विकासन्युज

भायनेटको नयाँ अफर ‘दशैँ तिहार टीभीको उपहार’

काठमाडौं । भायनेट कम्युनिकेसन्सले भदौ २६ गतेदेखि दशैँ र तिहारलाई मध्यनजर गर्दै आफ्नो ग्राहकहरुको लागि “भायनेट दशैँ तिहार टीभीको उपहार” नामक नयाँ अफर ल्याएको छ । यस अफर अन्तर्गत भायनेटका ग्राहकहरुले अतिरिक्त स्पिडको इन्टरनेट र २३० भन्दा बडी च्यानल भएको नेट टीभीकोसाथ स्काईवर्थको ३२ र ४० इन्च टीभी भारी छुटमा प्राप्त गर्न सक्ने छन् । इन्टरनेट र टीभीको ग्राहक बन्ने सम्पूर्ण ग्राहकहरुले ३२ र ४० इन्चको स्काईवर्थ एलईडी टीभी घरमै लैजान सकिने छ । आफ्नो सेवालाई काठमाडौं बाहिर विस्तार गर्दै भायनेटले हाल बिराटजगर, ईटहरी, बीरगंज, हेटौडा, टाँडी, नारायणगढ, बुटवल, भैरहवा, धनगढी, डडेलधुरा, बनेपामा समेत ग्राहकहरुलाई आफ्नो इन्टरनेट र टीभी सेवा सुचारु गरेको छ ।

नेपाली एटीएम कार्ड भारत लिएर जानेलाई राष्ट्र बैंकको नयाँ व्यवस्था

काठमाडौं । भारतका कुनैपनि शहरमा नेपाली डेबिट, क्रेडिट वा प्रिपेड कार्ड बोकेर गएका, तर एटीएम ह्याक भएका कारण पैसा निकाल्न नपाएका नेपालीलाई खुसीको खबर छ । नेपाल राष्ट्र बैंकले सो ह्याकिङ हुनुअघिको समयमा सम्बन्धित ग्राहकको बैंक खातामा भएको रकम बराबरको भुक्तानी वैकल्पिक माध्यमबाट पठाउँदा इलेक्ट्रोनिक माध्यमबाट रकम निकाल्न लाग्नेभन्दा बढी शुल्क नलाग्ने र त्यस्तो भुक्तानी भारतीय परिवत्र्य मुद्रामा प्राप्त गर्नसक्ने व्यवस्था गरेको हो । नेपाल राष्ट्र बैंक विदेशी विनिमय विभागले कार्डबाट भुक्तानी नहुने उक्त रकम विप्रेषणको माध्यमबाट पठाउन वा सम्बन्धित व्यक्तिको भारतीय बैंकको खातामा रकमान्तर गर्नसक्ने व्यवस्था गर्न नेप्स स्वीचिङ सिस्टमसँग आवद्ध बैंक तथा वित्तीय संस्थाहरुलाई भनेको हो । एटीएम ह्याकिङमार्फत् करोडौैं रुपैंया लुटिएको खबरपछि हाल नेपाली डेबिट कार्डहरु भारतीय इलेक्ट्रोनिक मेसिनमा प्रयोग गरेर रकम भुक्तानी लिन बन्देज गरिएको छ । यसबाट पर्ने असुविधालाई ध्यानमा राखी राष्ट्र बैंकले त्यस्तो व्यवस्था गरेको हो । साथै तयसरी हुने भुक्तानीको विवरण प्रत्येक साता राष्ट्र बैंकलाई दिन पनि बैंकहरुलाई निर्देशन दिइएको छ । [pdf id=170934]

