टीभीएसको जुपिटर ग्रान्दे अब ब्लूतूथ कनेक्टिभिटीका साथ बजारमा
काठमाडौं । इन्डियन मोटरसाइकल कम्पनी टीभीएसले ब्लूतूथ कनेक्टिभिटी फिचरका साथ जुपिटर स्कुटरको ‘ग्रान्दे’ भेरियन्ट आज बिहिवार भारतमा सार्वजनिक गरेको छ । भारतीय बजारमा ५९,९०० मूल्य तोकिएको नयाँ ग्रान्दे एडिशन प्रिभियस जेनेरेशन जुपिटर ग्रान्देभन्दा २५२ भारतीय रुपैयाँले मात्र महँगो रहेको छ । टीभीएसले नयाँ जुपिटर ग्रान्देमा ब्लूटूथ कनेक्टिभिटी सहितको इन्स्ट्रुमेन्ट कन्सोल दिएको छ । एनटर्क १२५ मा पनि भएको यस फिचरलाई कम्पनीले ‘स्मार्टकनेक्ट’ नाम दिएको छ र यससँगै यो फिचर सेग्मेन्टकै पहिलो पनि बनेको छ । तर, ग्रान्दे एडिशनमा एनटर्क १२५ मा भएजस्तो फुल–डिजिटल नभएर सेमि–डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल चाहिँ समावेश गरिएको छ । टीभीएसको आधिकारिक स्मार्टफोन एप्लिकेशन मार्फत् आफ्नो फोनलाई स्कूटरमा पेयर गराएपछि यो कन्सोलले टेक्स्ट र कल नोटिफिकेशन जस्तो कुराहरु पनि डिस्प्ले गर्दछ । त्यसैगरी यो कन्सोलले स्पिड अलर्ट, हेल्मेट अलर्ट, साइड स्ट्याण्ड इण्डिकेटरजस्ता कुराहरु पनि डिस्प्ले गर्दछ । कस्मेटिक चेञ्जका रुपमा जुपिटर ग्रान्देमा नयाँ टेक ब्लू कलर, फ्रन्ट फेण्डरमा क्रोमको फिनिसि¨ र नयाँ किसिमका अलोए व्हिल्सहरु दिइएका छन् । स्कुटरमा सीबीएस युनिट सहित अगाडिको चक्कामा फ्रन्ट डिस्क ब्रेक र त्यसैगरी पछाडि भने ड्रम ब्रेक दिइएको छ । यो स्कुटरमा १०९.७ सीसीको सिङ्गल–सिलिण्डर एयर–कुल्ड इञ्जिन जडान गरिएको छ जसले ७.९९ पीएसको पावर र ८.४ एनएमको टर्क प्रोड्यूस गर्दछ ।
एनआईसी एशिया बैंककोे नयाँ शाखा बैतडीको पाटनमा
काठमाडौँ । एनआईसी एशिया बैंकको नयाँ शाखा बैतडीको पाटनमा सञ्चालनमा आएको छ । बैतडी जिल्ला, पाटन नगरपालिका वडा नं ६ स्थित पाटन शाखा भाद्र २६ गतेदेखि सञ्चालनमा आएको हो । बैंकले सञ्चालनमा ल्याएको यस पाटन शाखाकोे उद्घाटन पाटन नगरपालिकाका मेयर केशवबहादुर चन्दले गरेका हुन् । पाटन शाखा सञ्चालनमा आएसँगै बैतडी क्षेत्रका ग्राहकहरुलाईसेवा प्राप्त गर्न थप सहज हुने विश्वास बैंकले लिएको छ ।
सरकारी नीति लगानीमैत्री हुनुपर्छः पूर्व अर्थमन्त्री महत
