विकासन्युज

कोरियाका उद्योगीलाई नेपालमा लगानी गर्न श्रममन्त्री विष्टको आग्रह

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले नेपालमा रोजगारीको सम्भावना रहेकोले नेपालमा लगानी गर्न दक्षिण कोरियाका निजी क्षेत्रलाई आग्रह गरेका छन् । विगत लामो समयदेखि कोरियामा काम गरेर नेपाल फर्किएका नेपालीले गरेको उक्त कार्यक्रममा बोल्दै लगानीका लागि आवश्यक वातावरण बनेकोतर्फ पनि दक्षिण कोरियाली निजी क्षेत्रको ध्यानकर्षण गराएका थिए । श्रममन्त्री विष्टले हाल सम्म २००७ साल पछि ६३ हजारभन्दा बढी नेपालीले गणतन्त्र कोरियामा काम गरिका छन् । जसले नेपाली युवालाई स सम्मानका साथ राम्रो काम प्रदान गरिको हुँदा नेपाली युवाहरुले नै धेरै काम नेपालमा गर्न सक्ने बताए । कोरियाबाट फर्किएका युवाले कसरी नेपालीमा आफुलाई उद्यमीको रुपमा स्थापित गर्ने देखि त्यहाँ सिकेका कुराहरुलाई त्यहाँको प्राविधिलाई नेपालमा कसरी व्यवस्था पनि गरि उत्पादन गर्ने भन्ने विषयमा ध्यान केन्द्रित गरि अगाडी बढ्नु पर्ने समय आएको मन्त्री विष्टको भनाई रहेको छ । दक्षिण कोरियाको निजी क्षेत्रसँग नेपालमा भईरहेका सम्भावनाहरुलाई माथि उकासेर अगाडी बढ्ने हो भने हाल देशले लगानीमा गर्न अवसर रहेको छ । एउटा पनि नेपाली काम सकेपछि कोरिया नबस्योस् आफ्नो आत्मसम्मानको लागि र नेपालको विकासलाई लम्काउन भएपनि नेपालमै फर्किएर व्यवसाय गर्न आग्रह गरेका छन् ।

एनआईसी एशिया ब्यालेन्स फन्डको सार्वजनिक निष्काशन साउन ८ गतेदेखि

काठमाडौ । एनआईसी एशिया क्यापिटल लिमिटेडले ‘एनआर्ईसी एशिया व्यालेन्सड् फण्ड’ को सार्वजनिक निष्काशन खुल्ला गरेको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममासो जानकारी सार्वजनिक गरेको हो । उक्त कम्पनीले १० करोड ६२ लाख ५० हजार कित्ता (इकाई) को निष्काशन तथा बिक्री खुल्ला गरेको हो । निष्काशन साउन ८ गतेदेखी खुल्ला हुनेछ । माग बमोजिम आवेदन प्राप्त भएमा निष्काशन साउन १२ गते बन्द हुनेछ । तर, माग अनुसार आवेदन नपरेमा निष्काशन तथा बिक्री भदौ ५ गतेसम्म कायम रहने छ । न्यूनतम १ हजार देखी साढे १७ करोड रुपैयाँसम्म आवेदन बुझाउन सक्ने व्यवस्था गरिएको छ । एन आइ सी एशिया बैक म्युचुअल फण्ड अन्र्तगत संचालन हुने दोश्रो बन्दमुखी योजनाको प्रति कित्ता १० रुपैयाँका दरले १२ करोड ५० लाख कित्ताको १५ प्रतिशत ईकाइ कोष प्रवद्र्धकमा रहनेछ । एकाई कोष प्रवद्र्धक एनआईसी एशिया बैंक लिमिटेड तथा योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । विषेश पत्रकार सम्मलेनमा बोल्दै एनआईसी एशिया क्यापिटल फण्डका प्रमुख कार्यकारी अधिकृत(सिईओ) रामेन्द्र रायमाझीले भने-‘हामी सूचना जारी गरेको छोटो समयमै इच्छुकहरु धेरै देखिनु भएको छ, यसको प्रभाव देशको अर्थतन्त्रसम्म पर्नेछ ।’ उनले अहिलेको समय शुद्ध बचतका लागि मात्र नभएर लगानीको लागी समेत भएकोमा जोड दिए । साथै २, ३ बर्ष अगाडिको अर्थ बजार हालको बजारमा रहेको भिन्नतामा उनले जोड दिए ।

राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता कार्य शुरु

दमौली । राष्ट्रिय परिचयपत्र वितरणका लागि तनहुँ जिल्लामा दर्ता कार्य शुरु भएको छ । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानको तस्वीर खिचेर जिल्लामा सोमबारदेखि परिचयपत्र वितरणका लागि विवरण सङ्कलन कार्य शुरु भएको हो । जिल्ला प्रशासन कार्यालय तनहुँमा स्थापना गरिएको फिल्ड कार्यालयमा उपस्थित भएर मन्त्री चुमानले आफ्नो व्यक्तिगत विवरण, तस्वीर, हस्ताक्षर, औंठा छापलगायतका विवरण भरेका छन् । सोही अवसरमा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले र व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेको पनि विवरण दर्ता गरिएको छ । कार्यक्रममा मन्त्री चुमानले मुलुक आधुनिक प्रविधितर्फ अघि बढिरहेकाले पुराना सोच र शैलीलाई विस्थापित गर्न र मुलुकमा सुशासन र समृद्धि कायम गर्न राष्ट्रिय परिचयपत्रले सहयोग पुर्याउने मन्त्री चुमानले बताए । जिल्ला समन्वय समितिका प्रमुख वाग्ले र व्यास नगरपालिकाका प्रमुख न्यौपानेले राष्ट्रिय परिचयपत्रले सम्पूर्ण विवरण एकीकृत गर्न सहयोग पुग्ने बताएका छन् । प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितका अनुसार परिचयपत्रका लागि आवेदन फाराम भर्दा १६ वर्ष उमेर पुगेका र नेपाली नागरिकताको प्रमाणपत्र पाएका नागरिकले नामथर, जन्ममिति, लिङ्ग, आमाबाबुको नाम, ठेगाना, नागरिकताको किसिम, पति र पत्नी, बाजेको नाम उल्लेख गर्नुपर्छ । यस्तै फारममा औंठाछाप (१० वटा), आँखाको नानी, तस्वीर, राष्ट्रियता र हस्ताक्षर उपलब्ध गराउनुपर्छ । दर्ताका लागि तीन कर्मचारी परिचालन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले जानकारी दिए । चालू आर्थिक वर्षमा स्थानीय तहसँगको समन्वयमा सबै स्थानीय तहका वडासम्म पुगेर विवरण सङ्कलन गरिनेछ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले पहिलो चरणमा पाँचथर र सिंहदरबारस्थित राष्ट्रसेवक कर्मचारी गरी एक लाख १७ हजारलाई परिचयपत्र वितरण गरेको छ । यही साउनदेखि प्रदेश नं १ को झापा र सङ्खुवासभा, प्रदेश नं २ का सप्तरी र महोत्तरी, प्रदेश नं ३ का ललितपुर, रसुवा र चितवन, गण्डकी प्रदेशको तनहुँ र स्याङ्जा, प्रदेश नं ५ को कपिलवस्तु र गुल्मी, कर्णाली प्रदेशको सल्यान र जुम्ला तथा सुदुरपश्चिम प्रदेशका अछाम र कञ्चनपुरमा राष्ट्रिय परिचयपत्र वितरणका लागि विवरण सङ्कलन शुरु भएको छ । नेपाल सरकारबाट नेपाली नागरिकलाई प्रदान गर्ने सेवासुविधालाई राष्ट्रिय परिचयपत्र प्रणालीमा आबद्ध गर्नाका साथै सो प्रणालीबाट प्राप्त हुने तथ्याङ्क तथा अभिलेख नीति एवं योजना निमार्णमा प्रयोग हुनेछ । यसले व्यक्तिको राष्ट्रिय पहिचानपत्र र मतदाता परिचयपत्रका रुपमा काम गर्ने सबै किसिमका सार्वजनिक सेवा प्राप्त गर्ने आधार दिनेछ । सामाजिक सुरक्षा कार्डका रुपमा यही कार्ड प्रयोग हुनेछ । यसले सुरक्षा व्यवस्थापनका लागि सहयोगी अभिलेखको काम गर्नेछ । अन्य सार्वजनिक सेवासँग राष्ट्रिय परिचयपत्र प्रणालीलाई आबद्ध गरेपछि सार्वजनिक सेवा प्रदायक निकायले झन्झटरहित, छोटो समय र कम लागतमा सेवा प्रदान गर्न सम्भव हुनेछ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जन्म, मृत्यु, बसाइँसराइ तथा अन्य कारणबाट व्यक्तिगत सूचनामा परिवर्तन भएमा सोही अनुसारको अभिलेख व्यवस्थापन गर्ने प्रणालीको स्थापना तथा विकास गरेको छ । राष्ट्रिय परिचयपत्र नम्बर र राष्ट्रिय परिचयपत्रलाई बहुउपयोगी प्रणालीका रुपमा सरकार र सरकारबीच (जिटुजी), सरकार र व्यवसायीबीच (जिटुबी) र सरकार र नागरिकबीच (जिटुसी) सेवा प्रदान गर्न उपयोग हुनेछ । रासस

