विकासन्युज

बैंकर्स संघका अध्यक्ष ढुंगानाले भने-‘आत्तिनु पर्दैन, तपाईँहरुको पैसा कसैले झिकेको छैन’

काठमाडौँ । नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले नेपाली बैंकहरुको एटीएम सिस्टम ह्याक गरी लाखौँ रकम लुटिएको बताएका छन् । धेरै पैसा देशभित्रकै बैंकका एटीएम र केही पैसा देश बाहिरका एटीएमबाट पनि लुटिएको उनले बताए । लाखौं रकम लुटिएको छ, तर यति नै लुटियो भन्ने यकिन भइसकेको छैन-उनले भने । शनिबार राति नबिल बैंकको एटीएमबाट अबैधानिक तरिकाले पैसा लुट्दै गरको अवस्था ५ जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेपछि नेपाली बैंकका एटीएम ह्याक भएको तथ्य सार्वजनिक भएको छ । सोही घटनाबारे जानकारी दिन महानगरीय प्रहरी परिसरले भर्खरै आयोजना गरेको पत्रकार सम्मेलनमा संघका अध्यक्ष ढुंगानाले लुटिएको रकमको लेखाजोखा र अनुसन्धान भइरहेको बताए । उनले भने-‘तर निक्षेपकर्ता आत्तिनु पर्दैैन, तपाईँहरुको पैसा कसैले झिकेको छैन ।’

नेरुडेले लघुवित्तले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने

काठमाडौँ । नेरुडे लघुवित्त विकास बैंक लिमिटेडले सेयरधनीहरुलाई २० प्रतिशत प्रतिफल दिने घोषणा गरेको छ । कम्पनीको शुक्रबार बसेको बैठकले चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र ५.७९ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृतशी प्राप्त भई साधारण सभाबाट पारित भएपछि बोनस प्रदान गर्ने कम्पनी सचिव ऋषिप्रसाद न्यौपानेले जनाएका छन् ।

वल्र्ड मर्चेन्टको सीईओमा पुष्पप्रसाद श्रेष्ठ चयन

काठमाडौँ । वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा पुष्पप्रसाद श्रेष्ठ चयन भएका छन् । २०७३ साल माघ १२ गतेदेखि रिक्त रहेको सीइओ पदमा श्रेष्ठ नियुक्त भएका हुन् । भदौ ९ गते बसेको सञ्चालक समितिको बैठकले भदौ १० गतेदेखि लागु हुने गरी श्रेष्ठलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव भरतबहादुर थापाले जनाएका छन् । वल्र्ड मचेन्ट समस्याग्रस्त अवस्थाबाट साउन १५ गतेदेखि फुकुवा भएको हो ।

सानिमाको शाखा कैलालीको बौनियाँमा

काठमाडौं । सानिमा बैंकले आफ्ना नयाँ शाखा विस्तारका क्रममा भदौ १५ गते कैलालीको बौनियाँमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालय सानिमा बैंकका ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकार हरिवंश आचार्य र संचालक भरत कुमार पोखरेलबाट संयुक्त रुपमा उद्घाटन भएको हो । उद्घाटन समारोहमा सानिमा बैंकका संचालक भरत कुमार पोखरेलले स्वागत मन्तव्य व्यक्त गर्दै यस शाखाबाट सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्न पाएकोमा खुसी व्यक्त गरे । त्यसैगरी, सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत ी भुवन दाहालले बंैकका ग्राहक तथा सम्पूर्ण सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्दै बौनियाँ शाखाबाट पनि ग्राहकहरुलाई गुणस्तरीय सेवा पु¥याउने प्रतिबद्धता व्यक्त गरेका छन् यसरी, सानिमा बंैकको नयाँ शाखासहित ७९ वटा शाखा संजाल तथा ७५ वटा ए.टि.एम. रहेका छन । त्यसैगरी, यस बैंकको पुँजीकोष १३.११ प्रतिशत र निष्क्रिय पुँजी ०.०८ प्रतिशत रहेको प्रमुख निक्षेप व्यवस्थापन–रिटेल विमल बास्तोलाले जानकारी दिएका छन् ।

