चेम्वरले आर्थिक वृद्धिका लागि गर्यो साउदी राजदूतसँग छलफल
काठमाडौं । नेपाल चेम्वर अफ कमर्सका अध्यक्षले साउदी अरबका लागि नेपाली राजदूतसँग आपसी आर्थीक वृद्धिबारे छलफल गरेको छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र चेम्बरका पदाधिकारीहरुले आज साउदी अरबका लागि नेपाली राजदूत महेन्द्र सिंहसँग भेट गरेका छन । चेम्बर अध्यक्ष श्रेष्ठले साउदी अरेबियासँग लगानी, व्यापार,श्रम र आर्थिक अभिवृद्धि गर्न आवश्यक रहेको बताएका छन । उनले बैदेशिक रोजगारीका लागि साउदी अरब प्रमुख स्थान भएको उल्लेख गर्दै दुतावासले पु¥याएको सहयोग राम्रो भएको बताए । उनले दुई देशबीच व्यापारिक, आर्थिक एंव लगानीको सम्बन्ध, विकास एवं सुदृढ गर्नुपर्ने, दुई देशका उद्यमी व्यवशायी बिचमा द्धिपक्षीय व्यापार एंव आर्थिक सम्बन्धको विस्तार गरि नयाँ व्यावशायिक अवसरहरुको संभावना पहिचान गर्नुपर्ने बताएका छन । सन् २०२० फेब्रुअरी २५ देखि २९ सम्म हुन लागको नेपाल चेम्बर एक्स्पोमा साउदी अरेबीयाबाट समेत सहभागिता हुने श्रेष्ठले बताए । नेपाल र साउदी अरेबीयाबीच आर्थिक एंव व्यापारिक सम्बन्धको विस्तारमा पर्यटन एउटा सम्भावित अंग भएकाले चिसो मुलुकको यात्रा गर्ने साउदीका लागि नेपाल उपयुक्त स्थान भएको अध्यक्ष श्रेष्ठले बताए । साउदी अरबका लागि नेपाली राजदूत महेन्द्र सिंहले नेपाल पर्यटन वर्ष २०२० सफल पार्नलाई साउदी नागरिकका लागि प्रचार प्रसार पर्याप्त रुपमा गर्नुपर्ने बताएका छन । उनले नेपालबाट व्यापारीक प्रतिनिधि मण्डलले साउदी अरबियाको भ्रमण गर्ने र बि टु बि बैठक आयोजना दूताबासको पहलमा गर्न आफू तयार रहेको बताएका छन । यसैबीच चेम्बर अफ कमर्शको सचिवालयमा भारतका लागि नेपाली दूताबासका मिनिस्टर (इकोनोमिक) नीता पोखरेलसँग चेम्बर अध्यक्ष श्रेष्ठको छुट्टै भेट भएको छ । सो भेटमा अध्यक्ष श्रेष्ठले नेपालको भारत छिमेकी मुलुक भएकोले व्यापार, पर्यटन प्रबद्र्धन सँगसँगै जानुपर्ने स्थिती रहेको बताए । अध्यक्ष श्रेष्ठले भारतमा व्यापार/उद्योग विगत केहि वर्षदेखि उल्लेखनिय रुपमा बढेकाले त्यसको फाइदा हामीले लिन कुन मोडालिटी तयार गर्ने त्यसबारेमा भारतीय पक्षसँग छलफल गरिदिन आग्रह गरेका छन ।
कञ्चनपुर भन्सार कार्यालयमा एनआईसी एशियाको विस्तारित काउण्टर सञ्चालन
काठमाडौँ । एनआईसी एशिया बैंक कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका वडा नं. ११ गड्डाचौकी स्थित कञ्चनपुर भन्सार कार्यालयमा विस्तारित काउण्टर सञ्चालनमा ल्याएको छ । बैंकले सञ्चालनमा ल्याएको विस्तारित काउण्टरको आइतबार कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी सुशिल वैद्यले उद्घाटन गरे । उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डे, भन्सार विभागका निर्देशक शिशिर घिमिरे, कञ्चनपुर भन्सार कार्यालयका प्रमुख भीमप्रसाद अधिकारी, कैलाली भन्सार कार्यालय प्रमुख ईश्वरी अर्याल र कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्ल लगायतको उपस्थिती रहेको थियो ।
