विकासन्युज

साउनको पहिलो हप्ता सकियाे, रोपाइँ ६३ प्रतिशतमात्र

काठमाडौं । गतवर्षको तुलनामा धान रोपाइँ कम १३ प्रतिशतले कम भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दिएको जानकारी अनुसार हालसम्म नेपालभर ६३.६९ प्रतिशतमात्र रोपाइँ सम्पन्न भएको जानकारी दिएका छन् । गत वर्ष यो समयमा ७७.७४ प्रतिशत रोपाइँ भएपनि हाल सबैभन्दा बढी कर्णाली प्रदेशमा ९०.१३ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । सबै भन्दा कम प्रदेश नम्बर २ मा ५०.४८ प्रतिशत रोपाइँ भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले २०७६ साउन ०६ गते सार्वजनिक गरेको तथ्याङ्ग ।  

आईक्यानले दियो नेपाल टेलिकमलाई अवार्ड

काठमाडौँ । नेपाल टेलिकमले आर्थिक वर्ष २०७४/७५ को वित्तीय विवरणहरु प्रस्तुतिकरण सम्बन्धी नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले वार्षिक रुपमा प्रदान गर्ने नेसनल बेस्ट प्रिजेन्टेड अनुअल रिपोर्ट अवार्डमा फस्र्ट रनर अपको उपाधि जित्न सफल भएको छ । विभिन्न विधामध्ये कम्पनीले सामान्य क्षेत्र वर्ग ५ को सेवा क्षेत्रमा सो उपाधि हासिल गर्न सफल भएको हो । मंगलबार आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीलाई सो अवार्ड प्रदान गरेका हुन् । नेपाल टेलिकमले यसअघि आर्थिक वर्ष २०६६/६७, २०६७र६८ र २०६८/६९ तथा २०७१/७२ मा समेत विभिन्न विधामा सो अवार्ड प्राप्त गरिसकेको नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले बताइन् ।

‘बेस्ट-प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड’ पुनः बोटलर्स नेपाललाई

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्टस् अफ नेपाल (आईक्यान) ले कोका-कोला नेपालको बोटलिङ पार्टनर बोटलर्स नेपाल लिमिटेडलाई ‘बेस्ट–प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०१८’ को रनर अप अवार्डबाट सम्मानित गरेको छ । २०१८ को वार्षिक रिपोर्ट प्रस्तुतीमा सबै क्षेत्रमा उत्कृष्टताका लागी यो प्रतिष्ठित सम्मान प्रदान गरिएका जनाइएकोे छ । आईक्यानले होटल र्याडिसनमा आयोजना गरेको कार्यक्रममा यो अवार्ड अर्थमन्त्री युवराज खतिवडाले बोटलर्स नेपाल लि.का कन्ट्री फाइनान्स म्यानेजरसुमित गोयल तथा बोटलर्स नेपाल लि.का फाइनान्स कन्ट्रोलर अशोक मण्डललाई प्रदान गरेका हुन् । बोटलर्स नेपाल लिमिटेडले विगत ४ वर्षदेखि निरन्तर बेस्ट–प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड जित्दै आइरहेको छ ।

विहीबारदेखि जनकशर्मा पौड्यालले सम्हाले सनराइज बैंकमा सिईओको कार्यभार

काठमाडौँ । सनराइज बैंकका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत(सीइओ) जनकशर्मा पौड्यालले विहीबारदेखि औपचारिक रुपमा कार्यभार सम्हालेका छन् । सनराइज बैंक लिमिटेडको संचालक समितिको असार २७ गते बसेको बैठक रिक्त रहेको सीईओ पदमा जनकशर्मा पौड्याललाई नियुक्त गरेको थियो । सीईओ पौड्यालले तत्कालीन नेपाल अरब बैंक लिमिटेड (हाल नबिल बैैक लिमिटेड)मा ईस्वी सम्बत १९८७ बाट सेवा प्रवेश गरी करिब ११ वर्षको कार्यानुभव लिएका छन् । त्यसैगरी, एनआईसी बैंक लिमिटेड(हालको एनआईसी एशिया) मा ५ वर्ष र लक्ष्मी बैंक लिमिटेडमा करिब २ वर्षको कार्य गरेका थिए । अध्ययनको लागि बेलायत गएको र बेलायत स्थित बार्कलेज् बैंकमा करिब ४ वर्ष ६ महिना कार्य समेत गरेका थिए । बेलायतबाट फर्के लगत्तै ग्लोबल आईएमई बैंक लिमिटेडको विभिन्न उच्चपदमा कार्यरत रही ११ बर्ष कार्य गरी प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका थिए । ग्लोबल आईएमई क्यापिटल लिमिटेडको स्थापना गरी सोको संचालक÷अध्यक्ष भएको अनुभव समेत रहेको छ । उनले बैंकिङ्ग क्षेत्रमा ३२ बर्षभन्दा बढी कार्य गरिसकेका छन् ।

