एनएमबी बैंकको विशेष साधारण सभाले पारित गर्यो ओमलाई गाभ्ने प्रस्ताव
काठमाडौँ । एनएमबी बैंक लिमिटेड विशेष साधारण सभा मंगलबार सम्पन्न भएको छ । विशेष साधारण सभामा एनएमबी बैंक लिमिटेड र ओम डेभलपमेन्ट बैंक लिमिटेड एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी प्रस्ताव पारित भएको गरेको छ । यसअघि नै समझदारी पत्रमा हस्ताक्षर भएको भएको र मंगलबार साधारण सभामा पेश भएको प्रस्ताव सर्वसम्मतीले पारित भएको हो । एनएमबि बैंक लिमिटेड र ओम डेभलपमेन्ट बैंक लिमिटेडको सम्पत्ति र दायित्वको मूल्यांकन प्रतिवेदन तथा अन्य सम्वद्ध व्यवस्थाको आधारमा निर्धारण गरिएको शेयर मुल्य अनुपात (सेयर स्वाप रेसियो) १००ः ७६ रहने स्वीकृति साधारण सभाले प्रदान गरेको छ । जसमा ओम डेभलपमेन्ट बैंकका शेयरधनीहरुले ओम डेभलपमेन्ट बैंकको प्रत्येक १०० कित्ता बराबर एनएमबी बैंकको ७६ कित्ता शेयर प्राप्त गर्नेछन् । मर्जर पश्चात एनएमबि बैंकको कूल पूँजी तथा जगेडा कोषमा बृद्धि भई रु.२० अर्ब ४२ करोड हुनेछ भने निक्षेप र कर्जा क्रमशः रु. १ खर्ब १९ अर्ब र रु. १ खर्ब १३ अर्ब पुग्नेछ ।
प्राइम बैंकका सिईओ नारायणदास मानन्धरलाई काम गर्न दिन सर्वोच्चको आदेश
काठमाडौं । उमेरहदका कारण प्राइम कमर्शियल बैंकका प्रमुख कार्यकारी अधिकृत(सिईओ) पदबाट हटाइएका नारायणदास मानन्धरलाई सर्वोच्च अदालतले काम गर्न दिन अन्तरिम आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाको एकल इजालशले मानन्धरलाई आज मंगलबार काम गर्न दिनु भन्ने अन्तरिम आदेश दिएको हो । सो आदेशसँगै मानन्धरले अब फेरि प्राइम बैंकमा सिईओको कार्यभार सम्हाल्न पाउने भएका छन् । राष्ट्र बैंकले गत २० गते परिपत्र जारी गर्दै बैंकका सिईओका लागि ६५ वर्ष र सञ्चालकको लागि ६९ वर्ष उमेर हद तोकेको छ । सो उमेरभन्दा माथिका व्यक्तिले सो पदमा बस्न योग्य हुने छैनन् । बैंक तथा वित्तीय संस्था ऐन २०७३ मा उमेरहद नतोकिएको हुँदा राष्ट्र बैंकको निर्देशन कानून विपरीत भएकाले पदबाट हटाउन नमिल्ने सर्वोच्च अदालतको ठहर छ । सर्वोच्च अदालतले राष्ट्र बैंकलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न समेत निर्देशन दिएको छ ।
लुम्बिनी विकास बैंकको साधारण सभा, १७ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित
काठमाडौँ । लुम्बिनी विकास बैंक लि.को ११औं वार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ । बैंकका अध्यक्ष शुशिलराज पराजुलीको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो । साधारण सभाले संचालक समितिको तर्फबाट अध्यक्ष पराजुलीले प्रस्तुत गरेको प्रतिवेदन, आव २०७४/७५ असार मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाव र सोही अवधीको नगद प्रवाहको विवरण लगायतका अनुसूचीहरु पारित गरेको छ । यस साधारण सभाले आफ्ना शेयरधनीहरुलाई चुक्ता पूँजीको १७.