नेपालको सर्वोत्कृष्ट कलेज बन्न सफल भयाे नेपाल इन्जिनियरिंग कलेज

काठमाडौं । नेपाल इन्जिनियरिंग परिषद्ले भक्तपुरको दुवाकोट चाँंगुनारायणस्थित नेपाल इन्जिनियरिंग कलेज (नेक) लाई इन्जिनियरिंगको पढाई हुने नेपालकै पहिलो सर्वाेत्त्कृष्ट कलेजको रुपमा घोषणा गरिदिएको छ । परिषद्को मूल्यांकनमा स्थायी मान्यताको स्वीकृतिलाई निरन्तरता प्रदान गरेर नेक सर्वाेत्कृष्ट कलेज घोषित भएको हो । परिषद्को पछिल्लो अनुगमन तथा मूल्यांकनमा गैरनाफामुलक सामाजिक संस्थाको रुपमा सञ्चालित नेपाल इन्जिनियरिंग कलेज अव्वल देखाएको हो । कुल एक सय नम्वरमा कम्तीमा ९० नम्वर ल्याउन सके मात्रै परिषद्ले स्थायी स्वीकृति दिने प्रावधान छ । सम्वन्धन प्राप्त इन्जिनियरिंग कलेजहरुमध्ये अहिलेसम्म नेपाल इन्जिनियरिंग कलेजले मात्रै स्थायी स्वीकृति पाउन सकेको नेपाल इन्जिनियरिंग परिषद्ले जनाएको छ । त्यसका लागि परिषद्ले अनुगमन तथा मल्यांकन टोली पठाई कलेजको मूल्यांकन गर्ने गर्दछ । नेपाल इन्जिनियरिग कलेजका प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठले कलेजको नियमित अनुगमन गरी दिइएको प्रतिवेदन परिषदको मिति २०७६ भदौ २२ गतेको बैठकमा पेश गरी छलफल हुँंदा कलेजलाई परिषद्बाट दिइएको स्थायी स्वीकृतिको मान्यतालाई निरन्तरता प्रदान गर्ने निर्णय भएको जानकारी गराए । कलेजमा वीई सिभिलमा एक सय ४४, विई सिभिल फर डिप्लोमा होल्डर्समा ४८, विई कम्प्युटरमा ९६, विई इलेक्टोनिक्स एण्ड कम्युनिकेशनमा ९६, विई इलेक्टिकल एण्ड इलेक्टोनिक्समा ४८, विई आर्किटेक्चरसमा ४८, विई आइटीमा ४८र विई सिभिल ०डड रुरलमा ४८ जना विद्यार्थी भर्ना क्षमता रहेको छ ।

टाटा एच फाइभ एसयूभीको विराटनगरमा सार्वजनिक, मूल्य ५६ लाख ५५ हजार

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले प्रिमियम एसयूभी टाटा एच फाइभ गोएल मोटर्स प्रा.लि. मार्फत विराटनगरमा सार्वजनिक गरेको छ । भारतीय बजारमा टाटा ह्यारियर भनिने टाटा एचफाइभको मूल्य नेपाली बजारमा शुरुवाती मुल्य ५६ लाख ५५  हजार रुपैंया तोकिएको छ । नेपाली बजारमा टाटा एच फाइभको बुकिङ्ग केही दिनअघि खुला गरिएको हो बुकिङ्ग खुल्ला भए यता टाटा एच फाइभबारे बुझ्नका लागि सम्भावित खरिदकर्ताहरूबाट इन्क्वायरीहरू आइरहेको साथै सकारात्मक प्रतिक्रियाहरू प्राप्त भइरहेका छन्। । सिप्रदीको टाटा एच फाइभले नेपाली एसयूभी बजारमा आमूल परिवर्तन ल्याउने र नेपाली एसयूभीपारखीहरूले आकर्षक बनावट तथा खराब बाटोहरूमा पनि उच्च प्रदर्शन तथा राम्रो कन्ट्रोल गर्न सक्ने टाटा एच फाइभलाई मनपराउने विश्वास व्यक्त गरिएको छ । क्रियोटेक २.० लिटर टर्बो डिजेल इन्जिनयुक्त टाटा एच फाइभ भारतीय बजारमा निकै चर्चित छ। एच फाइभमा रहेको इन्जिनले १३८ बिएच पावर र ३५० एनएम टर्क जेनेरेट गर्छ । टाटा एच फाइभ ल्यान्डरोवरको डि एट प्लेटफर्ममा निर्माण गरिएको गाडी हो । आकर्षक रहेको टाटा एच फाइभमा पुश बटन स्टार्टस्टप, सेमीडिजिटल इन्स्ट्रूमेन्ट कन्सोल, मल्टीफङ्गसन स्टरिङ, हाइट अजस्टेबल ड्राइभर सीट, अटो क्लाइमेट कन्ट्रोल जस्ता विशेषताहरू रहेका छन् । जान्नुहोस् टाटा मोटर्सका बारेमा ४५ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति भएको टाटा मोटर्स लिमिटेड कार, युटिलिटी गाडीहरू, बस, ट्रक र डिफेन्स गाडीहरू उत्पादन गर्ने विश्वकै अग्रणी अटोमोबाइल कम्पनी हो । ४५ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति भएको टाटा ग्रुपको एक हिस्सा टाटा मोटर्स भारतकै र बृहत रेन्जमा इन्टिग्रेटेड, स्मार्ट तथा इमोबिलिटी सलुसनहरू प्रदान गर्ने एकमात्र ओइएम हो । बेलायतमा रहेको ज्यागुअर ल्यान्डरोभर तथा दक्षिण कोरियास्थित टाटा डेइवुसहित १०९ वटा सशक्त सहायक कम्पनीहरूको विश्वव्यापी संजालमार्फत टाटा मोटर्स बेलायत, दक्षिण कोरीया, थाइल्याण्ड, दक्षिण अफ्रिका र इन्डोनेसिया टाटा मोटर्स सञ्चालनमा छ । इन्जिनियरिङ तथा प्रविधिद्वारा संचालित अटोमेटिभ सलुसनहरू गर्नमा केन्द्रित टाटा मोटर्स भारतीय बजारमा कर्मर्सीयल गाडीको बिक्रेताका रुपमा अग्रस्थानमा छ भने प्यासेन्जर गाडीको अत्यधिक ब्रिकी गर्न सफल उत्कृष्ट चार कम्पनीहरूमा पर्दछ । जेननेक्स्ट कस्टमरहरूको अवधारणामा आधारित रही टाटा मोर्टसले सर्वोत्कृष्ट डिजाइन र भारत, बेलायत, ईटली तथा दक्षिण कोरियामा रहेका आर एण्ड डी सेन्टरहरूबाट अभिप्रेरित भई नयाँ नयाँ उत्कृष्ट उत्पादनहरू ल्याउने चाहना टाटा मोर्टसले लिएको छ । अन्तर्राष्ट्रिय स्तरमा टाटाका कार, बस र ट्रकहरु, युरोप, अफ्रिका, दक्षिण एसिया, दक्षिण पूर्वी एसिया, दक्षिण अमेरिका लगायत विश्वका विभिन्न देशहरुमा बिक्रीवितरण गरिन्छ ।

