विकासन्युज

ओपोद्वारा ‘बडा दशैँ’ एसएमएस क्याम्पेन २०१९ को घोषणा

काठमाडौँ । स्मार्टफोन ब्राण्ड ओपोले नेपालीहरुको महान् चाड बडा दशैँको शुभअवसरमा ‘बडा दशैँ’ एसएमएस क्याम्पेन, विशेष उपहार योजनाको घोषणा गरेको छ । उपहार योजना अन्तर्गत उपभोक्ताले क्याम्पेन अवधिभर फोन मार्फत आईएमईआई एसएमएस गरी योजनामा सहभागिता जनाई विभिन्न उपहार जित्ने अवसर प्राप्त गर्ने छन् । महान चाड बडा दशैँ, उपभोक्तासंग खुशी साट्दै मनाउने सोचका साथ हामीले ‘बडादशैँ’ एसएमएस क्याम्पेनको घोषणा गरेका छौँ ।’, ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने । क्याम्पेन अवधिभर कुनैपनि ओपो फोनको खरिद गरी उपभोक्ताले उपहार योजनामा सहभागिता जनाउन सक्छन् । सहभागिताका लागि उपभोक्ताले ओपो ≤स्पेस≥ आईएमईआई उल्लेख गरी ३३००१ नम्बरमा एसएमएस पठाउनु पर्ने हुन्छ । यसरी प्राप्त एसएमएस मार्फत हरेक हप्ता २ जना भाग्यशाली विजेताको छनोट गरिनेछ । छनोटमा परेका मध्य एकले, बालीवाबाकु (निर्धारित हप्ता र पुरस्कारका आधारमा) भ्रमण जित्न सक्नेछन् । त्यसैगरी,अर्का विजेताले दशैँमा घर जान र फर्किन लाग्ने सवारी साधनको भाडा खर्च जित्न सक्ने कम्पनीले जानकारी दिएको छ । यसैगरी दशैँको अवसरमा कम्पनीले ‘बडा दशैँ एसएमएस’ क्याम्पेनका साथै आफ्ना बेष्ट सेलिङ मोबाइल फोनहरु एफ११ सिरिज र आर१७प्रोमा ‘प्राइस ड्रप’ अफर पनि सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत अब एफ११ प्रोको मूल्य रु.४१ हजार ९ सय ९०, एफ११ को रु. ३१ हजार ९ सय ९० र आर१७प्रो रु. ५९ हजार ९ सय ९० निर्धारण गरिएको छ । पहिले यी मोबाइलको मूल्य क्रमशः रु. ४७ हजार ९ सय ९०, ३५ हजार ४ सय ९० र ७५ हजार ९ सय ९० रहेको थियो । नयाँमूल्य सुची सेप्टेम्बर २ देखि नेपालभर लागु हुने कम्पनीले जानकारी दिएको छ ।

ग्लोबल आइएमई बैंकको नारी बचतमा तीज विशेष छुट योजना

काठमाडौँ । ग्लोबल आइएमई बैंकले हिन्दू महिलाहरुको महान चाड हरितालिका तीजलाई लक्षित गर्दै नारी बचत खातामा विशेष छुट योजना ल्याएको छ । नारी बचत खातामा पहिलो वर्ष मोवाइल बैंकिङ्ग र भाइबर बैंकिङ्ग सेवा निःशुल्क रुपमा उपलब्ध हुनेछ । साथै इन्टरनेट बैंकिङ्ग, एबीबीएस, भिसा डेबिट तथा क्रेडिट कार्ड जारी गर्दा लाग्ने शुल्कमा शतप्रतिशत छुट, एक वर्षसम्म ब्यालेन्स सर्टिफिकेट जारी गर्दा लाग्ने शुल्क तथा लकर सुविधा लिंदा लाग्ने शुल्कमा शतप्रतिशत छुटको व्यवस्था रहेको छ । त्यस्तै यस योजना अन्तर्गत नारी बचत खाता भएका ग्राहकहरुले बैंकबाट कर्जा लिंदा लाग्ने कर्जा प्रवाह शुल्कमा शून्य दशमलब दुई पाँचप्रतिशत छुट दिने बैंकले जनाएको छ । बैंकले हालै आयोजित तीज विशेष कार्यक्रमा उक्त योजना घोषणा गरेको हो । यो योजना एक महिनाको लागि लागू रहने जनाएको छ ।

