विकासन्युज

‘फाइभ जी’ लाई चाहिने पूर्वाधारहरु छन्, तर हामी हतार गर्दैनौँः डिल्लीराम अधिकारी

विगत डेढ दशकदेखि नेपाल टेलिकममा कार्यरत डिल्लीराम अधिकारीले अहिले उक्त संस्थाको नेतृत्व सम्हालेका छन् । दूर सञ्चार सेवामा सस्तो तथा गुणस्तरीय सेवा विस्तार गर्ने उद्देश्यका साथ अघि बढेका अधिकारी यसै आवमा नेपालभरि फोरजी सेवा विस्तार गर्न अग्रसर भएका छन् । इञ्जिनियबाट टेलिकम प्रवेश गरेर १७ वर्षको अवधिमा संस्थाको म्यानेजिङ्ग डिरेक्टर(एमडी) बन्न पुगेका अधिकारीसँग प्रविधिको विकास तथा गुणस्तरका विषयमा विकासन्युजका नविन पोखरेलले गरेको विकास वहसः तपाई एमडी भएको ७ महिना वितेको छ । कस्तो हुँदैछ कार्य सम्पादन ? के के गर्नुभयो यो अवधिमा ? मैले सातौँ तहको इञ्जिनियरबाट नेपाल टेलिकममा काम गर्न सुरु गरेको हुँ । टेलिकमको पहिलेदेखि नै केही आयोजनाहरु रोकिएका थिए । आन्तरिक तयारी भएपनि कतिपय आयोजनाहरु मूर्त रुपमा अघि बढ्न सकेको अवस्था थिएन । म आएपश्चात दूर सञ्चार क्षेत्रमा महत्वपूर्ण मानिने ‘फोर जी’ सेवा अगाडी बढेको छ । अहिले ‘फोर जी’ लाई कमर्सियल बनाउने तयारीका साथ कार्य सम्पादन भइरहेको छ । हामीले आगामी दशैँसम्म मुख्य सहरहरुमा ‘फोर जी’ पुर्याउने लक्ष्य राखेका छौँ । यसको काम एउटा गतिमा अघि बढिरहेको छ । मध्यपहाडी लोक मार्गमा अप्टिकल फाइवर बिच्छ्याएपछि नेपाल सरकारको, राउटर र उच्चस्तरका व्याण्ड विथ राख्ने हाम्रो योजना रहेको छ । नेपाल टेलिकमले गर्दै आएको काममा नेपाल सरकारको समेत विशेष चासो रहँदै आएको छ । सो कार्यको लागि ग्रामीण दूर सञ्चार कोष(आरटीडीएफ)को रकम मार्फत एनटीएले हामीलाई सहयोग गरिरहेको छ । अब हामी पुरानो प्रविधिको टेलिफोन लाइन पिएसटीएनलाई आइएमएस मार्फत विस्थापन गर्दैछौं । फाइबर टु द होम (एफटीटीएच)मा रुपान्तरण गर्ने कामहरु भइरहेका छन् । अहिले देशका प्रमुख सहरहरुमा एफटीटीएच नेटवर्क वितरण कार्य सुरु भइरहेको छ । यसको साथसाथै आवश्यक ठाउँमा नयाँ नेटवर्क विस्तार तयारीको काम पनि भइरहेको छ । एफटीटीएच कुन-कुन ठाउँबाट सुरु हुँदैछ ? विराटनगर, विर्तामोड, इटहरी, जनकपूर, चितवन, पोखरा, बाग्लङ, पाल्पा, सुर्खत, नेपालजंग र काठमाडौमै पनि एफटीटीएच नेटवर्क विस्तारको काम भइरहेको छ । आगामी दिनमा हामी नयाँ योजनाहरु तय गर्दै सोही अनुसार काम गर्दै जाछौं । एफटीटीएचले उपभोक्तालाई के कसरी फाइदा हुन्छ ? एफटीटीएचले एउटै तारबाट टेलिफोन, उच्चगतिको इन्टरनेट र टेलिभिजनको लागि समेत काम गर्छ । सोही कारण यो प्रविधिबाट ग्राहकहरुले त्रिपक्षीय फाइदा पाउँछन् । हाल संचालनमा रहेको एडीएसएल नेटवर्कमा भने ५ एमबीपीएस भन्दा माथि जान सकिदैन । अहिले नेपाल टेलिकमको ३ लाखभन्दा बढी एडीएसएल प्रयोगकर्ता छन् । ७ लाख भन्दा बढी पिएसटीएनका ग्राहक छन् । त्यस्तै, स्विचिङ नेटवर्कहरु हाल प्रयोगमा छैनन् । वर्तमान अवस्थामा कुनै कार्ड परिवर्तन गर्न परेमा कठिन हुने अवस्था छ । तामाको तारबाट हामीले सेवा दिँदै आएका छौं । अब ग्राहकलाई फाइवरबाट उच्च गुणस्तरको सेवा दिन लागेका छौं । आगामी दिनमा कप्पर निकालेर फाइवर राख्ने हो । ‘फाइभ जी’ विजनेश टू विजनेश अत्यन्त छिटो चल्ने इन्टरनेट सेवा हो । ठूला विजनेश हुने देशमा यसको परीक्षण शुरु गरिएको छ । नेपाल अहिले त्यो गुणस्तरसम्म पुगेका छैन । ‘फोर जी’ को सेवा नै हाम्रो देशमा छिटो विस्तार हुन सकिरहेको छैन, सुस्त गतिमा छ । तर, विश्व बजार ‘फाइभ जी’ को अवधारणा हिडिसकेको छ ? यस्तो अवस्थामा हामीले विश्व बजारसँग प्रतिस्पर्धा गर्न सक्छौँ त ? ‘फाइभ जी’सेवा विश्वका विकसित देशहरुमा शुरु भएको छ । कोरिया, चाईनाजस्ता देशमा