०७ प्रतिशत वोनस सेयर वितरण गर्ने निर्णय समेत पारित गर्यो । उक्त बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २ अर्ब ५८ करोड ६९ लाख पुगेको छ । बैंकले २०७६ असार मसान्तसम्ममा २४ अर्ब ८० करोड निक्षेप संकलन गरी २२ अर्ब ७६ करोड कर्जा प्रवाह गर्नुका साथै आ.व. २०७५/०७६ को असार मसान्तसम्ममाको अपरिष्कृत वित्तीय विवरण अनुसार वोनस र कर अघि ९३ करोड ६० लाख मुनाफा आर्जन गर्न सफल भएको जनाएको छ । देशभरका ६५ शाखाहरु र १३ वटा एटिएमबाट आफ्ना करिब २ लाख ४० हजार ग्राहकलाई बैंकिङ्ग सेवा प्रदान गर्दै साधारण सभामा बताइयो ।
रेडक्रसको वार्षिक साधरणसभामाथि सिडिओ कार्यलयको हस्तक्षेप, अनिश्चितकालको लागि स्थगित
काठमाडौं। नेपाल रेडक्रस सोसाइटीको वार्षिक साधरणसभा स्थगित भएको छ। साउन २८ गते हुने भनिएको रेडक्रसको वार्षिक साधारणासभा काठमाडौं सिडिओ कार्यलयको निर्देशनात्मक पत्र आएको कारण स्थगित भएको हो। रेडक्रसमाथि केही समय देखी भ्रष्ट्राचार मुद्दा चलिरहेको छ। मुद्दा चलिरहेको अवस्थामा यस अधि पनि नेरसाको धरानमा हुने भनिएको बैशाख २२ गतेको महाधिवेशन पनि अन्तिम समयमा आएर रोकिएको थियो। त्यससमय पनि काठमाडौं सिडिओ कार्यलयकै निर्देशिकामा महाधिवेशन र निर्वाचन स्थागित भएको हो। संस्थाको महत्वोपूर्ण कामलाई रोकिएको भन्दै त्यसबेला रेड्क्रसले वैधानिक माध्यमबाट निर्वाचन गरिपाउनको लागि सर्वाच्च अदालतमा रिट निवेदन दिएको थियो। अदालतमा सुनुवाई हुने क्रममा रहेको अवस्थामा सिडिओ कार्यलयले रेडक्रसको निर्वाचित निकायलाई भंग गरी तदर्थ समिती बनाईदिएको नेपाल रेडक्रस सोसाईटीका अध्यक्ष सन्जिव थापाले बताए। उनी भन्छन्,’यस्तो निर्णय मन्त्री आफैले मात्र त लिन पाउँदैन तर सिडिओ कार्यलयले कसरी निर्णय गर्यो।’ सिडियोको यस्तो निर्णय आईसकेपछी नेरेसोले फेरी अदालतलाई फेरी एकपटक आग्रहगरे पछि अदालनले अन्तिम फैसला नभएसम्म पुरानै कार्यसमितीमा बसेर काम गर्ने आदेश दिएर पठाएको थियो। तर फेरी साउन २६ गते आईतबार सिडियोले तत्काल २४ घण्टा भित्र साधारणसभा स्थगिर गर्न आदेश पत्र पठाउँदै कारबाही गर्ने चेतावनी समेत दिएको छ। अध्यक्ष थापा भन्छन्,’ यसरी रेडक्रसको महत्वोपूर्ण कार्यक्रमहरु स्थागित हुँदा बजेटहरु स्पस्ट नहुने र रेडकर्सको दिनहुँ हुने कार्यक्रममा असर पुर्याउँछ। भोली यदी तत्काल बाढी पहिरो आए रेडक्रसले कसरी आफ्नो काम गर्ने? यसले ठुलो समस्या लिएर आउँछ।’ बजेट व्यवस्था ]पन नहुँदा कामहरु ठप्प हुने उनले बताए। यस्तै नेपाल रेडक्रस माथि ठुलो राजनितिक चलखेल भईरहेको नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देव रत्नले बताए। उनले रेडक्रस माथिको निरन्तर हस्तक्षेपले संस्थाको छविमा असर पुर्याएको बताए। रेडक्रसको माथि लागेको भ्रष्ट्राचार मुदालाई लिएर संस्था भित्र कार्यसमिती गठन भएर अध्ययन भईरहेको छ भने सरकारको तर्फबाट पनि अनुसन्धान कै क्रममै रहेको छ।