विमानस्थलद्वारा ९०० कर्मचारीलाई नैतिकतासम्बन्धी तालिम प्रदान

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले आफ्ना कर्मचारीलाई यात्रुसँगको व्यवहार सहज र राम्रो बनाउन सकारात्मक सोचसम्बन्धी प्रशिक्षण प्रदान गरेको छ । ‘अतिथि देवो भव’ को भावनाबाट विमानस्थल कर्मचारी विमुख नहुन भनेर सबै कर्मचारीका लागि नैतिकतासम्बन्धी प्रशिक्षण आयोजना गरिएको हो । साथै, कर्मचारीमा आज गर्न सकिने काम सकेसम्म आजै गर्ने भन्ने सोचको विकास गर्न र भोलि भन्ने बानी हटाउन प्रशिक्षण प्रभावकारी हुने बताइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आज उक्त प्रशिक्षण शुभारम्भ गर्दै यस्ता प्रशिक्षणले यात्रुसँगको व्यवहार राम्रो हुनाका साथै सम्बन्ध पनि कायम हुने बताएका छन् । सोही मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले प्रशिक्षणपछि कर्मचारीमा राम्रो सोचको विकास भए नभएको अनुगमन गर्न सम्बन्धित निकायलाई सुझाव दिएका हुन् । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले दैनिक करिब २० हजार यात्रु ओहोरदोहोर गर्ने विमानस्थलका कर्मचारीले यात्रुसँग राम्रो व्यहार गरून् भन्ने उद्देश्यले यो प्रशिक्षण आयोजना गरिएको बताए । विमानस्थल कार्यालयले पाँच दिनमा विभिन्न ‘सिफ्ट’ गरी करिब ९०० कर्मचारीलाई विज्ञ प्रशिक्षकबाट प्रशिक्षण दिइने जनाएको छ । यो प्रशिक्षणपछि अर्को महिना विमानस्थलका ट्याक्सी चालकलाई पनि यस्तै प्रशिक्षण दिइने भएको हो । विमानस्थलका कर्मचारीले यात्रुसँग झर्कनुका साथै सहज व्यवहार नगरेको भन्ने गुनासो आएपछि मन्त्री भट्टराईको निदर्नेशनमा सो प्रशिक्षण आयोजना गरिएको महाप्रबन्धक क्षेत्रीले जानकारी दिएका छन् । रासस

एटीएम ह्याकिङले मोबाइल बैंकिङ प्रभावित नहुने, साइबर सुरक्षाबारे सजग छौं : सुभाष शर्मा

  काठमाडौं । एटीएम ह्याकिङ प्रकरणपछि अधिकांश बैंकको एटीएम सेवा बन्द भइरहेको अवस्थामा यसले इन्टरनेट बैंकिङ र मोबाइल बैंकिङलाई भने प्रभाव नपार्ने भएको छ । मोबाइल तथा इन्टरनेट सेवा प्रदायक संस्था एफवान सफ्टले अहिलेको ह्याकिङ प्रकरण कार्ड सिस्टममा भएको भन्दै यही कारणले इन्टरनेट र मोबाइल बैंकिङमा असर नगर्ने भन्दै प्रयोगकर्तालाई ढुक्क हुन आह्वान गरेको हो । एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुभाष शर्माले मोबाइल तथा इन्टरनेट बैंकिङमा अहिले कुनै समस्या नरहेको भन्दै प्रयोगकर्ताले मोबाइल तथा इन्टरनेट बैंकिङबाट रकम ट्रान्सफर गर्नसक्ने व्यवस्था निरन्तर रहने बताए । उनले आफूहरु साइबर सुरक्षाबारे सजग रहेको र यो घटनापछि थप सजगता अपनाउने समेत बताए । ‘मोबाइल तथा इन्टरनेट बैंकिङ सेवाचाहिँ पूर्ण रुपमा सुरक्षित छ त भन्ने प्रश्नमा शर्माले भने – ‘साइबर क्षेत्रमा पूर्ण सुरक्षा भन्ने कुरा कहिले पनि हुँदैन, तर अहिले आएको ह्याकिङसँग मोबाइल बैंकिङको सरोकार छैन ।’ ५/६ ओटा बैंकको एटीएममा ह्याकिङ भएपछि अहिले राष्ट्र बैंकले आकस्मिक बैठक बोलाउने तयारी गरेको छ । बैंकले आवश्यक देखे अल्पकालिन रुपमा सम्पूर्ण एटिएम बन्द गर्ने निर्णय समेत हुनसक्छ ।