यसको परीक्षण सुरु भइरहेको छ । फाइभ जी आफैमा नयाँ प्रविधि हो । ‘फाइभ जी’ विजनेश टू विजनेश अत्यन्त छिटो चल्ने इन्टरनेट सेवा हो । ठूला विजनेश हुने देशमा यसको परीक्षण शुरु गरिएको छ । नेपाल अहिले त्यो गुणस्तरसम्म पुगेका छैन । हामीले ग्राहकको माग अनुसार काम गर्ने हो । त्यसको लागि हाम्रो सन्दर्भमा फोर जी नै ठीक छ । विश्वव्यापी रुपमा विज्ञहरुको प्रतिक्रिया हेर्दा सन् २०२५ बाट विश्व बजार ‘फाइभ जी’ मा जान सक्ने अनुमान गरिदै आएको छ । हाम्रोमा अहिले ‘फाइभ जी’ को लागि राष्ट्रिय नीति पनि बनेको अवस्था छैन । नेपालमा ‘फाइभ जी’ सर्पोट गर्ने मोवाइलहरु हालसम्म कसैको हात मा छैन । ‘फाइभ जी’ सन् २०२२ अगाडि आउने सम्भावना छैन । सोही कारण यो बीचको समय कसरी बस्ने भन्ने कुरा मिलाउन ‘फोर जी’ सेवा विस्तार र्न लागिएको हो । नेपालमा त ‘फोर जी’ ले नै सन् २०३० सम्मलाई धान्ने सक्ने अवस्था छ । अहिले ‘फोर जी’ आएको छ, तर पनि ‘टु जी’ का ग्राहकहरु प्रशस्तै छन् । यसको मतलव फाइभ जी आउँदा पनि ‘टु जी’, ‘थ्री जी’ र फोर जी चलाउनेहरु हुँदैनन् भन्ने होइन । सोही कारण विश्व ‘फाइभ जी’मा गएपनि हामीलाई हतार छैन । देशको आवश्यकता अनुसार काम गर्ने हो । नयाँ प्रविधि भित्र्याउने हो । नेपाल पनि ‘फाइभ जी’ लाई चाहिने पूर्वाधारहरु छन् । हामीसँग टावर छन्, अप्टिकल फाइवर, फाइवर नेटवर्कहरु बन्दैछन् । देशमा उद्योग धन्दा विकसित हुँदैछ । ग्राहकहरुको आवश्यकता अनुसार सेवा विस्तार गर्दै लैजाने हो । हामीमा पनि ‘फाइभ जी’ को लागि प्राथमिक आधार तयार हुन्छ । अहिले नै ‘फाइभ जी’ ल्याएमा हतार मात्र हुनेछ । नेपाल टेलिकमको ‘फोर जी’ केही पछाडी परेको देखिन्छ नि किन ? प्रतिस्पर्धीहरुले आवश्यक उपकरणहरु सिधै किनेर प्रयोग गर्न सक्छन् । त्यस्तै उनीहरुलाई आर्थिक क्रियाकलापको लागि यति खर्च गर्ने हुने उति गर्न नहुने भन्ने हुँदैन, तसर्थ उनीहरुले इच्छाएको आधारमा खर्च गर्न सक्छन् । तर, नेपाल टेलिकमले खरिद ऐनको पालना गर्नुपर्छ । सोही कारण हामीले टेण्डर मार्फत नै काम गर्नु अनिवार्य हुन्छ । यसरी टेण्डर गर्दापनि कुनैपनि अपरेटरलेमिल्ने गरी काम गर्न पाउँछन् । नीजि क्षेत्रहरुले जस्तो हाल कायम रहेको नेटवर्कलाई हामीले वृद्धी गर्ने हिसाबले काम गर्न सक्दैनौं । यति भन्दा बढी जान पाइदैन भन्ने नियम छ । ‘थ्री जी’ लाई समेत वृद्धी गर्न आवश्यक हुन्छ । हामीले फोर जीका लागि काठमाडौं, पोखरामा काम गयौँ । तर हामीलाई थप गर्न पैसा अपुग भयो । पैसा बढेपछि ग्लोबल टण्डरमा जानुपर्ने भयो । सोही आर्थिक अभावका कारण हामीलाई ग्लोबल टेण्डरमा जान आवश्यक भयो । टेण्डरमा जाँदा आवश्यक कागज-पत्र तयार गर्ने, त्यसलाई चेक जाँच गर्ने तथा ४५ दिनको टेण्डर खोल्ने काम हामीले गर्नुपर्ने हुन्छ । त्यसको अनुसन्धान गर्ने लगायतका विभिन्न कामहरुले यो प्रक्रिया केहि लम्बिएको छ । त्यस्ता प्रक्रियाले नै हामीलाई केही ढिला बनाएको छ । तैपनि हाम्रो अहिलेको योजनाअनुसार एक वर्ष भित्रमा सबै स्थानीय तहमा ‘फोर जी’ सेवा बिस्तार गर्छौ । चालु आर्थिक वर्ष भित्रमा ‘फोर जी’ सेवामा पहिलो हुने उद्देश्य नै राखेर अघि बढी रहेका छौँ । मध्य पहाडी लोकमार्गमा फाइबर बिच्छाउने कार्यको प्रगति के-के भएका छन् ? यस परियोजना अन्तर्गतपाँचथरको चियो–भञ्जाङ्गदेखि हामीले गोरखाको आरुघाटसम्म काम सुरु भएको छ । हामीले लगभग २१ सय ७९ किलोमिटर सम्मको लागि अप्टिकल फाइवर विस्तार गर्दैछौं । त्यसको लागि सम्झौता भइसकेको छ । साथै, आवश्यक पर्ने अप्टिकल फाइवरहरू आइसकेको छ । हामीले हरेक रुटमा अप्किल फाइवर बिच्छाउँदा सडक विभागसँग अनुमति लिन आवश्यक