असली रामेन भित्र्याए अर्जुनले, भन्छन्-‘१७ वटा व्यवसायमा फेल खाएँ, अब जम्छु’

काठमाडाैं । बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्ट भित्र खोलिएको होकाईडो रामेन हाउस गत शुक्रबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । जापनिज प्रख्यात फास्ट फुड हो रामेन । यसमा चिनियाँ शैलीमा बनाइएको चाउचाउ मासु वा माछाको झोलमा पस्किने गरिन्छ । साथै बङ्गुरका तासिएका मासु, समुद्री लेउ, मेनमा र हरिया प्याज पनि खानाको माथिपट्टी राखिएर सजाईन्छ । ठाउँ अनुसार रामेनका बनावट शैली फरक पर्ने पनि हुन्छ । करिव २ दशक जापानमा विताएको अर्जुन अधिकारीले १७ जना जापानिजको समेत सेयर लगानीमा होकाईडो नेपाल विजनेश ग्रुप प्रा.लि. खोले । नेपालमा धेरै अध्ययन गरिसकेपछि उनले रामेन अर्थात जापानको प्रख्यात नुडल्सलाई नेपालमा भित्राउने निर्णयमा पुगे । अर्जुन नेपालका धेरै जापानिज रेस्टुराहरुमा गए । तर धेरैमा उनले रामेनको स्वाद भन्दा पनि मैदाको स्वाद बढी पाए । त्यही कुरालाई ध्यानमा राख्दै उनले शुद्ध जापानी स्वादको रामेन खुवाउने रेस्टुरा खोलेका हुन् । उनले होटलका सेफ जापानबाटै भित्र्याएका छन् । उनले रामेनसँग सम्बन्धित मोमो, फ्राइ चिकेन, फ्राइ राइसलाई पनि रेस्टुराको मेनुमा राखेका छन् । जापानको निकै लोकप्रिय, सस्तो र स्वस्थ फास्टफुड हो, रामेन । धेरै नेपालीहरुको दिमागमा भने नेपालमा पछिल्लो पटक एकदमै फेमस भएको रातो प्याकेटमा रामेन लेखेको नुडल्स हो । ‘खास त्यो असली रामेन भने होइन्’ अधिकारी भन्छन्, ‘सोलु, नाम्चेबजारमा पाइने सुपमा केही नगरि सिधा थुक्पा राखिने सरह हो हाम्रो रामेन ।’ जापनिज खानेकुराको एउटा जटिल पाटो भनेको यसमा नुन मात्र लिएर खानेकुराको स्वादसँग खेल्नुपर्ने उनी बताउँछन् । रामेनलाई एक दुई दिनको व्यावसाय भन्दा पनि दीर्घकालिन रुपमा लैजान खोजेका छन् उनले । यसमा सफलता पाए काठमाडौंका ठाउँठाउँमा बिस्तार गर्ने उनको सोच छ । सेन्ट्रल किचेनबाट उनी सबैतिर फ्रेस रामेन पठाएर व्यापार गर्ने योजना बनाएका छन् । उनले यही व्यवसायमा लाग्नुको मुख्य उद्देश्य भनेको नेपालीहरुलाई जापनिज स्वाद चखाउनु हो । आफूले जसरी जापानमा नेपाली खानाको बारेमा बुझाउन पाए उनी अब त्यही नेपालमा गर्न चाहन्छन् । अर्जुनले रेस्टुराँ  खोलेको करिब २ महिना भईसकेको छ । तर औपचारिक रुपमा गत शुक्रबार उद्घाटन गरिएको छ । उनी बाहिरी मिडिया र बजारमा भने आएका छैनन् । उनी हाल रिसोर्टमा खान आउने मानिसहरुबाट राय संकलन गर्दैछन् । र, जति मानिस आए सबै सन्तुष्ट छन् । अब भने छिट्टै नै मिडिया मार्फत बजारमा आउने उनको योजना रहेको छ । यसमा सफल भए उनको काठमाडौंको अन्य ५/६ क्षेत्रमा यसको शाखा खोल्ने योजना