विकासन्युज

हुण्डाई भेन्युको प्रवद्र्धन योजना सार्वजनिक, ‘टेष्ट ड्राइभ गर्ने ग्राहकलाई डोमेष्टिक होलिडे प्याकेज’

काठमाडौँ । हुण्डाई मोटर्सका लागि नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुण्डाई भेन्यु गाडीको लागी प्रवद्र्धन योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत हुण्डाई शोरुममा गई टेष्ट ड्राइभ गर्ने ग्राहकहरुले डोमेष्टिक होलिडे प्याकेज जित्न सक्ने छन् । लक्की ड्र अन्तर्गत ३ जोडी यो होलिडे प्याकेजको लागी छानिने छ । हुण्डाई भेन्यु लेडिजिटल योजना पनि सार्वजनिक गरेको छ, यसमा सहभागिले हुण्डाई भेन्युसंगको फोटो आफ्नो फेसबुक मार्फत शेयर गरी एक इन्टरनेशनल र एक डोमेष्टिक प्याकेज जित्न सक्ने कम्पनीले जनाएको छ ।

आर्थिक सुदृढीकरणका उपाय पहिल्याउन आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र चेम्बरका पदाधिकारीहरुले आइतवार नेपालका लागि चीनको बेइजिङस्थीत नेपाली राजदुतावासका मिनिस्टर (इकोनोमिक) छविन्द्र पराजुलीसँग भेट गरेको छ । चेम्बरका अध्यक्ष श्रेष्ठले चीनको बेइजिङस्थीत राजदुतावासका मिनिस्टर ( इकोनोमिक) पराजुलीसँग आपसी व्यवसाय प्रबद्र्धनसँगै आर्थिक अभिवृद्धि गर्न आवश्यक रहेको बताएका छन । उनले चीन विश्वकै अग्रणी अर्थतन्त्र भएकाले यसको प्रभाव नेपालमा बढीपर्ने, जिरो ट्यारिफ र ८ अंकको एच.एस.कोड प्रयोग हुने हुँदा शुन्य भन्सार सुविधा लिन गाहे, सर्टिफिकेट अफ ओरिजिन कुन स्तरको लागि कस्तो आवश्यक पर्ने आपसी छलफलबाट तय हुनुपर्ने बताएका छन । उनले दोश्रो बेल्ट एण्ड रोड इनिसिएटिभ सम्मेलनमा नेपाल प्रति देखाएको प्रतिबद्धता र परियोजनाले नेपालको विकासका अपेक्षा पुरा हुने गरी कार्य गर्नुपर्नेमा जोड दिएका छन । चीन पहिलो बैदेशिक लगानी आउने र दोस्रो पर्यटक आउने मुलुक भएता पनि विभिन्न समझदारी तथा द्धिपक्षीय सम्झौता समयमा नै कार्यान्वयन हुनुपर्ने बताउदै पूर्वाधार निर्माणमा चीनको सहयोग उल्लेख्य र अपेक्षित रहेको अध्यक्ष श्रेष्ठले उल्लेख गरेका थिए । उनले नेपालमा संयुक्त लगानीका लागि पर्यटन, व्यवसायीक कृषि, खनिज, सिमेन्ट, जडिबुटी,उद्योग र शिक्षा रहेको धारणा राखेका यिए । केरुङ, काठमाडौं, लुम्बिनि रेलवेको कार्य तिब्रताका साथ अगाडी बढाउनुपने र चीनको सिसिपिआईटी र नेपालको निजी क्षेत्रबीच व्यापारिक प्रतिनिधि मण्डलको सूचनाको आदान प्रदान, व्यापारिक मेलामा सहभागिता हुनुपर्नेमा राजदुताबासबाट सो कार्यमा सहयोगीको भूमिकाको अपेक्षा रहेको बताएका छन । चीनको बेइजिङस्थीत नेपाली राजदुतावासका मिनिस्टर (इकोनोमिक) छविन्द्र पराजुलीले दुई पक्षिय व्यापारिक र आर्थिक क्षेत्रमा अझ सुदृढीकरण गर्ने उपायहरू पहिल्याउँने र दुवै मुलुकलाई आपसी फाइदा पुग्ने गरी आफू लाग्ने समेत रहेको प्रतिबद्धता जनाएका छन । सो भेटमा चेम्बरका पदाधिकारी, नेपाल चीन उद्योग वाणिज्य संघका पदाधिकारीको उपस्थिती थियो ।