अन्तरबैंकिङ एटीएम सेवा बन्द, कसैको खाताबाट पैसा हराएको छैन नआत्तिनु : राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले एटीएम ह्याकिङबाट कुनैपनि ग्राहकको खाताबाट रकम डेबिट नभएको भन्दै ढुक्क हुन सर्वसाधारणलाई आह्वान गरेको छ । नेपाल राष्ट्र बैंक भुक्तानी सेवा प्रणालीका कार्यकारी निर्देशक बमबहादुर मिश्रले ह्याकिङका कारण भएको क्षति बैंकहरुकै भएको प्रारम्भिक निष्कर्ष निस्किएको भन्दै बैंकका ग्राहकहरु आत्तिनुपर्ने अवस्था नरहेको समेत बताए । उनले सबै बैंक तथा वित्तीय संस्थाहरुलाई आफ्नो बैंकबाट केकस्तो क्षति भयो हेरेर राष्ट्र बैंकलाई जानकारी दिन निर्देशन दिएको भन्दै यसबारे साँझसम्म विवरण आइसक्ने बताए । उनले कुनै ग्राहकको खाताबाट पैसा हराएको पाइएमा तत्काल राष्ट्र बैंकमा खबर गर्न आह्वान समेत गरे । अन्तरबैंकिङ एटिएम सेवा बन्द एउटै नेटवर्कमा आवद्ध अर्को बैंकको एटीएमबाट पैसा झिक्न पाउने सुविधा अल्पकालका लागि बन्द गरिएको छ । कार्डमार्फत् हुने भुक्तानी प्रणाली ह्याकिङ भएपछि अल्पकालको लागि यस्तो सेवा बन्द गरिएको कार्यकारी निर्देशक मिश्रले जानकारी दिए ।