पाँचतारा साकोसमा नयाँ कार्यसमिति, अध्यक्षमा भोलाना पाठक निर्वाचित

काठमाडौँ । पाँचतारा बचत तथा ऋण सहकारी संस्थाको १२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले आागामी ४ वर्षे कार्यकालको लागि भोलानाथ पाठकको अध्यक्षतामा निर्विरोध नयाँ सञ्चालक समिति चयन गरेको छ । संस्थाको द्वितीय उपाध्यक्षमा विजया मल्ल, सचिवमा लोचनहरि प्रसाईं, कोषाध्यक्षमा कुमार बिमली र सदस्यहरुमा रेणुका प्रधान, विन्दा कुँवर, हरिबंश कडरिया र गोपालबहादुर तामाङ रहेका छन् । त्यसैगरी लेखासमिति संयोजकमा सुशील प्रसाईं र सदस्यहरुमा खेमराज पोखरेल र नवराज प्रसाईं रहेका छन् । त्यसैगरी ऋण उपसमिति सदस्यहरुमा अवलेशकुमार पाण्डे र मनिषकुमार शिवाकोटी चयन भएका छन् भने शिक्षा उपसमितिको संयोजकमा उत्तम राजभण्डारी र सदस्यहरुमा युवराज प्रसाईं र चेतनाथ सिंह बस्नेत रहेका छन् । नेफ्स्कुनका अध्यक्ष डिबी बस्नेतको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । सभाले संस्थाको आर्थिक २०७५/७६को वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिको प्रतिवेदनलाई पारित गरेको छ । गतआवको अन्त्यसम्म संस्थाको शेयरपूँजी ६ करोड २६ हजार, बचत संकलन ३८ करोड ९ लाख र ऋण लगानी ३६ करोड ८८ लाख७७हजार रहेको कोषाध्यक्ष कुमार बिमलीले जानकारी दिए । संस्थाले गत आवमा २ करोड १४ लाख ९५ हजार सञ्चालन नाफाआर्जन गरेको छ भने त्यस अवधिमा प्रत्यक्ष र अन्य कर गरी ५२ लाख रुपैया राजश्व तिरेको छ । संस्थामा हाल १ हजार ७७८ शेयर सदस्य रहेका छन् । संस्थाको जगेडा कोष, प्राकृतिक विपत्ति कोष, अन्य खर्च नहुने कोष, घाटापूर्ति कोष र ऋण नोक्सानी कोषमा गरी ५ करोड ३४ लाख ६२ हजार रकम सञ्चित रहेको छ ।