इन्स्टाग्राममा नेपालको पर्यटकीय क्षेत्रको प्रचार, पर्यटक बढाउन सघाउने

काठमाडौं । सामाजिक सञ्जाल इन्स्टाग्राम खासगरी तस्विरहरु पोस्ट गर्नका लागि चर्चित छ । नेपालमा सर्वसाधारणदेखि सेलिब्रिटीले इन्स्टाग्रामको प्रयोग गर्दै आएका छन् । इन्स्टाग्राम केवल रमाइलो र समय कटाउनका लागि मात्रै होइन केही राम्रा कामका लागि पनि सदुपयोग हु“दै आएको पाइन्छ । यसमा फोटो र भिडियो दुबै अपलोड गर्न सकिन्छ । नेपालका कतिपय इन्स्टाग्राम प्रयोगकर्ताहरूले नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउनका लागि आफ्नो तर्फबाट विशेष पहल गरिरहेका छन् । ती मध्ये एक हुन्, नेपाल पर्यटन बोर्र्डका रिसर्च, प्लानिङ एण्ड मोनिटरिङ विभागका सिनियर म्यानेजर सुनिल शर्मा । घुमघाममा निकै सोख राख्ने शर्मा समय मिल्यो कि क्यामेरा भिरेर नेपालका कुना कन्दरा दौडिन पुग्छन् । मिडियामा नआएका, खासै प्रचार–प्रसार नभएका नयाँ र/नयाँ गन्तव्य उनको प्राथमिकतामा पर्छन् । नयाँ ठाउँ पुगेर त्यहाँको वस्तुस्थिति, रहनसहन बुझ्नु, स्थानिय बासिन्दास“ग गफिनु र सुन्दर तस्विरहरू कैद गर्नु उनको रुची हो । आफू घुम्ने मात्र होइन । यसरी घुम्दा खिचिएका आकर्षक तस्विरहरुलाई उनी इन्स्टाग्राममा पोस्ट गर्छन् । पर्यटनका क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था, पर्यटनसँग सम्बन्धित निकायलाई ट्याग गर्छन् । जसले गर्दा उनका तस्विरहरुमाथि धेरैको नजर पर्छ । ‘अबको समय नै सामाजिक सञ्जालको हो ।’ शर्माले प्रष्ट्याए, ‘चिरपरिचित मानिसहरुमाझ पुग्न यो भन्दा प्रभावकारी माध्यम अरु हुनै सक्दैन ।’ नेपाल पर्यटन बोर्र्डका शर्मा जस्तै नेपालमा अरु युवाहरु पनि छन्, जसले इन्स्टाग्राममार्फत नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा फैलाउने कोशिश गरिरहेका छन् । कुनै गन्तव्यलाई प्रचारप्रसार गर्न इन्स्टाग्राम निकै प्रभावकारी माध्यम हो । इन्स्टाग्रामरहरुले नेपालका हिमाली क्षेत्रहरु र अरु मानिसहरु सहजै घुम्न, पुग्न, नसकिने स्थानका तस्विरहरु पोस्ट गर्दै आएका छन् । इन्स्टाग्राममा एड्भेन्चर फोटोहरु पोस्ट गरेर चर्चामा आउनेहरुमा मोहन के दुवाल, सन्तोषराज पाठक, प्रकाश बुढा, रिसभ अधिकारी, उज्जवल राई, अनुज डि. अधिकारी रहेका छन् । मनै लोभ्याउने यी तस्विरहरू देख्दा जो कोहीलाई घुमौंघुमौं लाग्छ । यी इन्स्टाग्रामरहरुले पोस्ट गरेका तस्विरमा आउने विदेशी नागरिकहरुका प्रतिक्रियाले पनि त्यसको पुष्टि गर्छ । घुम्नका लागि नेपाललाई प्राथमिकतामा राखेका प्रतिक्रिया प्रशस्त पढ्न पाइन्छ । केही हदसम्म यसले नेपालको पर्यटन गन्तव्यको प्रचार प्रसारमा इट्टा थप्ने काम गरेको मान्न सकिन्छ । नेपालमा २ हजार भन्दा बढी ट्रेकिङ एजेन्सीहरु छन् । तिमध्ये अधिकांशले पर्यटकहरुलाई अन्नपूर्ण र सगरमाथा बेस क्याम्प घुमाउ“छन् । दुई वर्षअघि खुलेको माउन्टेन मेनिया टेक्स एण्ड एक्सपेडिसन्सले भने नयाँ/नयाँ रुटलाई प्राथमिकता दिएको छ । माउन्टेन मेनियाले आफ्नो इन्स्टाग्राम एकाउन्टमार्फत नयाँ ट्रेकिङ रुटहरुको प्रचार–प्रसार गर्दै आएको छ । ‘हाम्रो अफिसियल इन्स्टाग्राम फोटो हेरेरै पनि पर्यटकहरु घुम्न आएका छन् ।’ माउन्टेन मेनियाका रुपक पराजुली भन्छन् ‘ट्राभल व्यवसाय चल्ने भनेकै फोटो र भिडियोकै कारणले हो । मानिसहरु पहिला फोटो नै हेर्छन् । पछि घुम्ने निर्णय गर्छन् ।’ इन्स्टाग्रामले राम्रै प्रभाव पारिरहेको छ । नेपालमा विदेशी पर्यटकहरु आएको थुप्रै उदाहरणहरु रहेको उनी बताउ“छन् । माउन्टेन मेनियाले ट्रेकिङका लागि पहिल्यैदेखि चलिरहेका रुट भन्दा नयाँ रुटलाई बढी प्राथमिकता दिन्छ । हरेक गन्तव्यका तस्विरहरुलाई आफ्नो अफिसियल इन्स्टाग्राममा पोस्ट गर्छ । ‘अरु भन्दा फरक हुन मन लाग्यो ।’ पराजुली भन्छन् । नेपाल भ्रमण वर्ष सन् २०२० सम्म २० लाख पर्यटक भित्र्याउने तयारी भइरहेको छ । यस्तो बेला नेपाल सरकारले सामाजिक सञ्जालको प्रयोगमार्फत नेपालको पर्यटन प्रचार–प्रसार गर्न एकदमै जरुरी रहेको पराजुली सुझाउँछन् । सामाजिक सञ्जालको प्रयोगमार्फत गरिने यस्तो प्रचारले आउँदा दिनमा पक्कै त्यसको प्रभाव पर्नेमा उनी विश्वस्त छन् । इन्स्टाग्राममार्फत नेपालको प्रचार–प्रसार गर्नेहरुलाई माउन्टेन मेनिया टेक्स एण्ड एक्सपेडिसन्सले आफ्नो वेवसाइटको लिस्टमा राख्ने गरेको छ । माउन्टेन मेनियाका अनुसार इन्स्टाग्रामरहरुलाई उत्साह दिन र उनीहरुमा आत्मविश्वास थप्न यस्तो गरिएको हो । ओड्से नेपाल, नेपाल एट वन्डर लगायतको एकाउन्टहरुले पनि इन्स्टाग्राममार्फत नेपालको प्रचार–प्रसार गरिरहेका छन् । नेपाल बाहिरबाट सञ्चालित स्टोरी अफ हिमालयज्ले पनि नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सघाइरहेको छ । सन् २०१० को अक्टोवरमा लन्च गरिएको इन्स्टाग्राम विश्वभरी फैलिसकेको छ । फोटो र छोटो भिडियो सेयरिङका लागि प्रख्यात इन्स्टाग्राम केभिन सेस्ट्रोम र माइक क्रेइजरले निमार्ण गरेका हुन् । जसको स्वामित्व पछि फेसबुकले खरिद ग¥यो । यसले सर्टी अवार्डस् फर एप्स हात पारेको थियो । हाल ३६ वटा भाषामा यो उपलब्ध छ । एक वेवसाइट https://napoleoncat.comले प्रकाशित गरेको एक तथ्यांकअनुसार नेपालमा ११ लाख २३ हजार ४ सय प्रयोगकर्ताहरु छन् । जुन नेपालको जनसंख्याको ३.७ प्रतिशत हो । नेपालमा १८ वर्षदेखि २४ वर्ष उमेर समुहका व्यक्तिहरु इन्स्टाग्रामका प्रयोगकर्ताहरु छन् । विश्वमा सबैभन्दा बढी लोकप्रियता हासिल गरेको इन्स्टाग्रामका प्रयोगकर्ताहरु दिनहुँ बढिरहेका छन् । अरु सोसल मिडिया भन्दा यसमा इङ्गेजमेन्टको दर पनि बढी (२.३ प्रतिशत) नै छ । त्यसो त पछिल्लो समय मार्केटिङका लागि सामाजिक सञ्जालहरु प्रभावकारी माध्यम बनेका छन् । परम्परागत सञ्चार माध्यम रेडियो, टेलिभिजन, पत्रपत्रिकामा पहिले भन्दा तुलनात्मक रुपमा विज्ञापन दिने क्रम घट्दो छ । त्यसको स्थान फेसबुक, युट्युब, इन्स्टाग्रामले लिन थालेका छन् । विश्वमा विभिन्न सेलिब्रिटीहरुले चर्चित ब्राण्डका प्रोडक्टको इन्फ्लुयन्सरका रुपमा पनि काम गरिरहेका छन् ।