हुन्छ । आवश्यक ठाउँमा हामीले चिठ्ठी पत्र समेत पठाइसकेका छौँ । कतिपय ठाउँको सन्दर्भमा हामीले अनुमति समेत पाइसकेको अवस्था छ । अब ती स्थानमा काम सुरु हुने चरणमा छ । खन्ने तथा फाइबर राख्ने काम मात्र बाँकी रहेको छ । सो काम समेत छिट्टै समापन गर्ने तयारीमा छौँ । केही विदेश पुगेर नेपाल आएका ग्राहकहरुले समेत नेपाल टेलिकमको नेटवर्कको प्रशंसा गरेको समेत पाएका छौँ । हाम्रो सेवा, गुणस्तर तथा कभरेजको बारेमा केही ग्राहकहरुले जानकारी नपाएको कुरा सत्य हो । लक्ष्य अनुसार नै कामहरु समयमै सम्पन्न होलान् त ? हामीले काम गरिसक्नु पर्ने अवधि २ वर्षको हो । सो अवधिमा काम गर्न ठेकेदारहरुसँग सल्लाह भइसकेको छ । ठेकेदार कम्पनीहरुले पनि तोकिएको समयमा काम गर्न सकिने बताउनु भएको छ । सोही कारण हामीले योजना बनाएको समय अनुसार काम गर्न सक्छौँ । वर्षाको समयमा सडक विभागले सडक खन्न दिँदैन । सोही कारण हाम्रो काम रोकिएको छ । भदौ लाग्ने वित्तिकै हाम्रो काम तीब्र रुपमा अघि बढ्ने छ । सरकारी संस्था भएपनि सेवामा पछाडि पर्दै आएको अवस्था छ, यसलाई सुधार गर्न तपाईहरुले के कदम चाल्ने योजना बनाउनु भएको छ ? हामीले प्रतिस्पर्धी हुन आवश्यक छ । हाम्रो प्रतिस्पर्धामा समेत सरकार सहयोगी बन्दै आएको कुरा सत्य हो । तर, हामी प्रतिस्पर्धामा केही पछाडी परेको भने पक्कै हो । यसमा हामीलाई सार्वजनिक खरिद ऐनले केही समस्यामा पारेको छ । हरेक काममा हामीले टेण्डरको माध्यम अपनाउन आवश्यक हुन्छ । तर प्रतिस्पर्धा गर्दा चाहिँ निजी संस्थासँग गर्नु पर्छ । अहिले प्रविधिको विकास छिटो छिटो बढ्दो क्रममा रहेको छ । यस्तो अवस्थामा हामीले मल्टी नेशनल कम्पनीहरुसँग प्रतिस्पर्धा गर्न त्यति सहज त छैन । छिटो काम गर्न आवश्यक भएकाले हामीले खरिद विधि तथा कार्यविधिमा केही सहजता अपनाउने काम गर्दै छौं । त्यसरी बनाएको कार्यविधि पनि सार्वजनिक खरिद अनुगमनको कार्यालयबाट स्विकिृत हुनुपर्छ । खरिद कार्यविधि एक वर्ष देखि स्विकृत भएको छैन । सोही कारण कम्पनी ऐनले दिएको सुविधाहरु हालसम्म कार्यान्वयन भएका छैनन् । हामीले पहिले जे थियो सोही अनुसार काम गरिरहेका छौँ । बाहिरबाट सहजता देखिएपनि भित्र त अप्ठ्यारा पस्थितिहरू रहेछन्, समाधानका केही बाटोहरु छनोट गर्नु भएको छ कि ? हामीले समाधानका बाटोहरु खोजिसकेका छौँ । हामीलाई नेपाल सरकार, दूर सञ्चार प्राधिकरण सबैको सहयोग रहँदै आएको छ । यही अवस्थामा हाम्रो कार्यविधि हामीले सच्याउन पाएमा थप सहज हुने थियो । हामीले विद्यमान अवस्थामा समेत धेरै काम अगाडि बढाएका छौं । गएको ६, ७ महिनालाई नै हेर्ने हो भने त्यसको परिणाम हामीले देख्न सक्छौँ । हामीले कामहरु समयमा सम्पन्न गर्न सकेकोमा सेवाको गुणस्तर, समयमैत्री प्रविधि देखि राजस्वमा योगदान दिने कुरामा सुधार गर्न सक्छौँ । प्रतिस्पर्धामा पछाडी छौँ भन्न खोज्नु भएको हो र ? हामी पछाडी छौँ भन्न खोजेको त होइन । तर, हाम्रो मूल काम इन्टरनेट, टेलिफोन तथा दूर सञ्चारको सेवा दिने हो । बाँकी एप्स लगायतका काम भनेको त पछि आफैँ आउने कुरापनि हो नि त । प्याकेजहरु महङ्गो छन् कि सस्ता ? प्याकेज लिएर ग्राहकहरुले न्यूनतम ३ पैसा प्रति एमबी सम्ममा सेवा उपभोग गरिरहनु भएको छ । इन्टरनेटको गति केही कमजोर देखिन्छ नि त किन ? केही विदेश पुगेर नेपाल आएका ग्राहकहरुले समेत नेपाल टेलिकमको नेटवर्कको प्रशंसा गरेको समेत पाएका छौँ । हाम्रो सेवा, गुणस्तर तथा कभरेजको बारेमा केही ग्राहकहरुले जानकारी नपाएको कुरा सत्य हो । हामीले सामाजिक संजालबाट समेत त्यस्ता सूचना नपुगेका कुराहरुलाई सुधार गर्न लागेका छौँ । सिडिएमए पूर्ण रुपमा