फोर स्टारमा गैर आवासीय नेपालीको लगानी: अकामा अर्थात सर्वोत्कृष्ट सेवा

‘अकामा अर्थात सर्वोच्च’ संस्कृत भाषाको शब्दलाई सेवामा ब्राण्डिङ गर्ने सोचका साथ नयाँ होटल खुलेको छ, ‘अकामा’ । गैर आवासीय नेपालीको लगानीमा अन्तर्राष्ट्रियस्तरको उत्कृष्ट सेवा दिने उद्देश्य लिएर थालिएको अकामाले धेरैलाई आकर्षण गर्नेछ ‘नामले पनि । धुम्बाराही चोकबाट उत्तर-पूर्व फर्केर हेर्दा कलात्मक भब्य भवन देखिन्छ । टायल (ढुंगा) र शताब्दीयौं देखि नेपाली निर्माणमा प्रयोग हुँदै आएको कलात्मक इँटा (डाँछी) बाट बनेको नौ तले भवनले हिमाली र नेवारी दुबै संस्कृतिको प्रतिनिधित्व गरेको छ । ११ रोपनी जमिनमा नेपाली मौलिकतालाई झल्काउने गरी बनाइएको उक्त होटलले नामजस्तै माथिल्लोस्तरको सेवा प्रदान गर्ने प्रतिवद्धता लिएको छ । संस्कृति जर्गेना गर्दै आधुनिक शैलीमा निर्माण गरिएको होटल बाहिरबाट हेर्दा जति कलात्मक देखिन्छ भित्र त्योभन्दा सुन्दर र शान्त छ । चक्रपथको छेवैमा अवस्थित होटलभित्र पस्ने वित्तीकै एक प्रकारको छुट्टै आनन्दको सुखानुभूती हुन्छ । बुद्धत्व झल्काउने माने र हिन्दुत्व झल्कने घण्टाले होटलमा थप आकर्षण थपेको छ । लवी मात्रै होइन जताजतै काष्ठकलाले भरिएको छ होटल अकामा । भर्याङ झ्याल, ढोका सबैमा उड कार्भिङ गरिएकोले लिच्छवी कालीन काष्ठकलाको अनुपम नमुनाले होटलमा थप सुन्दरता थपेको छ । सहरी भिडभाडदेखि एकैछिन बाहिर निष्केर होटलको नौ तलामाथि रहेको चाइनिज र इटाली रेष्टराँमा बसेर खानासँग काठमाडौंको सुन्दरतालाई नियाल्नुको मज्जा नै अर्कौ । होटलका जनरल म्यानेजर राजु श्रेष्ठ भन्छन् ‘लोकेसनका हिसावले होटल एकदमै उपयुक्त स्थानमा छ ।’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकदम नजिक छ होटल ।’ यसैले पनि पर्यटनको रोजाइमा होटलमा पर्ने विश्वास व्यवस्थापकको छ । अन्य होटलजस्तै गरी होटल निर्माण गरिएको भए २० प्रतिशतभन्दा बढी घट्थ्यो होला । होटल अकामाको आफ्नै मौलिकता छ । यो होटलमा छिर्ने वित्तीकै पर्यटनकले अन्य ठाउँमा छिरेको महसुस नगरी नेपालमा छिरेको महसुस गरोस् भन्ने हाम्रो चाहना हो । लबीमा उड वर्क, माने राखिएको छ । अन्य होटलमा जाँदा नेपाल छिरेको होकि अन्य देशको होटलमा छिरेको हो बुझ्न सकिन्न । होटलका रुममा पनि उड कार्भिङ गरिएको छ । काष्ठकला र धातुकलाबाट होटल सजाइएको छ । मानेबाट लाइट आउने व्यवस्था मिलाएको छ । होटलको किचेनमा कन्टामेशन नहुने सामान प्रयोग गरिएको छ । होटलमा नेपाली खाना बारा, यमडी, गुन्द्रुक भटमास, बदेलदेखि विश्वबजारमा चलेका सबै प्रकारका खानाको यहाँ सुविधा छ । रुममामात्र होइन खानामा पनि नेपालीपन पाइन्छ होटलमा । होटलमा रहेको टिभि स्क्रीनमा खानाका मेनु देख्न पाइन्छ । रुममा राखिएको टिभिबाट मेनु छनोट गरेर अडर गर्न सकिन्छ । पशुपति, बौद्ध, स्वयम्भु, भक्तपुर र पाटन दरवार