काठमाडौँ । पूर्व अर्थमन्त्री डा. रामशरण महतले पूर्वाधार क्षेत्रमा सरकारी नीति लगानीमैत्री हुनुपर्नेमा जोड दिएका छन् । नेपाल उद्योग परिसंघले आयोजना गरेको पूर्वाधार सम्मेलनको दोस्रो दिन आयोजित निजी क्षेत्रका लागि लगानीको अवसर विषयक सत्रमा बोल्दै उनले अहिलेको सरकारी काम गर्ने पद्धती र शैलीमा परिवर्तनको आवश्यकता रहेको बताए । उनले भने, ‘सर्वप्रथम सरकारले सुशासनमा सुधार गर्नुपर्छ ।’ त्यस्तै, समयमा निर्णय हुनुपर्ने, काम गर्न गर्न प्रतिस्पर्धी क्षमता लगानीको लागि आवश्यक सर्त रहेको उनको भनाइ छ । उनले निजी क्षेत्रलाई कानूनद्धारा नै सुविधा दिइने नीतिको आवश्यकतमा जोड दिए । ‘एउटा पदमा रहेको व्यक्तिले मनलाग्दी सुविधा दिने वा नदिने निर्णय गर्दा त्यसले निजी क्षेत्रको विश्वास जगाउँदैन । पूर्वाधारका लागि के सम्भावना छ भन्नेबारे गहिरो अध्ययनको आवश्यकता रहेको बताए । ‘योजना एकातिर, सम्भावना अर्कोतिर र बोली अन्यत्रतिर हुनु हुदैन’ उनले भने, ‘जबकि अहिले चीनबाट रेल ल्याउने विषयमा त्यस्तै भइरहेको छ ।’ उहाँले नेपालमा निर्माण हुने सडक गुणस्तरीय हुनुपर्नेमा जोड दिए । विश्व वैंकको प्रतिवेदनलाई उदृत गर्दै पूर्व अर्थमन्त्री डा. महतले नेपालका सडक संसारमै गुणस्तरहीन हुने गरेको बताए । उनले नेपालमा उर्जाको ठूलो सम्भावना रहेको उल्लेख गर्दै निजी क्षेत्रलाई ऊर्जा उत्पादनमा आमन्त्रण गर्नुपर्ने बताए । स्वच्छ ऊर्जाको उल्लेख्य माग रहेको बताउदै डा. महतले नेपालको बढ्दो व्यापार घाटा ऊर्जाबाट पूर्ति गर्न सकिने बताए । उनले नेपाल विद्युत् प्राधिकरणले अहिले गरिरहेको काम कानूनबमोजिम नभएको बताए । प्राधिकरणले आफै विद्युत उत्पादन गर्ने र आफै अनुगमन गर्ने काम न्यायोचित हुँदैन । ‘यस्तो अवस्थामा निजी क्षेत्रले प्राधिकरणसँग कसरी प्रतिस्पर्धा गर्न सक्छन’ उनले भने, ‘यस्तो भुमिकाले स्वार्थ बाझिएको देखिन्छ ।’ सोही सत्रमा बोल्दै नेपाल उद्योग परिसंघका पे्रसिडेण्ट इमिरेटस् तथा उद्यमी विनोद चौधरीले दशकौको उत्पीडनपछि देशमा आएको परिवर्तनले लगानीको वातावरण सिर्जना गरेको बताए । यतिखेर नेपाललाई विश्वव्यापी रुपमा लगानी गरेर सहयोग गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । ‘शिक्षा, स्वास्थ्य, ऊर्जा, हवाइ क्षेत्र, वित्तीय संस्था, सडक लगानीका प्रमुख क्षेत्र हुन, ‘त्यस्तै प्रदेश सरकारहरु पनि पूर्वाधारको क्षेत्रमा लगानी गर्न उतिकै उत्साहित छन ।’ सन् १९९२ यता नेपालमा निजी क्षेत्रको सक्रियता वृद्धि हुदै गएको विषय उल्लेख गर्दै चौधरीले खुला अर्थतन्त्र र उदारीकरणको लागि पूर्व अर्थमन्त्री डा. महत योजनाकारका रुपमा रहेको बताए । उनका अनुसार अहिले देशको कुल ग्राहस्थ उत्पादनमा निजी क्षेत्रको सहभागिता ३२ प्रतिशत पुगेको छ । हवाइ क्षेत्रमा आमुल परिवर्तन निजी क्षेत्रले गरेको उद्यमी चौधरीको भनाइ छ । ‘जसरी भारतमा घरघरमा पानी पु¥याउन त्यहाको सरकारले अर्बौ लगानी गरेजस्तै नेपालमा पनि पूर्वाधार क्षेत्रमा ठूलो लगानी आवश्यक छ’ उनले भने,‘यतिखेर देशमा भष्ट्राचारजन्य क्रियाकलाप रोक्न र अर्कोतिर सम्भावनाको नयाँ ढोका खोल्न आवश्यक छ । यसका लागि स्पष्ट दृष्टिकोण चाहिएको छ ।’ उनले विकासका लागि जुन ठाँउमा जे सम्भावना छ । त्यसैअनुसार काम गर्नुपर्ने सुझाव दिए । प्रकृतिले नै ठाउअनुसार फरकफरक विशेषता दिएको हुन्छ । त्यसैले योजना बनाउदा पनि सोहीअनुसार बनाइनुपर्छ । उदाहरणको लागि सबै प्रदेशमा विशेष आर्थिक क्षेत्र चाहिन्छ भन्ने छैन् । सम्भावना र आवश्यकता अनुसार पूर्वाधार विकास गरिनुपर्छ । यसको लागि हामीले छिमेकी देशको सफलताबाट पनि सिक्न सक्छौं । भारतमा डा. मनमोहन सिंह अर्थमन्त्री हुँदा जसरी आर्थिक परिवर्तन सम्भव भएको थियो । त्यस्तै सफलतालाई हाम्रो देशमै दोहोर्याउन सक्छौं । अहिलेको समय कसले कुन क्षेत्रमा लगानी गर्नेभन्ने बारे निर्णय गर्ने सही समय भएको उनको भनाइ छ । विश्व बैंक गु्रपका एन्ड्रयू गुडल्याण्डले गुणस्तरीय जीवनका लागि पनि पूर्वाधारको विकासले सहयोग पुर्याउनु बताए । उनले ऊर्जाको विकास गरी आम्दानी वृद्धि गर्ने सकिने सम्भावना रहेको दोहोर्याए । पूर्वाधारको विकासको लागि सार्वजनिक, निजी साझेदारी कार्यक्र उपयुक्त हुने उहाँको सुझाव छ । ऊर्जा व्यवसायी ज्ञानेद्रलाल प्रधानले नेपालमा जलविद्युत क्षेत्रको विकास तिब्र गतिमा हुन नसकेको बताए । नेपालसँगै जलविद्युत क्षेत्रको विकास शुरु भएका छिमेकी मुलुकले धेरै चाडो फड्को मारिसकेको उदाहरण दिदै प्रधानले भने, ‘नेपाल अझै पनि आफ्नो क्षमताको १ प्रतिशत मात्र विद्युत उत्पादन गर्न सकेको छ ।’ नेपालमा ठूला र साना जलविद्युत आयोजनाको सम्भावना उत्तिकै रहको उल्लेख गर्दै उनले ऊर्जा विक्रीको लागि बंगलादेश र भारत राम्रो बजार रहेको बताए । उनका अनुसार अहिलेको आवश्यकता ऊर्जा उत्पादन मात्र हो । जलविद्युत् वातावरणीय रुपमा स्वच्छ ऊर्जा भएकाले नेपाललाई मात्र नभइ दक्षिण एशिया र विश्वकै लागि आवश्यक रहेको बताए । एशियाली विकास बैंकका शन्तनु चक्रवर्तीले जलविद्युतको विकासले सिंगो जैविक प्रणालीलाई सघाउने बताए । उनले नेपाललाई ऊर्जा क्षेत्रमा सन् १९९६ देखि नै सहयोग गर्न थालेको बताए । बेलायती अन्तराष्ट्रिय सहयोग विभागकी नेपाल प्रमुख लिजा होनानले नेपालमा सार्वजनिक निकाय र निजी क्षेत्र एकै ठाँउमा बसेर काम गर्ने चलन उदाहरणीय भएको बताए ।
कर्णालीमा यातायात सञ्चालनदेखि चुरे क्षेत्रमा स्याउ उत्पादनमा ‘पीपीपी’ मोडल
