उखु किसान र चिनी उद्योगीका आ-आफ्नै समस्या, ‘उत्पादन घट्दो, उद्योग संख्या बढ्दो’
काठमाडौं । उखु खेती गर्ने कृषक र त्यही उखुबाट चिनी उत्पादन गर्ने उद्योगीहरु दुबै समस्यामा रहेको बताउँछन् । कृषकका समस्या फरक खालका छन् भने उद्योगीहरु भिन्न खाले उल्झन व्यहोरिरहेको उल्लेख गर्छन् । यी दुबै पक्षका फरक फरक समस्याले गर्दा एकातिर उखु खेती गर्ने कृषकको संख्या र उत्पादन घट्दो छ भने उखुबाट हुने चिनी उत्पादन पनि प्रत्येक वर्ष खस्कदै गरेको छ । यसले समग्र देशकै अर्थतन्त्रमा नकारात्मक प्रभाव पारिरहेको छ । घट्दैछन् उखु किसान प्रत्येक वर्ष उखु खेती गर्ने किसान घट्दै गएका छन् । नेपाल उखु उत्पादक महासंघका प्रमुख कपिलमुनी मैनालीका अनुसार उखु खेती गर्ने १ लाख किसानको संख्या हाल घटेर ७५ हजार पुगेको छ । उखु खेती गर्ने किसान घटेसँगै हाल ८० हजार हेक्टरमा मात्र उखु खेती हुने गरेको छ । उखु नगदे बाली हो, किसानले उत्पादन गरेको उखु चिनी मिललाई दिन्छन् । तर, चिनी मिलले उखु किसानलाई समयमै भुक्तानी दिंदैन, आफूले गरेको उत्पादनको पैसा दिन वर्षौँ कुर्नु पर्छ । कहिले पैसा पाइन्छ केही ठेगान हुँदैन, तसर्थ किसानहरु बिस्तरै घट्दो क्रममा छन्–अध्यक्ष मैनालीले भने । ७५ हजार किसानहरुले गतवर्ष ११ अर्बको उखु बिक्री गर्दा ६५ प्रतिशत मात्र भुक्तानी पाए र बाँकी ३५ प्रतिशत रकम अझैसम्म पनि नपाएको उखु उत्पादक महासंघका अध्यक्ष मैनालीले बताए । किसानले उखु बिक्री गरेको ३० दिनदेखि ४५ दिनभित्र चिनी उद्योगबाट रकम भुक्तानी पाउनु पर्ने बारे किसान र उद्योगीहरुबीच साझा सहमति बनेपनि कार्यान्वयन हुन नसकेको प्रमुख मैनालीले बताउँछन् । उद्योगीबाट समयमै रकम भुक्तानी दिलाउन र राज्यले दिने अनुदान रकमलाई किसान सामु पुर्याउन सरल माध्यम खोज्नु पर्ने उखु किसानहरुले माग गर्दै आएका छन् । यता, उखु कृषकलाई आर्थिक वर्ष २०७४/७५ मा ९२ करोड अनुदान उपलब्ध गराएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले बताए । अनुदान रकम प्राप्त गर्न समस्या परेको गुनासो आएको बताउँदै नीति नियमहरु संशोधन गरी किसानको खातामा अनुदान रकम पठाउने प्रवक्ता सुवेदीले जानकारी दिए । यस्ता छन् चिनी उद्योगीका समस्या अघिल्ला वर्षहरुमा सरकारले भारतबाट चिनी आयात गरेसँगै नेपालमा उत्पादन हुने चिनीको बिक्री नभएको हुँदा समस्या पर्ने गरेको र उखु किसानहरुलाई भुक्तानी दिन नसकेको चिनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवालले बताए । उनले भने–‘गत आर्थिक वर्षमा १ लाख ८२ हजार मेट्रिकटन चिनी बिक्री भएको र अझै ८५ हजार मेट्रिक टन बिक्री नहुँदा चिनी उद्योगीहरु समस्यामा छन् ।’ सरकारले उखुको मूल्य तोक्ने र बैंकहरुले चर्काे ब्याज लगाउँदा उद्योगी समस्यामा परेको उनको भनाई छ । पछिल्लो समय सरकार ठीकै बाटोमा हिडेको र चिनी निर्यातमा परिणात्मक बन्देज लगाउँदा सकारात्मक प्रभाव परिरहेको उद्योगी अग्रवालले बताए । उखु उत्पादनको अवस्था उखु किसान घटेसँग उखु उत्पादन पनि घट्दै गएको तथ्याङ्कले देखाउँछ । आव २०६८/६९ सालमा २ लाख २५ हजार टन उखु उत्पादन भएको थियो भने आव २०७३/७४ मा घटेर १ लाख ९० हजार टन उखु उत्पादन भएको थियो । अघिल्लो आव २०७४/७५ मा अझै घटेर १ लाख ७७ हजार टन चिनी उत्पादन भएको थियो भने गतवर्ष १ लाख ६० हजारमात्रै उत्पादन भयो । यसरी हेर्दा वर्षेनि उखु उत्पादन घट्दो क्रममा देखिन्छ । उखु उत्पादन घट्दो, उद्योग संख्या बढ्दो एकातिर उखु किसान घटेका छन्, खेती हुने क्षेत्र घटेको छ, चिनी उत्पादन पनि घट्दो क्रममा छ । तर, चिनी उद्योगको संख्या भने बढ्दै गरेको छ । केही वर्ष अघिसम्म नौ वटा चिनी उद्योग थिए भने हाल उद्योग संख्या १४ पुगेको छ ।
लामो दूरीको यातायातमा कडाइ, अनिवार्य रूपमा दुई चालक राख्न विभागको निर्देश
काठमाडौं । लामो दूरीमा चल्ने सवारीसाधनको दुर्घटना बढेसँगै यातायात व्यवस्था विभागले दुई चालक हुनुपर्ने व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्ने भएको छ । विभागले मङ्गलबार सूचना जारी गर्दै प्रस्थानविन्दुबाट २५० किमी वा सोभन्दा बढी दूरीमा चल्ने सवारीसाधनले अनिवार्य रूपमा दुई चालक नराखेको पाइए कारवाही गर्ने जनाएको हो । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १०४ मा लामो दूरीमा चल्ने सार्वजनिक सवारीमा कम्तीमा दुई चालक अनिवार्य राखी प्रत्येक छ/छ घण्टामा पालैपालो सवारी चलाउनुपर्ने व्यवस्था छ । एउटै चालकले लामो दूरीमा सवारी चलाउँदा थकानका कारण सवारी दुर्घटनाको दर बढेको विभागको भनाइ छ । विभागले लामो दूरीमा चल्ने यातायातको साधनमा दुई चालकको व्यवस्था गर्न सम्बन्धित सवारी धनीलाईसमेत निर्देशन दिएको छ । त्यस्तै, विभागले मध्यम दूरीका चल्ने सवारीसाधनले पनि प्रत्येक चार घण्टामा आधा घण्टा विश्राम लिनुपर्ने व्यवस्थालाई पनि कडाइ गर्ने जनाएको छ । ऐनमा चार घण्टाभन्दा बढीको दूरीमा चल्ने यात्रुवाहक सार्वजनिक सवारीले प्रत्येक चार घण्टामा आधा घण्टा विश्राम लिनुपर्ने व्यवस्था गरिएको छ । दुर्घटना न्यूनीकरण तथा यातायात व्यवस्थालाई भरपर्दो बनाउने पर्याप्त कानून भए पनि कार्यान्वयन फितलो हुँदा सार्वजनिक सवारीमा यात्रा गर्ने नागरिकले अकालमा ज्यान गुमाउँदै आएका छन् । विशेषतः लामो दूरी तथा रात्रि सेवाका सवारी चालक यात्राकै क्रममा निदाउने, थकान तथा तोकिएको समयमै गन्तव्यमा पुग्नुपर्ने मानसिक तनावका कारण दुर्घटना बढेको ट्राफिक प्रहरीले जनाएको छ । विभागले सार्वजनिक सवारीलाई सुरक्षित र व्यवस्थित बनाउन दिइएको निर्देशन कार्यान्वयन नगरेको पाइए सम्बन्धित यातायात धनीविरुद्ध कारवाही गरिने चेतावनीसमेत दिएको छ । गत शुक्रबारमात्रै सर्लाहीको मलङ्गवाबाट काठमाडौं आउँदै गरेको रात्रि बस पृथ्वी राजमार्गको बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटमा त्रिशूली नदीमा खस्दा ११ जनाको मृत्यु भएको थियो । सोही दुर्घटनामा परी एक बालकसहित २० बेपत्ता भएका थिए । रासस
