एघारौं कृति अवार्डस् सम्पन्न

<p>काठमाडौँ । नेपाली विज्ञापन श्रृजनाको सम्मानार्थ २०६० सालदेखि गरिदै आएको कृति अवार्डस्को एघारौं संस्करण होटल सोल्टिमा सम्पन्न भएको छ । कार्यक्रमको उदघाटन गर्दै सूचना तथा सञ्चार प्रबिधिमन्त्रि गोकुलप्रसाद बास्कोटाले नेपालमा क्लिन फिड लागु भैसकेको परिप्रेक्षमा कार्यान्वयनका लागि सरोकारवालाहरुसंग समन्वय गरी नियमावली र कार्यविधि निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताए । नेपाल विज्ञापन संघद्वारा आयोजित उक्त [&hellip;]</p>


काठमाडौँ । नेपाली विज्ञापन श्रृजनाको सम्मानार्थ २०६० सालदेखि गरिदै आएको कृति अवार्डस्को एघारौं संस्करण होटल सोल्टिमा सम्पन्न भएको छ ।

कार्यक्रमको उदघाटन गर्दै सूचना तथा सञ्चार प्रबिधिमन्त्रि गोकुलप्रसाद बास्कोटाले नेपालमा क्लिन फिड लागु भैसकेको परिप्रेक्षमा कार्यान्वयनका लागि सरोकारवालाहरुसंग समन्वय गरी नियमावली र कार्यविधि निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

नेपाल विज्ञापन संघद्वारा आयोजित उक्त कार्यक्रममा ३१ बिधाका उत्कृष्ठ विज्ञापनहरुलाई अतिथिहरुबाट अवार्डस सहित खादा प्रदान गरी सम्मान गरिएको थियो । ७०० बढी दर्शकबीच गरिएको यो समारोहमा दिपकराज गिरि तथा केकि अधिकारिको आगामि फिल्म छ माया छपक्कै को नृत्य र सरौतो फिल्मको नृत्य साथै अन्य कलाकारहरुले पनि आफ्नो नृत्य कला प्रर्दशन गरेकाथिए ।

एघारौं कृति अवार्डसको मुख्यप्रायोजक नेपालआइस, पावर वाई सिजिसिमेन्ट, इन एसोसियनविइथ नेपाल टेलिकम रहेको थियो । साथै वैकिङ पार्टनर मुक्तिनाथ बिकास बैक अन्य प्रायोजकहरुमा, कृषि विकास वैक लिमिटेड, नेपाल मेडिसिटि हस्पिटल, हिमाल रेमिट, यति कार्पेट, सफ्टि हाइजिन, जेवि टेर्लस, नेपाल टुरिजमवोर्ड र सोल्टि होटललाई सम्मान–पत्रदिइएको थियो ।

कार्यक्रमको सभापतित्व गर्दै आनका अध्यक्ष रबिन्द्रकुमार रिजाल“शशि”ले प्रमुखअतिथि र आमन्त्रित सम्र्पूण अतिथिहरुमा स्वागत मन्तव्य राख्दै एजेन्सिहरुको उल्लेख्य सहभागिताको प्रशंसा गरे ।

Share News