शून्य लागतमा मलेसिया रोजगारी खुलाउने सहमति

काठमाडौं । करिब १५ महिनादेखि बन्द रहेको मलेसिया रोजगारी शून्य लागतमा खुलाउने सहमति भएको छ । नेपाल र मलेसियाबीचको श्रम समझदारी अनुसार प्रविधिक कमिटिको बैठकमा नेपालको तर्फबाट श्रम मन्त्रालयका सहसचिव डा.रामप्रसाद घिमिरे नेतृत्वको प्रतिनिधिमण्डल र मलेसियाको तर्फबाट त्यहाँको मानव संशाधन मन्त्रालयका नीति महाशाखका प्रमुख बेट्टी हसन नेतृत्वको प्रतिनिधिमण्डल सहभागी थियो । बैठकले आगामी नोभेम्बरको पहिलो हप्ताबाट बार्षिक ८६ स्वास्थ्य संस्थालाई अडिट प्रक्रियामा लैजाने सहमति भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ । हाल ३६ वटा मात्र स्वास्थ्य संस्था परीक्षणका लागि कायम रहने सहमति भएको छ । मापदण्ड पुगेका सबै स्वास्थ्य संस्थाले कामदारको स्वास्थ्य परीक्षण गर्न पाउनुपर्ने माग नेपालले गर्दै आएको थियो । समझदारी अनुरुप मलेसियाले नेपाल सरकारलाई मेडिकल संस्था छनौटको लागि मापदण्ड पठाएको थियो । सोही अनुरुप नेपालले १२२ संस्थाको नामावली मलेसिया पठाए पनि ३६ वटा संस्थाबाट काम शुरु गर्ने र अन्य संस्थालाई अनुगम गरि थप गर्दै जनाएको छ । स्वास्थ्य संस्थाको थप्ने सहमति भएर विगत १५ महिनादेखी रोकिएको मलेसियाको रोजगारी खुलेकाे छ । मलेसियाले गर्ने ‘अडिट’ पास भएपछि ती संस्थाले कामदारको स्वास्थ्य परीक्षण गर्न पाउनेछन् । यद्यपि नेपालले भने ती स्वास्थ्य संस्था स्वयम् मलेसिया सरकारले दिएको मापदण्डभित्र परिसकेकाले सबैलाई स्वास्थ परीक्षणको अनुमति दिनुपर्ने अडान राखेको छ । यस्ताे छ एमओयूमा  : नेपाल र मलेसियाबीच भएको समझदारीअनुसार मलेसियामा कामदार पठाउँदा लाग्ने सेवा शुल्क, आतेजाते हवाई टिकट, प्रवेशाज्ञा शुल्क, स्वास्थ्य परीक्षण, सुरक्षा जाँचलगायत खर्च रोजगारदाताले नै व्यहोर्ने छन् । विगतमा नेपाली कामदारसँग लिइँदै आएको अतिरिक्त शुल्क समझदारीपछि नलाग्ने व्यवस्था गरिएको छ । कामदारको दुर्घटना बीमा र स्वास्थ्य बीमालाई मलेसियाको कानूनले कामदारको सन्दर्भमा लागू गरेको व्यवस्था नेपाली कामदारका हकमा समेत लागू हुनेछ । वैदेशिक रोजगारीका क्रममा कामदारको अङ्गभङ्ग वा मृत्यु भएमा रोजगारदाताले नेपाली दूतावासलाई जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ । कामदारको मृत्यु भएमा शव नेपाल पठाउने जिम्मेवारी सम्बन्धित रोजगारदाताको हुनेछ । नेपाली कामदारलाई मलेसियाको श्रम कानूनबमोजिम समान तहमा काम गर्ने अन्य विदेशी कामदारलाई दिइए सरहको संरक्षण मलेसिया सरकारले प्रदान गर्ने एमओयूमा उल्लेख छ । नयाँ एमओयूले कामदारको करार अवधी दुई वर्ष तोकेको छ । यसअघि कामदारको करार अवधी तीन वर्ष थियो । कामदारको पारिश्रमिक प्रत्येक महिनाको ७ तारिखभित्र बैंक खातामार्फत भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ । मलेसिया सरकारले तोकेको न्यूनतम् पारिश्रमिकभन्दा कम नहुने गरी तलब, भत्ता एवं सुविधा पाउने सुनिश्चित हुनुका साथै अतिरिक्त समयमा काम गरेबापत थप पारिश्रमिक एवं सेवा–सुविधा प्राप्त हुने व्यवस्था गरिएको छ ।