कन्सल्टेन्सी खोली वैदेशिक रोजगारीमा पठाउनेतिर विभागको ध्यान
काठमाडौं । काठमाडौ जिल्ला सिनामंगल स्थित एलाइन्स इन्टरनेसनल एजुकेसन कन्सल्ट्यान्सीमा वैदेशिक रोजगार विभागले अनुगमन गरेको छ । पछिल्लो समय सामाजिक संजाल मार्फत युरोपका विभिन्न देशमा विभिन्न पदको लागी विज्ञापन गरी अन्तरवार्ता लिई अवैध वैदेशिक रोजगार सम्वन्धी कार्य गरिरहेको भन्ने उजुरीको आधारमा विभागवाट खटिगएको आकस्मिक टोलीले गौशला प्रहरीको सहयोगमा उक्त कन्सल्टेन्सीमा आकस्मिक अनुगमन गरेको थियो। अनुगमनको क्रममा उक्त कन्सल्टेन्सीवाट साइप्रस देशमा वैदेशिक रोजगारमा जानको लागि अवेदन दिएका व्यक्तिहरुको आवेदन फायल तथा व्यतिmहरुको राहदानीको स्क्यान कपी, कामदार भिषा र युरोपका विभिन्न मुलुकमा कामदार भिषामा पठाएका व्यक्तिहरुको विवरण समेत अनुगमन टोलीले फेला पारेको छ । टोलीले कन्सल्टेन्सीमा भेटिएका वैदेशिक रोजगार सम्वन्धी कागजात र कम्प्युटर सि.पि.यु जफत गरी ल्याएको छ भने संचालक सुजित कुमार श्रेष्ठलाई आवश्यक वयानको लागि विभागमा उपस्थित हुनको लागी पत्र थमौती गरेको छ । पछिल्ला दिनहरुमा शैक्षिक परामर्शदाताको रुपमा दर्ता भएर विभिन व्यक्तिहरसँग मोटो रकम लिई नियम विपरीत विभिन्न मुलुकमा वैदेशिक रोजगारको लागि पठाउने गरेको उजुरी विभागमा प्राप्त भैरहेको छ। यस सम्वन्धमा विभागले शिक्षा मन्त्रालयसँग आवश्यक समन्वय गरी अनुगमनको कार्यलाई तिव्रता दिने नीति लिएको जनाएको छ ।
सुनको मूल्य १ हजार बढ्यो, मंगलबार प्रतितोला ७१ हजारमा कारोबार
काठमाडौं । पछिल्लो समय हालकै उच्च मूल्यमा सुनको कारोबार हुँदै आएको छ । सुन साताको तेस्रो दिन प्रतितोला ७१ हजारमा कारोबार भईरहेको छ । साताको पहिलो र दोश्रो दिन प्रतितोला ७० हजारमा कारोबार भएको सुन मंगलबार हजार रुपैयाँमा बढेर उक्त मूल्यमा बिक्री भईरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा बिक्री भईरहेको छ । भने चाँदी ८ सय ३५ प्रतितोला बिक्री वितरण भईरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ । अघिल्लो सुनको मूल्य : सुनको मूल्य आकासिँदै, प्रतितोला ७० हजारमा कारोबार
राष्ट्र बैंकको दवावमा खोलिएका २७ बैंकका २५० शाखा घाटामा, स्प्रेडदर नसच्याए बन्द गर्ने चेतावनी
काठमाडौं । सरकारको बाध्यात्मक नीतिका कारण खोलिएका शाखाहरु घाटामा गएको जनाउदै बैंकर्सहरुले ती शाखा बन्द गर्न पाउनुपर्ने माग राखेका छन् । सरकारको दवावपछि खोलिएका ३५२ शाखा मध्ये २५० भन्दा बढी शाखा नोक्सानमा रहेको र ती शाखाहरुले अझै धेरै वर्ष नाफा कमाउने सम्भावना नभएको जनाउँदै बन्द गर्न पाउने पर्ने माग बैंकहरुको छ । राष्ट्र बैंकले स्प्रेडदर गणना विधिमा सरकारी लगानी समावेश गर्न नपाउने, १५ लाख रुपैयाँ भन्दा कम ऋण लिने ग्राहकलाई सबै सेवा निःशुल्क गर्नुपर्ने लगायतको