वाई वाई ग्लोकल टिन हिरो २०१९ को अन्तिम ६ प्रतिस्पर्धी घोषणा
काठमाडौँ । देशभरबाट आएका किशोर किशोरीहरु मध्येबाट वाई वाई ग्लोकल टिन हिरो २०१९ को लागि छनोटमा परेका उत्कृस्ट ६ प्रतिस्पर्धीको नाम घोषणा गरिएको छ । यस वर्ष पनि प्रतिस्पर्धाको लागि प्रतिभा भएका किशोर किशोरीहरुले आफ्नो विविध क्षमतालाई प्रस्तुत गर्दै देशभर बाट ५८९ आवेदन प्राप्त भएको थियो । आवेदकहरुले सामाजिक कार्यदेखि पत्रकारिता, रोबोटिक्सदेखि कम्प्युटर प्रोग्रामिङ, उद्ययमशिलतादेखि सामाजिक विकासका लागि आफ्नो सीप र विशेषता प्रस्तुत गरेका थिए । जनकपुरका विधी मण्डल, पोखराका विक्रम पराजुली, रुपन्देहीका लोक पन्थी, मकवानपुरका रचिन कालाखेती, मोरङका समिर फुँयाल र काठमाडौँका सुप्रिया महर्जन सापकोटा उत्कृष्ट ६ जनामा पर्न सफल भएका छन् ।
सुन्दर यातायातले भदाै दाेस्राे सातादेखि विद्युतीय बस सञ्चालन गर्ने
काठमाडाैं । सुन्दर यातयातले भदाै दाेस्राे सातादेखि विद्युतिय बस सञ्चालन गर्ने भएकाे छ । कम्पनीले आइतबार पत्रकार प्रशिक्षण तथा विद्युतिय बसबारे जानकारी गराउँदै भदौको दोस्रो साता चिनियाँ कम्पनीका बसहरु उपत्यकामा सञ्चालन गर्ने बताएको हो । सुन्दर यातायात प्रा.लिका अध्यक्ष भेषबहादुर थापाले भदौ ९ गते बसहरु सञ्चालन गर्ने बताए । उनले चिनियाँ कम्पनीका बसहरुमा ४० वटा सिटहरु रहने बताउँदै विद्युतिय बसहरुले वातावरण सफा र प्रदुष हुन नदिन उल्लेख्य भूमिका खेल्ने बताए । उनले विद्युतिय बसको भाडादर सरकारले निर्धारण गरेको मापदण्ड अनुसार तय हुने उल्लेख गरे । तर अन्यका भन्दा २०/२५ प्रतिशत भाडा सहुलियत दिन सक्ने धारणा राखे । अध्यक्ष थापाले यात्रुहरुले अनलाईन पेमेन्ट मार्फत भाडा तिर्न सक्ने बताए । उनले नर्मल कार्ड, विद्याथी कार्ड, कम्पनी कार्ड, सिंगल सिटिजन,कार्ड, टेम्पोररी कार्ड र सिनियर सिटिजन कार्डको व्यवस्था गरी यात्रुलाई भाडा तिर्न सहज वातावरण सिर्जना गर्ने बताए । कम्पनीले एक बसको १ करोड ६२ लाख मूल्य पर्ने जनाएको छ । यहि महिना भित्र ११ वटा विद्युतिय बसहरु भित्र्याउने योजनामा रहेको कम्पनीको चालु आवमा २५ वटा विद्युतिय बस भित्र्याउने योजना छ । विद्युतिय बसहरुको लागि ३ वटा ठाउँहरुमा चार्जिङ स्टेशनको व्यवस्था गरेको बताउने कम्पनीलाई सरकारले भने अहिले सम्म चार्जिङ स्टेशनका लागि अनुमति दिएको छैन । चिनियाँ बिएके ब्याट्री इन्क कम्पनीले तयार पारेका ति बसहरु एक पटक चार्ज गरिसकेपछि २ सय ६८ किलोमिटर गुड्न सक्ने बताइएको छ । पहिलो चरणमा विद्युतिय बसहरु चल्ने रुटहरुमा रिङरोड,नारायण स्थान हुँदै चक्रपथ,भैंसेपाठी, गोंगबु बसपार्क हुँदै सल्लाघारी भक्तपुर,कलंकी ढुंगेअड्डा हुँदै नेपाल मेडिकल कलेज रहेका छन् ।
नेशनल माइक्रो फाइनान्सले वितरण गर्यो २५ लाखको राहत