माइक्रोफाइनान्सबाट ऋण लिनेले अब शेयर पाउने, ३९ लघुवित्तका ऋणीलाई राहत, व्यवसाय विस्तारको अस्त्र बनाउनसक्ने

काठमाडौं । माइक्रोफाइनान्सबाट कम्पनीबाट ऋण लिनेले अब शेयर पाउने भएका छन् । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा त्यस्तो व्यवस्था गरिएको हो । प्रस्तावित विधेयकमा लघुवित्त संस्थाका ऋणी सदस्यहरुलाई कुल साधारण शेयरको ५० प्रतिशतसम्म व्यवस्था गर्नसक्ने भनिएको छ । ऐनको दफा ९ मा हाल नरहेको उपदफा ८ थप गरी नेपाल राष्ट्र बैंकले ‘प्रचलित कानूनमा जुनसुकै कुरा उल्लेख गरिएको भए पनि ‘घ’ वर्गको वित्तीय संस्थाले उपलफा १ बमोजिम सर्वसाधारणलाई विक्रीवितरण गर्नको लागि छुट्याइएको शेयरलाई शतप्रतिशत मानी उक्त शेयर मध्येबाट बढीमा ५० प्रतिशत शेयर आफ्ना सदस्यको लागि छुट्याउन सक्नेछ ।’ भन्ने व्यवस्था थप गरेको छ । यो विधेयक जस्ताको त्यस्तै पारित भए साधारण शेयर जारी गर्दा त्यस्ता ऋणीहरुलाई आधा शेयर छुट्याउने बाटो खुल्नेछ । हालसम्म नेपाल राष्ट्र बैंकले ८९ ओटा लघुवित्त संस्थालाई इजाजतपत्र दिइसकेको छ । त्यसमध्ये हालसम्म ५० ओटा कम्पनीको आईपीओ आईसकेको छ । यो ऐन समयमा पारितट भए यसबाट आईपीओ आउन बाँकी ३९ कम्पनीहरुलाई राहत मिल्नेछ । ती संस्थाहरुले यो व्यवस्थालाई आफ्नो व्यवसाय विस्तारको रणनीति बनाउन सक्नेछन् । यो व्यवस्थाले हाल आईपीओ वा प्राथमिक शेयरहरुमा लगानी गर्नेहरुको लगानी अवसर भने घट्न सक्नेछ । माइक्रोफाइनान्सले विपन्न वर्गमा गएर सामूहिक जमानीमा कर्जा परिचालन गर्ने गर्छ । यस्तो कर्जाले उद्यमशीलता विकास गरी निम्नवर्गको आयआर्जन वृद्धि गर्ने काम पनि गर्छ । त्यस्ता वर्गहरुलाई शेयरको आरक्षण दिँदा यसले वित्तीय सहभागिता बढाउन सहयोग पुग्ने भन्दै यो व्यवस्थाको विज्ञहरुले प्रशंसा गरेका छन् ।