नयाँ नीति लिई बैंकहरुको नाफा घटाउने नीति लिएपछि बैंकर्सहरुले राष्ट्र बैंकसँगको छलफलमा यस्तो माग राखेका हुन् । राष्ट्र बैंकले आफ्ना नीति परिमार्जन नगरे राष्ट्र बैंकको दवावमा खोलिएका र घाटामा रहेका शाखाहरु बन्द गर्ने चेतावनी बैंकर्सले दिएका छन् । यस्तो माग लिखित रुपमा नभएको तर साउन २० गते जारी निर्देशिकापछिका बैंठकहरुमा बैंकर्सहरुले नियमित यस्तो माग राख्ने गरेका छन् । साउन २७ गते नेपाल राष्ट्र बैंकको नियमन विभागका कार्यकारी प्रमुख देवकुमार ढकाल, सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक मुकुन्द कुमार क्षेत्री र बैंकर्स संघका प्रतिविधिबीच भएको छलफलमा पनि यो विषय उठेको स्रोतले बतायो । गभर्नर डा चिरञ्जीवि नेपालले पछिल्लो निर्देशिकापछि बैंकर्स निकै असन्तुष्ट देखिएको भन्दै कहाँ के गर्न सकिन्छ, छलफल गरी उपयुक्त सुझाव पेस गर्न नियमन र सुपरिवेक्षण विभागका प्रमुखहरुलाई निर्देशन दिएपछि निकासका बारेमा छलफल शुरु भएको छ । अहिलेको छलफलबाट तत्काल नयाँ निर्णय नहुने तर त्रैमासिक वा अर्थवार्षिक समिक्षामा समस्या समाधानको लागि आधार तयार गर्ने राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बताए । ‘अहिले राष्ट्र बैंकले लिएको नीतिको असर कस्तो पर्छ । बजारमा परेको प्रभावबारे अध्ययन गर्छौ । मौद्रिक नीतिको त्रैमासिक वा अर्थवार्षिक समिक्षामा आवश्यक सम्बोधन गर्छौ’ उनले भने । शाखा घाटाको काहानी २०७४ जेठसम्ममा त्यतिबेला ७५२ स्थानीय तह मध्ये ३९२ वटा स्थानीय तहमा मात्र ‘क’ वर्गको बैंक शाखा पुगेको थिए । आर्थिक वर्ष २०७४/७५ को बजेटमा सरकारले सबै स्थानीय तहमा कम्तिमा एउटा बैंकको शाखा खोल्ने नीति लिएको थियो । त्यसपछि राष्ट्र बैंकले बैंक शाखा नपुगेका ३५२ वटा गाउँपालिकाहरु भाग लगाएर सबै बैंकलाई शाखा खोल्न निर्देशन दिएको थियो । तर स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले नाफासहितको व्यवसायिक सम्भावना नभएको ठाउँमा शाखा नखोल्ने अडान लिएपछि २७ वटा बैंकले व्यवसायिक सम्भावना नभएको ठाउँमा पनि शाखा खोलेर सरकारी नीतिको पालना गरेका थिए । ‘सरकारको बाध्यकारी नीतिका कारण खोलिएका ३५२ शाखा मध्ये करिव ४० वटा नाफामा छन्, करिव ६० वटा बराबरीको अवस्थामा छन् । २५० वटा नोक्सानमा छन् । २०० भन्दा बढी शाखा धेरै वर्षसम्म नोक्सानमा जाने देखिएको छ’ एक जना बैंकर्सले विकासन्युजसँग भने । सडक सुविधा, बैंको कार्यालय राख्न उपयुक्त भवन नभएको, बिजुली, टेलिफोन, इन्टरनेट र सुरक्षाको अभाव देखिएको ठाउँमा पनि बैंकहरुले धेरै लगानी गरेर शाखा खोलेका थिए । ‘शाखा खोल्न आवश्यक समान मान्छेलाई बोकाएर लैजानु पर्यो । सडक पुगेको ठाउँमा शाखा खोल्दा ३० लाख खर्च हुने गरेकोमा सडक, विजुली नपुगेको ठाउँमा शाखा खोल्न ५०/६० लाख रुपैयाँसम्म खर्च भएको छ । सोलारदेखि भिस्याटसम्म राख्न बैंकले खर्च गर्नु परेको छ’ ती बैंकर्सले भने–‘यति धेरै लगानी गरेर खोलिएको शाखाहरु अहिले पुरै घाटामा छन् । निजी क्षेत्रको लगानीमा सञ्चालित बैंकलाई खाटाको व्यापार गर्न बाध्य पारिनु कति जायज हो ?’राष्ट्र बैंक चरम नियन्त्रणमुखी भएपछि बैंक तथा वित्तीय संस्थाका लगानीकर्ताले बैंक सञ्चालक समिति र व्यवस्थापन समितिलाई सेवा बन्द गरेर आन्दोलित हुन दवाव दिईरहेको बैंकर्सको भनाई छ ।