रहेको छ । उनले हाल त्यसैको लागि मास्टर किचेन बनाईसकेका छन् । उक्त किचेनमा एकदिनमा ३ हजार मानिसका लागि रामेन बनाउन सक्ने क्षमता रहेको उनी बताउँछन् । यही व्यवसायलाई बिस्तार गरेर ३ वर्षभित्रमा ३० जना मालिक बनाउने योजना छ उनको । त्यसको लागि उनी जापानबाट फर्केर आएका मानिसहरुलाई यस व्यवसायमा संग्लन गराउन चाहन्छन् । कम्तिमा पनि २० लाख रुपैंयाँमा यसको आउटलेट खोल्न सक्ने बनाउने योजना छ । त्यसमा सबै खानाको कच्चा पदार्थहरु आफ्नै सेन्ट्रल किचेनबाट ठाउँठाउमा पुर्याउने अर्जुनको योजना रहेको छ । अर्घाखाँचीका  अर्जुन, जापानकाे अनुभव अर्जुन अधिकारी अर्घाखाँचीमा जन्मिए । परिवारमा उनका दाई पर्यटन व्यवसायमा होमिईसकेका थिए । दाईको प्रभाब अर्जुनमा नपर्ने कुरै भएन । पोखरामा अध्ययन सकेपछि अर्जुन काठमाडौं फिरे । काठमाडौं अर्थात सपनाको शहर । काठमाडौं पाइला टेक्नु अगाडी युवाहरु अनेक सपना बुन्ने गर्छन् । मनभरी मीठो कल्पना सजाउछन् । तर काठमाडौंको नाका छिरिसकेपछि यहा अनेकौं हन्डर, ठक्कर खानुपर्छ । तर अर्जुनले त्यति धेरै हन्डर ठक्कर झेल्नु परेन । अर्जुनका दाईले होटल खोलिसकेका थिए । उनले त्यही होटलका लागि मार्केटिङ गर्ने काम शुरु गरे । यो काम गर्दागर्दै उनलाई पर्यटक भिसामा जापान जाने मौका मिल्यो । जापान पुगेपछि अर्जुनले एउटा ठूलै होटेलमा काम गर्ने अबसर पाए। त्यो काम पाउन जापानमै बसिरहेका उनका साथीले सघाए । जापान बसाईको क्रममा अर्जुनले धेरै कुरा सिके । जापान बस्दा उनलाई दुई वटा कुरा खुब चित्त बुझे । पहिलो हावापानी, दोस्रो जापानीको काम गर्ने शैली । बिचमा नेपाल फर्किएर उनले लामो समयका लागी भिसा लिएर जापान फर्के । सन् २००१ देखी २००४ सम्म आधा समय नेपाल हुन्थे, आधा समय जापान । काम गर्दै जाँदा अर्जुनलाई आफ्नै व्यवसाय गर्ने रहर पलायो । जुन पेशा उनले अंगाल्दै आएका थिए, त्यसैमा आफ्नो भविष्य बनाउने सपना देखे । अन्ततः सन् २००५ को नोभेम्बरमा अर्जुनले आफ्नै व्यवसाय सूरु गरे । जापानमा नेपाली स्वाद चखाउँनका लागि उनले नेपाली रेस्टुरेन्ट खोले । नाम राखे –बिस्तारै बिस्तारै । व्यवसायको सुरुवाती दिनहरुमा उनलाई एकदमै गाह्राे भयो । सुरुवाती दिनमा उनीसँग पर्याप्त पैसा थिएन । व्यवसाय पनि खासै राम्रो चलेन । रेस्टुरेन्टको व्यापार नाफा घाटा चलिरह्यो । उनले हिम्मत हारेनन् । कहिल्यै निरास भएनन् । ‘विस्तारै–विस्तारै’ को सफलतापछि समय सधैं एकनासले कहाँ चल्छ र ? बिस्तारै नाफा कमाउँदै गए । रेस्टुराँको नाम बिस्तारै बिस्तारै जस्तै व्यापार पनि त्यस्तै भयो । बिस्तारै–बिस्तारै यसरी उकालो लाग्यो कि जापानमा यसका १६ ठाउँमा शाखा बिस्तार भए । शाखा खोल्दै जाने क्रममा रेस्टुराँमा काम गर्ने