कामना सेवाको कारोबारमा आईएमई पे डिजिटल वालेटको सुबिधा

काठमाडौँ । कामना सेवा विकास बैंकले आईएमईको आईएमई पे डिजिटल वालेट सुविधा समेत प्रदान गर्ने भएको छ । उक्त कम्पनीसंग सम्झौता भएको हो । बैंकको मोवाईल बैंकिङ सेवा लिएका ग्राहकले आफ्नो खातामा भएको रकम मोवाईल बंैकिङ मार्फत आईएमई पे डिजिटल वालेटमा फण्ड लोड गर्ने सुविधा प्रदान गरिएको छ । आईएमई पे वालेट मार्फत ग्राहकले चन्द्रागिरी केबलकारको टिकटको भुक्तानी, बिद्युत महसुल भुक्तानी, खानेपानी महसुल भुक्तानी, मोबाइल टप अप गर्ने लगायत अन्य विभिन्न भुक्तानीहरुमा सहयोगी हुने बंैकले जनाएको छ ।

अष्ट्रेलियामा यी काम गर्नेको धेरै माग, पीआर पाउने सम्भावना बढी

काठमाडौं। नयाँ आर्थिक बर्षको सुरुवातसँगै अष्ट्रेलियाको गृह मन्त्रालयले अत्यधिक मागमा भएका पेशाहरुको बारेमा सुची निकालेको छ। अष्ट्रेलियन सरकारले अत्यधिक मागमा भएका पेशालाई पिआर पाउन सहज बनाईदिने गरेको छ। यद्यपि प्रत्येक विद्यार्थीको परिस्थिति फरक हुन्छ र उनिहरुलाई व्यक्तिगत रूपमा मूल्याङ्कन गरिनुपर्दछ तर अष्ट्रेलियन सरकारले केहो यस्ता पाठ्यक्रमहरूलाई सुचीमा राखेका छन् जसको मार्फत विद्यार्थीले अष्ट्रेलियामा पिआर पाउनलाई सजिलो बाटो निर्माण गर्न सक्छन्। अष्ट्रेलियामा स्थायी निवासीको रुपमा काम गर्न, पिआर आवेदकहरुको लागि विभिन्न विकल्पहरू छन्। ति मध्येको एउटा सहज तरिका भनेको मागमा भएका पेशासँग सम्बन्धित बिषय पढ्नु हो। अष्ट्रेलियामा पिआर लिएर स्थायी बसोवास गर्ने उद्देश्यका साथ आएका आप्रवासी विद्यार्थीहरुले सही बिषयको छनोट गर्न जाने उनिहरुलाई पिआर पाउन केही हदसम्म सहज हुने गर्दछ। पिआर पाउनको लागि तपाईको पेशा,सबै योग्यता र कामको अनुभव उपयुक्त निकायद्वारा मूल्याङ्कन गरिन्छ जसले तपाई पिआरको लागि योग्य हुनुहुन्छ वा हुनुहुदैन भन्ने कुरा निर्धारण गर्दछ। पिआरको लागि २०१९ मा अष्ट्रेलियन सरकारले निकालेको उपयुक्त पेशा सुची यस्तो छ : १। कृषि र पोल्ट्री खेती(Agriculture and poultry farming) फूल खेती (Flower grower) उखु उत्पादक (Sugar cane grower) कुखरा पालक किसान (Poultry farmer) सुंगुर पालक किसान (Pig farmer) पशु पालक किसान (Dairy Cattle Farmer) २। हस्पिटालिटी (Hospitality) कुक (Cook) सेफ (chef) वाइन उत्पादक (Winemaker) आवास तथा आतिथ्य प्रबन्धकहरू (Accommodation and Hospitality