एमबीएसको प्रश्नपत्र ‘आउट’ गर्ने पाँच जनालाई पक्राउ
जनकपुरधाम । एमबीएस प्रथम वर्षको तथ्याङ्कशास्त्र विषयको प्रश्नपत्र ‘आउट’ गर्ने पाँच जनालाई सोमबार पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार रामस्वरूप रामसागर बहुमुखी क्याम्पसमा सञ्चालनमा रहेको एमबीएस प्रथम वर्षको तथ्याङ्कशास्त्र विषयको प्रश्नपत्रको उत्तर तयार गरिएको पानाको ‘फोटोकपी’ गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा धनुषा जिल्ला जनकपुरधाम उपमहानगरपालिका–१२ का २१ वर्षीय सोनुकुमार साह, वडा नं ४ का ३१ वर्षीय लीलाराज शिवमन्त्री, वडा नं १२ का २२ वर्षीय लालबाबु मण्डल, सोही वडाका २४ वर्षीय सुजीतकुमार मण्डल र सर्लाही जिल्ला ईश्वरपुर नगरपालिका–७ का २० वर्षीय अविनाश महतो रहेका छन् । उनीहरूलाई लालबाबु मण्डलले सञ्चालन गरेको इमेज स्टुडियोमा प्रश्नपत्रको उत्तर तयार गरिएको पानाको फोटोकपी गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएका विशेष प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ गरिएकाहरूमाथि सार्वजनिक शान्तिविरूद्धको मुद्दा शीर्षकमा म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भइरहेको बताइएको छ । रासस
सरकारी कार्यालयमा प्रशासनकाे छड्के , ९६ कर्मचारी अनुपस्थित
स्याङ्जा । जिल्लाका सरकारी कार्यालयमा अनुगमन गर्ने क्रममा ९६ कर्मचारी अनुपस्थित भएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सोमबार जिल्लास्थित सरकारी कार्यालयमा छड्के अनुगमन गर्दा विभिन्न कार्यालयमा कर्मचारी अनुपस्थित रहेको पाइएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ । प्रशासन कार्यालयबाट खटिएको अनुगमन टोलीले सङ्घ र प्रदेशअन्तर्गतका २० कार्यालयमा अनुगमन गर्दा ९६ कर्मचारी अनुपस्थित रहेको पाइएको प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले जानकारी दिएका छन् । अनुगमन गरिएका कार्यालयका हाजिरी रजिस्टर छड्के टोलीले प्रशासन कार्यालयमा लगेर हेरेको थियो । छड्के अनुगमनमा १९ अधिकृत र ७७ अन्य कर्मचारी कार्यालयमा हाजिर नभएको पाइएको प्रमुख जिल्ला अधिकारी निरौलाले बताए । खानेपानी डिभिजन कार्यालय, नापी कार्यालय र घरेलुका कार्यालयबाहेकका अन्य कार्यालयमध्ये समयमै कार्यालय नजानेमा जिल्ला अस्पतालका रहेका छन् । जिल्ला अस्पतालका डा. सुशील मरासिनी वैशाखदेखि कार्यालयमा अनुपस्थित रहेका छन् भने अस्पतालका प्रमुख डा. अमृत पोखरेल साउन १३ गतेदेखि अनुपस्थित रहेको पाइएको छ । जिल्ला