बीमा बुझ्नु आवश्यक छ र बुझेपछि गर्नु पनि आवश्यक छ: राजकुमार अर्याल
सन नेपाल लाइफ इन्स्योरेन्स स्थापना भएको २ वर्षमात्र भएको छ । यो छोटो अवधिमा नै उक्त कम्पनीले राम्रो प्रगति गरिरहेको छ । देशका विभिन्न स्थानमा २० वटा शाखा सञ्जाल बिस्तार गरेको छ । १२ किसिमका बीमा योजनाहरु प्रचलनमा ल्याएको छ । गतवर्ष ८४ करोड रुपैयाँको व्यवसाय गरेको छ । छोटो समयमा नै सन नेपाल लाइफ इन्स्योरेन्सले गरेको प्रगति, बीमा बजारमा अहिले कस्ता समस्या छन् ? समस्याका समाधानका उपायहरु चाहिँ के हुन सक्लान् ? सहित समग्र बीमा क्षेत्रको बारेमा प्रमुख कार्यकारी अधिकृत(सिइओ) राजकुमार अर्यालसँग विकासन्यूजका लागि नबिन पोखरेलले गरेको विकास बहस: नयाँ बीमा कम्पनीको रुपमा सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी कसरी अघि बढी रहेको छ ? ‘जीवन बीमा’ गर्ने उद्देश्यले बीमा समितिबाट इजाजत पत्र पाइसकेकाले नयाँ बीमा कम्पनी भन्न त अलि नमिल्ला । हरेक कम्पनीहरुकोे आफ्नै उदेश्यहरु भएजस्तै हाम्रापनि उद्देश्यहरु छन् । स्थापना कालमा हामीले कम्पनीको जनशक्ती, अभिकर्ता सञ्जाल विस्तारका काम मिलाउनेदेखि अवम्बलन गर्न लागेको नीतिका बारेमा अरुलाई जानकारी गराउन मै हाम्रो पहिलो वर्ष बितेको छ । अहिलेसम्मको हाम्रो अभियान सहकर्मीको दक्षता अभिवृद्धि हो । कम्पनीको बिजनेशको अवस्था कस्तो छ ? असार मसान्तसम्मको रिपोर्ट कस्तो आयो ? हामी छोटो अवधिमै सफल भएका छौँ । पहिलो वर्षको तुलनामा दोस्रो वर्ष सत प्रतिशत वृद्धी भएको छ । बीमा व्यवसाय गर्दा हामीले अपनाउनु पर्ने केही लिमिटेशन छन् । सोही लिमिटेशन र अनुभवको आधारमा हेर्दा हामीले प्राप्त गरेको व्यवसाय सन्तोषजनक नै रहेको छ । गतवर्ष लगभग ८४ करोड रुपैयाँको व्यवसाय हामीलाई प्राप्त गरेको छ । सन नेपाल लाईफले बीमा क्षेत्रमा नयाँ प्रडक्ट के दिएको छ ? हामीले हालसम्म दिँदै आएको बीमा योजनाहरु परम्परागत नै हुन् । हामीले बीमा पोलिसी निर्माण गर्दा कानूनी आधार भित्र रहेर नै गर्नु पर्छ । म्यादी, आजीवन र सावधिक बीमा मात्र जीवन बीमाको दायरामा पर्छन् । बीमा समितिले स्वीकृती दिए बमोजिम हामीले बीमा योजना ल्याउने हो । अन्य कम्पनीहरुले ल्याए अनुसार हामीले पनि बीमा योजना प्रचलनमा ल्याएका छाँै । हामीले १२ किसिमका बीमा योजनाहरु प्रचलनमा ल्याएका छौँ । अन्य कम्पनीहरुले नयाँ भनेर अपनाएका बीमा योजनाहरु कतिपय बेलामा सन नेपाल लाईफले पहिल्यै अपनाई सकेका छन् । म्यादी बीमा बजारमा छ । सोही अनुरुप हामीले नविकरणीय म्यादी बीमा र सामूहिक म्यादी बीमा ल्याएका छौँ । निश्चित अवधि बीमा शुल्क भुक्तानी गर्दा जीवन भर जोखिम कभर हुन्छ । सन नेपाल लाइफमा पोलिसी ल्याप्सेसहरु कत्तिको भएका छन् ? जीवन बीमा व्यवसाय गर्ने कम्पनीले पहिलो वर्ष जारी गरेको बीमा लेख मध्येमा सन नेपाल लाईफ नै एउटा यस्तो कम्पनी हो, जस्को ८० प्रतिशतभन्दा बढी बीमालेख नवीकरण भएको छ । सो कुरामा