विकासन्युज

एघारौं कृति अवार्डस् सम्पन्न

काठमाडौँ । नेपाली विज्ञापन श्रृजनाको सम्मानार्थ २०६० सालदेखि गरिदै आएको कृति अवार्डस्को एघारौं संस्करण होटल सोल्टिमा सम्पन्न भएको छ । कार्यक्रमको उदघाटन गर्दै सूचना तथा सञ्चार प्रबिधिमन्त्रि गोकुलप्रसाद बास्कोटाले नेपालमा क्लिन फिड लागु भैसकेको परिप्रेक्षमा कार्यान्वयनका लागि सरोकारवालाहरुसंग समन्वय गरी नियमावली र कार्यविधि निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताए । नेपाल विज्ञापन संघद्वारा आयोजित उक्त कार्यक्रममा ३१ बिधाका उत्कृष्ठ विज्ञापनहरुलाई अतिथिहरुबाट अवार्डस सहित खादा प्रदान गरी सम्मान गरिएको थियो । ७०० बढी दर्शकबीच गरिएको यो समारोहमा दिपकराज गिरि तथा केकि अधिकारिको आगामि फिल्म छ माया छपक्कै को नृत्य र सरौतो फिल्मको नृत्य साथै अन्य कलाकारहरुले पनि आफ्नो नृत्य कला प्रर्दशन गरेकाथिए । एघारौं कृति अवार्डसको मुख्यप्रायोजक नेपालआइस, पावर वाई सिजिसिमेन्ट, इन एसोसियनविइथ नेपाल टेलिकम रहेको थियो । साथै वैकिङ पार्टनर मुक्तिनाथ बिकास बैक अन्य प्रायोजकहरुमा, कृषि विकास वैक लिमिटेड, नेपाल मेडिसिटि हस्पिटल, हिमाल रेमिट, यति कार्पेट, सफ्टि हाइजिन, जेवि टेर्लस, नेपाल टुरिजमवोर्ड र सोल्टि होटललाई सम्मान–पत्रदिइएको थियो । कार्यक्रमको सभापतित्व गर्दै आनका अध्यक्ष रबिन्द्रकुमार रिजाल“शशि”ले प्रमुखअतिथि र आमन्त्रित सम्र्पूण अतिथिहरुमा स्वागत मन्तव्य राख्दै एजेन्सिहरुको उल्लेख्य सहभागिताको प्रशंसा गरे ।

मोरङका समिर फुयाल बने ‘वाईवाई ग्लोकल टिन हिरो-२०१९’

काठमाडौं। ‘वाई वाई ग्लोकल टिन हिरो २०१९’को उपाधी १६ बर्षिय समिर फुयालले जितेका छन् । विश्वभरका १३ हजार भन्दा बढी विद्यार्थीलाई अनलाईन मार्फत पढाई रहेका फुयाल वाई वाई ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धी जनकपुरका विधी मण्डल, पोखराका विक्रम पराजुली, रुपन्देहीका लोक पन्थी, मकवानपुरका रचिन कालाखेती र काठमाडौँका सुप्रिया महर्जन सापकोटालाई पछि पार्दै सो उपाधी जितेका हुन्। आईतबार राजधानीमा आयोजित समारोह ‘वाई वाई ग्लोकल टिन हिरो २०१९’ को उपाधी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मन्त्री योगेश भट्टराईले बिजेतालाई हस्तान्तरण गरेका थिए। वाई वाई ग्लोकल टिन हिरो बन्नका लागि १८ बर्ष मुनिका ५९८ जना किशोर किशोरीले आवेदन दिएका थिए। आवेदकहरुले आफु समाज सेवा, पत्रकारिता, कम्प्युटर प्रोग्राम्मिंग, रोबोटिक्स, उद्यमी र समुदाय विकास जस्ता गरेको कामले समाजमा परेको सकारात्मक असर देखाएर आफ्नो कौशलता देखाएका थिए। ‘ग्लोकल टिन हिरोको बिगत तिन वर्षमा हामीले राम्रो सोच र क्षमता भएका सहभागीहरु पाएका थियौ । किशोर/किशोरीहरुसँग पनि विभिन्न क्षमता छ । उनीहरु समाज र राष्ट्रको विकासका लागि प्रभाव पार्ने विभिन्न कार्यक्रमहरु गर्दै आएका छन, तर उनीहरुको क्षमता प्रदर्शन गर्न कुनै मन्चन नभएको कारण उनीहरुलाई आफ्नो र देशको विकास गर्न एक मौका र मन्च प्रदान गर्ने उदेश्यले ५ बर्ष देखी यस कार्यक्रम सन्चालन गर्दै आएको हो ।’ ग्लोकल प्रा.ली.का कार्यकारी निर्देशक आशिष ठाकुरले बताए ।