स्वायर पनि सहजै पुग्न र देख्न सकिन्छ । रिङरोट बाहिर भएकोले ट्राफिक जाममा पर्दैन । यहाँ विश्व सम्पदा सूचीमा पर्ने सात वटा स्थान छन् । यसले गर्दा पनि नेपाल भिजिटमा आएको कुनैपनि पर्यटकको पहिलो गन्तव्य भनेको काठमाडौं नै हो । यसका साथै होटलभित्रै जिम, एरोबिक रुम, स्विमिङ पुल, ब्यांकेट, बेकरी, रेस्टुराँ, बार, क्याफेटेरिया, लन्ड्री रुमलगायतका सुविधा उपलब्ध छन् । पैसा तिर्न सके जो कोही बस्न सक्छ प्रेसिडेन्सिय रुपमा चार तारे होटलको स्वीकृत लिने प्रक्रिया अघि बढाएको काठमाडौंको अकामा होटलभित्र अत्याधुनि सुविधा सम्पन्न प्रेसिडेन्सियल रुम छ । यो रुम विशिष्ट पहुनालाई लक्षित गरी तयार गरिएको हो । सो रुम प्रयोग गरे वापत एक दिनको तीन सय २५ अमेरिकी डलर तिर्नुपर्छ । होटलले तोकेको शुल्क तिरेर जो कोही उक्त रुपमा बस्न सक्छन् । जनरल म्यानेजर श्रेष्ठले सुनाए ‘प्रेसिडेन्सियल रुपले ६० स्वायर मिटर स्थान ओगटेको छ ।’ यो सहित होटलमा एक सय ८ वटा कोठा छन् । होटलभित्र रहेको सुपरियर रुममा समेत फाइभ स्टारको सुविधा र सर्भिस उपलब्ध छ । सुपेरियर, डिलक्स, डिलक्स स्वीट, फेमिली स्वीच र प्रेसिटेन्ट स्वीट गरी होटलमा ५ प्रकारका रुम छन् । होटलमा स्वदेशी र विदेशी पाहुनाका लागि छुट्टाछुट्टै शुल्क तोकिएको छ । प्रेसिडेन्टल रुममा एउटा वटा बेड रुम छ । रुममा सेप्रेट लिभिङ, डाइनिङ रुम सहित सानो किचेन पनि छ । किचेनमा हल्का खानाहरू बनाउन सकिन्छ । लिभिङ र डाइनिङ रुममा ६/६ जना बसेर मिटिङ गर्न सकिन्छ । बाथरुपमा ज्याकुजी, सावर एरिया, डब्लुसी र भेनिटी गरी बाथरुपका फो फिचर छन् । प्रेसिडेन्ट रुमको किङ्ग साइजको माष्टर बेडबाट बुढालिकण्ठ, शिवपुरीको सबै साइड सिन देख्न सकिन्छ । हिउँदमा त होटलबाट हिमाल नै देख्न सकिन्छ,’ जनरल म्यानेजर श्रेष्ठ हौसिएर भने ‘होटलमा बसेर उपत्यकाको डाँडाकाँडा र घना बस्तीको उपत्यका नियाल्नुको मज्जा नै अर्कै ।’ ६० स्वायर मिटर साइजको फेमिली स्वीट रुपमा दुई वटा किङ्ग साइजको बेड रुम र बीचमा एउटा लिभिङ रुम छ । बीचमा कमन लिभिङ रुम छ । होटलमा चारवटा डिलक्स स्वीट रुम छ । ४० स्वायर मिटरको यो रुममा माष्टर किङ्ग साइजको बेड र लिभिङ रुम छ । बाथरुममा चार फिचर नै छन् । बाहिर लिभिङ रुम छ । होटमा ६ वटा डिलक्स रुम छ । ४० स्वायर मिटरको । माष्टर बेडरुमका साथै फो फिचरको बाथरुम छ । सुपेरियर रुपम २६ देखि ३० स्वायर मिटरसम्मको छ । बाथरुपमा थ्री फिचर छन् । सावर, डब्लुसी र वासरुम छ । किङ्ग साइज बेड छ । रेट भनेको मार्केटमा भर पर्छ । अहिले नर्मल रुपमा बस्नेले एक रातको ६० डलर प्लस ट्याक्स तिर्नुपर्छ । डिलक्स रुमको ७० डलर प्लस ट्याक्स, डिलक्स स्वीट १६२ डलर, फेमिली स्वीटको २२४ डलर प्लस ट्याक्स सहित ब्रेक फास्ट पाउँछ । अन्य शुल्क भने आफूले आन्तरिक सेवा सुविधा उपभोग गरेअनुसारको चार्ज