हामी दावाका साथ अगाडि रहेको कुरा प्रमाणित गर्न सक्छौँ । साथै, हाम्रो ल्याप्सेस भने हाम्रो २० प्रतिशत मात्र भएको छ । बैँक मार्फत हुने बीमामा यहाँहरुको सहभागिता थियो कि थिएन ? आगामी दिनमा बैंक मार्फत हुने बीमा रोकिँदा के प्रभाव पर्छ ? अन्य कम्पनीजस्तै सन नेपाल लाईफपनि जीवन बीमा गर्ने कम्पनी हो । सोही कारण अन्य कम्पनीहरुको सहभागिता हुँदा सन नेपाल लाईफको पनि बैँकले गर्ने बीमामा सहभागिता रहँदै आएको थियो । बँैकले बीमा गर्ने चलन पुरानै सिद्धान्त हो । तर, हामीले बीमा कम्पनी मार्फत १ प्रतिशत मात्र बीमा शुल्क प्राप्त गरेका छौँ । बैँकलाई अभिकर्ता बनाउने कुरा अब नेपाल राष्ट्र बैँकको कारण निष्कृय पनि भइसकेको छ । बीमाप्रति बीमितहरुको आकर्षण कस्तो छ ? बीमा चेतनाका लागि के योजना तय गर्नु भएको छ ? बीमा व्यवसाय भनेको मागमा आधारित हुने व्यवसाय होइन, सेवामा आधारित हुने व्यवसाय हो । हामीले कस्तो खालको बीमा पोलिसीमा आम उपभोक्ताको आकर्षण बढाउन सकिन्छ, यस विषयमा सोच्नु आवश्यक छ । हामीले ल्याएका बीमा पोलिसीमा बीमितहरु निकै आकर्षित भएको हामीले पाएका छौं । बीमा बुझ्नु आवश्यक छ र बुझेपछि गर्न पनि आवश्यक हुन्छ । बीमा बजारमा अहिले कस्ता समस्या छन् ? समस्याका समाधानका उपायहरु चाहिँ के हुन सक्लान् ? बीमा आवश्यक छ भन्ने कुरा बीमितले बुझेका छैनन् । बीमाका बारेमा राम्रोसँग बुझाउन आवश्यक छ । बीमा गरेपछि सुरक्षित भईन्छ, तपार्इँलाई आर्थिक भार कम हुन्छ , सन्ततीलाई समेत राम्रो हुन्छ भन्ने कुरा हामीले बुझाउन सक्नु पर्छ । बीमाले सुरक्षण गर्छ भन्ने कुरा सबैलाई थाहा छ । तर, बीमा सुरक्षण कहिले र कसरी गर्ने भन्ने कुरा बीमितलाई बुझाउन सकिएको छैन । बीमितले जोखिम पर्दा मात्र बीमा गर्नु आवश्यक महशुस गर्छन् । दुःख पर्दा बीमा चाहिन्छ, तर दुःख पर्छ भन्ने कुरा कसैले महशुस गर्दैनन् । हामी हाम्रो अभिकर्ता मार्फत काम गर्छौ । अभिकर्ता मार्फत नै बीमित कहाँ पुग्दा राम्रो हुन्छ । बीमाका विषयमा हामीले अभिकर्ता मार्फत नै काम गर्ने सोच बनाएका छौँ । बजारको आवश्यकता अनुसारको नयाँ प्रडक्ट ल्याउने तर्फ के–कस्तो पहल भईरहेको छ ? शाखा विस्तारमा यहाँहरुको भूमिका कस्तो छ ? जीवन बीमा महत्वपूर्ण कुरा हो । तर, योजना भनेको त सपना, उमेर, चाहनासँग जोडिएर आउने कुरा हो । मान्छे पिच्छे बीमा योजना फरक हुनसक्छ । हामीले बीमालाई २ किसिमबाट परिभाषित गरेका छौँ । एउटा भनेको सुरक्षण हो भने अर्को बचत हो । बीमा पहिलो आवश्यकता हो भनेर बुझ्नु आवश्यक छ । बीमा गरेपछि यसको बारेमा ज्ञान हासिल गर्न सक्छौँ । बीमा योजना भनेको आर्थिक क्रियाकलाप र व्यक्तीको आवश्यकतासँग सम्बन्धित भएर विकास हुने कुरा हो । यो बीमा कम्पनीको निरन्तर प्रक्रिया हो । बजारको आवश्यकता सधैँ बीमा हो प्रडक्ट होइन । जीवन बीमा हुन पर्छ भन्ने कुरा महत्वपूर्ण हो । हामीले विभिन्न वर्ग समुदायलाई