अब नेपालमै पत्ता लाग्छ वंशानुगत रोगको संभावना, भारतभन्दा ५० प्रतिशत सस्तो

काठमाडौं। वंशानुगत रोगलाई सजिलै पत्ता लगाउन सकिए कति जनाको जीवन सुन्दर हुन्थ्यो होला ? नेपालमा के छ यसको अवस्था ? यही प्रश्नहरुको उत्तर दिन  अन्तराष्ट्रिय स्तरमा सबैभन्दा उच्चतम प्रविधिसँगै स्थापना भएको छ ललितपुरको कुसुन्तिस्थित नोभा ईन्टरनेसनल डाईगनोस्टिक ल्याब । ल्याबले सबै किसिमको वंशानुगत रोग पत्ता लगाउने सुविधा ल्याएको छ । नोभाले नेपालमै पहिलोपटक यस्तो ल्याबको संचालनमा ल्याएको हो । नेपालमा यसअघि वंशानुगत रोग पत्ता लगाउन रगतका नमुनाहरु भारत पठाउने गरिन्थ्यो, जसले परीक्षण महंगो हुन जानुको साथै मासिक करोडौं रुपैंया परीक्षणको लागि नेपाल बाहिरिने गथ्र्यो  । नेपालमै सबै वंशानगुत रोगको पहिचान गर्न सक्ने र नेपालको धन बाहिरिन नदिने उद्देश्यका साथ डा. निलम ठाकुर र डा. बिपिन निस्चल मण्डलको सक्रियतामा डा. उज्ज्वल ठाकुरले ल्याब संचालनमा ल्याएका हुन् । विश्वकै ठुलो कम्पनीको रुपमा गनिने ईबीआईको ट्रेनिङमा गएको बेला डा. ठाकुरहरुलाई एउटा यस्तो मेसिन देखाईय,  जसलाई उनीहरुले नेपालमा ल्याउनै पर्छ भन्ने लाग्यो । मेसिन थियो NGS-5 (Next Generation Sequencer) जसको बिशेषता वंशानुगत स्तन क्यान्सर हुने सम्भावना पत्ता लगाउनु हो । त्यसको केही समय लगत्तै ठाकुरको टिमले मेसिनलाई नेपालमा भित्राउने निर्णय गरे । यही मेसिनलाई उनीहरुले नेपाल भित्राएर ल्याब संचालनमा ल्याएसँगै बंशाणुगत हुनसक्ने स्तन क्यान्सरको सम्भाव्यता जाँच अब नेपालमै हुने भएको छ । यती मात्र नभएर ल्याबले डाउन्ड सिन्ड्रम (क्रोमोजोमको असमानताले हुने जन्मजात बौद्धिक तथा शारिरीक समस्या), मस्कुलर डिस्ट्रोफी, व्रेष्ट क्यान्सरको प्रि–स्क्यानिङ जस्ता बंसाणुगत रोग पहिचान गर्ने अत्याधुनिक मेसिन ल्याएको हो । डा. ठाकुर र उनका टिमले सुरुमा वंशानुगत रोगमा काम गर्नलाई सानो ल्याब मात्र खोल्ने सोचेका थिए, तर सोच्दै गर्दा एउटालाई पुरा गर्न अर्को मेसिन थप्दै जाँदा ल्याब ठुलै हुनपुग्यो । ललितपुर स्थित कुसुन्ती यातायात कार्यालयबाट अगाडि सातोबाटो जाने बाटो हिंडेपछी नोभा डाईगनोस्टिक ल्याब देख्न सकिन्छ । करिब ५ करोडको लगानीमा ल्याब साउन ३२ गतेदेखी संचालनमा ल्याईएको हो ।