लाग्नेछ । मध्यमस्तरका पर्यटकलाई लक्षित गरी होटल निर्माण गरिएको हो श्रेष्ठले भने ‘पैसा तिर्न सके जो कोहीले होटलमा बस्न र खान सक्छन् । भारत, चीनलगायत नेपाली बजारलाई लक्षित गरी होटल संचालनमा ल्याइएको हो । करिब हजार रुपैयाँ तिरेपछि होटलमा नेपाली खाना सहित विभिन्न परिकारको स्वाद लिन पाइन्छ । होटल फो स्टारको भएपनि सेवा सुविधा भने फाइभ स्टारको उपलब्ध छ । होटलमा सानिमा गु्रपको दुई अर्ब ९० करोड लगानी रहेको छ । होटल निर्माण कार्य चार वर्ष अघि भएको हो । गत मध्ये फेब्रुअरीमा होटलको सफ्ट ओपनिङ गरिएको हो । १५ अगष्टमा होटल पूर्ण रुपमा संचालन आयो । त्योभन्दा पहिला पूर्ण रुपले होटल संचालनमा नआएकोले होला मान्छेहरूमा त्यति विश्वास थिए । अब सबैलाई होटलमा सबै प्रकारका सेवा पाइन्छ भन्ने पूर्ण विश्वास भैसकेको छ । अहिले विभिन्न मानिसहरूबाट होटलका वारेमा सोधबुझ गर्ने काम भइरहेको छ । अब सिजन पनि आउन लागेको छ । सेप्टेम्बर अक्टोम्बर आउन लागेको छ । यो पर्यटकका लागि आकर्षक महिना हो । अहिले नै होटल बुकिङ हुन थालिसकेको जनरल म्यानेजर राजु श्रेष्ठले बताए । होटल बन्न चार वर्ष लाग्यो । सानिमा बैंक हाइड्रोपावर, इन्स्योरेन्स कम्पनी सबै सहभागी छन् । अन्यमा जस्तै कर्पोरेटको हिसावबाट लगानी भएको छ । काठमाडौंमा पर्यटक एक दिन विताउँछ नै । २० वर्षको ग्यापमा नयाँ ठूला होटल खुलेका छैनन् । नेपाल एउटा यस्तो देश हो जहाँ पर्यटनको ठूलो सम्भावना छ । देशले यसमा फड्को मार्ने लक्ष्य लिएको छ । नेपाल भारत र चीनबाट पर्यटन आउने क्रम बढ्दो छ । भिजिट नेपाल २०२० पनि आइरहेको छ । यस्तो अवस्थामा नयाँ र अत्याधुनिक होटलको आवश्यकता पनि थियो । त्यत्रो वर्ष होटल खुलेन । यसमा सम्भावना देखेर गु्रपले नयाँ क्षेत्रमा लगानी गरेकोे हो । सानिमा गु्रपले मिडिया र हस्पिटलमा समेत लगानी गरिरहेको छ । विस्तारै हाम्रो विजनेश बढाउँदै लैजाने हो । हाम्रो पछिल्लो संस्कणको रुपमा होटल आएको छ । उपत्यका बाहिर पनि होटल खोल्ने हाम्रो लक्ष्य छ । तर, अहिले भने केही योजना छैन । हामी आफ्नै व्यवस्थापनमा होटल संचालनमा ल्याएका छौं । यद्यपी सानिमा गु्रपको यो नयाँ र होटल सेवामा पहिलो व्यवसाय भएपनि राम्रो गर्न सक्छौ भन्ने व्यवस्थापकको विश्वास छ । होटलमा ५० प्रतिशत रेभिन्यू जेनेरेट रुमबाट हुन्छ भने अन्य ५० प्रतिशत अन्यबाट हुन्छ । नेपाल फाइभस्टार होटल धेरै छन् । नेपालमा आउने पर्यटन सामान्यतया मिडिल क्लासका हुन्छ । सबैको पहुँच पुग्ने गरी होटल बनाइएको छ । होटलमा ठूलो बस पनि हसजै छिर्छ । होटलले मार्केटिङको लागि अमदामा ट्राभल ट्रेड फेयरमा भाग लिने योजना बनाएको छ । त्यसबाट चार/पाँच हजार पर्यटक आउने विश्वास छ । बाहिरतिर कनेक्सन भएका ठाउँमा पनि होटलको प्रचार प्रसार गरिएको छ । ठूला ट्राभल जसले नेपाल बेचिरहेको छन्, उनीहरूसँग होटलले