काठमाडौं । कर्णाली प्रदेशमा यातायात सञ्चालनदेखि चुरे क्षेत्रमा स्याउ उत्पादनका लागि सार्वाजनिक–निजी साझेदारी (पीपीपी) अवधारणामा लगानी आवश्यक हुने युवा उद्यमीहरुले बताएका छन् । बुधबारदेखि काठमाडौंमा सञ्चालन भइरहेको नेपाल पूर्वाधार सम्मेलन–२०१९ को विहीवारको पहिलो ‘पूर्वाधार बजार’ सत्रमा युवा उद्यमीहरुले यस्तो बताएका हुन् । युवा उद्यमीहरुले विभिन्न ५ ओटा नविनतम विधामा आफ्ना नमुना उद्यमशील अवधारणा (आइडिया हण्ट) प्रस्तुत गर्दै पीपीपीमा लगानी गर्न सकिने बताएका हुन् । कार्यक्रममा कर्णाली प्रदेशलाई प्रतिनिधित्व गर्दै हेमन्त तिवारीले कर्णाली प्रदेशमा यातायात क्षेत्रमा लगानी गर्न आवश्यक भएको बताए । उनले कर्णाली प्रदेशको समृद्धिका लागि सडक सञ्जाल विस्तार र यातायात सञ्चालनका लागि २४ अर्ब ९ करोड रुपैयाँ तत्काल लगानी गर्न सकिने उल्लेख गरे । कर्णाली प्रदेशका १० जिल्ला र अन्य प्रदेशसँग जोडिने २० जिल्लाका अन्तर प्रादेशिक यातायात सञ्जालमा जोडिनका लागि पनि निजी क्षेत्रले लगानी गर्न सक्ने उनको सुझाव छ । प्रदेश राजधानी सुर्खेत उपत्यकामा अहिले रिक्सा र टेम्पो मात्रै सञ्चालन भएको र अन्य जिल्लामा जोडिने गरी यातायात सञ्चालन गर्न सके प्रतिफल पनि प्राप्त हुने तिवारीको तर्क छ । यस्तै ‘दिगो पूर्वाधारका लागि कृषि र इञ्जिनियरिङको संयोजन’ शीर्षकमा आफ्नो योजना प्रस्तुत गर्दै किशोर पौडेलले नेपालमा स्याउको बजार उल्लेख्य रहेको र यसले पर्यावरण संरक्षणमा सहयोग पु¥याउने हुँदा पूर्वाधार निर्माण पनि सुरक्षित हुने बताए । नेपालको तराई तथा चुरे क्षेत्रमा स्याउ उत्पादनको प्रचुर सम्भावना रहेका भन्दै अहिले वार्षिक ७ अर्ब स्याउ आयातलाई घटाउन र सस्तोमा स्याउ उपलब्ध गराउन सघाउने उनको भनाई छ । बायो इञ्जिनियरिङको रुपमा स्याउमा लगानी गर्न सकिने भन्दै उनले यस अध्ययनले विजनेश हाउस, किसान र कम आय स्रोत भएका व्यक्तिहरु पनि लगानीका लागि आउन सक्ने बताउनुभयो । यसका लागि पीपीपी अवधारणामा लगानी गर्न सकिने उनको तर्क छ । युनाइटेड वल्र्ड स्कुल नेपालका निर्देशक मञ्जितराज पाण्डेले निर्माण व्यवस्थापनमा उच्चस्तरको प्रविधिको प्रयोग नेपालमा कम भएकोले यो क्षेत्र पनि लगानीका लागि उपयुक्त हुने तर्क गर्नुभयो । प्रविधिको प्रयोगले ग्रामीण क्षेत्रमा निर्माणका काम र तथ्यांक संयोजनमा सहयोग पुग्ने उनले भनाइ थियो । यसैगरी स्मार्ट सेवाका संस्थापक यासिर फिरोजले ‘समयको वचत र पैसाको बचत’ शीर्षकमा योजना प्रस्तुत गरे । प्रविधिको प्रयोग गरेर पूर्वाधार निर्माणलाई सहज बनाउन सकिने विचार उनले प्रस्तुत गरे । उनले आफ्नो सेवा रियल स्टेट, हाउजिङ तथा अन्य