आधा प्रतिष्ठान अझै सरकारी नियमनबाहिर

काठमाडौं । नेपालमा रहेका करिब आधा व्यवसायिक प्रतिष्ठानहरु बिनादर्ता सञ्चालनमा रहेको पाइएको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांकमा देशभरका ४९.९ प्रतिशत त्यस्ता प्रतिष्ठानहरु दर्ता नै नगरी सञ्चालनमा रहेको जनाइएको हो । विभागले अघिल्लो वर्ष गरेको राष्ट्रिय आर्थिक सर्भेक्षणमा देशभरमा ९ लाख २३ हजार ३५६ ओटा व्यवसायिक प्रतिष्ठानहरु अस्तित्वमा रहेको जनाइएको छ, जसमध्ये ४ लाख ६० हजार ४२२ ओटा प्रतिष्ठान दर्ता नभएकोमा बाँकी ४ लाख ६२ हजार ६०५ ओटा संस्था मात्रै दर्ता भएर सञ्चालनमा भएको उल्लेख गरिएको छ जुन ५०.१ प्रतिशत हो । देशभर रहेका उक्त संख्याका प्रतिष्ठानहरुमध्ये ३ लाख ९४ हजार २१९ ओटा संस्थाहरु पछिल्लो ३ वर्षमा दर्ता भएका हुन् । त्यस्तै, कुल प्रतिष्ठानहरुमध्ये ४६.७ प्रतिशतको आफ्नै भवन रहेको, ४९.७ प्रतिशत भाडामा बसेको र बाँकी ३.६ प्रतिशत भौतिक उपस्थितिबिनै सञ्चालनमा रहेको जनाइएको छ । सर्भेक्षणले व्यवसायिक कार्यमा सहभागी हुनेको कुल संख्या ३२ लाख २८ हजार ४५७ रहेको समेत जनाएको छ जुन प्रतिप्रतिष्ठान ३.५ जना हुन आउँछ । कुन प्रदेशमा कस्तो अवस्था ? प्रदेश १ मा कुल १ लाख ६८ हजार ५१८ व्यवसायिक प्रतिष्ठानहरु रहेका छन । सो प्रदेशमा २ लाख २४ हजार ३७ जना पुरुष र २ लाख २० हजार ४२ जना महिला गरि ५ लाख ४४ हजार ७९ जनाले सहभागी छन् । प्रदेश २ मा कुल १ लाख १७ हजार ६७० व्यवसायिक प्रतिष्ठानहरु रहेका छन् । सो प्रदेशमा २ लाख ६८ हजार २७९ जना पुरुष र ८६ हजार ७१५ जना महिला गरि ३ लाख ५४ हजार ९९४ जनाले सहभागिता जनाएका छन् । प्रदेश ३ मा २ लाख ८२ हजार ९२० व्यवसायिक प्रतिष्ठानहरु रहेका छन । सो प्रदेशमा ७ लाख ३१ हजार ७८३ जना पुरुष र ४ लाख ८६ हजार ७४१जना महिला गरि १२ लाख १८ हजार ४९७ जना संलग्न रहेको जनाइएको छ । गण्डकी प्रदेश मा १ लाख ६८७ व्यवसायीक प्रतिष्ठानहरु रहेका छन । सो प्रदेशमा १ लाख ८५ हजार ४ सय जना पुरुष र १ लाख ४७ हजार ७२ जना महिला गरि ३ लाख ३२ हजार ४७२ जना छन् । प्रदेश ५ मा १ लाख ४७ हजार ७८९ व्यवसायिक प्रतिष्ठानहरु रहेका छन् । सो प्रदेशमा ३ लाख ६ हजार ८९२ जना पुरुष र १ लाख ६७ हजार ३७२ जना महिला गरि ४ लाख ७४ हजार २६४ जनाले रोजगारी पाएका छन् । कर्णाली प्रदेश मा ४२ हजार ८०७ व्यवसायीक प्रतिष्ठानहरु रहेका छन । सो प्रदेशमा ७० हजार ८१४ जना पुरुष र ४८ हजार १३७ जना महिला गरि १ लाख १८ हजार ९५१ जनाले रोजगारी पाएका छन् । सुदुरपश्चिम प्रदेशमा ६२ हजार ९६८ व्यवसायीक प्रतिष्ठानहरु रहेका छन । सो प्रदेशमा १ लाख २५ हजार ३२ जना पुरुष र ६० हजार १६८ जना महिला गरि १ लाख ८५ हजार २ सय जनाले रोजगारी पाएका छन् ।

१५ कम्पनीका पौने ३ लाख कित्ता शेयर लिलामीमा, घट्दो बजारमा सस्तोमा शेयर उठाउने अवसर