सहकार्य गर्ने सम्झौता भएको छ । लण्डनमा हुने डब्लुटीएमा हुने अन्तक्रियामा होटल पनि सहमागिता रहने छ । होटल सम्बन्धि मागेजिनमा पनि यसका वारेमा पढ्न र बुझ्न पाइन्छ । होटल दुईदेखि तीन वर्षको बीचमा ब्रेक इभनमा पुग्ने श्रेष्ठको विश्वास छ । १ सय जना कर्मचारीले होटल धानेका छन् । प्रविधिले जनशक्तिमा सुविधा र सुलभता थपेको छ । १२५ जना स्टाफले राम्रोसँग होटल चलाउन सक्ने अठोट श्रेष्ठसँग छ । प्रविधि नभित्र्दा एउटा रुमको लागि दुई जना स्टाफ चाहिन्थ्यो । होटलका जनशक्तिसँग विभिन्न विदेशी फाइभ स्टार होटलमा दशक काम गरेको अनुभव छ । यसले होटलको सर्भिस राम्रो बनाएको छ । होटल पूर्ण रुपमा संचालनमा आएको दुई सातामा २० देखि २२ प्रतिशत अकुपाइ भइसकेको छ । सेक्टम्बरदेखि बढ्ने अनुमान देखिएको छ । विजनेशमा चुनौती भइहाल्छ । नयाँ होटल आइरहेका छन् । अन्य होटलभन्दा कसरी फरक सेवा प्रदान गर्ने भन्ने हाम्रो चिन्तन हो । होटललाइनमा काम गरेको ३५ वर्ष अनुभव भएकाले राम्रोसँग होटल संचालन गर्न सक्ने दृढ सकल्प र विश्वास भएर नै कुनै चेनमा आवद्ध नभएको श्रेष्ठले बताए । रुममा जेबीडी फ्रेच कम्पनीका सामान राखिएको छन्, वल्र्डको नम्बर वान ब्राण्डको म्यार्टेस विछाइएको छ । गुणस्तरीय र छिटोछरितो सेवा होटलको पुरा ध्यान छ । विदेश जाने ट्रेनले जनशक्ति टिकाउन गाह्रो भएपनि युवा पुस्तालाई सिप सिकाएर टिकाउन होटल व्यवस्थापन लागि परेको छ । विदेशी नम्बर वान ब्राण्डका सामान राखिएपनि नेपालीपन छ । नयाँ भन्ने वित्तीकै सबैले चाख बढ्नु स्वभाविक पनि हो । होटलमा दुई वटा रेष्टराँ छन् । चाइनिज र इटालियन चावाभेला रेष्टुराँ छ । रेष्टुराँसँगै स्वीइमिङ पूल र माथि जीम हल छ । जीम हलमा साउन, ज्याकुजी, स्टीम छ । होटलमा ५ वटा हल छ । सानिमा भन्ने ठूलो हल छ । ३२ सय स्वायर फिटको उक्त हललाई दुईवटामा विभाजन गर्न सकिन्छ । नदीनाला भनेको देशको सम्पत्ति भएकोले सानिमा गु्रपले हाइड्रोपावरका रुपमा डेभलप गरेको नदीनालाबाट हलको नामाकरण गरिएको हो । यसले व्यवसाय प्रवद्र्धन गर्ने विश्वास लिइएको छ । माईभन्ने ५० जना अट्ने अर्को हल छ । सुनकोशी हल छ । होटलको टपमा गएर पनि काठमाडौंको दुष्य हेर्दै विभिन्न कार्यक्रम गर्न सक्ने गरी तमोर हल निर्माण गरिएको छ । अरु होटलभन्दा अकामा फरक छ । कुनै वाधा व्यवधान छैन । होटलमा पहुनाले प्रयोग गर्ने सामान सबै फाइभ स्टार बराबरका छन् । होटलले काठमाडौं बासीलाई लक्षित गरी ब्रन्च प्याकेज ल्याएको छ । १८ सय तिरेर दिनभरि होटलमा बसेर रमाइलो गर्न, स्वीइमिङ गर्दै रमाउन सकिन्छ । साउना, ज्याकुजी, जिमहलको सुविधा यसै प्याकेजमा पाउन सकिन्छ । बस्न दिनभरिनै सकिन्छ । अब होटलले यस्तो प्याकेज बेला बेलामा ल्याउने भएको छ । सुरक्षा र सरसफाइलाई विशेष ध्यान दिएका छौं । ८० वटा गाडी अटन सक्ने दुईवटा पार्किङ स्थल छ ।