अहिले नेपालमा आफुहरुसँग भएको मेसिनहरु अन्य ल्याबमा नभएको नोभा डाइग्नोस्टिक दाबी गर्दछ । नोभामा गरिने परीक्षण र त्यसका शुल्क १। नेक्स्ट जेनेरेसन सिक्वेन्सर (NGS 5, Next Generation Sequnecer) यसले एक व्यक्तीलाई स्तन क्यान्सर हुने सम्भावना कति छ भन्ने निर्धारणा गर्दछ । स्तन क्यान्सर भईसकेको व्यक्ती अथवा परिवारमा कसैलाई स्तन क्यान्सर भएका व्यक्तीलाई जाँचेर स्तन क्यान्सरको सम्भावना पत्ता लगाउन सकिन्छ ।  भारतमा करिब १ लाख भन्दा बढी पर्ने यो परिक्षण नोभामा गर्नलाई करिब ५० हजार खर्चनु पर्छ । २। नन ईनभ्यन्सिभ प्रिन्याटल टेस्टिङ अर्थात जन्मपुर्व गरिने परिक्षण (NIPT or Non Invasive Prenatal Testing) – यो विधिमा आमाको रगत लिएर बच्चाको अवस्थाको बारेमा जाँच गरिन्छ । बच्चा १२-१३ हप्ताको हुँदासम्म यो परीक्षण गर्न सकिन्छ । यस विधिले बच्चालाई हुन सक्ने डाउन्ड सिन्ड्रम (क्रोमोजोमको असमानताले हुने जन्मजात बौद्धिक तथा शारीरिक समस्या), मस्कुलर डिस्ट्रोफी जस्ता वंशानुगत रोगको पत्ता लगाउन सकिन्छ। यो परीक्षण गर्न २५ देखी ३० हजार सम्म खर्च लाग्नेछ । ३। प्रडक्ट अफ कन्सेप्सन (POC or Product Of Conception) – यस विधिको मार्फत कुनै पनि महिलाले आफुले के कारण पहिलो बच्चा गुमाउनु पर्‍यो भन्ने पत्ता लगाउन सक्छन् । विभिन्न कारण हरेक वर्ष हजारौ नेपाली महिलाहरु मिस्क्यारेजको सिकार हुने गर्दछन् । आफ्नो कुन गल्तीको कारण मिस्क्यारेज भयो भन्ने पत्ता लगाउन नसक्दा उनीहरु आफ्नो दोस्रो सन्तान पनि गुमाउने ठुलो सम्भावना बढी हुन्छ । पेटमै बच्चा आफै नाश भएर जानुको ८० प्रतिशत कारण वंशानुगत हुने गर्दछ र बाँकी २० प्रतिशत अन्य कारणले हुने गर्द छ। यस विधि मार्फत बच्चा किन आफै पेटमै नस्ट भएको पत्ता लगाएर अभिभावकले आफ्नो दोस्रो सन्तानको लागि योजना बनाउन सक्छन् । ४। क्वार्ड मार्कर टेस्ट (Quad Marker Test) -क्वार्ड मार्कर स्क्रिन, ट्रिपल मार्कर स्क्रिन जस्तै, रगत परीक्षण हो जसले एक महिलालाई उसको गर्भावस्थाको बारेमा उपयोगी जानकारी प्रदान गर्दछ । यो परीक्षणले केहि निश्चित समस्या हुने सम्भावनाको पूर्वाअनुमान गर्दछ । यधपि यसले यही रोग लाग्ने संभावना छ भनेर बताउँदैन । उदाहरणको लागि, कोलेस्ट्रोल स्क्रिनिंगले रगतमा कोलेस्ट्रोलको मात्रामा आधारित हृदय रोगको लागि एक व्यक्तिको जोखिम निर्धारित गर्दछ, तर यसको मतलब व्यक्तिमा हृदय रोग छ भन्ने हुँदैन। त्यस्तै क्वाड मार्कर टेस्टले कुनै महिला बच्चा जन्माउन कम अथवा बडी जोखिममा छ भन्ने निर्धारण गर्दछ । परीक्षण नतिजा अनिश्चितताहरूको