साथीहरुलाई पनि थोरै थोरै गरेर तलबबाट रकम काट्दै सेयर हाल्न लगाए । उनले रेस्टुराँको ८० प्रतिशत जिम्मेवारी जापनिजलाई दिए । किनभने जापनिजहरु काम गर्नमा पोख्त थिए । जापानमा छोटो समयमै प्रगती गर्ने थोरै मानिसमा उनी पनि पर्छन् अर्जुन । जापानको होकाईडो गाउँमा अर्जुनको सबैभन्दा धेरै समय बित्यो । गाउँमा उनले सबैबाट निकै माया पाए । त्यसमा पनि बुवा समान जापनिजहरुले उनलाई धेरै माया दिए । सहयोग गरे । पहिलेदेखी नै पर्यटन क्षेत्रमा हात हालेका उनलाई जापनिजहरुले नेपाल भारतमा पर्छ भनेको सुन्दा सार्है नरमाइलो लाग्थ्यो । आफ्नो देश जापनिजहरुलाई सानो लागेको कुरा उनलाई फिटिक्कै चित्त बुझेन । यहि भ्रमलाई मेटाउन उनले त्यहीँका आफ्ना रेस्टुराँमा काम गर्ने नेपाली दाजुभाइसँग मिलेर नेपाल डे मनाउने निर्णय गरे । दसैं जस्ता चाडपर्वमा नेपाल सम्बन्धि बिशेष दिन मनाउन थाले । र, जापनिजहरुलाई नेपाल घुम्न जान आग्रह गरे । जापनिजहरुलाई नेपाल घुम्न सल्लाह सुझाव दिने थाले । त्यसयता उनको सिफारिसमा २ सय ७० भन्दा बढी जापनिजले नेपाल घुमिसकेका छन् । नेपालीहरु जापान ओइरिने क्रम रोकिएको थिएन । सबैको नेपालप्रति गुनासो हुन्थ्यो । उनी भने दोधारमा थिए । उनीहरुले न त नेपाललाई पुरै छोड्न सके न त जापानलाई पूर्ण रुपमा अंगाल्न नै सके । यही कारण उनलाई नेपालमै केही गर्नुपर्छ भन्ने सोच आयो । उनले नेपालमा सुरुमा २ वटा व्यवसायबाट काम सुरु गरे । व्यवसाय विस्तारको क्रममा उनले १७ वटा व्यवसायमा हात हाले । तर अर्जुनलाई शायद समयले साथ दिएन । उनी यी सबै व्यवसायमा बिफल भए । आफू सबैमा बिफल हुनुको कारण खोज्दै गर्दा मानिसहरुलाई चाँडै विश्वास गर्ने र एक फोन कलको भरमा र नमस्कारको भरमा मानिसँग डिल गर्ने बानी भएको निष्कर्षमा पुगे । आफ्ना व्यवसाय उनले बेच्ने निर्णय गरे । आफ्नो लगानी डुबाए । जति उनी बिफल हुँदै गए, त्यति म को हुँ भन्ने कुरामा अलमल्ल पर्न थाले । परिवारका सदस्यहरु उनलाई जग्गा किनेर फाईदा लिएर बसोस् भन्ने चाहन्थे । तर उनी भने अझै केही व्यवसाय गर्न चाहन्थे । परिवारका सदस्यले धेरै कराए, गाली गरे । तर अहँ, उनलाई केही गर्नु थियो नेपालमा । र, त्यही आशाको साथ अर्जुन नेपालमा आफ्नो जापानको लोकप्रिय खाजा रामेन नुडल्सलाई पूर्ण जापानिज विधि अपनाइ रामेनको असली स्वाद लिएर आएका छन् । करिब ३ करोड रुपैंयाँ लगानी गरेर ल्याईएको यो व्यवसायलाई उनी अब भने कुनै पनि हालतमा खस्किन नदिने सोचमा छन् । रामेन चेन रेष्टुरेन्टमा सफलता हासिल गरेमा नेपालको पर्यटन व्यवसायमा उनी र उनको जापानी टोली नयाँ सेवाको क्षेत्रमा लगानी विस्तार गर्ने सोचमा छ । विगतमा १७ वटा व्यवसायमा असफल भए पनि अब जम्मे उनको दृढ विश्वास छ ।