काठमाडौँ । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले अविरल बर्षासंगै आएको बाढीले प्रभावित तथा क्षति पुगेका ग्राहक सदस्यहरुलाई राहत वितरण गरेको छ । संस्थाको प्रदेश नं १ र २ अन्तर्गत शाखा कार्यालयहरु सिम्रौनगढ, सपही, सन्तपुर, हरिपुर, गोडैता, हरीपुर्वा, रामगोपालपुर, जलेश्वर, बिन्धी, मधुपट्टि र कटहरीगरि ११ शाखा कार्यालयका १२०० जना घरपरिवारलाई २५लाख बराबरको राहत वितरण गरिएको हो । जनही १ बोरा चामल, दाल २ किलो, खानेतेल १ लि, नुन १ किलो, नुहाउने साबुन १ वटा, कपडा धुने साबुन १ वटा, भुजा १किलो, दालमोठ १ प्याकेटका दरले बितरण गरिएको थियो । राहतवितरण कार्यक्रम प्रदेश र स्थानीय स्तरका जनप्रतिनिधि, समाजसेवी, राजनीतिकर्मी, सुरक्षानिकायको रोहवरमा राहत वितरण गरिएको जनाइएको छ ।
आईएमई लाइफले मनायो दोश्रो वार्षिकोत्सव, नयाँ जीवन बीमालेख सार्वजनिक
काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको ब्यबसायिक कारोवार सञ्चालन भएको दुई वर्ष पूरा भएको छ । कम्पनीले उक्त अवसरमा एक कार्यक्रमको आयोजना गरी दोस्रो वार्षिकोत्सब मनाएको छ । उक्त कार्यक्रममा कम्पनी सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालले बीमा बजारमा कम्पनीले प्रतिस्पर्धामक उपस्थिति जनाएको बताए । चालु आव २०७६/७७ मा थप शाखाबिस्तार गरी बीमित, अभिकर्ता एवम् सेवाग्राहीको पहँुचलाई सर्वसुलभ, छिटो छरितो सेवा पुर्याउने, मानव संसाधनमा गुणात्मक तथा रचनात्मक अभिवृद्धिका लागि आवश्यक तालिमको ब्यबस्था तथा उत्प्रेरणा हुने खालको नीति तर्जुमा गरिने जानकारी गराए । सोही अवसरमा कम्पनीले विभिन्न संघ संस्था तथा त्यसका कर्मचारी तथा सदस्यहरुको सुविधा तथा लाभलाई मध्यनजर गरि भर्खरै बीमा समितिवाट स्वीकृती प्राप्त नयाँ जीवन बीमालेख “आइएमई सामूहिक सावधिक बोनस सहितको जीबनबीमा योजना” सार्वजनिक गर्योे । उक्त अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले जीबन बीमा ब्यबसायमा महत्वपूर्ण भुमिका खेल्ने अभिकर्ताको लागि आर्कषक एवम् उत्प्रेरक बिबिध प्रोत्साहन योजनाहरु कार्यान्वयन गरिने जानकारी गराए । ब्यवसाय सुचारु भएको दोस्रो वर्ष सम्ममा कम्पनीले देशका सातै प्रदेशका बिभिन्न ८५ स्थानमा शाखाकार्यालयहरु स्थापना गरी बीमा सेवा पुर्याउदै आएको जनाएको छ । साथै, कम्पनीले आर्थिक बर्ष २०७५/७६ मा रु. ९१ करोड बीमाशुल्क संकलन गर्न सफल भएको प्रमुख कार्यकारी अधिकृत भट्टले बताए ।
बि एण्ड बि अस्पतालमा स्पोर्टस इन्जुरीको लागि पिआरपी सेवा सुरु
काठमाडौं। बी एण्ड बी अस्पतालले प्लेटेरेट रिच प्लाज्मा (पीआरपी) इन्जेक्सन थेरापी सुरु गरेको छ। आईतबार ललितपुरको ग्वार्कोस्थीत अस्पतालले सेवा सुरु गरेको हो। अस्पतालले स्पोर्टस् इन्जुरी एण्ड रिजेनेरेटिभ मेडिसिन विभाग अन्तर्गत हाडजोर्नि सम्बन्धि समस्याको उपचारका लागि पीआरपी थेरापी सुरु गरेको हो। स्पोर्ट्स इन्जुरी खेलाडीहरुमा देखिने हाडजोर्नि सम्बन्धि समस्या हो । यद्यपी दुर्घटना हुँदा वा सामान्य रुपमा लड्दा समेत जोर्नि मर्केर स्पोर्ट्स इन्जुरी हुनसक्ने भएकाले यो समस्या जो कोहिमा पनि देखिन सक्छ । स्पोर्ट्स इन्जुरीका कारण हुने हाडजोर्निसम्बन्धि समस्याको उपचारमा पीआरपी थेरापीलाई निकै प्रभावकारी मानिन्छ । यस उपचार पद्धतीमा विरामीकै रगतको प्रयोग गरिने भएकाले यसलाई निकै सुरक्षित मानिन्छ । यो पद्धतिमा रसायनिक पदार्थको प्रयोग नगरिने भएकाले यसले कुनै नकारात्मक असर नगर्ने अस्पताल प्रमुख कार्यकारी अधिकारी सुरज जोशिले बताए । अस्पतालबाट अब हात तथा खुट्टाका जोर्निहरुको बिनाअपरेशन उपचार हुने अस्पतालका जनाएको छ।