कारणले तपाई के गर्ने भन्ने आफ्नो डाक्टरसँग सल्लाह लिएर निर्धारण गर्न सक्नुहुन्छ । यस परीक्षणको लागि करिब ५ हजार खर्च लाग्नेछ । ५। क्यान्सर जिन टार्गेट थेरापी (Cancer Gene Target Therapy) यस परीक्षणको मार्फत क्यान्सर लागि सकेका बिरामीहरुले गर्न सक्ने सम्भावित उपचार पत्ता लगाउन सकिन्छ। वंशानुगत रोग पत्ता लगाउनु हरेक परिवारको लागि वरदान हो :  डा. उज्ज्वल ठाकुर यसअघि नेपालमा वंशानुगत रोग पत्ता लगाउने मेसिन नआएको भने होइन । वीर अस्पतालमा आजभन्दा ३ बर्ष अगाडि डा. निलम ठाकुरको नेतृत्वमा बंशानुगत रोग परीक्षणको लागि जेनेटिक ल्याव स्थापना गरिएकोे थियो । तर, त्यस ल्याबमा स्तन क्यान्सरसम्बन्धी सबै किसिमको जाँच हुन सकेको थिएन । तर, नोभा ल्याबको स्थापनासँगै अब कुनै पनि कसिमका बंशाणुगत रोगको लागि विदेशीनुपर्ने बाध्यता अन्त्य हुने डा. उज्ज्वल ठाकुर बताउँछन् । विश्वमा मात्रै नभएर नेपालमा पनि महिलाहरुमा स्तन क्यान्सर लाग्नेको संख्या बढ्दै गएको छ । नेपालमा हरेक वर्ष ५ हजार बढी स्तन क्यान्सरका बिरामीहरु देखिने क्यान्सर बिशेषज्ञहरु बताउँछन् । क्यान्सर लाग्नु भन्दा अगाडि क्यान्सर हुने रोगको जिन आफुमा छ अथवा छैनन् भन्ने पत्ता लगाउन सके धेरै महिलालाई यस रोगबाट आफुलाई बचाउन सक्षम हुनेछन् । बंशाणुगत कारण हुनसक्ने स्तन क्यान्सरको सम्भाव्यता जाँचले हर महिलालाई आफ्नो स्वास्थ्य प्रति आफ्नो हकको प्रत्याभुति महसुस गराउनेछ । डा. उज्ज्वल ठाकुर कुनै पनि बच्चा अशक्त जन्मिनु परिवार र बच्चा स्व्यंमको लागि निकै पिडादायिक अवस्था छ। यसले परिवार र बच्चा दुवैलाई मानसिकसँगै आर्थिक समस्या उत्पन्न गराउँछ। तर, यदि बच्चा जन्मिनु अगाडि नै बच्चाको अवस्थामा थाहा पाउने हो भने यस्ता समस्याहरु निकै कम भएर जान्छन् । नोभा डाकिगोनोस्टिक ल्याबद्वारा ल्याईएका यी परीक्षणहरु एउटा स्वस्थ परिवार बनाउन चाहन राख्ने हरेक दम्पतीको लागि वरदान ठहरिन सक्छ । यस्तै बच्चा खेर जाँदा आमाभन्दा ठुलो यातना कसैलाई हुँदैन। तर त्यसको जाँच गराउन नआउने अध्यक्ष ठाकुर बताउँछन् । एउटा परिवारमा एउटा स्वस्थ बच्चा जन्मियोस भन्ने उदेश्यको साथ आफुहरुले यस ल्याबलाई स्थापना गरेको ठाकुर बताउँछन् । चाँडै नोभा एप नोभा डाईगोनिस्टिक ल्याबले अब चाँडै नै नोभा एप पनि ल्याउने तयारी गरेको छ । एप बनिसकेसँगै बिरामीहरुले घरैबाट आफ्नो रिपोर्टहरु हेर्न सक्ने डा. ठाउकुरले बताएका छन् ।