बजाजको नयाँ शोरुम अब जाजरकोटमा

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले जाजरकोटमा नयाँ शोरुम “रमेश अटो सप्लायर्स एण्ड सर्विसिङ्ग सेन्टर”को उद्घाटन गरेको छ । उक्त शोरुमको शुभारम्भ हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.का जनरल म्यानेजर योगेन गुरुङले गरेका हुन् । नेपालमा सबैभन्दा अधिक बिक्री हुने र विश्वासिलो अटोमोबाइल ब्राण्ड बजाजले अझ बढी सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउने उद्देश्यले जाजरकोटमा पनि शोरुम संचालनमा ल्याएको हो । यस उद्देश्यलाई सार्थक बनाउन रमेश अटो सप्लायर्स एण्ड सर्विसिङ्ग सेन्टर, जाजरकोटका प्रोपराइटर रमेश के.सी.लाई डिलरसीप प्रदान गरिएको छ । बजाज ग्राहकहरुले खरिद गरेको सामाग्रीको अधिकतम मूल्य प्रदान गर्न सधै प्रतिबद्ध रहेको छ । यसैगरी, नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउने र यसैको माध्यमबाट बजाजलाई आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्नेछ । बजाजले देशभरका ग्राहकहरुलाई गुणस्तरीय र छिटो सुविधा पुर्याउने प्रयास गरिरहेको छ । यसरी, जाजरकोटमा यो नयाँ शोरुम विस्तारसँगै ग्राहकहरु निरन्तर वृद्धि हुने र यसले ग्राहकहरुको जीवन सहज बनाउनुका साथै उनीहरुले बजाज मोटरसाइकलको नयाँ अनुभव बटुल्ने अवसर प्राप्त गर्ने गुरुङले बताएका छन् । ।

कायरो भ्रमणपश्चात स्वदेश फर्किए एनसीसीआइको भ्रमण टोली

काठमाडौं । नेपाल इजिप्ट चेम्बर अफ कर्मस एण्ड ईन्ड्स्ट्रीज (एनसीसीआइ)को व्यापारीक भ्रमण टोलीले इजिप्टको कायरोमा भ्रमण गरी स्वदेश फर्किएका छन् । उक्त देशमा रहँदा अन्र्तराष्ट्रिय कन्सट्रक्सन ट्रेड फेयर “ दि बिग फाइभ “ को अवलोकन गरी विभिन्न कम्पनीहरुसँग सम्झौता तथा छलफल गरेर आज स्वदेश फर्किएका हुन् । सोही अवसरमा इजिप्ट एम्बेसी नेपाल र नेपाल एम्बेसी कायरो इजिप्टसँग सहकार्य गरि सेप्टेम्बर ०३।२०१९ मा त्यहाँस्थित फिडरेसन अफ इजिप्सिएन चेम्बर अफ कमर्स(एफइडिसिओ) र कायरो चेम्बर अफ कमर्सका सिइओ डा.आलद इज, चेम्बरका महासचिव, नेपाली राजदुत भविन्द्रप्रसाद अर्याल तथा कायरो इजिप्ट सरकारको तर्फबाट मिनिष्टर अफ टेड एण्ड इन्डष्टिजकी एमएस लोबना इसाम हसमलगायतको उपस्थितिमा एनइसिसिआइका अध्यक्ष तथा टोली नेता अखिलकुमार चापागाइँले कार्यपत्र प्रस्तुत गरेका थिए । त्यहाँ उपस्थित इजिप्सिएनहरुलाई नेपालमा वैदेशिक लगानी, वस्तुको निर्यात तथा भ्रमण वर्ष २०२० का बारेमा छलफल भएको हो । भ्रमण टोलीमा चापागाइँ लगायत नेपालका विभिन्न व्यासायिक क्षेत्रका १६ सदस्यको उपस्थिति रहेको थियो ।