विस्तापित गर्न लागेको हो ? सिडिएमए नेटवर्क अब संसारबाट नै हट्न थालेको छ । हामीले अब ग्राहकलाई अर्को प्रविधिमा ल्याउने प्रयास गरेका छौँ । वाई म्याक्स के भइरहेको छ ? वाई म्याम्स भनेको ग्रामीण क्षत्रेको लागि आवश्यक प्रविधि हो । तराईमा २३ सय मेगाहर्जको वाई म्याक्स हामीले चलाउँदै आएका थियौँ । सोही बेलामा भारतमा समेत वाइ म्याक्स फ्रिक्वयन्सी नै प्रयोगमा आएका कारण हामीले बन्द गर्नु पर्ने अवस्था आयो । अब पहाडमा हामीले चलाउँने प्रयास गरेका छौँ । तराईमा भने हामी थ्री जी, फोर जी चलाउने प्रयासमा छौं । ग्राहकहरुको आवश्यकता अनुसार सेवा विस्तार गर्दै लैजाने हो । हामीमा पनि ‘फाइभ जी’ को लागि प्राथमिक आधार तयार हुन्छ । अहिले नै ‘फाइभ जी’ ल्याएमा हतार मात्र हुनेछ । तपाईँहरु नयाँ प्रविधिको प्रयोग गर्न चाहिँ खोज्ने, तर दीर्घकालीन योजना भने तय नगर्ने चाँही किन होला ? पहिला सिम लिनका लागि मात्रैपनि भनसुन गर्नु पर्ने अवस्था थियो । अहिले नेपालको सञ्चार निकै अगाडी आएकोे छ । प्रविधि परिवर्तनहुने कुरामा मात्र हामी केही पछि परेका हौं । अब हामीले जिएसएम विस्तार गर्छौ । जहाँसम्म वाई म्याक्सको विस्तारको कुरो छ, हामीले सिडिएमए जस्तो विस्तार गर्न नसकेको पक्कै हो । यसको कारण फोर जी प्रवेश गरेकाले हो । यसमा भने हाम्रो दूरदर्शीतामा केही कमी भएको हुनसक्छ । अहिले हामी विश्वको बजार अनुसार अगाडि बढ्ने प्रयास गरिरहेका छौं । त्यसको उदाहरणको लागि हामीले अहिले अपनाएको फोर जी सेवा हो । साथै, भोलिको दिनमा समेत हामी फाइभ जी ल्याउन जुटने छौँ । अहिले हरेक घरमा फाइवर पुग्न पर्छ भन्नेपनि छ । अप्टिकल फाइबरको विस्तार गर्दैछौं । यस्ता कुरामा हाम्रो प्रगति हँुदैछ । अब हामी पुराना प्रविधिमा थप लगानी गदैनौ । परिमार्जन गरेर नयाँ प्रविधिमा जान्छौँ । जनशक्तिको अवस्था तपाईँहरुकोमा कस्तो छ ? जनशक्ति भनेका हाम्रोमा लामो समयदेखि काम गर्दै आएकाहरू छन् । सोही कारण उनीहरुलाई प्रविधि मैत्री बनाउन तथा सिप वृद्धी गर्न हामी लागि परेका छौँ । हामीले हामीसँग उपलब्ध भएका जनशक्तिहरुलाई समेत प्रविधिमा रुपान्तरण गर्न आवश्यक छ । आधुनिक तरिकामा कर्मचारीहरुलाई लाने भनेको काम नै केही जटिल छ । सोही अनुसार नै काम गर्न अव्यस्त भइसकेको हुन्छ । मानिसको बानी परिवर्तन ल्याउनु भनेको पनि एक किसिमको कठिन काम भित्रै पर्ने रहेछ । हामीले सूचना मूलक प्रविधिको प्रयोग गरेर हाम्रा कामहरुलाई अनुगमन गर्ने नियन्त्रण गर्ने काम गरिहेका छौँ । सोही कारण हाम्रो उत्पादनमा समेत वृद्धी भएको छ । फोर जी आउँदै गर्दा सय जना इञ्जिनियर चीन पठाएका छौँ । त्यसरी काम अघि बढाउने योजना तय भएको छ । हामी फोर जीका लागि विश्वकै सन्दर्भमा केही पछाडि हौला । तर, नेपालमा भने हामी पहिलो नै हौँ । यस्तै, थ्री जीको कुरा गर्ने हो भने हामी दक्षिण एशियामा नै पहिलो पनि हौं । साथै, फाइभ जीको लागि पनि हामीले ५ वटा सहरमा पाइलट स्टडी अगाडि बढाएका छौं । वीरगंज, काठमाडौँ, पोखरा र विराटनगरमा प्रयोग गर्दैछौँ । फो जी पश्चात फाइभजीको कुरा गर्छौँ । जनशक्ति कम हुँदापनि निजी क्षेत्रकोे काम राम्रो हुने, तर सरकारीमा नहुने किन ? निजी क्षेत्रमा बाहिरी जनशक्तीबाट काम हुने गर्छ । हाम्रो मा ६ हजार कर्मचारी थिए । अहिले ४ हजार जति छन् । यो प्रविधिको कारणले गर्दा नै भएको विस्थापन हो । साथै, हाम्रो सञ्जाल भने बढी रहेको अवस्थामा छ । निजी क्षेत्रमा पैसा राम्रो दिन्छन् तर, सरकारीमा अन्य उत्प्रेरणा जोडिएका हुन्छन् । जस्तै बिरामी पर्दा लिने बिदा, ठूलो कम्पनीमा काम गर्नुको इज्जत, स्थायी जागिर जस्ता कुरा हाम्रोमा