प्यान र भीसीटीएस ३ महिनापछि मात्रै पूर्ण रुपमा लागु हुन्छः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले प्यान, बैंक खातामार्फत तलब भुक्तानी, मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भिसिटिएस) लगायतका अहिलेका नियमहरु लागु गर्न के कस्तो तयारी गर्नुपर्छ कार्यदलमार्फत सम्बोधन गरिने बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघका पदाधिकारीसँग अर्थमन्त्रालयमा आयोजित अन्तरक्रियामा बोल्दै उनले अहिलेका प्रावधानहरु एकै पटक आएकाले समस्या जस्तो देखिएको भन्दै अर्थमन्त्री खतिवडाले यी प्रावधानहरु लागू गर्न मन्त्रालयले परीक्षण तथा प्रवद्र्धनको समय राखेको बताए । यसका लागि समय थप गर्न मन्त्रालय सकारात्मक समेत रहेको भनाई राख्दै अर्थमन्त्री खतिवडाले प्यान दर्ता गरी बैंक मार्फत तलब भुक्तानी गर्ने व्यवस्था र मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भिसिटिएस)लगायतका सम्बन्धमा तीन महिनाका लागि पुरानै व्यवस्थामा काम गर्न सकिने बताए । नेपालको अर्थतन्त्रमा ठूलो योगदान पुर्याउँदै आएका साना तथा घरेलु उद्योगहरुको प्रवद्र्घनमा सरकार लागेको भन्दै उनले यस्ता उद्योगहरुको उत्पादन लागत घटाउन प्रविधि सहयोग गर्न सरकार सहकार्य गर्न तयार रहेको बताए । तत्काल प्यान दर्ता गरी बैंक मार्फत तलब भुक्तानी गर्ने व्यवस्था लागु गर्ने अवस्था नरहेको भन्दै थप समय उपलब्ध गराउन महासंघको आग्रहलाई सम्बोधन गर्दै उनले प्यान, मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भिसिटिएस)लगायतका अहिलेका नियमहरु केही समयका लागि लागु गर्न के कस्तो तयारी गर्नुपर्छ कार्यदलमार्फत सम्बोधन गरिने बताए । महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले तत्काल प्यान दर्ता गरी बैंक मार्फत तलब भुक्तानी गर्ने व्यवस्था लागु गर्ने अवस्था नरहेको भन्दै थप समय उपलब्ध गराउन आग्रह गरे । आर्थिक वर्ष २०७६/७७ देखि निजी क्षेत्रमा काम गर्ने सवै कर्मचारी र मजदुरहरुलाई समेत अनिवार्य ९प्यान दर्ता गरी बैंक मार्फत तलव भुक्तानी गर्ने व्यवस्था लघु, घरेलु तथा साना उद्योगमा तत्काल लागु गर्ने अवस्था तत्काल नरहेको उनले बताए । सामजिक सुरक्षा कोषको व्यवस्था पनि पहिले ठूला र मझौला उद्योगमा लागु गरि त्यसको व्यवहारीक अनुभवबाट मात्र क्रमशः लघु, घरेलु तथा साना उद्योगमा लागु गर्न श्रम मन्त्रालय र निजी क्षेत्रका बिच मौखिक सहमति भएको पुष्ठभूमिमा यस्ता उद्योगमा काम गर्ने कर्मचारी र मजदुरलाई प्यान दर्ता गर्ने प्रयोजनको तयारीका लागि ६ महिना अवधि उपलब्ध गराउन महासंघका अध्यक्ष गिरीको आग्रह थियो ।