८१ हजारले अवलोकन गरे नाडा अटो शो, टोयटा र केटिएमका स्टल उत्कृष्ठ

काठमाडौं । मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको १४ औं नाडा अटो शो आइतबार सकिएको छ । उक्त नाडा अटो शोमा ८१ हजार अवलाेकनकर्ताले अवलोकन गरेको नाडाले जाकारी दिएको छ । नाडा अटो शोमा ९५ वटा ब्राण्डका १ सय ६० स्टलहरुको सहभागिता रहेको थियो । पहिलो दिन १० हजार, दोस्रो दिन १३ हजार, तस्रो दिन १४ हजार ८ सय, चौथो दिन १५ हजार ५ सय, पाँचौ दिन २० हजार र छैटौ दिन ८ हजारले नाडा अटो शोको अवलोकन गरेकाे नाडाका अध्यक्ष शम्भुप्रसाद दाहालले जानकारी दिए । ८१ हजार आगन्तुकहरु मध्येबाट ओमेगा अटोमोबाइल्सले प्रायोजन गरेको जी पी एक्स जेन्टलमेन २०० सीसी क्षमताको मोटर साइकल ०१२३३१ नम्बर टिकट भएका उपहार पाएका छन् । समापन समारोहमा लक्ष्मी ल्युव आयलको टोटल ल्युबको स्टल उत्कृष्ठ स्टल घोषित भएको छ । त्यस्तै दुइपांग्रेतर्फ हंसराज हुलासचन्द एण्ड कम्पनीको केटिएम बाइक तथा चारपांग्रेमा युनाइटेड ट्रेडर्स सिन्डिकेटको टोयोटाको स्टललाई घोषणा गरिएको छ । कार्यक्रममा नाडाका अध्यक्ष दाहालले नाडाको अध्यक्षको रुपमा आफ्नो कार्यकाल यही पुसमा सकिने भन्दै नाडा अटोशो २०२० आयोजना गर्ने नयाँ नेतृत्वलाई अग्रिम शुभकामना समेत दिए ।

अशोक लेलैण्डका गाडी किन्दा सप्तकोशीबाट ७० प्रतिशत कर्जा पाइने

काठमाडौँ । आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. द्वारा प्रवद्र्धित अशोक लेलैण्ड र सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड (विराटनगर प्रधान कार्यालय रहेको) बीच सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नभिन सुवेदीर आईएमईमोटर्सको तर्फबाट भाइस प्रेसिडेन्ट इमरान ए. खानले हस्ताक्षर गरेका छन् । यस सम्झौता अनुरुप आईएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले सहज रुपमा ७०% सम्मको कर्जा सुविधा सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड (विराटनगर प्रधान कार्यालय रहेको)बाट पाउने जनाइएको छ ।

बागलुङ्गको गलकोटमा कामना सेवाकोे ९८औं शाखा

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले बागलुङ्ग गलकोट, नगरपालिकावडा नं. ०३ मा कार्यालय स्थापना गरी कारोबार शुरु गरेको छ । प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले उक्त शाखाको कारोबार शुभारम्भ गरेका हुन् । कारोबार शुभारम्भ समारोहमा गलकोट नगरपालिकाका मेयर भरत शर्मा गैरे, बैंकका संचालक बलराम बराल, प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत तथा गण्डकी प्रदेश प्रमु्ख टुबराज वास्तोला लगायत स्थानीयवासीको उपस्थिति रहेको थियो ।

आइफोन प्रयोगकर्ताका लागि ‘फ्रि सर्भिस क्याम्प’