निर्माणका क्षेत्रमा काम गरिरहेको बताए । द टीम आवासकी विधि मण्डलले नेपालका प्रमुख सहरहरुमा प्लास्टिक खेर गइरहेको र त्यसलाई उपयोग गरेर ६० प्रतिशत प्लास्टिक र ४० प्रतिशत वालुवा र अन्य मिश्रण प्रयोग गरी इटा बनाउन सकिने योजना प्रस्तुत गरे । उनले अहिले परिक्षणको रुपमा इटा उत्पादन गरिसकेको भन्दै यसमा ८० जनाले रोजगारी पाइरहेको जानकारी दिए । टीम आगमनकी संस्थापक सोनिया अधिकारीले ठूला होटेल तथा सडकहरु निर्माण गर्दा जमिन भासिने समस्या समधानका लागि नयाँ प्रविधिको प्रयोगका विषयमा योजना प्रस्तुत गरे । उनले सिमेन्ट, ढुंगा प्रयोग गर्दा जमिनलाई थप भार पार्ने भएकोले केमिकल प्रयोग उपयुक्त हुने बताए । विदेशबाट आयात गर्दा महंगो हुने भएकोले नेपालमै उत्पादन गर्नका लागि अध्ययन भइरहेको भन्दै उहाँले यो क्षेत्रमा पनि लगानी गर्न सकिने सम्भावना देखाए । स्मार्ट घर समुहकी श्रृष्टि अवालेले होम अटोमेशनको प्रयोगले दैनिकी निकै सहज हुने, स्मार्ट घरले मोवाइल एपको विकास गरेकोले न्युनतम ६० हजार रुपैयाँको लगानीबाट यो सुविधा लिन सक्ने बताए । यो एपको प्रयोगबाट घरको ढोका, झयालदेखि, आइरन, बत्ति, पानीको ट्यांकी पनि बन्द गर्न विर्सिएको भए पनि जुनसुकै स्थानबाट पनि बन्द गर्न मिल्ने उनको भनाई छ । इनर्जी एक्सका सञ्जयराज भण्डारीले स्वच्छ इन्धनः स्वदेशी उत्पादन सम्बन्धी विषय प्रस्तुत गरे । बायोग्याँस उत्पादनका लागि सरकारले ४० प्रतिशत अनुदान दिएको ६० प्रतिशत निजी क्षेत्रमार्फत लगानी गरेर वैकल्पीक उर्जा उत्पादन गर्न सकिने बताए । सेसनमा उपस्थित युवा उद्यमीहरुले ट्राफिक व्यवस्थापन, कंक्रिट सडक निर्माणलगायतका क्षेत्रमा पीपीपी अवधारणअनुसार लगानीको सम्भावना भएको जानकारी दिए । सेसनमा विभिन्न विधामा पीपीपीलगायतका अवधारणामा आधारित १० वटा प्रस्तुति भएका थिए । प्रस्तुत भएका अवधारणा (आइडिया हण्ट) मध्ये उत्कृष्ट तीनलाई नेपाल उद्योग परिसंघले पुरस्कृत गर्दैछ । प्रथमले १ लाख ५० हजार, द्धितियले १ लाख र तेस्रो हुनेले ५० हजार पाउने भएका छन् ।
सनराइज बैंकको आरटीजीएस प्रणाली सञ्चालन
काठमाडौँ । सनराइज बैंक र नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागबीच आरटीजीएस प्रणाली सञ्चालन सम्बन्धी सम्झौता भएको छ । गत आइतबार आयोजित एक कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्र र बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्याले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सनराइज बैंकको आरटिजीएस सुबिधा विहीबारबाट सञ्चालनमा आएको जनाइएको छ । अब बैंकका ग्राहकले नियमअनुसार आरटीजीएस सुबिधा उपभोग गर्न सक्ने छन् ।