मात्रै हुन्छन् । सरकारी संस्थामा काम गर्नु भनेको आफ्नै देशकालागि काम गर्नु हो । तर, विदेशी कम्पनीहरुमा काम गर्दा पैसापनि बाहिर जाने सम्भावना उत्तिकै हुन्छ । सक्रिय र निस्क्रिय सिमहरु कसरी छुट्याउँदै आउनु भएको छ ? हामीले सिमको २ वर्षपछि रि साइकल गर्छौँ । यस्तो सन्दर्भमा विदेशिएको सिमहरु पर्न सक्छन् । यस्तो सिम नयाँ ग्राहकलाई बिक्रि गर्ने गरेका छौं । यस्ता सिमको बक्यौता रकम पछि काटिँदो रहेछ ? पुरानो ग्राहकले नतिरेको रकम नयाँ ग्राहकबाट काट्ने गर्नु भएको रहेछ ? हामीले पहिले लिएका ग्राहकका सिममा कुनै बक्यौता रकम काट्ने गरेका छैनौँ । ९८५१० वाला पोष्टपेडमा भने यस्तो समस्या थियो । नेपाल टेलिकमको नेटवर्क चाडपर्वमा हत्तपत्त टिप्दैन नि किन होला ? चाडपर्वमा भन्दा पनि प्राकृतिक प्रकोपका बेला भने यस्तो समस्या आउने गरेको छ । सोही चापका कारण नेटवर्क टिप्न गाह्रो भएकाे हाे । हामीले त्यस्तो ट्राफिकलाई ह्याण्डिल गर्न स्विचीङ्ग, सिस्टम कस्तो बनाउने भन्ने कुरामा भर पर्छ । हामीले पहिले एउटा डिजाइन तयार गर्छौ । सोही डिजाइन अनुसार हामीले काम गर्दै आएका हुन्छौँ । तर, त्यस्तो चापको बेलामा हामीले अनुमान गरेको भन्दा धेरै ग्राहकहरुले चलाउने हुँदा नेटवर्कमा समस्या देखिन्छ । यो समस्या हाम्रो मात्र समस्या होइन, यो त अन्य देशहरुले समेत व्यहोर्दै आएको समस्या हो । सय वर्षको इतिहास बोकेको धरोहरको रुपमा नेपाल टेलिकमलाई ग्राहकहरुले चिन्दै आउनु भएको छ । यो नेपालको आफ्नै कम्पनीपनि हो । नेपाल टेलिकमले कमाएको पैसा नेपालकै विकासको लागि खर्च हुन्छ । यसको उदाहरणको लागि पार्टी प्यालेसले बिहान ८, १०, १२ बजे, ७ बजे समय छुटयाउँदा ग्राहकहरू तालिका अनुसार जान्छन् । तर, सबै जना ग्राहकहरु एकै पटक गएमा पार्टी प्यालेसले नधान्ने निश्चित छ । सोही उदाहरण अनुसार नै हामीले सबैले एकै पटक चलाएको अवस्थामा हाम्रो नेटवर्कले धान्न सक्दैन । प्राकृतिक प्रकोप तथा चाड पर्वकोे बेलालाई लिन सकिन्छ । लागत र प्रतिफलले नै यस्तो अवस्था निर्धारण गर्ने हो । ग्राहकले नेपाल टेलिकम नै रोज्नुको कारण चाँही के होला ? सय वर्षको इतिहास बोकेको धरोहरको रुपमा नेपाल टेलिकमलाई ग्राहकहरुले चिन्दै आउनु भएको छ । यो नेपालको आफ्नै कम्पनीपनि हो । नेपाल टेलिकमले कमाएको पैसा नेपालकै विकासको लागि खर्च हुन्छ । नेपाल सरकारको ९२ प्रतिशत सेयर छ । तामाकोशी, त्रिशुलीमा हाम्रो लगानी रहेको छ । जनतालाई सस्तो सुविधा दिएका कारणपनि नेपाल टेलिकम सबैको रोजाइमा पर्ने गरेको पाइन्छ । नेपाल टेलिकम नभएको अथवा कमजोर भएको अवस्थामा जनतालाई मह्गो हुने निश्चित छ । अहिलेसम्म नेपाल टेलिकमले १ रुपैयाँमा दिने ट्यारिफमा प्रतिस्पर्धीहरुले ३ रुपैयाँ लिदै आएका छन् । हाम्रो बजार र आवश्यकता अनुसार हामीले काम गर्ने हो । अहिलेको हाम्रो आयोजना जतिपनि अगाडी बढेको छ सबै सोही मान्यता अनुसार अघि बढिरहेको छ । तपाईँहरु नयाँ प्रविधि सिकाउन ग्राहकको लागि तालिमको व्यवस्था गर्दै आउनु भएको छ ? हामीले हाल एसएमएस, फेसबुक मार्फत ग्राहकलार्ई जानकारी गराउँदै आएका छौँ । तरपनि यो पर्याप्त छैन । प्रविधिको बढ्दो पहुँचमा हामीले जनचेतना समेत बढाउन आश्यक छ । हामीले विस्तारै जनचेतना सम्बन्धी काम गर्ने तयारी गरिरहेका छौं । उपभोक्ताकालागि के सन्देश दिन चाहानु हुन्छ ? उपभोक्ताहरुलाई हामीले नयाँ प्रविधि मार्फत सेवा विस्तार गर्न लागेको जानकारी गराउान चाहन्छौँ । हामीले ग्राहकहरूको सेवाको लागि काम गर्ने हो । साथै, सेवाको गुणस्तरमा समेत वृद्धी गर्ने लक्ष्य लिएका छौँ ।

हेटौँडा-भरतपुर प्रसारण लाइनको काम ठप्प, प्राधिकरणले नयाँ ठेक्का आह्वान गरेन

