‘बेस्ट-प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड’ पुनः बोटलर्स नेपाललाई

<p>काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्टस् अफ नेपाल (आईक्यान) ले कोका-कोला नेपालको बोटलिङ पार्टनर बोटलर्स नेपाल लिमिटेडलाई ‘बेस्ट–प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०१८’ को रनर अप अवार्डबाट सम्मानित गरेको छ । २०१८ को वार्षिक रिपोर्ट प्रस्तुतीमा सबै क्षेत्रमा उत्कृष्टताका लागी यो प्रतिष्ठित सम्मान प्रदान गरिएका जनाइएकोे छ । आईक्यानले होटल र्याडिसनमा आयोजना गरेको कार्यक्रममा यो अवार्ड अर्थमन्त्री [&hellip;]</p>


काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्टस् अफ नेपाल (आईक्यान) ले कोका-कोला नेपालको बोटलिङ पार्टनर बोटलर्स नेपाल लिमिटेडलाई ‘बेस्ट–प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०१८’ को रनर अप अवार्डबाट सम्मानित गरेको छ ।

२०१८ को वार्षिक रिपोर्ट प्रस्तुतीमा सबै क्षेत्रमा उत्कृष्टताका लागी यो प्रतिष्ठित सम्मान प्रदान गरिएका जनाइएकोे छ । आईक्यानले होटल र्याडिसनमा आयोजना गरेको कार्यक्रममा यो अवार्ड अर्थमन्त्री युवराज खतिवडाले बोटलर्स नेपाल लि.का कन्ट्री फाइनान्स म्यानेजरसुमित गोयल तथा बोटलर्स नेपाल लि.का फाइनान्स कन्ट्रोलर अशोक मण्डललाई प्रदान गरेका हुन् ।

बोटलर्स नेपाल लिमिटेडले विगत ४ वर्षदेखि निरन्तर बेस्ट–प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड जित्दै आइरहेको छ ।

Share News