बचत सहकारीको सङ्ख्या घटाइन्छः मन्त्री अर्याल
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले बचत सङ्कलन गर्ने सहकारीको सङ्ख्या घटाएर कृषिमा आधारित विषयगत सहकारी संस्थालाई बढाइने बताउनुभएको छ । मन्त्री अर्यालले जिल्ला सहकारी सङ्घ लिमिटेड काभ्रेपलाञ्चोकको ५२औँ स्थापना तथा ३८औँ वार्षिक साधारणसभामा उनले सहकारीलाई फरक ढङ्गले व्यवस्थित गर्न बचत सङ्कलन गर्ने सहकारीको सङ्ख्या घटाएर कम गर्ने र कृषिमा आधारित विषयगत सहकारीको सङ्ख्या बढाइने नीति सरकारको रहेको बताइन् । उनले भनिन्, “गाउँ–गाउँको समृद्धिको अभियान विषयगत सहकारीबाट चलाइने छ, यसका लागि कृषि सहकारीलगायत विषयक सहकारी आवश्यक छ, प्रक्रियागत ढङ्गले सहकारीको सङ्ख्या घटाउने र बढाउने गरिन्छ ।” मन्त्री अर्यालले कृषि सहकारीमार्फत ठूला स्तरका कृषि फार्म तथा उद्योग सञ्चालन गर्ने वातावरण बनाइने बताइन् । “सरकार सहकारीमा कानूनी बाधक बनेको पनि छैन र बन्दैन पनि, हामी फरक ढङ्गले सहकारीमार्फत विकासका काममा काम गर्ने अभियानमा छौँ”, उनले भनिन् । सहकारीकर्मीले पनि सहकारी कानूनमा रहेर सरकारको समृद्धिको यात्रामा साथ दिनुपर्ने उनको धारणा थियो । मन्त्री अर्यालले सरकार किसानमैत्री, सहकारीमैत्री भएर समृद्धिको अभियान चलाउने योजना बनाइरहेका बेला जमीनलाई फरक ढङ्गले सदुपयोग गर्दै अधिकतम उत्पादनमा लाग्न आग्रह गरिन् । “सरकारले भू–उपयोग ऐन सरकारले पास गरेको, अब कार्यान्वयनका निम्ति नियमावली बनाउँछ, यसपछि तपाईहरु आफ्नो जमीन आफैँले प्रयोग गर्न लाग्नुहुन्छ”, उनले थपिन्, “हामी भूमि व्यवस्थापन नगरी नहुने परिस्थितिमा पनि छौँ, भूमिको बेथिति हटाउँदै जनताको आर्थिक अवस्थामा सुधार ल्याउन हामी हिम्मतका साथ अगाडि बढेका छौँ, यसमा तपाईहरुले साथ दिनुपर्दछ ।” राष्ट्रिय सहकारी महासङ्घ लिमिटेडका अध्यक्ष केशवप्रसाद बडालले सहकारीकर्मी सहकारीको मूल्य–मान्यताअनुसार चल्नुपर्ने बताउँदै वर्तमान सरकार सहकारीमैत्री भएकाले आन्दोलनमा जानु नपर्ने बताए । जिल्ला सहकारी सङ्घ लिमिटेडका अध्यक्ष विनोद पराजुलीले संस्थाको गतिविधिबारे जानकारी दिँदै लिमिटेडसँग जिल्लास्थित ४७६ वटा सहकारी आबद्ध रहेको बताए । रासस
चाडपर्व लक्षित आपूर्ति व्यवस्थापनमा व्यवसायीको असन्तुष्टी, विभागकाे ध्यान अनुगमन र सहुलियत बजारमा