लक्षित गरेर बीमा योजना ल्याएका हौ । हामीसँग १२ वटा बीमा योजना छन् । आवश्यकता अनुसार बीमितले प्रडक्टको छनोट गर्न सक्छन् । अहिले बीमा गराएका बीमितले २० वर्षपछि त्यसको नतिजा कस्तो प्राप्त गर्छन् भन्ने कुरा महत्वपूर्ण हो । जनशक्तिको अभावमा विस्तारित शाखा सञ्चालनमा कठिन भएको हो ? शाखा विस्तार गर्ने हाम्रो योजना अनुसार हामीले काम गरेका छौँ । नेपालको भौगोलिक अवस्था हेरेर २० वटा शाखाहरु पूर्ण रुपमा संचालनमा आएका छन् । यस्तै शाखा सँगसँगै हामीले उपशाखा कार्यालय समेत निर्णय गरेका छौँ । उपशाखा कार्यालयबाट समेत हामीले बीमालेख जारी गर्ने, बीमित, अभिकर्ता कर्मचारीहरुले पाउने सुविधाहरु त्यहीबाटै उपलब्ध गराउँछौ । शाखा विस्तारको नीति अनुसार हामीले शाखा विस्तार गर्ने हो । यस्तै उपशाखाहरुको स्तरोन्नत्ति गर्ने कुरा कम्पनी तथा व्यवसायिक जीवनमा निरन्तर चलिरहने कुराहरु हुन् । शाखाहरुमा कर्मचारी अभाव भएको कुरा बीमा बजारमा छ, यो समस्या सन नेपाल लाईफमा पनि छ । यो बीमा कम्पनी पनि बजारकै एउटा अंग हो । जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुले अबलम्बन गरेको रणनीतिक कुरा र सन नेपाल लाईफले गरेको कुरामा भने केही फरक हुन सक्छ । ‘सन लाईफ छ जहाँ, जीवन बीमा छ त्यहाँ’ भन्ने मूल नारा राख्नु भएको रहेछ । के सोही नारा अनुसार काम भएको छ त ? नारा भनेको लक्ष्य हो । सोही लक्ष्य प्राप्त गर्ने गरी काम भइरहेको छ । नयाँ बीमा कम्पनीहरुले सहर केन्द्रित मात्र होइन ग्रामीण भेगमा काम गर्ने योजना बनाइरहेको पाईन्छ । यहाँहरूको पनि यस्तै योजना हो कि केही फरक छ ? स्थापना कालको पहिलो वर्षदेखि हामीले बीमा सेवा दिइरहेका छौँ । कम्पनीको आकारको कारण सबै ठाउँमा जान पर्छ । दुर्गम ठाउँमा हामी सुरुवाटै गएका छौँ । पछि आएका कम्पनीहरुको क्रियाशिलताका कारण पहिलेका कम्पनीहरुलाई समेत ग्रामीण भेगमा जान बाध्यता भएको छ । तपाईँसँग बीमा समितिमा लामो समय काम गरेको अनुभव छ । नियामक निकायमा रहेर नियमन गर्नु र मैदानमा बसेर कार्यान्वयन गर्नुमा कतिको फरक पाउनु भयो ? यो एक सिक्काको दुई पाटा भने जस्तै हो । बीमा समितिमा म नियामक थिएँ । नियमनकारी र व्यवसायी कुरा फरक कुरा हुन् । पहिले नियमनकारीको अनुभव भएकोले मैले बजारीकणमा अप्ठ्यारो महशुस गरेको छैन ।
विद्युतमा छलाङः चुहावट नियन्त्रण हुँदा प्राधिकरणले कमायो ७ अर्ब २० करोड नाफा
काठमाडौं ।नेपाल विद्युत प्राविकरणले आर्थिक वर्ष २०७५/०७६ मा ७ अर्ब २० करोड रुपैयाँ मुनाफा गरेको छ । प्राधिकरणले गत आर्थिक वर्षमा विगतका वर्षहरुभन्दा उल्लेख्य प्रगति गरेको हो । आर्थिक वर्ष २०७४/०७५ मा २ अर्ब ९० करोड खुद मुनाफा गरेको प्राधिकरणले एक्कै वर्षमा नाफा १४९ प्रतिशतले नाफा बृद्धि गरेको हो । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले विगतका वर्षहरुका भन्दा यो वर्षको विद्युत उत्पादन, वितरण खपतमा वृद्धि गर्न सकेको हुनाले देशमा लोडसेडिङको अन्त्य भएको बताए । विद्युत चुहावट पनि नियन्त्रण भएको छ । ‘करिब २६ प्रतिशतमा रहेको विद्युत चुहावट आर्थिक वर्ष २०७५/०७६ मा १५.३२ प्रतिशतमा सीमित भएको छ,’ उनले भने ‘ तीन वर्ष भित्र १०.४६ प्रतिशतले विद्युत चुहावट नियन्त्रण भएको छ । आर्थिक वर्ष २०७४/०७५ मा नेपालमा विद्युत चुहावट २०.४५ प्रतिशत थियो भने आर्थिक वर्ष २०७२/०७३ मा २५.७८ प्रतिशत रहेको थियो । उनले हालको विद्युत चुहावट अन्तराष्ट्रिय अनुसारकै प्राविधिक चुहावट रहेको उल्लेख गरे । यस्तै ऊर्जा जलस्रोत तथा सिंचाईँ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले नेपालको ऊर्जा क्षेत्रमा तीन चार वर्ष अगाडीको स्थिति र हालको स्थिति हेर्दा धेरै फरक भएको बताए । उनले छोटो समयमा विद्युत क्षेत्रमा उल्लेख्य प्रगति हासिल गरेको बताउँदै ऊर्जा उत्पादन, प्रसारण र खपतमा प्रशंसनिय काम भएको बताए । गत आर्थिक वर्षमा नेपाल सरकारको ढुकुटीमा सावा १ अर्ब र विगतका वर्षहरुको ब्याज समेत गरेर १३ अर्ब १६ करोड र रोयल्टी वाफत १ अर्ब ४४ करोड गरी कुल १५ अर्ब ५९ करोड जम्मा गरेको जनाएको छ । ३२ करोड निर्यात, २३ अर्ब ३ करोड विद्युत आयात नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७५/०७६ मा ३ करोड ४७ लाख युनिट विद्युत निर्यात गरेको बताएको छ । प्राधिकरणले गत आवमा छिमेकी देश भारतमा उक्त युनिटको विद्युत निर्यात गरेको बताएको हो । विद्युत निर्यात ३२ करोड रहेको जनाएको हो । गत आवको कुल विद्युत उपलब्धता ७ अर्ब ५५ करोड युनिट (किलोवाट आवर) मध्ये नेपाल विद्युत प्राधिकरणको उत्पादन करिब २ अर्ब ५५ करोड, नीजि उत्पादकहरुको २ अर्ब १९ करोड र आयात २ अर्ब ८१ करोड युनिट रहेको छ । विद्युत खरिद तर्फ नीजि उत्पादकहरुबाट १४ अर्ब १३ करोड र आयात तर्फ २३ अर्ब ३ करोड रहेको छ । नेपाल विद्युत प्राधिकरणले गत आवमा ७ सय ५७ सर्किट किमी लाईन सम्पन्न गरी ६ सय ६ सर्किट किमी चार्ज भएको, वितरण लाइन तर्फ ९ हजार ७ सय २२ सर्किट किमी लाइन निर्माण सम्पन्न्न भई चार्ज भएको उल्लेख गरेको छ । गत वर्षमानै प्रसारण र वितरण गरी ४० वटा सवस्टेशन नयाँ विस्तार एवं स्तरोन्नति गरी करिब ९ सय २० एम.भि.ए क्षमता वितरण प्रणालीमा थप भएको छ । विगतको भन्दा उलेख्य प्रगति ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले विगतका वर्षहरुभन्दा गत वर्ष विद्युतमा निकै प्रगति भएको बताए । उनले विद्युतका अरु रुपहरु पनि स्थापना गरी सकेसम्म आम नागरिकहरु विद्युतको पहुँचमा पुर्याउने बताए । नेपाल विद्युत प्राधिकरणले विगतका वर्षहरु भन्दा गत आर्थिक वर्ष २०७५/७६ मा उल्लेख्य प्रगति गरेको छ । आर्थिक वर्ष २०६६/६७ देखि हाल सम्म अथवा आव २०७५/७६को परिदृश्य हेर्दा विद्युतमा निकै छलाङ मारेको हो । पछिल्लो समयता उर्जा उत्पादन तथा प्रसारणमा उल्लेख्य प्रगती गर्दै आएको छ । आर्थिक वर्ष २०६६/६७ देखि हाल सम्म अथवा आव २०७५÷७६को अवस्थालाई नियाल्दा छोटै समयमा प्राधिकरणले उल्लेख्य प्रगति गरेको मान्न सकिन्छ ।
