छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट गण्डकी प्रादेशिक कार्यालयका प्रमुख दिपेन्द्र शर्मा र टीका रिसोर्टको तर्फबाट रिसोर्टका अध्यक्ष टीका पौडेलले हस्ताक्षर गरेका हुन् । यो सम्झौताबाट पर्यटकीय शहर पोखरा भ्रमणका क्रममा यस बैंकका ग्राहकवर्गहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

नेपाल बङ्गलादेश बैँकद्वारा रत्न पुस्तकालयलाई नगद १ लाख सहित पुस्तक हस्तान्तरण

काठमाडौँ । नेपाल बंगलादेश बैंकले नयाँबानेश्वर, काठमाडौँस्थित रत्न पुस्तकालयलाई १२हजार १७८ रुपैयाँ बराबरका विभिन्न साहित्यिक किताबहरु लगायत सोही पुस्तकालयद्वारा संचालित देवकोटा कोषका लागि १ लाख रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ । सो रकम तथा किताबहरु बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रभूषण श्रेष्ठले पुस्तकालयका अध्यक्ष शशीबिक्रम राणालाई हस्तान्तरण गरेका हुन् ।

चेम्बर प्रतिनिधिले अर्थमन्त्रीलाई समस्या सुनाए

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा गएको चेम्बरको प्रतिनिधि मण्डलले मंगलबार अर्थमन्त्री डा.युवराज खतिवडा तथा अर्थमन्त्रालयका उच्च पदस्थ अधिकारीसँग भेट गरेको छ । प्रतिनिधि मण्डलले हालै सार्वजनिक भएको आर्थिक ऐन २०७६ ले आर्थिक क्षेत्रमा देखिएका बिद्यमान व्यवसायीक कठिनाईबारे अवगत गराएको छ । अध्यक्ष श्रेष्ठले भेहिकल कार्गो ट्रयाकिङ सिष्टम अन्तर्गत वेबमा आधारित ढुवानीको सम्बन्धमा राजश्व अनुसन्धान बिभागबाट वेबमा आधारित ढुवानी प्रणाली अन्तरगत एक स्थानबाट अर्को स्थानमा व्यवसायीक प्रयोजनको माल सामान ओसारपोसार गर्नु पूर्व सो सम्वन्धी बिवरण वेबमा आधारित केन्द्रीय सूचना प्रणालीमा साउन १ गतेदेखि प्रबिष्टि गरेर मात्र ओसारपोसार गर्नु पर्ने गरी जारी भएको व्यवस्था नेपालको लागि पूर्णतः नयाँ व्यवस्था भएको बताए । भन्सार विन्दुबाट गन्तब्य स्थल, यसैगरी उद्योगबाट गन्तब्यस्थलसम्मको लागि मात्रै मालबस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भिसिटिएस) लागु गर्न र स्थानीय ढुवानीमा लागु गर्न उपयुक्त नहुने उनले बताए । हालको आर्थिक ऐनले स्थायी लेखानम्वर नभएकाकर्मचारी तथा कामदारलाई भुक्तानी गरिएको खर्च आय गणना गर्ने प्रयोजनको लागि खर्च बापत कट्टी गर्न नपाइने भएकोले उद्योग व्यवसायमा प्रत्यक्ष प्रभाव पर्न जाने उनले बताए । सो छलफलका क्रममा अर्थमन्त्री खतिवडाले भेहिकल कार्गो ट्रयाकिङ सिष्टमले रियल टाइम सूचना प्रवाह गर्ने र केही प्राविधिक कठिनाई भए व्यवहारिक रुपले यसको समाधान गर्दै जाने बताए ।

प्रदीपकुमार श्रेष्ठलाई एचसीसीएनको डीनको जिम्मेवारी

काठमाडौं । एचसीसीएनको डीनको कार्यभार साउन ७ गतेबाट नेपालका लागि दक्षिण अफ्रिकाका वाणिज्यदूत तथा पञ्चकन्या ग्रुपका प्रबन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठले १ वर्ष अवधिका लागि सम्हाल्ने भएका छन् । श्रेष्ठले दक्षिण अफ्रिकाको वाणिज्यदूतको रुपमा विगत १६ वर्षदेखि जिम्मेवारी वहन गरिरहेका छन् । विगतमा उनले कन्फिडरेशन अफ एशिया प्यासिफिक चेम्बर अफ कर्मश एण्ड इण्डष्ट्री (क्यासी) को उपाध्यक्ष र नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

४० हजार मेट्रिक टन रसायनिक मल नेपाल भित्रिँदै, अभाव अझै  यथावत

काठमाडौं । लामो समयलेखि बन्दरगाहमा रोकिएको ४० हजार मेट्रिक टन रसायनिक मलको मंगलबारदेखि ढुवानी सेवा सूचारु भएको छ । राजश्वको विषयलाई लिएर बन्द भएको ढुवानी सेवा पाँच दिनपछि सूचारु भएको कृषि तथा पशुपन्छी मन्त्रालयले जानकारी दिएको छ । २० हजार मेट्रिक टन डिएपी मल र २० हजार मेट्रिक टन यूरिया मल नेपाल भित्रिने कृषि मन्त्रालय श्रोतले जनाएको छ । ‘५७ हजार ५ सय मेट्रिक टन रसायनिक मल कृषि सामग्री कम्पनीले ल्याउनेमा हालसम्म २५ सय मेट्रिक टनमात्र कलकत्तामा रहेको छ, पछिल्लो समय बाढी पहिलोको समस्यासँगै कृषक केहिमात्रामा मलको समस्या देखिए पनि मनसुन ढिलो भएको कारण खासै मलको अभाव भएको छैन ।’ मन्त्रालयका एक अधिकारीले भने । नेपालमा वार्षिक ७ लाख मेट्रिक टन मलको आवश्यक छ । तर, वार्षिक ४ लाख मेट्रिक टन मलपनि आयात हुँदैन । आवश्यक मात्रामा मल आयात नहुँदा कृषकहरुले सधैँजसो अभावको झेल्दै आएका छन् ।

महालक्ष्मी विकास बैंकद्वारा पृथ्वीचन्द्र अस्पताललाई सहयोग

काठमाडौँ । महालक्ष्मी विकास बैंक लि.परासी शाखाले पृथ्वीचन्द्र अस्पताल, रामग्राम नवलपरासीमा तातो चिसो पानी आउने वाटर डिस्पेन्सर, वाटर प्युरिफायरतथा वाटर मोटर मेसिन जडान गरेको छ । बैंकको उक्तशाखाले सो अस्पताल परिसरमाएक कार्यक्रम आयोजना गरी उक्त सामाग्री हरुहस्तान्तरण गरेको हो । बिरामीहरुका लागि पर्याप्त मात्रामा तातो चिसो पानीको व्यवस्था मिलाउने उद्देश्यले बैंकद्वारा अस्पताललाई वाटर डिस्पेन्सर र वाटर प्युरिफायर वितरण गरिएको हो । यसका साथै उक्त अवसरमा अस्पतालका बिरामीहरुका लागी फलफुलपनि वितरण गरिएको थियो ।