हेटौँडा । भारतीय ठेकेदार कम्पनीले काममा ढिलार्इ गरेको भन्दै विद्युत् प्राधिकरणले ठेक्का तोडेपछि हेटौँडा–भरतपुर–बर्दघाट २२० केभिए प्रसारण लाइनअन्तर्गत हेटौँडा भरतपुर खण्डको काम ठप्प भएको छ । तोकिएको समयभन्दा आठ वर्ष ढिला भइसक्दा पनि काम नसकेको भन्दै आइकन टेली लिमिटेड भारतसँग प्राधिकरणले गत वैशाखमा ठेक्का तोडेको हो । आइकन टेलीसँगको ठेक्का तोडे पनि प्राधिकरणले नयाँ ठेक्का भने आह्वान गरेको छैन । करीब चार महीनायता काम हुनसकेको छैन, अब नयाँ ठेक्काको प्रक्रिया भने शुरु भइसकेको जनाइएको छ । चाँडै नै प्रसारण लाइनको काम शुरु हुने आयोजना प्रमुख ईश्वरीप्रसाद जैसवाल बताए । विश्व बैंकको ऋणमा निर्माण भइरहेको प्रसारण लाइनको काममा भइरहेको ढिलासुस्तीप्रति बैंकले नै असन्तुष्टि जनाएपछि ठेक्का रद्द गरिएको जैसवालले जानकारी दिए । विश्व बैंकको स्वीकृति आउने बित्तिकै ठेक्का आह्वान हुने उहाँको भनाइ छ । हेटौँडा–भरतपुर प्रसारण लाइनको काम ६४ प्रतिशत सम्पन्न भइसकेको आयोजनाले जनाएको छ । सन् २००९ मार्च ९ मा दुई वर्षभित्र सम्पन्न गर्ने गरी आइकन टेली लिमिटेड भारतसँग सम्झौता गरिएको थियो । प्राधिकरणले उक्त कम्पनीलाई ११ पटकसम्म म्याद थप गर्दा पनि काम भने सम्पन्न हुनसकेन । एक अर्ब ६० करोडमा काम शुरु गरेको कम्पनीले लगानी जुटाउन नसकेपछि प्राधिकरणले ठेक्का सम्झौता तोडेको आयोजना प्रमुख जैसवालले जानकारी दिए । प्राधिकरणले कम्पनीको बैंक खाता नै रोक्का गरेको छ । हेटौँडा–भरतपुर प्रसारण लाइनमा २२६ वटा टावर निर्माण गर्नुपर्नेमा १६४ वटा टावर निर्माण सकिएको छ । एक वर्षभित्र सम्पन्न गर्ने गरी एक अर्ब ३९ करोड रुपैयाँ बराबरको ठेक्का निकाल्ने तयारी भएको आयोजनाले जनाएको छ । आयोजनाको भरतपुर–बर्दघाट क्षेत्रको काम भने तीव्र गतिमा अघि बढिरहेको आयोजनाले जनाएको छ । भरतपुर–बर्दघाट प्रसारण लाइनको काम ५० प्रतिशत सकिएको बताइएको छ । उक्त खण्डको ठेक्का चिनियाँ कम्पनी हेम्टन अप्टिकल इलेक्ट्रिक कम्पनी लिमिटेडले लिएको छ । ५५ लाख डलरमा सम्झौता भएको उक्त प्रसारण लाइनको काम चालू आर्थिक वर्षमा नै सकिने आयोजनाले जनाएको छ । कामको प्रगति निकै सन्तोषजनक रहेको बताउँदै जैसवालले काम थालेको एक वर्षमा नै ५० प्रतिशत काम सकिएको जानकारी दिए । भरतपुर–बर्दघाट खण्डको २४६ वटा टावरमध्ये ११९ वटा टावरको निर्माण सकिएको छ । १५२ वटाको फाउण्डेशन सकिएको र दशवटाको फाउण्डेशनको काम जारी रहेको आयोजनाले जनाएको छ । १८ महीनामा कामसक्ने गरी २०७५ साउनमा हेम्टन अप्टिकल इलेक्ट्रिक कम्पनीसँग प्राधिकरणले सम्झौता गरेको थियो । विसं २०७६ माघसम्म कम्पनीको समय बाँकी नै छ । अहिले निर्माणको क्षेत्रमा कुनै ठूलो समस्या नदेखिएको आयोजना प्रमुख जैसवालले जानकारी दिए । यसैगरी विश्व बैंकको सहयोगमा हेटौँडा–११ थानाभर्याङमा प्रसारण लाइनका लागि सबस्टेशन निर्माणको काम पनि धमाधम भइरहेको छ । हेटौँडा–ढल्केवर–इनरुवा ४०० केभिएका लागि सबस्टेशन निर्माणको काम पनि भइरहेको छ । रासस

सोमबार दुई अर्बको ट्रेजरी बिल बिक्री गरिने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार रु दुई अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागिएको केन्द्रीय बैंकले जनाएको छ । कूल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको ट्रेजरी बिल आगामी मङ्सिर ३ गते परिपक्व हुनेछ । बैंकले गत साउन २७ गते पनि रु १० करोड बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

८ दिन बन्द भयो हेटौँडा सिमेन्ट, तीन करोड घाटा