काठमाडौं । दशैं तिहार र छठ लक्षित गर्दै आपूर्ति व्यवस्थापन सम्बन्धी व्यवसायीहरुले असन्तुष्टी व्यक्त गरेका छन् । काठमाडौं चेम्बरको आयोजना भएको दशैं तिहार र छठ लक्षित आपूर्ति व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले चाडपर्वलाई लक्षित गरि सरकारले ठाँउ ठाउँमा सहुलियत पसल संचालन गर्न भन्दा पनि उपभोक्तालाई लक्षित गरि खुद्रा पसलमा नै प्रत्येक सामानको मूल्य तोकेर विक्री वितरणमा ध्यान दिनु पर्ने बताए । सरकारले बजारको माग र आपूर्तिलाई ध्यानमा राखि खुद्रा व्यवसायीहरुसँग सहकार्य गरि अगाडी बढ्दा सम्पूर्ण उपभोक्ताले सहुलियत पाउने अध्यक्ष श्रेष्ठको भनाई छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले अघिल्लो वर्षको भन्दा केहि हदसम्म सुधार गरि उपभोक्ताहरुको माग र आपूर्ति बढ्ने हुँदा बजारलाई ध्यानमा राखि अनुगमन भईरहेको जनाएका छन् । महानिर्देशक गौचनले भने ‘व्यवसायी, उपभोक्ता र सरकारले बजार व्यवस्थापन तथा आपूर्तिलाई सहुलियत मूल्य प्रदान गर्नका लागि विभाग तल्लीन रहेको छ ।’ पछिल्लो समय बजार अनुगमन तथा सचेतना कार्यक्रमलाई ध्यानमा राखि गलत गरेको खण्डमा कानुनी कारबाही गर्न पनि विभाग पछि नहट्ने विभागका महानिर्देशकले गौचनले जानकारी दिए । त्यस्तै काठमाडौं चेम्बर अफ कमर्शका अध्यक्ष विश्वमान श्रेष्ठले सहुलियत व्यापारलाई स्थापित गर्नका लागि त्रासित हुनु पर्ने अनुगमन र कानुनसँग व्यापारीहरु व्यवहारिक हुन नसक्दा समस्या भईरहेको बताएका छन् । राज्यले कानुनलाई टेकेर मात्र नभई व्यवहारमा उत्र्तानका लागि सरकारले व्यवसायिक स्तरमा बसेर हेर्नु पर्ने अध्यक्ष श्रेष्ठको भनाई छ । दशै नजिकिए सँगै कानुनलाई परिपालन गरि चाडपर्व मनाउने कतिपय विषयमा व्यवसायीहरुको असन्तुष्टी आएमा चाडपर्व पछि पनि आन्दोलन गर्न सक्ने काठमाडौं चेम्बर अफ कमर्शमा अध्यक्ष श्रेष्ठले बताए ।
पियाजियो एपे सिटी डिलक्स नेपालमा सार्वजनिक
काठमाडौँ । एमभी दुगड ग्रुप नेपालले वीरगञ्जमा पियाजियो थ्री ह्वीलर्सको नयाँ मोडल पियाजियो एपे सिटी डिलक्सकोे उद्घाटन गरेको छ । उक्त नयाँ एपे सिटी डिलक्सका विशेषताहरुमा नयाँ ईन्जिन, पहिले भन्दाअधिक्तम बढी माइलेज, राम्रो ग्रेडिबिलिटि,आरामदायी साथै स्पेसियस यसकोआकर्षक लुक्स हुन् । उक्त कार्यक्रम पियाजियो भेइकल्स इण्डियाका उपाध्यक्षद्वय शूधान्सु अगर्वाल, एक्सर्पोट मेनेजर दीपककुमार, पियाजियोका हेड अफअपरेशन विजय महतो र दुगड ब्रदर्स एण्ड सन्सका जनरल मेनेजर वेदप्रकाश शर्माको बिशेष उपस्थितिमा सम्पन्न भएको थियो । सोहि दिनमा आफ्ना १०० भन्दा बढी ग्राहकहरुलाई पियाजियो एपे सिटी डिलक्सको सफल डेलिभरी समेत गरिएको एभभी दुडग ग्रुपका पीआर हेड बिमला थापाले बताइन् ।