काठमाडौँ । एप्पल (आइफोन, म्याकबुक, आइम्याक, आइप्याड) को अधिकृत वितरक तथा सर्भिस सेन्टर जेनेरेशन नेक्स्ट कम्यूनिकेसन्स प्रालिले एप्पलका प्रयोगकर्ताहरुका लागि ‘फ्रि सर्भिस क्याम्प’ आयोजना गर्ने भएको छ । जेनेरेशन नेक्स्टले आइफोन प्रयोगकर्ताहरुको सुविधालाई ध्यानमा राखेर यहि भदौ १५ देखि २० गतेसम्म निःशुल्क सर्भिस क्याम्प आयोजना गर्न लागेको हो ।ग्राहकहरुले शेर्पा मलमा रहेको आधिकारिक सर्भिस सेन्टर जेन नेक्स्टबाट उक्त सुविधा लिन सक्नेछन् । जेनेरेशन नेक्स्टले उक्त सर्भिस क्याम्पमा आफ्नो आइफोन देखाउने एप्पलका प्रयोगकर्ताहरुको लागि अफर पनि सार्वजनिक गरेको छ । जसमा पुरानो आइफोनबाट नयाँ आइफोनमा ब्याकअप ट्रान्सफरको सुविधा, सफ्टवेयरसँग सम्बन्धित सम्पूर्ण समस्याहरुको समाधान दिने, तथा आइफोन भित्र भएका डस्ट क्लिनिङ्ग लगायतको सेवा प्राप्त गर्न सक्ने जानएको छ । जेनेरेशन नेक्स्टका प्रबन्ध निर्देशक पबन भिमसरीयाले ग्रे आइफोनको आयातलाई रोक्न र आधिकारिक आइफोन किनेका ग्राहकहरुलाई सुविधा दिने उद्देश्यले फ्रि सर्भिस क्याम्प आयोजना गरेको बताए ।

सिन्धुपाल्चोकमा निर्माणधीन एकिकृत नमूना माझी बस्तीलाई माछापुछ्रे बैंकको ७ लाख सहयोग

काठमाडौँ । माछापुच्छ्रे बैंकले श्वेताश्री फाउण्डेशनद्धारा सिन्धुपाल्चोकमा निर्माणाधीन एकिकृत नमूना माझी बस्तीलाई आर्थिक सहयोग गरेको छ । बैंककोे संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकका प्रमुख कार्यकारी अधिकृतसुमन शर्मा तथा नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले श्वेताश्री फाउण्डेशनकी अध्यक्ष नायिका श्वेता खड्कालाई रु.७ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । श्वेताश्री फाउण्डेशनले भुकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक जिल्लाको चौतारा, सागाँचोकमा माझी बस्तीको लागि ५३ वटा भूकम्प प्रतिरोधात्मक घरहरु निर्माण गरिरहेको छ । ५३ वटा भुकम्प प्रतिरोधात्मक आवास सहित अन्य पूर्वाधारको समुचित ब्यवस्थापन गरी एकिकृत नमुनाबस्तिको निर्माण गरिरहेको स्वेताश्री फाउण्डेशनलाई आवश्यक अन्य पूर्वाधार निर्माणमा सहज होस् भन्ने उद्देश्यले माछापुच्छ्रे बैंकले रु.७ लाख आर्थिक सहयोग गरेको हो । अहिलेसम्म ५३ वटा आवास निर्माणको कार्य सकिएतापनि आर्थिक अभावका कारण सडक, बालबगैँचा, स्वास्थ्यचौकी, रिटेनिङ्गवाल लगायत अन्य आवश्यक पूर्वाधारहरु निर्माणको काम अगाडि बढ्न कठिनाई देखिएको कारण बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको जनाएको छ ।

एलआईसी नेपालले मनायो १८औं वार्षिकोत्सव

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी नेपालले) आइतबार स्थापनाको १८औं वार्षिकोत्सव मनाएको छ । देशभर रहेको ७४ शाखा कार्यालयहरुमा विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाइएको हो । एलआईसी नेपालले सन् २००१ सेप्टेम्बर १ बाट आफ्नो व्यवसाय शुरु गरेको थियो । १८औं वार्षिकोत्सवको उपलक्ष्यमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत एलपी दासले एलआईसी नेपालको १८औं वार्षिकोत्सवको उपलक्ष्यमा कम्पनीको उत्तरोत्तर प्रगतिको कामना गर्दै एलआईसी नेपाललाई उत्कृष्ट बीमक बनाउन कार्य गर्ने सवै अभिकर्ता, बजार प्रतिनिधि, एजेन्सी म्यानेजर, कर्मचारी, बीमित, शेयरधनी लगायत शुभेच्छुकहरुप्रति धन्यवाद तथा आभार व्यक्त गरेका छन् । कम्पनीले आ.ब. २०७५÷७६ मा रु. १,३.४१ अर्ब कूल बीमाशुल्क आर्जन गरी रु. ५४.०१ अर्बको जीवन बीमा कोष निर्माण गर्न सफल भएको कम्पनी सचिव विनोदकुमार भुजेलले जनाएका छन् ।