काठमाडौँ । सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योग आठ दिन बन्द हुँदा रु तीन करोड ८४ लाख घाटा भएको छ । उद्योग प्रशासनका अनुसार एकदिन उद्योग बन्द हुँदा रु ४८ लाख घाटा हुने गरेको छ । भट्टीको फायर ब्रिक्स् खसेपछि आठ दिनसम्म उद्योग बन्द हुँदा सो रकम बराबरको घाटा भएको हो । मर्मतपछि उद्योग पुनः सञ्चालनमा आएको छ । किल ब्रिक्स् लाइनिङको काम सकिएपछि शुक्रबारबाट भट्टी तताउन शुरु गरिएको र विस्तारै उत्पादन शुरु भएको उद्योगका नायब महाप्रबन्धक कामेश्वर मण्डलले जानकारी दिए । करीब रु २० लाखको लगानीमा फायर ब्रिक्स लाइनिङ गरिएको उद्योगले जनाएको छ । एउटा ब्रिक्स्को तौल साढे १० किलोको हुने उद्योगले जनाएको छ । उद्योगमा यसपटक दुई हजार छ सय वटा ब्रिक्स लाइनिङ गरिएको मण्डलले बताए । एउटा ब्रिक्सकै मूल्य रु ७०० पर्ने बताइएको छ । दैनिक १६ हजार बोरा सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको उद्योगले हाल दैनिक औसत आठ हजार बोरा मात्र सिमेन्ट उत्पादन गरिरहेको छ । करीब ३१ लाख बोरा सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको उद्योगले गत आर्थिक वर्षमा २० लाख बोरा मात्र सिमेन्ट उत्पादन गर्न सकेको उद्योगका प्रशासन महाशाखा प्रमुख गणेश कोइरालाले जानकारी दिए । रासस विभिन्न समयमा उद्योग बन्द हुँदा आव २०७४/७५ को तुलनामा झण्डै आठ लाख बोरा सिमेन्ट उत्पादन घटेको उद्योगले जनाएको छ । उद्योगको यन्त्रमा पटक पटक खराबी आएर उद्योग बन्द हुँदा उत्पादनमा पनि ह्रास आएको प्रशासन महाशाखा प्रमुख कोइरालाले बताउनुभयो । धेरै यन्त्रहरु अघिल्लो आवमा बनाइएकाले चालू आवमा भने उत्पादन बढ्न सक्ने कोइरालाको अनुमान छ ।

श्री एयरलाइन्सले भित्र्यायो ८० सिट क्षमताको नयाँ जहाज

काठमाडौँ । निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले क्यानेडियन जहाज निर्माता कम्पनी बम्मार्डियरको ८० सिट क्षमताको टर्बोजेट क्वू ४०० सिरिजको जहाज ल्याएको छ । उक्त जहाज ओमन हुँदै भारतको अहमदाबादबाट आइतबारत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको हो । नेपाल भ्रमण वर्ष २०२० अभियानको सन्दर्भमा आन्तरिक उडानलाई थप विस्तार गर्ने लक्ष्यसहित नयाँ जहाज थपिएको कम्पनीका संस्थागत प्रबन्धक अनिल मानन्धरले जानकारी दिए । योसँगै श्रीसँग पाँच जहाज भएका छन् । यसअघि आन्तरिक उडानमा ५० सीट क्षमताका सिआरजे २०० जहाज दुई थान, ७० सीट क्षमताका सिआरजे ७०० जहाज दुई थान थिए । सो जहाजल पोखरा, सिमरा र जनकपुर उडान गर्ने एयरलाइन्सको योजना छ ।

हाइब्रिड कारमा कर छुट दिने व्यवस्था विवादमा, व्यवसायीबीच विवाद हुँदा सरकार रमिते

काठमाण्डौ । सरकारले चालु आर्थिक वर्ष २०७६/७७ को बजेटमा हाइब्रिड कारमा भन्सार र अन्तःशुल्कमा ५०/५० प्रतिशत छुट दिने व्यवस्था गर्यो । नयाँ नियम अनुसार हाल नेपाल आयात भइरहेका कारको तुलनामा हाइब्रिड कारमा लाग्ने राजस्व ६१ प्रतिशतले कम हुने व्यवसायीहरु बताउँछन् । चालू आर्थिक वर्षको आर्थिक ऐनमार्फत भएको भन्सार ऐनको संशोधनमा ‘कम्प्रेसन इग्निसन इन्टरनल कम्बसन पिस्टोन इन्जिन (डिजेल वा अर्ध डिजेल) र धक्का दिने विद्युतीय मोटर दुवै भएका तथा स्पार्क (इग्निसन इन्टरनल कम्बसन रेसिप्रोकेटिङ पिस्टोन इन्जिन र धक्का दिने विद्युतीय मोटर दुवै भएका सवारी साधन पैठारी गर्दा दरबन्दी बमोजिम लाग्ने भन्सार महसुलमा ५० प्रतिशत छूट हुनेछ,’ उल्लेख गरिएको छ । यस्ता स्पेसिफिकेसन भएका सवारी साधन आयातमा लाग्ने अन्तःशुल्कमा समेत ५० प्रतिशत छुट दिने व्यवस्था आर्थिक ऐनले गरेको छ । उक्त छुटको विषयलाई लिएर व्यवसायीहरु दुई भागमा विभाजित भएका छन् । एक थरी व्यवसायीहरु उक्त