उर्जा मन्त्रालयलाई उत्कृष्ट मन्त्रालय बनाउने मन्त्री पुनको प्रतिबद्धता
काठमाडाैं । उर्जा जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले उर्जा मन्त्रालयलाई देशको उत्कृष्ट मन्त्रालय बनाउने प्रतिबद्धता जनाएका छन् । नेपाल विद्युत प्राधिकरणको ३४ औं वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री पुनले मन्त्रालयको कुशल नेतृत्व गर्दै अन्य मन्त्रालय भन्दा उर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयलाई उत्कृष्ट मन्त्रालय बनाउने योजनामा आफु रहेको बताएका हुन् । पछिल्लो समय नेपाल विद्युत प्राधिकरणले गरेको उल्लेख्य प्रगतिको प्रशंसा गर्दै उनले आफु मातहतका अन्य निकायलाई पनि काममा तिव्रता र सन्तुलन ल्याउन भूमिका खेल्ने बताए । मन्त्रालय सँगै प्राधिकरणलाई पनि देशको एक नम्बर संस्थान बनाउने प्रतिवद्धता गर्दै उनले कुशल नेतृत्वका कारण प्राधिकरणले उल्लेख्य प्रगति हाँसिल गर्न सफल भएको बताए । तीन वर्ष भित्र देशका हरेक क्षेत्र तथा ठाउँहरुमा विद्युतिकरण गर्ने बताउँदै उनले हिजोको दिनमा प्राविधकरण मागेको ठाउँमा उर्जा उपलब्ध गर्न सक्ने अवस्थामा पुगेको बताए । वर्तमान नेतृत्वको प्राधिकरणको तीन वर्षे कार्यकालले उल्लेख्य सुधार गरेको बताउँदै मन्त्री पुनले अझैपनि देशलाई लोडसेडिङमुक्त बनाउन र लक्षित गरेको कामलाई कार्यान्वयन गर्न चुनौति रहेको उल्लेख गरे । उनले यो वर्ष समग्र देश र उर्जा क्षेत्रका लागि गौरवपूर्ण वर्षका रुपमा लिनु पर्ने बताए । कार्यक्रममा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विगतका वर्षहरु भन्दा यो वर्ष निकै सुखद र उपलब्धिमुलक वर्षका रुपमा रहेको बताए । प्राधिकरणले आर्थिक वर्ष २०७५/०७६ मा ७ अर्ब २० करोड रुपैयाँ मुनाफा गरेको बताउँदै उनले आर्थिक वर्ष २०७४/०७५ भन्दा १४९ प्रतिशतले बढि खुद मुनाफा गरेको बताए । विद्युत चुहावट १५.३२ प्रतिशतमा झार्न सफल भएको उल्लेख गर्दै उनले यो प्रगति सबै कर्मचारीहरुको अथक प्रयासले सम्भव भएको बताए । कार्यक्रममा कार्य सम्पादनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै विभिन्न १५ जनालाई सम्मानित तथा पुरस्कृत गरेको थियो भने काम समयमै सम्पन्न गर्ने ,उर्जा वितरण तथा प्रसारण २८ वटा संस्थाहरुलाई कदर पत्र वितरण गरेको थियो । कार्यक्रममा अन्य वक्ताहरुले पनि विद्युत प्राधिकरणको कामको प्रशंसा गदै अझै देशलाई विद्युतिकरण गर्न चुनौती रहेको स्मरण गराए । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७५/०७६ मा ३ करोड ४७ लाख युनिट विद्युत निर्यात गरेको बताएको छ । प्राधिकरणले गत आवमा छिमेकी देश भारतमा उक्त युनिटको विद्युत निर्यात गरेको बताएको हो । विद्युत निर्यात ३२ करोड रहेको जनाएको हो ।