छड्के अनुगमनमा परे २१ कर्मचारी

रुपन्देही । प्रदेश नं ५ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले यातायात व्यवस्था कार्यालयको आज छड्के अनुगमन गर्दा २१ कर्मचारी अनुपस्थित रहेको पाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट खटिएका छुट्टाछुट्टै टोलीले यातायात व्यवस्था कार्यालय सवारी शाखा मणिग्राम र लाइसेन्स शाखा बुटवलमा छड्के अनुगमन गरिएको थियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव एवं प्रवक्ता वसन्त अधिकारीले ३२ जना दरबन्दी रहेको यातायात व्यवस्था कार्यालय मणिग्राममा कार्यालय प्रमुख मुक्ति पाण्डेसहित १० कर्मचारी अनुपस्थित रहेको र २९ जना दरबन्दी रहेको लाइसेन्स शाखा बुटवलमा ११ कर्मचारी अनुपस्थित रहेको जानकारी दिएका छन् । अनुगमनका क्रममा कार्यालयका कर्मचारीले परिचयपत्र र पोशाक नलगाएको र समयमा कार्यालयमा उपस्थित नभएको पाएकाले स्पष्टीकरण सोधिने र स्पष्टीकरण प्राप्त भएपछि कर्मचारी नियमावलीअनुसार अरु प्रक्रिया अघि बढाइने प्रवक्ता अधिकारीले जानकारी दिएका हुन् । रासस