अस्पतालजस्तो संवेदनशील कार्यालयमा एकैपटक सबै अधिकृत अनुपस्थित हुनु दुःखद भएको प्रमुख जिल्ला अधिकारी निरौलाले बताएका छन् । डा. मरासिनी असार मसान्तसम्मको बिदा लिएर अमेरिका र डा. पोखरेल दुईहप्ते बिदामा रहेको निमित्त प्रमुख रञ्जु पोखरेलले जानकारी दिएकी छिन् । त्यस्तै आयोजना कार्यान्वय एकाइ (शिक्षा) मा १० कर्मचारी रहेकामा सबै कर्मचारी काज लिएर बसेको भेटिएको प्रजिअ निरौलाले बताए । यस्तै, जिल्ला तथ्याङ्क कार्यालयमा ११ कर्मचारी रहेकामा नौ कर्मचारी ‘फिल्ड’ लेखेर बिदामा बसेको देखिएको छ । अनुपस्थित कर्मचारीलाई स्पष्टीकरण सोधिने र बिदा नलिनेको गयलकट्टा हुने बताउँदै प्रजिअ निरौलले गयलकट्टा हुने कर्मचारीको गयल बराबर सेवाअवधि कम हुने सरकारी नियम रहेको उल्लेख गरेका छन् । कार्यालय छड्केमा कृषि ज्ञान केन्द्रमा पाँच, जिल्ला स्वास्थ्यमा दुई, कोष तथा लेखा नियन्त्रकको कार्यालयमा एक, विद्युत्मा एक, हुलाकमा सात, जलस्रोत तथा सिँचाइ विकास डिभिजनमा चार, आयुर्वेदमा दुई, राष्ट्रिय पुनःनिर्माणमा आठ, जिल्ला समन्वयमा चार, डिभिजन वनमा सात, शिक्षा विकास तथा समन्वय एकाइमा एक, भेटेरिनरी अस्पतालमा तीन, मालपोतमा एक, सुन्तला जोनमा छ जना कर्मचारी अनुस्थित रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । रासस
लुम्बिनी विकास बैंकको नाफा पौने ५६ करोड, सयेरधनीले आजै १७.०७५ बोनस सेयर पाउने
काठमाडौं । लुम्बिनी विकास बैंकले गत आर्थिक वर्षमा उत्साहजनक रूपमा नाफा आर्जन गरेको छ । बैंकले आर्थिक वर्ष २०७५/७६ मा ५५ करोड ७३ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । बैंककाे याे नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा करिव ७३ प्रतिशतले बढी हो । अघिल्लो वर्ष बैंकले ३२ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकले गएको आवमा खुद ब्याज आम्दानीमा सुधार गरेर एक अर्ब १३ करोड पुर्याएको छ । बैंकको संचालन मुनाफा ८४ करोड २६ लाख रहेको छ । असार मसान्तसम्ममा बैंकले २४ अर्ब निक्षेप संकलन गरेर २२ अर्ब ७६ करोड कर्जा प्रवाह गरेको छ । बैंकको खराब कर्जा १.७५ प्रतिशत र सीसीडी रेसियो ७७.६१ प्रतिशत रहेको छ । बेसरेट भने बैंकको ११.०२ प्रतिशत रहेको छ । गत वर्ष बैंकको वितरण योग्य नाफा पनि २८ करोड ५१ लाख ९ हजार रुपैयाँ छ । लुम्बिनीको चुक्ता पुँजी २ अर्ब २० करोड रुपैयाँ रहेको छ । बैंकको रिजर्भ फन्ट १ अर्ब २१ करोड रहेको छ । लुम्बिनीको प्रतिसेयर आम्दानी २६.६९ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १७४.०६ पैसा छ । बैंककाे सेयर मूल्य प्रतिकित्ता १७५ रूपैयाँ छ । बैंकले आर्थिक वर्ष २०७४/७५ काे वार्षिक साधारणासभा गर्नै लागेकाे दिन गत आवकाे वित्तिय विवरण प्रकाशित गरेकाे हाे । बैंकको आज गते हुने सभाले १७.०७५ बोनस सेयर दिने प्रस्ताव पारित गर्दैछ । बोनस वितरण पछि भने यसको चुक्ता पुँजी २ अर्ब ५८ करोड पुग्नेछ ।