काठमाडौं । ग्लोबल आईएमई बैंक, नेपाल बैंक, साञ्जेन हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर लगायत १५ कम्पनीका करिब पौने ३ लाख कित्ता शेयरको बोलकबोल सुरु भएको छ । सिद्धार्थ क्यापिटले सञ्चालन गरेको सिद्धार्थ इक्विटी ओरियन्ट स्कीमको स्वामित्वमा रहेको १५ कम्पनीका २ लाख ७६ हजार ११ कित्ता शेयर र ३ ओटा म्युचुअल फण्डका २६ हजार ईकाईहरु बोलबकोल बढाबढमार्फत् बिक्रीका लागि लिलामीमा राखिएको हो । सो बिक्री सोमबारदेखि खुला भई भदौ २२ गतेसम्म खुला रहनेछ । उक्त लिलामीमा युनिर्भुल पावरको सर्वाधिक ६७ हजार ४८० कित्ता, ग्लोबल आईएमई बैंकको ६५ हजार ९७७ कित्ता, नेपाल बैंक लिमिटेडको ५३ हजार १०६ कित्तासहित नबिल बैंक, साञ्जेन र रसुवागढी हाइड्रोपावर, ओम डेभलपमेन्ट बैंक, नेशनल लाइफ इन्स्योरेन्स लगायतका शेयरहरु समेत समावेश छन् । उक्त लिलामीबाट आर्जित रकम फण्डले आफ्ना इकाईधनीहरुलाई फिर्ता गर्नेछ भने योसँगै उक्त स्कीम बन्द हुनेछ । यसअघि नबिल बैंकको नबिल ब्यालेन्स फण्डले समेत आफ्नो अवधि पूरा गरी रकम फिर्ता गरेको थियो । अहिले नेपाल शेयर बजार परिसूचक घट्दो क्रममा छ । सोसँगै सबैजसो कम्पनीको शेयरमूल्यमा समेत क्रमशः गिरावट आइरहेको छ । यो समयमा खुलेको लिलामीले लगानीकर्तालाई आफुले रोजेको कम्पनीको शेयर सस्तोमा छानीछानी किन्ने अवसर प्राप्त हुनेछ । सामान्यतया दोस्रो बजारको मूल्यभन्दा यस्तो लिलामीको कटअफ मूल्य कम हुने गरेको नजिर छ ।

बैंक अफ काठमाण्डूका सेयरधनीले १७ प्रतिशत लाभांश पाउने

काठमाडौँ । बैंक अफ काठमाण्डूले सेयरधनीहरुलाई १७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले आव २०७५/७६ को नाफाबाट चुक्ता पूँजीको ११ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस सेयर वितरणका लागि प्रस्ताव गर्ने निर्णय गरेको हो । राष्ट्र बैंकबाट स्वीकृति र वार्षिक साधारण सभाले पारित गरेपछि लाभांश वितरण हुने कम्पनी सचिव दीपक गौतमले जनाएका छन् ।

राष्ट्र बैंकले आठ अर्ब ६५ करोडको ट्रेजरी बिल बिक्री गर्ने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु आठ अर्ब ६५ करोड ५० लाख बराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ । बैंकले सोमबार बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । बैंकले बिक्री गर्न लागेको उक्त ट्रेजरी बिलमध्ये रु तीन अर्ब १३ करोड ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको हो । उक्त परिमाणको टे«जरी बिल आगामी मङ्सिर १७ गते परिपक्व हुनेछ । यस्तै रु पाँच अर्ब ५२ करोड बराबरको ट्रेजरी बिल भने १८२ दिनमा परिपक्व हुनेछ । यसअघि बैंकले यही भदौ ९ गते पनि ट्रेजरी बिल बिक्री गरेको थियो । रासस

देशभर सवा ९ लाख व्यवसायिक संस्था, तपाईँको प्रदेश र जिल्लामा कति ?

काठमाडौं । नेपालमा कुल ९ लाख २३ हजार व्यवसायिक प्रतिष्ठानहरु रहेको तथ्यांक सार्वजनिक भएको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांकमा कुल ९ लाख २३ हजार ३५६ व्यवसायिक फर्महरु सञ्चालनमा रहेको जनाइएको हो । उक्त फर्ममार्फत् कुल ३२ लाख २८ हजार जना त्यस्तो व्यवसायमा संलग्न भएको समेत विभागले जनाएको छ । जसमध्ये २० लाख १२ हजार पुरुष र १२ लाख १६ हजार महिलाको सहभागिता रहेको छ । विवरणअनुसार त्यस्ता प्रतिस्ठानहरुको स्थापनामा प्रदेश ३ सबैभन्दा अघि र कर्णाली प्रदेश सबैभन्दा पछि छ । प्रदेश ३ मा २ ला ८२ हजार प्रतिष्ठान रहेकोमा कर्णालीमा ४२ हजार ८ सय मात्रै प्रतिष्ठान दर्ता भएको उल्लेख गरिएको छ । त्यस्तै जिल्लागत आधारमा काठमाडौं जिल्लामा सबैभन्दा बढी १ लाख २५ हजार मनाङ जिल्लामा सबैभन्दा कम ४८७ प्रतिष्ठान रहेको समेत जनाइएको छ । कुन जिल्लामा कति प्रतिष्ठान ? [pdf id=169148]