टेलिकमको एफटीटीएचमा अब थप सुविधा, कम्बो र अन्य अफर प्रयोग गर्न सकिने

काठमाडौँ । नेपाल टेलिकमले उच्च गुणस्तरीय इन्टरनेटका साथै भ्वाइस सुविधा समेत प्रयोग गर्न सकिने गरी ल्याएको फाइबर टु द होम(एफटीटीएच) सेवालाईसाउन ५ गतेदेखि लागु हुने गरी थप व्यवस्थित गरेको छ । एफटीटीएचमा एउटै केबलबाट उच्च गुणस्तरको टेलिफोन र द्रुत गतिको इन्टरनेट प्रयोगमा ल्याउन टेलिकमले जनाएको छ । यसअघि जडान भएका तथा नयाँ जडान हुने सबै एफटीटीएच प्रविधिबाट सञ्चालित ल्यान्ड लाइनबाट देशभरका अन्य अपरेटरको नेटवर्कमा पनि साउन ५ गतेदेखि कल गर्न सकिने सुविधा स्वतः उपलब्ध भएको छ । नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क राखी आवश्यकता अनुसार आईएसडी लगायतका विभिन्न सेवा समेत थप गर्न सकिने छ । नेपाल टेलिकमले प्रबद्र्धनात्मक अफर अन्तर्गत यो सेवा लिने ग्राहकहरुका लागि कम्पनीको नेटवर्क भित्र मात्र कल गर्न मिल्ने गरी निःशुल्क भ्वाइस कल सेवा उपलब्ध गराइरहेको थियो । सो अफर असार मसान्तदेखि समाप्त भएकोले साउन ५ गते पश्चात एफटीटीएच प्रविधिमार्फत सञ्चालित ल्यान्डलाइन नम्बरमा पर्याप्त व्यालेन्स नभएमा भ्वाइस कल सेवा बन्द हुन सक्नेछ । त्यसैले समयमै मासिक रेन्टल चार्जको रुपमा न्यूनतम २ सय ६० रुपैयाँ रिचार्ज गरी सेवा सुचारु राख्न सकिनेछ । मासिक रेन्टल वापत नेपाल टेलिकमको नेटवर्क भित्र २ सय ५० मिनेटसम्म निःशुल्क कल गर्न सकिनेछ भने अन्य कलको लागि ल्यान्डलाइन टेलिफोनसरह शुल्क लाग्नेछ । हाल प्रयोगमा रहेको ल्यान्डलाइन(पीएसटीएन) टेलिफोनमा जस्तै एफटीटीएच प्रविधिबाट सञ्चालित ल्यान्डलाइनमा पनि विभिन्न तरिकाले महशुल बुझाउन वा रिचार्ज गर्न सकिन्छ । नजिकको दूरसञ्चार कार्यालयबाट, एमपोस प्रविधिबाट, बैंकबाट, नेपाल टेलिकमका कुनै पनि नम्बरबाट १४१२ मा डायल गरी वा नेपाल टेलिकमको वेबसाइटमार्फत रिचार्ज कार्ड प्रयोग गरी रिचार्ज गर्न सकिने छ । नेपाल टेलिकमले एफटीटीएच अन्तर्गत व्यक्तिगत र कर्पोरेट युजर प्याकेज उपलब्ध गराइरहेको छ । जस अन्तर्गत ८ एमबीपीएस, १८ एमबीपीएस, ३५ एमबीपीएस र ५५ एमबीपीएसका उपलब्ध प्याकेजहरु प्रयोग गर्न सकिन्छ भने कर्पोरेट प्याकेज अन्तर्गत १० र २० एमबीपीएसका ३ महिना, ६ महिना र एक वर्ष समयावधिका एफटीटीएच इन्टरनेट प्याकेजहरु उपलब्ध छन् । नयाँ लाइन जडान गर्दा एक वर्षको इन्टरनेट प्याकेज लिने ग्राहकलाई एक थान सीपीई निःशुल्क उपलब्ध गराइने छ भने छ महिनाको इन्टरनेट प्याकेज लिने ग्राहकलाई एक थान सीपीईको मूल्यमा रु. ३ हजार छुट उपलब्ध गराइने छ । यसैगरी सबै नयाँ जडान गर्ने ग्राहकहरुलाई एकसय मिटर फाइबर निःशुल्क उपलब्ध गराइने छ । हालै समर अफर अन्तर्गत एफटीटीएच इन्टरनेट सेवामा नयाँ कम्बो प्याकेज ल्याइएको छ । यी प्याकेजहरु १५ एमबीपीएस, २५ एमबीपीएस, ४० एमबीपीएस र ६० एमबीपीएसमा उपलब्ध छन् । १५ एमबीपीएसको एक महिनाको १ हजार २ सय रुपैयाँ, ३ महिनाको ३ हजार ४ सय रुपैयाँ, ६ महिनाको ६ हजार ४ सय रुपैयाँ र एक वर्षको १२ हजार ३ सय रुपैयाँ मूल्य निर्धारण गरिएको छ । त्यसैगरी २५ एमबीपीएसको कम्बो प्याकेज १ महिनाको १ हजार ९ सय, ३ महिनाको ५ हजार ४ सय ५०, ६ महिनाको ९ हजार ७ सय र एक वर्षको १७ हजार २ सय रुपैयाँमै उपलब्ध गराइएको छ । ४० एमबीपीएसको प्याकेजका लागि मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिक शुल्क क्रमशः २ हजार २ सय ५०, ६ हजार ४ सय ५०, १० हजार ७ सय र १९ हजार रुपैयाँ मूल्य निर्धारण गरिएको छ । यता ६० एमबीपीएसको सोही प्याकेजको मूल्य क्रमशः २ हजार ४ सय ५०, ७ हजार ५०, ११ हजार ८ सय र २१ हजार ४ सय रुपैयाँ रहेको छ । यी सबै कम्बो प्याकेजमा उल्लेखित इन्टरनेट व्यान्डविथको अलावा १ महिना, ३ महिना, ६ महिना र एक वर्षको लागि क्रमशः २ सय ५० मिनेट, ७ सय ५० मिनेट, १५ सय मिनेट र ३ हजार मिनेटसम्म नेपाल टेलिकमको नेटवर्क भित्र निःशुल्क कल गर्न सकिने सुबिधा उपलब्ध गराइएको छ । एफटीटीएच प्रविधिमार्फत परम्परागत तामाको तारको सट्टामा घरसम्म अप्टिकल फाइबर पु¥याई ट्रिपल प्ले अर्थात भ्वाइस, उच्च गतिको इन्टरनेट र भिडियो सेवाहरु प्रदान गर्न सकिने भएकोले ग्राहकहरुको लागि यो सेवा प्रभावकारी छ । पहिले एडीएसएल प्रयोग गरिरहेका ग्राहकले समेत एफटीटीएच सेवा अपग्रेड गरी लिन सक्ने टेलिकमले जनाएको छ ।

एभरेष्ट इन्स्योरेन्सको वार्षिकोत्सवमा ३६ जनाले गरे रक्तदान

काठमाडौँ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले २५औँ वार्षिकोत्सवको अवसरमा मंगलबार प्रधान कार्यालय, हात्तिसार, काठमाडौँमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्त संचार सेवाको सहकार्यमा रक्तदानमा आयोजित रक्तदान कार्यक्रममा कम्पनीका कर्मचारी एवम् अन्य सहभागी समेत गरी ३६ जनाले रक्तदान गरेका छन् । सो अवसरमा रक्तदान गर्ने रक्तदाताहरुलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले धन्यवाद सहित प्रमाणपत्र प्रदान गरे ।