छुट ठिक भएकोले कार्यान्वयन हुनुपर्छ भन्ने पक्षमा छन् भने अर्काथरी व्यवसायी उक्त व्यवस्था गलत भएको भन्दै त्यसको विरोधमा देखिएका छन् । हाइब्रिड कारको परिभाषा स्पष्ट नभएकोले यस विषयमा विवाद भएको नाडा अटोमोवाईल्स एसोशिएशन नेपालका अध्यक्ष शम्भु प्रसाद दाहालले बताए । हाइब्रिड कारमा कति प्रतिशत नविकरणीय उर्जा प्रयोग हुने र कति प्रतिशत पेट्रोल वा डिजेल प्रयोग हुने भन्ने विषय विवादमा रहेको उनले बताए । केही हाइव्रिड कारमा १० प्रतिशतभन्दा कम नविकरणीय उर्जा प्रयोग हुने र ९० प्रतिशतभन्दा बढी पेट्रोल/डिजेल प्रयोग हुने भएकोले यस्तामा ६१ प्रतिशतसम्म कर छुट दिँदा देशलाई कतै पनि लाभ नहुने एकथरी व्यवसायीहरुको तर्क छ । तर ४६ प्रतिशत नविकरणीय उर्जा प्रयोग हुने हाइब्रिड कार आयात गर्दा पनि सरकारले दिएको कर छुट सुविधा नपाएको नाडाका कार्यकारिणी सदस्य करण चौधरी बताउँछन् । ‘हाइबिीड कारमा भन्सार र अन्तःशुल्क छुट दिने व्यवस्थाको कार्यान्वयन भएको छैन । यो व्यवस्था लागू हुने हो भने उपभोक्तालाई लाभ हुने थियो’ उनले भने । हाइब्रिड कारमा भन्सार र अन्तःशुल्क छुट दिने विषयमा अर्थ मन्त्रालयमा छलफल भइरहेको अर्थ मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले बताए । ‘यस विषयमा छलफल भइरहेको छ,’ उनले भने ‘नविकरणीय ऊर्जा र इन्धन खपत हेरेर कर छुट दिइन्छ ।’ कस्तो खालको हाइब्रिड गाडीमा कति प्रतिशत छुट दिने अर्थात कति प्रतिशत नविकरणीय ऊर्जा उपयोग हुनेले कति छुट पाउने विषयमा अहिले निर्णय नभएको उनले बताए । ‘उनले भने यस विषयमा निर्णय हुन वाँकी छ ।’

प्रुडेन्सियल इन्स्योरेन्सको सत्रौं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । निर्जीवन बीमाको कारोबार गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको सत्रौं वार्षिक साधारण सभा आइतबार वीरगञ्जमा सम्पन्न भएको छ । सो साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष श्रवणकुमार अग्रवालद्वारा प्रस्तुत आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन पारित गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७४/७५ मा १ अर्ब ३७ करोड १६ लाख ९४ हजार ७ सय ४० रुपैयाँ प्रिमियम संकलन गर्न सफल भएको अध्यक्ष अग्रवालले साधारण सभामा जानकारी गराए । आव २०७४/७५ मा कम्पनीले रु. १६ करोड २२ लाख १५हजार ७ सय ३४ रुपैयाँ खुद नाफा हासिल गर्न सफल भएको छ । यसअघि कम्पनीको विशेष साधारण सभाले ६० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय पारित गरिसकेको छ । सो हकप्रद शेयर जारी पश्चात कम्पनीको चुक्तापूँजी १ अर्ब २ करोड ६४ लाख ३२ हजार पुग्ने कम्पनीले विज्ञप्ती मार्फत जानकारी गराएको छ ।

माछापुच्छ्रे बैंकको ९ शाखारहित बैंकिङ सेवा सञ्चालन

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले देशका विभिन्न स्थानमा थप ९ शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले महोत्तरी जिल्लाको बर्दिबास नपा-११, खयरमारा, धनुषा जिल्लाको कमला नपा-०६, सिङ्गयाही मडान, धनुषा जिल्ला कै शहिदनगर नपा-०३, यदुकोहा र लक्ष्मीनिया नपा-०७, लक्ष्मीनिया, सिराहा जिल्लाको कल्याणपुर नपा-०६, भोक्राहा र कर्जन्हा नपा-०२, बन्दिपुरतथा रौतहट जिल्लाको चन्द्रपुर नपा-०२, जुडिवेला, चन्द्रपुर नपा-०३, गैंडाटार र स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिका-०५ सेतीदोभानमा थप ९शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । देशका विभिन्न स्थानमा ९शाखारहित बैंकिङ्ग सेवा थप भएसंगै माछापुच्छ्रे बैंक लिमिटेडको शाखा रहित बैंकिङ सेवा १२१ पुगेको जनाइएको छ ।