अवैध रूपमा बसोबास गर्ने पर्यटकको सङ्ख्या बढ्दै
चिप्लेढुंगा । पोखरामा अवैध रुपमा बसोबास गर्ने पर्यटकको सङ्ख्या बढेको छ । पर्यटक प्रहरी कार्यालय लेकसाइडको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५/७६ मा अवैध रुपमा बसोबास गर्ने पर्यटकको सङ्ख्या २२ रहेको छ । त्यसमा रुसका धेरै छन् भने अन्यमा लेवनान, फ्रान्स, टर्की, केन्या, पोल्याण्ड, बेलायत, यमन, चीन, नेदरल्याण्डस्का नागरिक छन् । उनीहरुलाई लेकसाइड आसपासका क्षेत्रबाट पक्राउ गरिएको हो । आव २०७४/७५ मा अवैध बस्ने पर्यटकको सङ्ख्या ६ जना रहेको थियो । पर्यटक प्रहरी प्रमुख भगवती तिमिल्सिनाका अनुसार पछिल्लो समय विदेशी पर्यटकमा निगरानी बढाएको कारणले सङ्ख्या बढेकोे उनको भनाइ छ । “पहिला कहीबाट आएको सूचनालाई आधार मानिन्थ्यो, अहिले हामी आफैँले विशेष चासोसाथ निगरानी बढाएपछि पक्राउ पर्ने बढेको हो”, तिमिल्सिनाले भने । फिलिपिन्सका नागरिक अल्बर्टले १९ वर्षदेखि कास्कीको ठूलाखेतमा कुखुरापालन व्यवसाय गर्दै आएको भेटिएको छ भने नेदरल्याण्ड्सका रुवेन १० वर्षदेखि लेकसाइडकै एक होटलमा गैरकानूनी रुपमा काम गर्दै आएको भेटिएको उनको भनाइ छ । पक्राउ पर्ने अधिकांशको राहदानी र प्रवेशाज्ञा छैन । पक्राउ परेका विदेशीलाई अध्यागमन कार्यालय पोखरामार्फत विभागमा पठाइएको छ । अवैध बसोबास गर्ने अधिकांश नागरिक शहर भित्रका होटलभन्दा बाहिर अपार्टमेन्ट र हामेस्टेमा बस्ने गरेको होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुली बताउँछन् । “हामीले अधिकांश पर्यटकको राहदानीको फोटोकपी र प्रवेशाज्ञा हेर्ने गर्छौै तर अवैध बस्नेहरु आर्थिक रुपमा कमजोर रहेका पर्यटक हुन्छन् । उनीहरु शहरभन्दा अलि टाढा सुरक्षित स्थान खोजेर बस्ने गर्छन् ।” पराजुलीले अब हरेक होटलमा राहदानीसँगै प्रवेशाज्ञा पनि निगरानी गर्न आवश्यक रहेको बताए । त्यसैगरी, गैरकानूनी रुपमा ड्रोन क्यामेरा प्रयोग गर्ने विदेशी नागरिकलाई पर्यटक प्रहरीले पक्राउ गरेको छ । आव २०७५ /७६ मा तीन त्यस्ता नागरिक पक्राउ परेका छन् । त्यसअघि २०७४÷७५ मा ११ विदेशी नागरिकलाई पक्राउ गरिएको थियो । पक्राउ परेकालाई नागरिक उड्डयन कार्यालय पोखरामा बुझाइएको तिमिल्सिनाले जानकारी दिएका छन् । रासस
फस्र्ट माइक्रोफाइनान्स मर्जरमा जाँदै, ४ सदस्यीय समिति गठन
काठमाडौँ । फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले अन्य लघुवित्त वित्तीय संस्थासँग गाभ्ने, गाभिने वा प्राप्ती गर्ने बारेमा छलफल गर्न समिति गठन गरेको छ । सोमबार सम्पन्न सञ्चालक समितिको बैठकले विवेकमान सिंह शाक्यको संयोजकत्वमा समिति गठन गरेको हो । समितिको सदस्यमा उमेश कटवाल, युवराज क्षेत्री र भेषराज पन्थी रहेको कम्पनी सचिव दानराज पन्तले जनाएका छन् ।