सामाजिक सुरक्षा कोषले रोजगारदाता र श्रमिकको सम्वन्ध प्रगाढ बनाउँछ : मन्त्री विष्ट

काठमाडाैं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सामाजिक सुरक्षा कोषले रोजगारदाता र श्रमिकको सम्वन्ध प्रगाढ पार्ने बताएका छन् । आइतवार काठमाडौंमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र होटल संघ नेपालबीच भएको अन्तर्किया कार्यक्रममा बोल्दै उनले कोषले दुवै पक्षलाई खुसि पार्ने भएकोले सम्बन्ध पनि प्रगाढ पार्ने बताएका हुन् । सरकारले नागरिकको सुरक्षाको आधार प्रदान गर्ने गर्नको लागि सामाजिक सुरक्षा कोष कार्यक्रम ल्याएको बताउँदै मन्त्री विष्टले दिर्घकालिन रुपमा रोजगारदातालाई पनि सहयोग पुग्ने बताए । होटल व्यवसायले पर्यटको आतिथ्यताको व्यवस्थापनमा महत्त्वपूर्ण योगदान गरेको बताउँदै उनले सबै साना ठुला होटलहरुको सत्कार र सद्भावले पर्यटक आगमनमा पनि बृद्धि हुन सक्ने बताए । ‘सरकारले हाटललाई हतोत्साहित गर्दैन’ उनले भने, ‘दुनियाँको सबै देशमा यो पुरानो अभ्यास हा नेपालको सन्दर्भमा सामाजिक सुरक्षा कोष नयाँ भएकोले बुझ्न गाह्रो भएको हो, यसको कार्यान्वनमा सबैले सहयोग गर्नुपर्छ । ’ सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणी ज्ञवालीले सामाजिक सुरक्षा योजना कार्यान्वयनमा हाल सम्म धेरै प्रयासहरु भएको बताउँदै सामाजिक सुरक्षा योजना सन्चालन, सामाजिक सुरक्षा योजना लागू, नयाँ सर्भर खरिद गरि जडानको कार्य भइरहेको, कल सेन्टर स्थापना लगायत कार्यहरु गरिएको बताए । उनले सामाजिक सुरक्षाको अवधारणाका बारेमा आम नागरिकमा थप स्पस्टता पार्न जरुरी रहेको बताउँदै त्यसको लागि सुविधाको बारेमा व्यापक प्रचार प्रसार, कोषको कानुनी व्यवस्था लगायतका विषयमा स्पष्टता पार्न जरुरी रहेको बताए ।  कार्यक्रममा सहभागी होटल व्यवसायीहरुले सरकारको सामाजिक सुरक्षा कोषले साना होटल व्यवसायीहरुलाई नकरात्मक प्रभाव पारेको बताउँदै होटल साना होटल व्यवसायीहरुलाई नै व्यवसायबाट पलायन गर्न खोजेको होकी भन्ने प्रश्न गरेका थिए । प्रश्नको उत्तर दिदै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश प्रसाद दाहालले सबै श्रमिकहरुलाई समान नीति ल्याएको बताउँदै यसको कार्यान्वनले सबैको हित हुने बताए । उनले चारवटा स्किमहरू पिन ल्याएकाे बताए । सकारले साउन १ गते देखि सामाजिक सुरक्षा कोष लागु गरेको हो ।

गण्डकी विकास बैकद्धारा बीमा दावी रकम भूक्तानी

काठमाडौँ । गण्डकी विकास बैंक लिमिटेडद्वारा सञ्चालित लघुवित्त कार्यक्रम अन्र्तगत समूहमा आवद्ध पोखरा महानगरपालिका–११, रानीपौवा निवासी बर्ष ५६ की समूह सदस्य शान्ती लाभाजुको गत बैशाखमा आकस्मिक निधन भएकोमा श्रीमान् चन्द्रबहादुर लाभाजुलाई बीमा दावी रकम भूक्तानी गरिएको छ । स्व. लाभाजुले बिगत सात वर्षदेखि बैंकबाट सामूहिक जमानीमा पटक पटक विना धितो कर्जा लिई व्यापार व्यवसाय गर्दै आएकी थिइन् । बैंकले समूहमा आवद्ध सदस्यहरुलाई बिना धितो कर्जा प्रदान गर्दा मृत्यु पछि परिवारका सदस्यहरुलाई आर्थिक व्ययभार नपरोस् भन्ने अभिप्रायले मेटलाइफ बीमा कम्पनीसँग सम्झौता गरी सदस्यहरुको व्यक्तिगत बीमा गर्ने गरेको छ । उक्त विमा दावी रकमस्व. लाभाजुका परिवारप्रति सहानुभूति प्रकट गर्दै बैंकको लघुवित्त विभाग प्रमुख केवी कुमालले रु.१५४,७६९।७८ रुपैयाँको चेक हस्तान्तर गरेका हुन् ।