Managers) ३। हेल्थकेयर (Healthcare) आँखा बिशेषज्ञ (Optometrist) बालरोग बिशेषज्ञ (Paediatrician) आर्थोपेटिस्ट (Orthoptist) व्यावसायिक चिकित्सक (Occupational therapist) पोषणविद् (Dietitian) ४। शिक्षा (Education) पूर्व-प्राथमिक शिक्षक (Early Childhood (Pre-primary School) teacher) प्राथमिक शिक्षक (Primary teacher) ट्युसन टिचर (Private tutor or teachers) माध्यमिक शिक्षक (Middle school teacher) ५। भवन निर्माण (Building and construction) निर्माण अनुमानक (Construction estimator) निर्माण परियोजना प्रबन्धक (Construction project manager) परियोजना निर्माणकर्ता (Project Builder) वास्तुकला, भवन र सर्वेक्षण प्राविधिक प्राविधिक (Architectural, building and surveying technicians) ५। ईन्जिनियरिङ् (Engineering) अेरोनौटिकल ईन्जिनियर (Aeronautical Engineer) कृषि ईन्जिनियर (Agricultural Engineer) बायोमेडिकल ईन्जिनियर (Biomedical Engineer) भवन र ईन्जिनियरिङ् टेक्नीशियन (Building and Engineering Technician) रासायनिक ईन्जिनियर (Chemical Engineer) सिभिल इञ्जिनियर (Civil Engineer) ६। सूचना प्रबिधि (Information technology) आईसीटी ग्राहक सहयोग अधिकारी (ICT Customer Support Officer) आईसीटी सुरक्षा विशेषज्ञ (ICT Security Specialist) सफ्टवेयर इन्जिनियर (Software Engineer) सफ्टवेयर र एप्लिकेसन प्रोग्रामर (Software and applications programmers) दूरसंचार नेटवर्क प्लानर (Telecommunications Network Planner)  

कुमारी बैंकको ट्याक्सी सेवा प्रदायक सारथीसँग ब्रान्डिङ सहकार्य

काठमाडौँ । कुमारी बैंक लिमिटेडले देशकै सबभन्दा व्यापक रूपमा परिचित ट्याक्सी सेवा प्रदायक कम्पनी सारथी प्राइभेट लिमिटेडसँग ब्रान्डिङ सहकार्य गरेको छ । उक्त सम्झौता-पत्रमा कुमारी बैंकका तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजीब गिरी र सारथीका सह–संस्थापक रवि सिंघलले हस्ताक्षर गरेका छन् । उक्त सहकार्य पश्चात सारथीका ६५० ट्याक्सी टपहरुमा कुमारी बैंकको लोगो अंकित स्टिकर तथा विविध बचत खाताहरुको विज्ञापन स्टिकर मार्फत ब्रान्डिङ गरिने छ । यसैगरी, सारथीका ट्याक्सी चालकहरुको पहिचान कार्डको पछाडि युनिक क्यूआर कोड अंकित हुनेछ, जसमार्फत सम्पूर्ण ग्राहकहरुले भौतिक नगद रहित नै सवारी शुल्क भुक्तानी गर्न सक्नेछन् ।