महालक्ष्मी विकास बैंकले गर्यो बृक्षारोपण कार्यक्रम

काठमाडौँ । महालक्ष्मी विकास बैंक लि.को महाराजगञ्ज शाखा र तुलसीपुर शाखाले छुट्टाछुट्टै स्थानमा वृक्षारोपण कार्यव्रmम सञ्चालन गरेको छ । महाराजगञ्ज शाखाले महानगरपालिका वडा नं ३, महाराजगञ्जदेखि न्युरो अस्पतालसम्म वृक्षारोपण गरेका छ । यता, बंैकको तुलसीपुर शाखाले तुलसीपुर उप–महानगरपालिका वडा नं ८, दुधेनामा पनि शनिबारनै बृक्षारोपण गरेको हो । बैँकका दुई शाखाद्वारा कल्कि, शिरीष, असारे, कपुर, निम, सल्लो लगायत विभिन्न प्रकारका विरुवा वृक्षारोपण गरेको जनाइएको छ ।

सामसङ डिलर्स समिट २०१९ सम्पन्न

काठमाडौँ । सामसङ प्रडक्टस्को नेपालका लागि अधिकृत वितरक हिम इलेक्ट्रोनिक्स प्रालिले डिलर्स समिट २०१९ सम्पन्न गरेको छ । उक्त डिलर्स समिट आइतबार सोल्टी क्राउन प्लाजामा भएको हो । देशभरी रहेका सीई डिलर्ससंग अन्तरक्रिया गर्नु, अनुभव शेयर गर्नु तथा उत्पादनहरु शोकेस कार्यक्रमको उद्देश्य हो । कार्यक्रममा नयाँ अर सिरिजका युएहडी टेलिभिजन पनि लन्च गरियो ।

कर्णाली प्रदेशमा नेपाल पूर्वाधार सम्मेलनको तयारी

काठमाडौँ । नेपाल पूर्वाधार सम्मेलनको पूर्व तयारी स्वरुप कर्णाली प्रदेशको सुर्खेतमा भदौ ८ छलफल एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष पुण्यप्रसाद रेग्मी, प्रदेशका मुख्य सचिव केवलप्रसाद भण्डारी र राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकरप्रसाद शर्माले कर्णाली प्रदेशको सम्भावना तथा आवश्यकताका विषयमा चर्चा गरेका थिए । नेपाल उद्योग परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले तेस्रो पूर्वाधार सम्मेलनको तयारीका सन्दर्भमा जानकारी गराएका थिए । कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाही मन्त्रीले परिसंघले आयोजना गर्न लागेको तेश्रो पूर्वाधार सम्मेलन एक महत्वपूर्ण कार्यक्रम रहेको र यस्तो कार्यक्रममा प्रदेशका केही गेमचेन्जर परियोजनाहरु प्रस्तुत गर्ने बताए । कर्णाली प्रदेशले सम्भावित करिव एक दर्जन परियोजनाहरुलाई सम्मेलनमा प्रस्तुत गर्ने प्रतिवद्धता समेत जनाएको छ । त्यस्तै कर्णाली प्रदेशले समेत निकट भविश्यमा लगानी सम्मेलन आयोजना गर्ने र सो सम्मेलनमा परिसंघको सहयोग महत्वपूर्ण हुने पनि मुख्यमन्त्री शाहीले उल्लेख गरे । यस पटकको पूर्वाधार सम्मेलनमा परिसंघले नेपालका सातवटै प्रदेशमा पूर्व सम्मेलन छलफल तथा अन्तरक्रिया कार्यक्रम गरी त्यहाँको आवश्यकता पहिचान गर्ने कार्यक्रम गरिरहेको छ । त्यसरी गरिएको छलफल तथा अन्तरक्रियाबाट प्राप्त निचोडलाई पूर्वाधार सम्मेलनमा प्रस्तुत गर्ने गरी कार्यक्रम तय भएको जनाइएको छ ।